स्तब्ध पारी अबसान भयौ शोकमा डुबाई
संधैका लागी छोडेर गयौ यो मन रुवाई
असैहय क्षति भोगेर पनि रित्तता भर्दैन
बिधिको बिधान यस्तै नै रैछ टारेर टर्देन
भाग र भोग यत्ति नै रैछ शुन्यमा बिलायौ
आखिर रै छ दैवकै लिला उसैमा मिलायौ
स्तब्ध पारी …………………………
बिस्रने छैनौ राष्ट्रले पनि अमुल्य योगदान
युगौ युग गाउने छौ तिम्रो कृतिको जयगान
आत्मालाइ सधा चीर शान्ती मिलोस यही छ पुकार
भावपूर्ण अन्तिम श्रद्धांजली यसैलाइ स्वीकार ।
स्तब्ध पारी………………………………
अमेरिका
(साहित्यकार अग्निशिखाको असामयिक निधनमा भाव विव्हल भएका कविको हस्ताक्षर - सम्पादक