तिम्रा बिपनीका ती सा-सा चाहानाहरू पुरा गर्न मैले
मेरा सपनिका ठू- ठूला महल बेचेको थिएँ
जसरी मेरा सपनाका महल टुक्रा- टुक्रा भएको थियो
तिमीले आज त्यसरीनै मेरो मुटु पनि टुक्रा - टुक्रा पारेकी छेऊ।
तिम्रो निम्ति म त्यो अमुल्य सब्द थिएँ, जुन सब्दलाई तिमी हरेक दिन पढ्न रुचाउँदेउ
आज् म त्यो सब्द भैसकेको रहेछु जुन सब्दलाई तिमीले मन भित्रको शब्दकोषमा पनि खोज्न छाडि सकेका रहेछौ।
आज चौतारी भन्झयाङको सम्झानाले कट्क खायो यो मनलाई
मेरा दुई नयनहरुबाट टिल -टिल गरि झर्नलागेका आशुलाई तिम्रा ति कलिला औंलाहरूले पुछिदिएको सम्झानाले धुरूक रूवायो यो मनलाई।
तिम्रा हाथका ती रंगिन चुराहरु केवल चुरामात्र थिएनन्
ती हरेक चुरामा मेरा रंगिन सपनाहरु थिए
जुन सपनालाई आज तिमीले ती रंगिन चुराहरु जस्तै टुक्रा – टुक्रा पारेकी छौ |
आज तिमी यति धनी भएकी छौ की
दुनियाको हरेक मुल्य्बान चिजहरु
तिमीले सजिलै किन्न सक्छौ होइन |
आज म बेच्न चहान्छु तिम्रो अनुपस्तिथिमा बगाएका मेरा आँसुकाथोपाहरु
भन के तिमी आज पैसाले मेरा आँसुकामूल्य तिमी दिन सक्छौ ?
आज म बेच्न चहान्छु ती एक्न्ता रातहरु जुन मैले एक्लै बिताएका थिएँ
भन के तिमी आज पैसाले ती एक्न्ता रातहरुको यादहरु किन्न सक्छौ |
आज म बेच्न चहान्छु मेरो खाल्डो भएको मुटु जुन मुटुलाई तिमिलेनै खाल्डो बनाएकी थिएउ
भन के तिमी आज पैसाले मेरो खाल्डो भएको मुटुलाई भर्न सक्छौ |
गान्तोक सिक्किम ( भारत )