बोलु जस्तो लाग्या थियो तिमीलाई देखे पछि ।
छोउकी कतै लाग्या थियो तिमी वर आए पछि ।
थाहा थियो तिमी अलिक खुशी थेनौ त्यति खेर
यस्तै हुन्छ मन्का कुरा नबुझेर हिडे पछि ।
काउकुती लाग्ने गथ्र्यो टाढै बाट देख्दा पनि
तिमी पनि दिन रात नजिक हुदै आए पछि ।
ढोका सामु तिमी एक्लै उभिएर हास्दा खेरि
पग्लेथे म पनि तिम्रो दिलको राप पाए पछि ।