18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल युवराज भण्डारी December 15, 2020, 12:38 pm
युवराज भण्डारी
युवराज भण्डारी

डाक्टर साब भोकनै मर्ने दबाइ दिनुस्

अन्न बिनानै बाच्न सक्ने बनाइ दिनुस्।

बर्खा याम सुरु भयो छानो छैन घरको

ईश्वर सुख अरुलाई दुख मलाई दिनुस्।

त्यो दिन किन कुर्नु खाली खाली छु आजै

अकालमै मर्छु यमराजलाई मनाइ दिनुस्।

पानी छैन सरकार गरिबहरुको यो बस्तीमा

म मरेर गएनि एउटा कुवा खनाइ दिनुस्।

पीडितलाई दिने राहत कता गयो नेताज्यू?

भो पर्दैन हामीलाई चामल विष पठाइ दिनुस्।

तनहुँ, हाल: मन्ट्रियल, क्यानाडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।