त्यो बेला दीपावली आए जस्तो लाग्थ्यो
जुन बेला घर वरिपरि सयपत्री अनि मखमली फूलेको हुन्थ्यो ।
कमेरो माटोले पोतेको पेटिको ठीक मुनि
गधवरीको बाशन चल्थयो
त्यसैले पो दीपावली आए जस्तो लाग्थ्यो ।
पल्लो घरको साइली दीदी
कटेरोमा आसुँसरी हुँदै सेलरोटी पकाउँथिन्
र पो दीपावली आए जस्तो लाग्थ्यो ।
गाऊँ घरका भुर्रा -भुर्री जानी नजानी
चारकुणे आँगनमा उफ्रिदै
देउशी खेल्न आउँथे
र पो दीपावली आए जस्तो लाग्थ्यो ।
धरका ढोकाहरुमा केराको थाममा गाढी
सयपत्री, मखमली,गधवरी अदिकको माला उनेर
लगाउने चल्न थियो
र पो दीपावली आए जस्तो लाग्थ्यो ।
घरको बराँन्डा वरिपरि माटोको पालामा
सुद्ध खाने तेल हालि सक्कलि बाति बाल्ने चल्न
थियो र पो दीपावली आए जस्तो लाग्थ्यो ।
सबै परिवार भेला भै गर्बका साथ
सांस्कृतिक तरिकाले मनाउने चल्न् थियो
र पो दीपावली आए जस्तो लाग्थ्यो ।