हराएको युगध्वनि

कविता डिल्ली राम अंमाई December 14, 2020, 10:44 pm

इतिहासमा मैलिइसकेको

विलुप्त चित्र खोज्दै

ऊ भौँतारियो,

समयको आयु

नाप्यो, तौल्यो र गम्यो,

कल्पनाको साधनामा

जम्दाजम्दै निदाएको

अदृश्य मनको साधु

थोरै औष प्राणभित्र

फूलबाटिकाको श्री श्रीधर

गृह जीवसुराको कोयल

र स्वार्थी जयन्त !

स्वर्गको विलासी चोर

जयन्त र उसले लुटेको फूल

श्रीधरको भोको पेट

तैपनि ऊ कर्मले शिखर बन्यो

जयन्त कर्मले खोच

शनिदेवको न्याय पास

जयन्तको प्रायश्चित

श्रीधरको वृत्ति विनय

न्यायिक युगको आभाष

युगको बिम्बमा खिचिएको

न्याय–अन्यायको चित्र

आकृतिमा युग पोतियो

छायाङ्कनमा रगत

समय बोलिरह्यो !

फेरि जित्नेको इतिहास बलिरह्यो

कामत्ट्ण्कटाको यौवन

घटित्कच प्रित बनेर

प्राण जोतिर्मय बन्यो

पौराणिक इन्द्रपुरमा

हिडम्बाको अनुग्रहबाट

ह्रिंसक आकासको

गीतान्जली आवाजसँगै

बार्बरिक युगको सुत्रपात भयो ।

माहाभारत कालचक्रमा

बार्बरिक काटिए

सिर युद्धमा सिँगारियो

शक्तिको गायन गुन्जीरह्यो

निरिहताको पक्षधरता

निरन्तर कलुषित बनाइँदै

युगलाई पट्टी बाँधियो ।

त्यही युग हो

जसलाई अन्धाहरूको शासनमा

देख्नेहरूको समेत ज्योति लुकाइयो

र कथा अरुबाटै सुनाइयो ।

द्रौपतीको चिरहरण काल्पनिक वस्त्रले लुकाइयो

कर्णको अपमान बिझ्दा

न्याय फुल्न दिइएन

कवज त्याग्न बाध्य पारियो

त्यागिएको मातृवात्सल्यको

विगुत छर्केर

सन्तानको अभयदान

भोगले चिस्याएको भारि मन

मान–सम्मान

सबै फिर्ता गरियो

प्राण लिएर

सम्बन्धको आँचलमा

पटकथा लेखियो

सम्मान थपियो

जीवन दृश्य

अँध्यारोमा पोतियो ।

अघिल्लो रात

सुसन बैद्यको निष्ठामा

लक्ष्मण पुनः जन्मदा

कालनेबि

नरमेरै रमिरहँदा

ज्ञान सुसेलिन्थ्यो

पावन पवन चलिरहन्थ्यो

गङ्गा सङ्लीरहन्थिन

युगको आकृति उज्यालिन्थ्यो

तर पछिल्लो दिन

नेत्रविहीन शासनमा, बार्बारिक हिंसा

महासमर

ऊ आत्तियो

गम्न छोड्यो र समयको पर्दाभित्र

खुसुक्क लुक्यो ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।