कृतिभित्र प्रवेश गर्दा – यथार्थतामा भन्नुपर्दा म हाइकुमा अनभिज्ञ छु । त्यसो हुँदा म हाइकु सम्बन्धमा टिका टिप्पणी गर्न चाहान्न तर पढेपछि केही लेख्ने बानी परेकोले हाइकुकारले दिन खोजेको भावलाई मैले यहाँ पस्कन चाहान्छु ।
सह प्रा.डाक्टर षडानन्द पौड्यालज्यूले यस कृतिमा पस्केका हाइकुको सन्देशलाई राम्रोसँग चिरफार गर्दै लेख्नु हुन्छ –‘सूत्रात्मक कथनका माध्ययमबाट जीवन विषयक सत्य यिनका रचनामा व्यक्त पाइन्छ ।’ नेपाली हाइकु केन्द्रका अध्यक्ष रामकुमार पाँडेले लेख्नु हुन्छ – ‘विमलका सेन्युले केही न केही भन्छन् ।भित्रै पु¥याएर ठोक्छन् ।उनका हानइकु पनि आफ्नो प्रकारले मिठास भर्न र केही सोच्न वाध्य पार्ने खालकै छन् ।’ धनञ्जय शर्माले यस कृतिप्रतिको धारणा यसरी प्रष्ट्याउनु भएको छ –प्रथम प्रयासमै यति सुन्दर , सार्थक,उत्कृष्टर संतुलित हाइकु सिर्जना गरेर पाठक सामु प्रस्तुत गर्न लाग्नु भएकोमा मलाई अत्यान्तै खुशी लागेको छ । ’शुभकामना सन्देश दिंदै राष्ट्रिय बाछिटा प्रतिष्ठान, नेपालका अध्यक्ष खगेन्द्र वस्यालको धारणा यस प्रकार आएको छ –‘समकालिन मानवीय चेतना, विचारको सहज अभिव्यक्ति र मानवतावादी दृष्टिकोण यिनका सृजनाका विशेषता रहेका छन् ।’मोदी गाउँ पालिकाका अध्यक्ष प्रेमशर्मा पौडेलको मूल्याङ्कनमा ‘विमलजी एक साहित्यिक साथै प्रतिष्ठित कुशल राष्ट्र सेवक हुनुहुन्छ ।’
माथि मैले यस कृतिका भूमिकाकार, शुभेच्छुक साहित्यिक एवम् सामाजिक व्याक्तिले यसकृतिको बारेमा अभिव्यक्त धारणाहरू पस्कने प्रयास गरें । विमलजीले पहिलो हाइकुमा सबै पाठकलाई महेश मान्दै गणेशजीको जय शब्दले मङ्गला चरण पस्केर हाइकु लेखनमा अग्रसरता दर्शाउनु भएको छ । प्रेममा छाडा,पक्षपात र घात, प्राकृतिक सौन्दर्यता, राजनीति विकृति, आशावादी सोच, देशको गरिबी, जनता भोकभोकै मर्न पर्ने परिस्थिति, सत्तामा बस्नेहरूको मोजमस्ति, देश जडिबुटीको भण्डारको रूपमा सजिएको, प्राकृतिक प्रकोपले निम्त्याएको नोक्सानी, लकडाउनले निम्त्याएको असहजता, पानीको प्रचुरता हुँदा पनि लोडसेङिङ्गले निम्त्याएको विषम परिस्थिति, राजनीति परिवर्तनले पनि दिन नसकको खुसी, हिमाली सुन्दरता,नेपालीको मौलिकता, स्थान विशेषका वर्णनहरू, स्वर्ग प्राप्तिको लागि गर्नु पर्ने कर्म, मानवजातिले उज्यालो अनुभूति गर्नको लागि आफ्नै मनको ज्योति बाल्नु पर्ने, जङ्गलमा मङ्गल, न्याको खाजी गर्दा पनि न्याय पाउन नसक्नु, पर्यटनबाट देश विकासको सम्भावना, आजको मोवाइलले युवामा निम्त्याएको विकृति, सार्थक जीवनको खोजी, राष्ट्रिय गान देशको गौरव जनताको शान, चुनाव र जनताको सम्बन्घ, देशको विखण्डन सम्बन्धि कुरा, संङ्घीयता देशको घाँडो भएको, सतीको सराप परेको देश, वर्णशंकर उत्पादन, पशुपालनको लागि लगाइने पोषिला घाँस,चाडपर्व(तिहार), कर्मचारीको पद मिलान, युद्ध जित्न बुद्धको चाहना,सादा जीवनको खोजी, राज नीतिमा फोहोरी खेल, कोरोना जाँचमा महगो चार्ज, आफ्नो संस्कारको सुन्दरता, विदेश मोह, कलममा वीरता, प्रहरीले जाइलाग्दा विवेक पु¥याउनु पर्ने काठमाण्डौको फोर, फोरोरको लापर्वाहीको कारणले ८०प्रतिशत रोग लाग्ने, असल गुरु प्रेरणाको स्रोत, कोरोनाको कहर, कमिशन र भ्रष्टचार, सत्यतथ्य सूचना ,तास खेल्दा धनको नाश, सतको धन पसिनिाको कमाइ, साबुन पानीले हात धुने, लालाीगुराँस राष्ट्रिय गौरव, आँफै भगवान बनौं, जातभातको विभेदको अन्त्य, सीमा अतिक्रमण, आमा बाबु आमालाई वृद्ध आश्रम लाने प्रवृत्ति, पुत्ला दहन, तटस्थताको आवश्यक्ता, चुनौतीको सामना गर्नु पर्ने, राहत बाँड्दा निस्पष्छता चाहिने, रष्ट्रको ढुकुटीको संरक्षण, खुसी आफैंले खोज्ने, प्रतिष्ठा भन्दा ठूलो धन होइन, उद्देश्यपूर्ण जीवन अमूल्य हुन्छ,, राष्ट्र नरहे पहिचान हराउँछ, विदेशमा रहेकालाई देश फर्कने आह्वान, सहमतिमा आआफ्नै स्वार्थ, विश्वासमा अढेको संसार, कालो धन, अँध्यारो भित्र पनि उज्याले हुने, नग्नताको कारणले पनि महिलाहिंसा बढउँ छ, आदि धारणा आएका छन् हाइकुमा ।
यस हाइकुसङ्ुग्रहले दिन खोजेका भावपूर्ण सन्देशलाई सारको रूपमा माथि पस्किसकेको छु । अव केही उनका हाइकुलाई यहाँ उदाहरणको रूपमा दर्शाउन चाहान्छु –
अतिक्रमण
नेपालको भूभाग
कस्तो भ्रमण
(हाइकु४७१)
हाम्रो सपना
सुशान्तिको चाहना
कोरा कल्पना
(हाइकु४३७)
भ्रष्टचारको
मिठो स्वाद चाट्छौ
सर्वहाराहो
हानइकु ४२९)
एकान्त कुना
रिसाएकी प्रेमिका
निष्पट्ट रात
(हाइकु ३३)
नामाकरण –यस कृतिको नामाकरण ‘युगीन पर्दा’ राखिएको छ । युगको अर्थ पनि व्यापक छ भने पर्दाको अर्थ पनि व्यापकै देखिन्छ । मैले यस ‘युगीन पदा र्’लाई यसरी साधरण रूपमा अथ्र्याएको छु । युग भन्दा वर्तमान युग र पर्दा भन्दा छोप्ने चीज अथवा (देख्न नसकिने बनाउनु) भन्ने अर्थ लाग्छ । विमलजीले वर्तमान युगमा विविधताले भरिएका तर बाहिरी प्रकाशमा नआएका यथार्थतालाई प्रष्ट्याउनको लागि यो हाइकु सङ्ग्रह प्रकाशमा ल्याउनु भएको हो जस्तो देखिन्छ । युगीन पर्दा सम्बन्धि हाइकुकारका केही धारणा यसरी आएका छन् –
एउटै रोजी
लक्ष युगीन पर्दा
एकता खोजी
हाइकु(७४५) पृष्ठ १२४
भाव सुसायो
खुल्दा युगीन पर्दा
आँखा रसायो
हाइकु(७४६) पृष्ठ १२५
हेर्दै समाज
युगीन पर्दा खुल्दा
होला मिठास
(हाइकु (७४९) पृष्ठ १२५
यी हाइकुको साथै समग्र हाइकुले दिएका सन्देश केलाउँदा कृतिको नामाकरण ठीक छ ।
अन्त्यमा–समग्रमा भाषाशैली, प्रस्तुति, शव्द चयन, प्रष्ट्याउन खोजेका भावना, सामाजिक यथार्थता,प्राकृतिक चित्रण,प्रेमले भरिएका उद्गार,जीवनले भोगेका यथार्थता, समाजको आर्थिक अवस्था, राजनीतिमा देखिएका विकृति, भ्रष्टचार, प्रेममा विविध दृष्टिकोण, प्रवृत्ति, प्रकृति, संस्कृति आदि विविधताले सजाउँदै यस युगको समग्र घटनाक्रमलाई पर्दा खोलेर जनतामा जाहेर गर्न सफल देखिन्छ कृति ।
अत एक शब्दमा भन्दा कृतिले पर्दाभित्रका यथार्थतालाई पर्दा खोलेर छरप्रष्ट पारिदिएको छ । यस्ता यथार्थवादी हाइकुकारको भविष्य उज्ज्वल होस् भन्दै विदा चाहान्छु ।