नक्कली लाग्यो तिम्रो नाम चिनिन।
अरुले जे भनुन तिम्रो काम चिनिन।
अनैतिक लाग्छ तिम्रो चाल चलन
खै! तिमीले कमाएको दाम चिनिन।
हलेदो हो चिने पछि किन कोट्टाउनु
तिम्रो नाम लेखे पनि खाम चिनिन।
भन्छन नजाने गाउँको बाटो नसोध्नु
खै तिमी कहाँ बस्ने हो ठाम चिनिन।
पैसा र पदले किनेको इज्जत रहेछ
तिम्रो अघिपछि लाग्ने लाम चिनिन।