18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गीत

गीत पशुपति पराजुली "सालघारी" December 31, 2020, 6:11 am
पशुपति पराजुली
पशुपति पराजुली "सालघारी"

मायाँ गरेर के भो मायाँको अर्थ छैन

एकतर्फी मायाँ गर्दा दिलमा भएन चैन ।

जसलाई गरियो मायाँ उसले छोडी सकिछ

जीवन भरिको मायाँ आफैँ तोडी सकिछ ।

भन्नै सकिन उसको कस्तो रहेछ मायाँ

बुझनै सकिन उसको सस्तो रहेछ मायाँ ।

मायाँ मा शक्ति हुन्छ मायाँ मा भक्ति हुन्छ

साँचो गरे पो मायाँ सबलाई मस्ती हुन्छ ।

मैले गरेको मायाँ सांचै गरेझैं लाग्छ

उसैलाई सांछी राखी आफू मरेझैँ लग्छ ।

थाहा हुनै सकेन किन छुटेछ मायाँ

बुझनै पनि सकिन कस्ले लुटेछ मायाँ ।

निष्ठूरी रैछ मायाँ थाहा भएन पैले

लुकाई आंसूहरू हाँस्नु परेछ ऐले ।

सम्झनु पर्छ मन्मा मायाँ को यो कथा हो

फुटेपछि नजुट्ने सबै को यो बेथा हो ।

भोजपुर, अरुण गाउँ पालिका वडा नम्बर ४ चरम्बी

हाल :कनेक्टिकट USA

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।