सपनै सपनाहरुको निलो आकाश बन्छ
कहाँ-हो, काहाँ जस्तै लाग्ने
मनले एकनाश बिस्कुन सुकाँउछ
त्यो पारिलो/भरिलो घाममा
यि रहरहरु कुनै एउटा
सपनाको शिखर चुम्न
के रात के दिन गनिरहन्छ
सपना देखाइ दिएको छ यहाँ कसैकसैले
अरुलाइ भुलाएर आफ्नो माना भर्नेहरु
अरुलाइ झुक्याएर /छक्याएर आफ्नो जिन्दगी सपार्नेहरु
म पनि यो चङ्गुलमा फसेको छु
कोहि आउ र उतारी देऊ
हाम्रो राम्रो नेपालमा
हेर !
मेरो कोठाहरु रङ्गिन-रङ्गिन
टेबुल भरिभराउ
ओछ्यान -ओछ्यानमा सिरानी कापी कलम किताब छरपस्ट
मेरै रुप हेर !
चुस्स दारी,ख्यौटे शरीर दुब्लो अनुहार
म पाजी......
कसले गन्छ र
दिनहरु यसरी बिताइ रहेछु
हाल खबरहरु छोटकरिमा दिइरहेछु
एकएक पैसा हिसाब गरेर महङिमा
बिउ जोहो गरिरहेछु
आमा -बा जगिर खा भन्नु हुन्छ
इस्टमित्र केहि गरेन भन्नु हुन्छ
पद्द्दै छु भन्छु म
भोली -भोली भन्दै दिन गनाउछु -ढाटेर
आखिर कतिन्जेल चल्छ यसरी ?
आभाबले मलाइ छिचिरहेछ
सेवा आयोगले मलाइ लडाइँ रहेछ
यो हिसाब किताब कसले गर्ने
छ्यतिपुर्ती कसले बेहोर्ने सरकार?
हाम्रो राम्रो नेपालमा
पढ्न बसे
देशको भुगोल घुमिरहन्छ
परिस्थिति बदलिरहन्छ
राजनीति चलिरहन्छ
अभाव नाचिरहन्छ
कुकर्म बढीरहन्छ
छियाछिया मन
कसरी बाधिरहनु....
बिचरो -म जस्ता किताबी किरोहरु
भुतहरु पढेर भबिस्य जमाउछु भन्छ
तिन घन्टामा बजारको सबै किताब ओकेल्नु भन्छ
टाउकाका रौँ झारेर भाग्यमानि बन्नु भन्छ
आसहरुमा आस थोपर्दै
सगरमाथाको उचाइ र समुन्द्रको गहिराई नाप्छु भन्छ
लोकसेवा पास गरेर
लोकको मान्छे बन्छु भन्छ
हाम्रो राम्रो नेपालमा
तर -लोकसेवाहरु हामि र हामी जस्तालाइ चिन्दैनन
झुक्याएर कसरी लडाउने
बढी भन्दा बढी कसरी राज्वस्व उठाउने
बजारका किताब कसरी बिकाउने
बजारका सेन्टरहरु कसरी मालामाल बनाउने
र अन्त्यमा
सर्टिफिकेइट सिरानिमा राखेर
बेरोजगारीहरु खडा गरेर
बिदेशका भिसा लगाइ दिने सोच्छन्
हाम्रो राम्रो नेपालमा।
मरिण गा.पा.७ सिन्धुली