काम छैन, जिम्मेवारी छैन
फुसॅद नै फुसॅद छ
तर अरुबेला फुसॅद खोजिहिँड्ने यही मनलाई
किन यो फुसॅद मन पनॅ छाडेको छ ?
मन पखेटा भिंजाएर
नीलगगनमा उड्न लालायित भएको छ ।
पुग्नैपनेॅ गन्तव्य कुनै छैन
भेट्नैपनेॅ आत्मीय पनि कोही छैन
तैपनि यो घेराबन्दी तोडेर
मन स्वतन्त्रताको गीत गाउँदै
खोलैखोला, बनपाखा र उद्यान घन्काउन बेसकन छटपटिएको छ ।
सुत्यो, उठ्यो, खायो, सुत्यो
आरामैआरामले पूरै शरीर थाकेको छ
कहाँ छ उज्यालो भनेर
अँध्यारोमा पनि आँखा चंखो छ
के के आइलाग्छ जिन्दगीमा
बहादुर यो जिन्दगीलाई सुरक्षाको हपेॅभित्र
लुकाउनु परेको छ ।
आरामदायी बिछ्यौनाले घोंच्न थालेको छ
पेटभरि डर भरिएर बान्ता हुनमात्र बाँकी छ
कहिले सकिन्छ यो डर ?
कहिले सकिन्छ यो आतंक ?
आशामाथि निराशा हावी हुन थालेको छ
बलियो मनलाई पनि कमजोर बनाउन थालेको छ
ए अनिष्ट ! ए दुष्ट तँ परपर जा
मानवबस्तीमा तँलाई देख्न नपरोस्
मान्छे मान्छेसँग डराउन नपरोस्
तेरै आतंक र आक्रमणमा परेर
अब कसैको आँखा आँसुले भिज्न नपरोस् ।