ल भन तिमी कहिले आउछौ कोठा हेर्न ?
भोली !
कतिबजे ?
ठीक तीन बजे !
हुन्छ म पर्खिने छु तिमीलाई, तिम्रो नाम नी ?
केबी !
हुन्छ केबी भोली भेटौला, तर तिमीलाई बिज्ञापनका कुराहरुचै थाहां हुनुपर्छ है आउनुभन्दा अगाडि ।
मैले त्यसमा कुनै समस्या नभएको बताए ।
साच्चै टेलिफोनमा मलाई फ्रेडले निक्कै चित्त बुझ्दो कुरा गरेका थिए । "जो चाँडो आउछ उसैको हुनेछ कोठा, किनकी म दिक्क भैसकेको छु तिमीहरु जस्ताको फोनको वार्तालाभले" ।
पूर्वनिर्धारित समयमा म फ्रेडकोघरमा पुग्छु । फ्रेडको घर २ मिन्ली रोड फ्रान्ब्रो नजिकैको कोभमा पर्दछ । उनी चिया पिउदै कुनै किताब पडिरहेका थिए, जुन कुरा मैले कार पार्क गर्दा गर्दै देखिहाले । झट्ट हेर्दा अलिक मुडी जस्तै देखिन्थे । सेतै फुलेका उनका दाह्री जुङ्गा छिमलेका थिएनन् । कपडा पनि लथालिङ्ग पाराले लगाएका थिए । मलाई देखेर उनी अलिक झस्के ।
गेटमा ठूलो झम्म परेको धूपीको बोट थियो । बिभिन्न बासनादार फूलहरु आधुनिक अंकुसेमा झुण्र्डाईएका गमलाहरु फनफनि घुमीरहेका थिए बगैचामा । वातावरण रमाईलो थियो । मुख्य सडक बाट फ्रेडकोकारपार्कमा जाने बाटो साँगुरो भएतापनि घरको प्राईभेट कारपार्कमा झण्डै चारपाँचवटा कारहरु सजिलै सँङ्ग पार्क गर्न सकिन्थ्यो ।
मैले आफ्नो परिचय दिएपछि उनले कुन नामले बोलाउ भने, मैले केबी भनेर बोलाउदा फरक नपर्ने बताए ।
हुन्छ केबी ल भन तिमीलाई कहिले सम्मको लागी कोठा चाहिएको ?
छ महीना देखि एक बर्षसम्मको, मैले छोटो उत्तर दिए ।
ठीक छ तर मलाई तिमीले दुइसय पाउण्ड एडभान्स दिनुपर्छ, पछि तिमीले कोठा छोड्दा उक्त रकम पाउनेछौ ।
सहमति नहुने कुरै थिएन । किनकी म बसेको कोठा तुरुन्तै छोड्नु पर्ने थियो ।
कोठा देखाउनको लागि फ्रेड आफुबसेको कुर्सिबाट जुरुक्क उठे । म फ्रेडकोपछि?पछि लागे । किचेन, बाथरुम र कोठाहरु क्रमशः देखाउदै लगे । सबैकुरा राम्रै लाग्यो । दुईसय पाउण्ड बैना दिएर म कोठा तर्फनै फर्के । साँझ परि सकेको थियो । सडका छेउछाउ लामा?लामा कपाल पालेका हेर्दै आवरा जस्ता देखिने केहि एशिया मुलुकका युवायूवतीहरु एताउता भौतारिन्दै थिए । मानौ केही हर्राई रहेकोछ । या कसैको केही प्रतिक्षामा ।
राज दाइ, चक्र र म तीन परिवार एउटै घरमा खुब मिलेर बसेका थियौ । एउटै घरमा बसेपछि सबैले एकअर्कामा गर्नुपर्ने सहयोगको कुनै मापनीयतानै थिएन । मानव जातीमा धर्म र सहयोग गर्न भुलेमा नैर्सर्गिक चेतना हुनुको औचित्य पनि केनै रहन्थो र ।
घर स्वदेशीकै हो । घरधनीसंग हामी सबैको केही न केही एक किसिमको नाता गासेको थियो । तर एउटा सानो घटनाले सबैले कोठा एक हप्तामा छोड्नुपर्ने उर्दी जारी भयो । हामी मरुभूमिमा पानी खोजेर हिडेजस्तै भौतारी रहेका थियौ ।
डेरा र्सन कोठाको खोजिमा दौडधुप गर्न थाल्यौं । राम दाइ केहिदिनमानै सरि हाल्नु भो आफ्नै मित्रकोमा । मित्र चन्क्रजी पनि आफ्नै गा'मलेकोमा र्सर्ने भए । मेरो त न गामले न मित्र परेन फसाद ! त्यसैले जे परिपरि भन्दै फ्रेडको घरमानै बस्ने निर्णय गरे ।
भरखरै मात्र घामको किरण बगैचामा चिहाउन खोजिरहेको थियो । बगैचाको छेउमा आगोको भुम्रोमा सुँङ्गुरको करङ्ग र कुखुराका पखेटाहरु चटटट गर्दै रापिन्दै थिए । एकाबिहानै पोलेको तिख्खर मासुले सोमरसको चुस्कीलाई साथ दिदै थियो ।
शिरुता बैनी (चक्रजीको श्रीमती) भान्सामानै ब्यस्त भएकोले चक्रजी आफै भित्र लगेर दिदैथिए पोलेर टुक्रयाईएका मासुका चोक्टाहरु । शितल बहिनी (राज दाइको श्रीमती) भने काममा गएको हुनाले निर्धक्क सँङ्ग च्यपुहल्लाउदै थिए काला जुगा घाममा चम्काउदै । मेरो त कुनै रोक टोकनै थिएन । बिल्कुल एक्लो मान्छे, त्यसैले होला सबैले माया गर्थे ! दिन छिप्पिन्दै गयो । बिहानै चियाको रसको पारा पनि चड्दै गयो । सर-सामानहरु छिरलो भएका थिए चउरभरी, मानौ भुटानका रैथानेहरुले नेपालीका सामानहरु र्घुइक्याउदैछन् र बनाउदैछन् विस्थापित ।
मैले गफै गफमा आजभोली मेरो कोठाको ढोकामा रातको समयमा कसैले कोठा ढकढकाएको घटना सुनाए । उनीहरु झस्किएको आभाष भयो म मा । ढोका खोल्दा कोहि नहुने तर एउटा अदृश्य छाँया भने देख्नेगरेको पनि बताए । उनीहरुले किचकन्नी होला, राती खुकुरी सिरानीमा राखेर सुत्ने सल्लाह पनि दिए तर मैले त्यो छांया किचकन्नीको नभएको बताए । खैः किनहो कुन्नी, हो मा हो थपिन शितल बहिनीले पनि, युकेमा किचकन्नी नहुने कुरामा । तर उनीहरुको कोठामा भने आजसम्म त्यस्तो कुनै सङ्केत दिएको थाहां नभएको बताए । एकछिन सबैलाई कौतुहल जगायो मेरा ती कुराले ।
साहेद सबैको टाउको रन्किसकेको हुनुपर्छ, घाममा फलामे छड ताते जसरी । यस्तो बेला केही पनि चाहिन्न, दिमागका नसाहरु जता तन्किन्छन् उतै लम्कन्छदारहेछन् यी अंङ्गहरु पनि । नेपत्थ्यमा, मासुपोल्ने भांडा एकातिर उत्तानोटाङ् परिसकेछ । मासुका चोक्टाहरु छरपस्ट थिए बगैचा भरि । तीनजना होलीवालाहरु भने बगैचा र चउर भरी लडि?बडि खेल्न थालेछन् आ?आफ्नै तालमा । हो?हल्ला नहुने कुरै भएन त्यो समयमा । सखाप पारिएछ; बगैचाका फूलहरु, रायोको साग अनि अरु थुप्रै चिजहरु पनि । पछिपो थाहा भयो । हामीले होलि खेल्दा माडिएका रे ती सब चिजहरु । एकप्रकारको गल्ति महशुस भयो हामी सबैमा । साँझपख सरसफाई गरेर केहीहदसम्म सपार्ने कोशिस त भयो तर हुन सकेन पहिलेका जस्तो । हो, त्यही चमत्कारीताको कारणले गर्दानै हामी "नोटिस टु मुभमा" परेका थियौ घरधनी बाट ।
काम सलाउ भन्ने ठाँउमा । बर्साई फ्रानब्रोमा । निक्कै समस्या थियो मेरो दैनिकी जीवनमा । अझ भएन खानपान सबै आफैले बनाउनु पर्ने । "चोक्टा खान आएकी बुढी झोलमा डुबेर मरी" भन्ने उख्खानको पात्रभएर हिडीरहेको थिए म ।
कोठा सरेको पनि तीन महिना बितिसकेछ । आजकलत म घरबेटी फ्रेडकोकुरा सुन्दा पनि वाक्क भैसकेको थिए । उहीं ब्यापारको कुरा, घरी उस्का पुराना कम्पूटर अपगे्रटका कुरा । कहिलेचैं क्याफे खोलेर चाडै धनीहुने जस्ता सस्ता कुरा, आदर इत्यादीले । तर पनि उनी एउटा लेखक भएको कारणले गर्दा उस्ले बोल्ने गरेका गहन शब्द र विचारहरुबाट मैले एक प्रकारले फाईदा लिईनै राखेको थिए ।
उनले फौजी जीवनबाट अवकाश प्राप्त लिएपछि एउटा किताब लेखेका रहेछन् । किताबको नाम हो "हयाविट अफ दी डग" अर्थात कुकुरको आनिबानि । उनको कुकुर प्रतीको माया र खोजले होला चिया पिउने कप देखि लिएर पर्दा, सिरानिको खोल, प्रेम सबैमा बिभिन्न जातिका कुकुरका फोटोहरुले सजिएको थियो फ्रेडकोघर । छोटै समयमा पनि राम्रो सम्बन्ध जोडिसकेको थियो हामी बीच । त्यसैले सुक्रबारै पिच्छे चियर्स गथ्यौ र भन्थ्यौ यो हो हाम्रो घनिष्टताबाद !
सधैको जसरी काम सकेर म बेलुकी कोठामा आंए । भान्साकोठामा पसेर खाना तयार गर्न थाले । घर शून्य लाग्यो, फ्रेडलाई बोलाए तर कतैबाट पनि आवाज आएन । फ्रेडकोकार घर अगाडि पार्क भई राखेको थियो । चराहरु चिरबिर्राई रहेका थिए बगैचामा । पछाडीको कार पार्कमा गए, फ्रेडलाई कतैपनि देखिन । केहि मधुरो आवाज आयो कतैबाट, पुनः बोलाए । आवाज घर भित्रै कतैबाट आएजस्तो लाग्यो । नुहाउने कोठा तर्फलागे । हेल्प, हेल्प भन्ने मधुरो आवाज बाथरुमबाट आए झै लाग्यो । कोठा खोल्ने प्रयन्त गरे तर खोल्न अर्समर्थ भए कारण उनी ढोकाको छेउमै लडिरहेकाथिए । नुवाएर बाहिर आउन खोज्दा चिप्लेर लडेछन् । दाहिने हात र टाउकोमा एकदम पीडाभएको बताए फ्रेडले मलाई । मैले तुरुन्तै एम्बुलेन्स मगाए र साथ-साथै उनका छोरा डेविड र उनका केएर टेकर म्यारीलाई पनि फोनद्वारा अवगत गराए । उनी केहि क्षणमानै फ्राम्ली पार्क हस्पिटलमा लगिए एम्बुलेन्स द्वारा ।
त्यो रात निन्द्रानै लागेन । गर्मिको मौसमले गर्दा नौ बजेसम्म घामको प्रकाश पश्चिम तर्फो झ्यालको पर्दाकोकापलाई छिचोल्दै मेरोकोठामा केही खोजिरहेको भान भैरहेको हुन्थ्यो ।
मैले यहां पनि पुरानै कोठाको भै डेरा सरेकै दिनदेखि फेरी त्यस्तै छाँया देख्न थाले जुन पुरानो कोठामा छंदा देख्ने गर्थे । त्यो छायाँमा एउटा चाहनाका निस्तेज आँखाहरु सलबलाएका भान हुन्थ्यो । लाग्थ्यो त्यो छाँयामा अतृप्त तृष्णाका लहरहरु पग्लिन खोजेका थिए यो साक्षार मुर्तीमा । जव त्यो छाँया मेरो कोठामा सलबलिन थाल्थ्यो कोठाका पर्दाहरु आफै बन्ध हुन्थे एक्कासी । डरका पोकाहरु बाधिन्थ्ये ममा, तर ती एकाएक फुटेर छताछुल्ल हुन्थे मेरो वरिपरि । कता?कता एउटा अनौठो वासना आउथ्यो । म त्यस्तो अप्रत्यासित वातावरणबाट डर्राई रहेको हुन्थे । कसैले निरुपणत गरेको छैन यो छायालाई ? म झस्किन्थे किनकी मैले त्यो छांयालाई धेरै नजिकवाट हेर्न थालेको थिए त्यसबखत ।
तीन दिन पश्चात म फ्रेडलाई भेट्न गए हस्पिटलमा । उनी बेडमा बसेर टीभी हेरीरहेका थिए । पछि निको भएर घरफर्किएपछि मीठा?मीठा गफको साथ?साथै भविष्यमा अरु आधुनिक प्रजातीका मिश्रण बेलायती कुकुरहरुका खोजि गर्ने वाचा राख्दै बिदा भए त्यहांबाट ।
समय बित्दै गयो । फ्रेड अस्पताल भर्ना भएको पनि तीन हप्ता भैसकेछ । बेला?बेलामा उनीले फोन गरि रहन्थे । उनका घरमा बसेका अरु दूइजना कि्रस र इस्टिभसँङ्ग पनि भांडा उठाएर मलाई ल्याईदेऊ भने तर मैले माग्दा तिनीहरुले दिएनन् । फ्रेडको स्वर पहिलेको जस्तो चकिलो र प्रस्ट थिएन फोनमा ।
आज सनिबार, एक्लै पछाडिको बगैचामा कार सफा गर्दै बसिरहेको थिए । एक्कासी टेलीफोनको घण्टी बज्यो ।
"म डेबिड बोलेको फ्रेडको जेठा छोरा"
अत्तालिदै बोल्दै थिए उनी ।
"माफ गर्नुस तपाई अब त्यो घरबाट र्सनुपर्ने भयो एकमहिना भित्रमा किनकि हिजो राती मेरो बाबाको देहान्त भयो, यो घर अब मेरो बाबाको नभै मोर्गेज कंपनीको हुनेछ । उनले एकै सासमा भनिपठाए । धन्यबाद, समयको लागी भन्दै फोन राखे । म अक्क न बक्क परे ।
अब फेरी कता कोठा खोज्ने, कहिले र्सने जस्ता कुराहरुले झन् रिङ्गटा चल्न थाल्यो । मैले दिएको त्यो एक गुच्छा फुलनै फ्रेड सँङ्गको अन्तिम भेटहोला भन्ने मैले सोचेको पनि थिईन ।
म आफ्नो साथी फ्रेडको देहान्तमा दुःखी त छँदै थिए तर त्यो भन्दा पनि म डेरा र्सर्नुपर्नेमा दुःखित भए बढि । सामानहरु कार्बोडको बाकसमा प्याक गर्न कोठा तर्फ थाले ।
फेरी कोठामा उही छायाँ हिड्न थाल्थ्यो । हत्तनपत्त एक गिलास वाईन सिनित्त पारे । तर अर्को एउटा खाली गिलास पनि मेरै टेवलमा थियो म जिल्ल परे । त्यो गिलासको गोलाईमा रातो लिपिस्टिकको हल्का दागथियो ।
पल्लो कोठा क्रिर्सको हो । उनको गलफ्रेन्ड शनिबारै पिच्छे आउथिन् । कोठामा आएको केहिबेर पश्चातनै कि्रसका कोठा एउटा आवाजमा परिणत हुन्थ्यो, मानौ त्यो आवाज बर्षार्यामको कालोबादल बिच बिजुली चम्किदाको गड्याङ?गुडुङ्को गड्गडाहट भन्दा कमि छैन । एकछिन सम्म त्यो क्रम यसरिनै चलिरहन्थ्यो, बर्षा पश्चातको धर्ती भिजेजस्तै; त्यो आवाज पनि मत्थिन्थ्यो र सफा जुनेली आकाशझै उघ्रिन्थ्यो, नितान्त शान्त र चकमन्न जस्तै भएर ।
त्यो आवाजहरु सुनेर मेरो कोठामा ढुनमुनिने छायाँले पनि अनाआवस्यक तवरले प्रतिबिम्बित हुदै वाइनका बोतलहरु थाहैनपाई रित्याईदिन्थ्यो, मानौ त्यो अदृश्य निर्मल छाँयाले पनि साँझमा टेम्केको क्षितिजमा घाम डुबेझै म सँङ्ग डुब्न खोजिरहेछ । म त्यो छांयाबाट आफै अदृश्य हुन खोज्द्छु । तर, मेरा ती प्रयाशहरु निर्रथक भैदिन्छन् । म निस्सासिएर कोठामानै ढुलमुलिन्छु ।
यो समय मेरो बिच्छ्योनामा एक्कासी कोही सुतिरहेको भान भैरहेछ ममा । मानौ एउटा जिउदो आत्माले यो पार्थिक सरिरलाई कोपर्न खोजिरहेछ बिना सँकोच, बिना कसुर । सांच्च्ौ यी छाँयाहरु कस्ता मापाका हुदारहेछन् अदृश्य भएर हिड्न सक्ने ।
कुनबेला?कुनबेला निदाएछु । थाहै भएन । जव म बिंउझे, मेरा अधरहरु दुःखिरहेका थिए । रिङ्गटा लागेजस्तो भान भैरहेको थियो । खालि रक्सिका बोतलहरु लडिरहेका थिए कोठाभरी । कार स्र्टार्ट गरेको आवाज आयो । झयाल खोलेर हेरे । तर कार सडकको चौरस्तामा पुगिसकेको थियो ।
फेरि लथालिङ्ग भएका सामानहरु मिलाउन थाले किनकि कोठा र्सनुको पीःडात आलैनै थियो, त्यो अदृश्य छाँयाले छोडेको पीडा भन्दा पनि अझ बढी ।