तिमीहरुकै यादमा

कविता पशुपति पराजुली "सालघारी" February 8, 2021, 4:27 pm

तिमीनै दूईटा आँखाको नानी

नदेख्दा आंखामा भरिन्छ पानी

पढेर-बडेर भोलिको दिनमा

हुनेछौ दूबै असल र ज्ञानी ।

मायाँ गरेको छु मुटुभरी

बिर्सनै सकिन केहि गरी

बेला-बेलामा "बु"र"मा" भन

यादैमा डुब्दै छु घरि-घरि ।

सधैँ होस् भन्छु तिम्रो भलाई

सम्झिने गर्नु सधैँ मलाई

सुखमा बाँच्नु खुशीले हाँस्नु

नबस्नु कहिलेई मूटु जलाई ।

कूलै को दीपक भनेर जानी

तिमीहरू छौ अति भाग्यमानी

बाबू-आँमाको गर धेर मायाँ

नगर्नु गल्ती जानी नजानी ।

तिमीनै हुनेछौ चम्किलो तारा

सन्सार भरमा अरूछैन प्यारा

दूखी बनेर काहिलेई नरुनु

हाँस्नेछौ आफू र हँसाउ सारा ।

बोकेर तिमीलाई अघाउनै सकिन्न

पोखेर आँशु रित्याउनै सकिन्न

जीवनको सिंडी चडेर जाउ

फर्केर तल कहिलेई नआऊ ।

भोजपुर चरम्बी, हाल : कनेक्टिकट , अमेरिका

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।