14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

जीवनको भूल

निबन्ध जेबी खत्री March 4, 2021, 11:58 pm
जेबी खत्री
जेबी खत्री

तँसँग तेरा आफन्तहरू किन त्यतिसारो रिसाए ? भनेर कसैले मलाई प्रश्न ग¥यो भने यसको बिट मारेर दिने उत्तर मसँग छैन । खोज्दै जाँदा सामान्य उत्तर त भेटिएला । गतिलो उत्तर छैन । अझ भनौँ सुहाउँदो र चित्त बुझ्दो उत्तर चाहिँ साँच्चै छैन । कतिपयसँग त यसको उत्तर आफैँसँग पनि हुँदो रहेछ । देखेको छु मैसँग भए जस्तै तर त्यस्तै सामान्य उत्तर । प्याट्ट भन्न आफैँलाई अफ्ठ्यारो लाग्ने । के भनेर उत्तर दिनु । नजानेर उत्तर दिन गाह्रो हुनु कुनै अनौठो कुरा होइन । जानेर बुझेर पनि उत्तर दिन गाह्रो हुनु त कस्तो कठिन पो हुँदो रहेछ त । मैले यस्तो कठिनाइ धेरै पटक बेहोरेको छु । के भन्नु के भन्नु कत्ति पटक त एक भन्नु न दुई भन्नु भएको छु । त्यसो त त्यही प्रश्न बारम्बार दोहोरिन थालेपछि उत्तर आफैँ खोजिदै जाँदो रहेछ । अझ यसो भनौँ कि प्रश्नले आफैँ उत्तर खोज्दो रहेछ । यसरी नै भेटिएको उत्तर हो यो त्यो प्रश्नको । मानिस किन मानिससँग रिसाउँछ ? भन्ने प्रश्नको उत्तर खोज्दै जाँदा भेटाएको निचोड उत्तर हो यो मेरो । मलाई यो प्रश्नको उत्तर खोज्न पनि झण्डै आधा पुस्ता जति लाग्यो । यति लामो समयसम्म म यस्तैयस्तै प्रश्नहरू भित्रभित्रै हराएँछु । अल्झिएँछु भन्नु प¥यो । अचम्म छ । मानिस मानिससँग आफूले भने जस्तो नहुँदा नै रिसाउँदो रहेछ । आफूले भने जस्तो नहुँदैमा अरूसँग रिसाइ हाल्नु पर्ने त्यस्तो के छ । यो त एउटा मु¥ख्याइँ मात्र हो । मैले आफूलाई विद्वान भन्नेहरू पनि यसरी रिसाएको पाएको छु । यो विद्वता हो जस्तो मलाई लाग्दैन । मानिस पढेर मात्र विद्वत हुँदैन । विद्वता भन्ने कुरा मानिसले केही मात्रामा जन्मदै लिएर आएको हुन्छ । फलस्वरूप एकाध मानिस नपढेको भएपनि ज्ञानी हुन्छन् । यो एउटा उदाहरण हो ।

कसैसँग कोही रिसाउँनु पर्ने कारण भएपछि रिसाउँनु कुनै अनौठो कुरा होइन । रिसाउँनु पर्ने कुनै कारण नै नभइ कसैसँग कोही रिसाउँनु चाहिँ अनौठो कुरा हुन जान्छ । कहिले काहीँ कसैसँग कोही बाध्य भएर पनि रिसाउँनु पर्ने हुन्छ । मसँग रिसाएका मानिसहरूको लाइन देख्दा कहिले काहीँ मलाई अचम्म लागेर आउँछ । मलाई तिनीहरूसँग कुनै रिस छैन । तिनीहरू भने मसँग आगो भएका रहेछन् । न गरि बिझाउँनु पर्छ न भनि बिझाउँनु पर्छ । भित्रभित्रै रिसाउँदा रहेछन् मानिसहरू । कोही कसैसँग कारण बिनै रिसाउँनुले कुनै अर्थ राख्दैन । यसले त पश्चाताप निम्त्याउँने मात्र हो । कोही कसैसँग रिसाउँनु मात्र पनि नराम्रो कुरा होइन । प्रतिशोधको भावना राख्नु चाहिँ नराम्रो कुरा हो । ३०÷३२ वर्ष जति भयो । म १४÷१५ वर्षको भएदेखि आफ्नो घर परिवारलाई राम्रोसँग जान्दछु । कत्ति ठाउँमा आफू अरूसँग रिसाइयो होला । कत्ति ठाउँमा अरूहरू आफूसँग रिसाए होलान् । हामीले कसैसँग पनि प्रतिसोदको भावना किमार्थ राखेनौँ । कोर्दी स्वभावका मानिसहरू गौँडा हेरेर बस्दा रहेनन् । ठाउँ भेट्टाएपछि ढाडमा टेकेर टाउकामा हान्दा रहेछन् । म धेरै पटक यस्ता स्वभावका मानिसहरूको शिकार भएको छु । यो मानवीय स्वभाव होइन । यस्ता मानिसहरूसँग मुखमा रामराम बगलीमा छुरा हुँदो रहेछ । म हाम्रो तीन पुस्ता बाउ,बाजे र छोरा आफूलाई राम्रोसँग जान्दछु । हामीले कसैलाई अन्याय वा थिचोमिचो गरेनौँ । बरू हामीले अरूहरूको कत्ति अन्याय,अत्याचार र थिचोमिचो पनि सहेका छौँ । भनिन्छ अन्याय सहनु पनि अन्याय गर्नु जस्तै हो । यो कुराले मलाई धेरै हदसम्म पोल्यो । सम्वेदनशील पनि बनायो । कत्ति ठाउँमा दोषी पनि ठह¥यायो । मुर्खको दवाइ हुँदैन भनिन्छ । यो कुरा सही हो । कतिसम्म सही हो भने ज्ञानी भएर वा विद्वान भएर अज्ञानी वा मुर्खको दवाइ खोज्न थालियो भने कपाल फुल्छ । त्यसको दवाइ भेटिदैन । अज्ञानीको लागि अज्र्ञको लागि मुर्ख भएर खोज्ने हो भने त्यसको दवाई भेटिन्छ । यो कुनै जुक्ति वा उपाय होइन । लखेट्नेले जति भाग्यो । उति लखेट्छ । हारेपनि जितेपनि सिङ जोड्नै पर्ने रहेछ ।

कुरा गर्दै गयो । गाँठी कुरा अर्कै हुन्छ । भनिन्छ जति लामो दाम्लो बाटेपनि गलनगाँठो एउटै हो । मैले कसरी भनौँ मेरा आफन्तहरू किन र कसरी रिसाए भन्ने कुरा । यो आफैँ बुझ्ने कुरा रहेछ । कतिपय त सोध्दैनन् । सायद यस्ता कुराहरू कुनै न कुनै रूपमा उनीहरूको व्यवहारमा पनि परिरहेको भएर होला । सबै भन्दा ठूलो रिसारिस र इखाइख पनि आफन्त भित्रै हुँदो रहेछ । यस्तो कुरा कसरी भन्ने ? आफन्त त एक हुनु पर्ने र हुन्छन् पनि तर हामीमा त्यस्तो भएन । हड्डीमा कुकुर लडाइँ गरे जस्तो भयो । यस्तो कुरा गर्न अफ्ठ्यारो मात्र होइन । लाजमर्नु पनि हो । आफन्तमा नराम्रो हुनु भनेको सबैमा परि आउँने कुरा हो । तर जति नराम्रो भएपनि भित्री रूपमा काटोछिनो भएपनि बाहिर देखावटी रूपमा चाहिँ मिलेकै देखिन्छ । हामीमा त्यो पनि भएन । पानी बाराबारको स्थिति रहयो । असल मान्छे बेकुप हुँदैन तर बेकुप ठहर्छ । कुनै बेला असल मान्छे असलै ठह¥थ्यो । आजभोलि त्यस्तो हुँदैन । खराब मानिस असल ठहर्छ । जमाना त्यस्तो आयो । बृहस्पति नै भएपनि एक्लो भएपछि झुट्टा ठहर्ने । परिस्थितिको हतियार उठाएर आफन्तले हामीलाई पेल्नसम्म पेले । जीवनमा किमार्थ सहन नपरेको अपमान मैले ४० वर्षपछि सहनु प¥यो । बाउले ८० वर्षपछि । तर केही छैन । जसले हामीलाई पेले । ती सबै हाम्रो मानो खाने हाम्रा आफन्तहरू नै थिए । मलाई तिनीहरूप्रति कुनै रिस छैन । कुकुरले आफ्नो खुट्टो टोक्यो भनेर उसको खुट्टो टोक्न जानु बुद्धिमता होइन । व्यवहारतः मैले यो कुरालाई धेरै पटक शिरोधार्य गरेको छु । यसको पनि सिमा हुन्छ । जसले पनि सहन सकुन्जेल सहने हो । सहनै नसकेपछि त जसले पनि गएर जसरी भएपनि चिथोर्ने नै हो । मैले यो कुरा सबै ठाउँमा उल्लेख गर्नु उचित ठानिन । धेरै ठाउँमा त उल्लेख गरेको पनि छु । अर्काको रिस,डाहा,र इ¥श्या गर्नु भनेको आफ्नै लागि घातक हो । यसले कहिल्यै पनि आफू कसैका लागि फाइदा गर्दैन । त्यसैले मैले भन्ने गरेको छु । मेरा सन्तान दरसन्तानले कसैको रिस,डाह र इ¥श्या किमार्थ नगरुन् । यसले कहिल्यै पनि कसैलाई माथि उठाउँदैन । यदि गर्नु प¥यो भनेपनि आफ्नै बल,वर्गत,श्रम,पसिना र मिहेनतको गरुन् । आफूलाई माथि उठाउँने कुरा पनि यिनै हुन् । मलाई पाम नलागोस । म यति बेला आफन्तकै कुरा गरिरहेको छु । जसले मलाई खाडल खनेर जिउँदै पुर्ने प्रयास गरे । आफन्तको त के कुरा पराइको त म कुभलो कहिल्यै नचिताउँने मानिस हुँ । जसले मेरो सधैँ खेदो गरे । तिनीहरूप्रति पनि मेरो कुनै प्रतिशोधको भावना छैन । त्यसो त भनिन्छ,दुईचार जना शत्रु र अलिअलि रिण भएन भने मानिसले प्रगति नै गर्दैन । प्रिय पाठक वृन्द,मलाई माफ गर्नुहोला । म गलत छुइँन । आफू भलो त जगत् भलो भन्ने भनाइ अहिले मेरा सामु गलत सावित हुन पुगेको छ ।

म भाग्यमा विश्वास गर्ने कुनै मुर्ख होइन । भाग्यमा विश्वास नगर्ने कुनै विद्वान पनि होइन । म त कर्ममा विश्वास गर्ने एउटा सामान्य मानिस हुँ । जीवनका ४८ औँ वसन्त पार गरि सकेर अब मलाई भाग्यमा विश्वास गरेर अभावको कुनै डोको भर्नु पनि छैन । जीवनको यो उत्तरार्धमा आएर भाग्यमा विश्वास गरेर कुनै भ्रममा पर्नु पनि छैन । अझ भनौँ मलाई कसैलाई भाग्यका बारेमा भ्रम फैलाउँनु पनि छैन । नराम्रो भएपनि मलाई मेरो पाठक प्रिय नै लाग्छ । मैले उसलाई फटाइँ गर्न सिकाउँने होइन । मैले त उसलाई फटाइँ नगर्न वा गर्न हँुदैन भन्ने मात्र हो । मुर्खको दबाइ लेखकसँग पनि काँबाट हुनु । मेरा आफन्तहरूले म माथि अन्याय गरेपनि मेरो हृदयको एउटा कुनामा उनीहरूप्रति मेरो दयाभाव रहेकै छ । मलाई राम्रोसँग थाहा छ । यो दयाभाव ममा मात्र रहेको छ । उनीहरूमा यसको खडेरी छ । साँच्चै भन्ने हो भने उनीहरूमा मप्रति यस्तो भावना मनको कुनै कुनामा अलिकति पनि रहेको छैन । उनीहरूको हृदय बिषैबिषले भरिएको छ । तिनको मन ढङ्गो जस्तो छ । यो कुरा उनीहरूले वा मैले मात्र भनेर पनि हुँदैन । यो कुरा त धेरै लामो समय पर्खिइरहनु पर्दैन । समयले कुनै दिन देखाउँने नै छ । किनभने मानिसका मन भित्र रहेका कुविचारहरूको सङ्केत उसका पाइलापाइलामा देखिन्छ । भलै ममा उनीहरूप्रति अब कुनै सुविचार नआउला तर कुविचार पनि छैन । म हृदयमा कसैप्रति त के वैरीप्रति पनि कुविचार पालेर हिँड्ने मानिस होइन । मलाई सम्झना छ । कुरै कुरामा एक दिन एक जना आफन्तले मसँग के भने भने मलाई कुनै दिन तिमीहरू पनि मेरो घरमा काम गर्न आउँने बनाउँछु भन्ने छ । म उनको यस्तो कुरा सुनेर तीन छक्क परेँ । दिनभरि आफैँसँग आफैँ प्रश्न गरिरहेँ । उनले यो के भनेको होला ? पापी मनको एउटा कुनाबाट यसको उत्तर अलिकति झुल्कियो । पक्कै पनि उनले म पनि एक दिन तिमीहरू जस्तै हुनेखाने बन्छु । अहिले म तिमीहरूको घरमा जस्तै त्यतिबेला तिमीहरू मेरो घरमा काम गर्न आउँनु पर्नेछ । यो त नराम्रो कुरा होइन । हामीले जतिपनि आफन्त,पराइ जसलाई पनि भरथेग र सर–सहयोग ग¥यौँँ । तिनीहरू सबैलाई माथि उठाउँनकै लागि भनेर ग¥यौँ । तिनी पनि त्यसरी हामीले सर–सहयोग र भरथेग गरेकै आफन्त मध्येका एक थिए । विस्तारै मलाई यो कुराले छक्क भन्दा पनि सम्वेदनशील बनाउँदै लग्यो । कसैलाई नभनी मनमै लिएको यो कुरा मैले एक दिन बुवालाई नसुनाइ सकिन । तर बुवाले कुनै प्रतिक्रिया दिनु भएन । ए हो र त्यसो त नभन्नु पर्ने । किन त्यसो भने त ! भन्नुभयो । सायद बुवाले पनि आ यो केटाकेटीका कुरा के सुन्नु भन्ठान्नुभयो होला । खै किन हो । मलाई पनि थाहा भएन । यो त्यति ठूलो कुरा पनि होइन । तर मेरो मनमा यो कुरा पछिसम्म पनि निक्कै गहिरोसँग गढिरहयो । हामीसँग फाइदा लिन पहिले उनी एकदम साना भए । फाइदा लिदै गएपछि पछि गएर उनले भनेका कुरा व्यवहारमा देखिदै जान थाले । फुत्किसकेपछि आफ्नो हातबाट फेरि फर्काएर आफ्नो हातमा ल्याउँन त्यति सजिलो रहेनछ । कुनै एउटा कुरा मात्र होइन । पैसा मात्र पनि होइन । जुन सुकै कुरा आफ्नो हातबाट अर्काको हातमा परिसकेपछि त्यो आफन्तकै हात भएपनि विरानो हुँदो रहेछ । मैले यस्तो भुक्तमान धेरै पटक भोगिसकेको छु । यो मेरो लागि कुनै नौलो र अनौठो कुरा पनि होइन । अर्काको हातमा रहुन्जेल त्यही कुरालाई घुन देख्ने । आफ्नो हातमा परिसकेपछि त्यही कुरालाई सुन ठान्ने वा बनाउँने प्रवृत्तिका मानिससँग केही नलाग्दो रहेछ । मलाई गौँडा हेरिहेरि खाडल खनेर पुर्न खोज्ने एक नम्बरमा तिनै व्यक्ति रहेछन् । अर्काको उन्नती देखेर रातभरि भुँडी पोलेर नसुत्ने मानिसले कहिल्यै प्रगति गर्दैन । यस्ता मानिसले प्रगति गरेको मैले देखेको पनि छैन । आफू मात्र गरिखाउँ र अरू कसैले गरि नखाउँन् । कोही आफू पनि गरि नखाने र अरूलाई पनि गरिखान नदिने अर्काको रिस,डाह र इ¥श्या गर्ने मानिस जुनसुकै समाज र वर्गमा हुँदा रहेछन् । यस्ता मानिसहरू उन्नतीका नभइ अवनतिका धोतक हुन् ।

मेरो किन यति सारो पानी खेदो गरे । पराइले भन्दा बढी आफन्तले गरे । केटाकेटीले चरा,बचेराको खेदो गरे भन्दा पनि बढी गरे । चरा,बचेराले जहाँ गुँण लायो उहीँ गएर केटाकेटीले भत्काइदिने गरे जस्तो गरे । जसको अब सिङ आउँदैन,जुरो आउँदैन । अरूलाई हेर्ने दृष्टिकोण कति धमिलो भएका मानिसहरू पनि हुँदा रहेछन् । आफ्ना मान्छेका कुरा गर्न त नहुने हो तर के गर्नु वेहोराको कुरा गर्नुपर्ने । जसले हाम्रो सर्वस्व जस्तो लुटे । हाँसिहाँसि मासी खाए । अहिले तिनै हामीलाई बाटाउँदो देख्दा पनि अर्कापटि फर्किएर हिँड्छन् । हामीसँग अब खाली दुई ओटा कुरा मात्र बाँकी छन्् । एउटा खाली हात र अर्को पश्चाताप । हामीले फोहोरबाट टिपेर ल्याएको ढुङ्गालाई पुजेछौँ । दिनकादिन खाली भेटी मात्र चढाएछौँ । न त्यहाँ ईश्वरको कुनै रूप थियो । न त्यहाँ मानिसमा हुनुपर्ने सामान्य गुणहरू नै थिए । मानिसको त स्वरुप मात्र रहेछ । क्षुद्र मानिसलाई साथ दिदा उसलाई त भलै हुँदो हो । साथ दिने मानिसलाई भने कुभलै–कुभलो । सास्ति नै सास्ति । पश्चातापै–पश्चाताप । भदौमा आँखा फुटेको गोरूले सधैँ हरियो देख्छ भने जस्तो तिनले हामीलाई सधैँ लैनो गाई जस्तो ठाने । जसलाई सधैँ दुहेर खान सकियोस । मानिस आफ्नै ढुङ्ग्रो मात्र भर्न खोज्दो रहेछ । यस्ता मानिसको साथ लिनु जीवनको एउटा ठूलो भूल रहेछ । रिस,डाह,इ¥श्या,स्वार्थ,लोभलाल्चा,इख,गुन,वैगुन,पाप,धर्म आदि यी सबै कुरा मन भित्र कुहाएर राख्न सक्ने मानिसलाई साथ दिनु भनेको सापको बच्चालाई दूध ख्वाएर पाल्नु जस्तै रहेछ । मौकामा तिनले नियतिको आरी उठाएर हाम्रो घाँटी रेट्नसम्म रेटे । अझै रेटिरहेका छन् ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।