14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गीत

गीत अलका मल्ल March 21, 2021, 7:07 pm

सपनाको चित्रहरुमा
तिमीलाई बिपनीमा देखें
चुलबुले यो बैसमा
लुकामारी खेल्दै भेटें

सपनाको चित्रहरुमा
तिमीलाई बिपनीमा देखें

नजानीकनै अंगाली हालें
एकान्तमा पनि चुमे
पागल भई म मात्तिएं
हत्केलीमा भाग्य कोरें

सपनाको चित्रहरुमा
तिमीलाई बिपनीमा देखें

कानेखुसी मैले तिमीलाई गरें
आँखीभौंले इशारा दियौ
मोहनी छाएको रुपले
जीवनको मोड खुलायौ

सपनाको चित्रहरुमा
तिमीलाई बिपनीमा देखें

काठमाडौं

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।