14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

उत्तर–अमेरिकाका नेपाली साहित्यको ऐतिहासिक टिपोट

विचार डा. गोबिन्दसिंह रावत March 28, 2021, 6:59 am
डा. गोबिन्दसिंह रावत
डा. गोबिन्दसिंह रावत

विषय–प्रवेशः
हामीले आफ्नो अध्ययनको क्रममा लिलबहादुर क्षेत्रीको ‘बसाँई’ उपन्यास पढेकै हुनु पर्छ । यस उपन्यासले प्रवासिनुको पीडा र बाध्यतालाई देखाएको छ । हाम्रो पलायनको इतिहास बुद्धबाट शुरु भएर आजका बौद्धिक समुदायसम्म निरन्तर चलिरहेको छ । देश छोडेर प्रदेश लाग्नेहरूको आआफ्नै कथा व्यथा हुनु पर्छ । मानिसको देश छाडेर विदेशिने चलन जीवनका स्वभाविक प्रक्रियाभित्र पर्दछ । मानव जीवनको इतिहासमा नै घुमन्ते युगका बारेमा जानकारी पाइन्छ । यसरी एक ठाँउबाट अर्को ठाँउमा स्थानान्तर गर्दा मानिसले आफुसँगै एउटा पोकोमा आफ्नो परिचय, संस्कार, संस्कृति, भाषा, धर्म, परम्परालाई लिएर हिडेको हुन्छ । ऊ जति टाढा गए पनि आफ्नो पोकोसँगै रहनाले आफ्नो संस्कारबाट स्थाईरूपमा टाढिन सक्दैन । अनि आफु रहेको नव गन्तब्यमा आफ्नो पोको फुकालेर त्यहीँ सानो नेपाल बनाउन थाल्छन् । परदेशमा रहेको बेला देश र आफन्तको सम्झना आउँदा आफ्नो एक्लोपनलाई कलमले कागजमा उतारेर आफै रमाउने गर्दछ । अनि शुरु हुन्छ मनको सिर्जना । यही सिर्जनाले मञ्च खोज्न थाल्छ र चौतारी बनेर संस्थाहरू देखा पर्न थाल्छन् । आप्रवासीरूको मनमा देश सधै रोईरहेको हुन्छ । देशका लागि केही गरौं भन्ने मनचाहनाको प्रतिफल हो आप्रवासमा खुलेका संघसंस्थाहरू । अनि यही मनमा देश राखेर परदेश लागेका आप्रवासीहरूको संयुक्त प्रयासको प्रतिफल हो गैरआवासीय नेपाली संघ (एनआरएन) । एनआरएनको स्थापनाकालदेखि नै संघले साहित्यलाई पनि सँगसँगै डो¥याउँदै ल्याएको छ । प्रत्यक्ष र परोक्षरूप्मा एनआरएनले नेपाली भाषा साहित्यको प्रवद्र्धनमा सहयोग गर्दै आएको छ ।

सन् २०१२ को जुलाईको मध्यतिर गैरआवासीय नेपाली संघका तत्कालिन अध्यक्ष जिवा लामिछानेजीले एन.आर.एन. भित्र केही साहित्यिक गतिविधि गर्न आफ्नो कार्यकालमा एउटा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन गर्ने जिज्ञासा राखेपछि नेपाली साहित्यको विश्वव्यापीकरणमा गैरआवासीय नेपालीको भूमिका विषयक् गोष्ठी गर्ने र यस कार्यलाई मूर्तरूप् दिन गैरआवासीय नेपाली संघ मातहतमा रहेको “विदेशमा नेपालको प्रवद्र्धन कार्यदल” (पोना) को साहित्यिक शाखाको संयोजकका हैसियतले सदस्यहरूको सहभागितामा एउटा कार्यसमिति बनाएर बनाएर २०१३ अक्टुबर ९ का दिन गैरआवासीय नेपाली संघ र नेपाल प्रज्ञाप्रतिष्ठानको संयुक्त आयोजनामा प्रज्ञा भवनमा एक दिने गोष्ठी सम्पन्न भयो । यस गोष्ठीमा प्रा. डा. तारानाथ शर्माले ‘नेपाली साहित्यको विश्वव्यापीकरण’ कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । यो गोष्ठीपछि गैरआवासीय नेपाली संघले प्रज्ञा प्रतिष्ठानसँग मिलेर नेपाली साहित्यको विश्वव्यापीकरणको क्षेत्रमा काम गर्दै आइरहेको छ । त्यसपछिका दिनहरूमा प्रायः साहित्यिक सम्मेलन अनि गोष्ठीआदिमा नेपाली साहित्यको विश्वव्यापीकरणको प्रसङ्ग आउन थालेको छ । गैरआवासीय नेपाली संघले नेपाली साहित्यको विश्वव्यापीकरण सम्बन्धी कार्यलाई निरन्तरता साहित्यको विश्वग्राम निर्माणमा काम गर्दै आएको छ । त्यसपछि भवन भट्टको अध्यक्षतामा गठन गैरआवासीय नेपाली संघको २०१७–२०१९ को अवधिमा फेरी एनआरएन भाषासाहित्य उपसमिति गोबिन्दप्रसाद गौतमको संयोजकत्वमा गठन भएको थियो । यस उपसमितिमा उत्तरअमेरिकाको संयोजक भएर मैले फेरी काम गर्ने मौका पाएपछि भानु जयन्तिलाई ‘अन्तर्राष्ट्रिय नेपाली भाषसाहित्य दिवस’ का रूप्मा मनाउन घोषणा गरेका थियौं । यही समितिबाट सेप्टेम्बर २०१९ मा बोस्टन, अमेरिकामा पहिलो एनआरएनए भाषा–साहित्य सम्मेलनको आयोजना गराएर उत्तरअमेरिकाका कथाकारहरूका कथाहरूको कथा संकलनलाई अंग्रेजी भाषामा ‘डिस्टेन्ट सनरेज्’ प्रकाशन गर्ने मौका पायौं । त्यस अवसरमा प्रज्ञा प्रतिष्ठानको संयुक्त प्रकाशनमा ‘अन्तरदेशीय नेपाली कथाहरू’ प्रकाशन गरिएको थियो । त्यहीँ सम्मेलनमा पाँच महादेशमा भएगरिएका नेपाली भाषासाहित्यको गतिविधिका बारेमा कार्यपत्र प्रस्तुत गरिएको थियो । त्यसै अन्तर्गत प्रस्तुत गरिएको उत्तरअमेरिकाको साहित्यिक गतिविधिको विस्तृत विवरण यहाँ राखिएको छ । यसमा आफुले भ्याएजति र पाएजति पुस्तक, पत्रपत्रिका, संस्थागत र व्यक्तीगत जानकारीलाई आधार बनाइएको छ । यसमा निश्चयनै धेरै संस्था र स्रष्टाहरूको नाम र कृति छुटेको छ । त्यसका लािग क्षमा याचना गर्दै छुटेका जानकारी उपलब्ध गराई दिए आगामि दिनहरूमा थपघट गर्न सकिन्थ्यो ।

नेपाली साहित्यमा समुद्रपारी वयान

इतिहासमा कुदिएका हरफहरूबाट थाहा पाइन्छ नेपालको दरबारीय व्यक्तीवादी राजनीतिक अवस्थाले गर्दा नेपालका नागरिकसँगै नेपाली साहित्यले पनि पीडा भोग्दै विदेशिनु परेको थियो । प्रारम्भमा भारत नेपालीहरूका लागि नयाँ जीवन खोज्ने चौतारी रहेको थियो भने आज विश्वका प्रायः शहरहरू नेपालीहरूका लागि सुखसयल खोज्ने चौतारी बनेको छ । नेपालीहरूको विदेशिने क्रमसँगै नेपाली साहित्यकर्मीहरूको विदेशिने क्रम बढ्दै गएपछि नेपाली साहित्यले अन्तर्राष्ट्रिय सीमारेखा पार गरीसकेको छ । बेलायतको उपनिवेशकालमा नेपालले आप्mनो स्वतन्त्रता गुमाउन परेन । बेलायतीसँगको घनिष्टताले बेलायती महारानीको आतिथ्यमा राणाकालका जनक जङ्गबहादुरले बेलायतको यात्रा गरेको वर्णन बेनामी लेखकको ‘जङ्गबहादुरको बेलायत यात्रा’बाट नेपाली साहित्यले सीमा काटेको पहिलो साहित्यिक उदारहणका रूप्मा लिन सक्छौं । यो नेपाली साहित्यमा समुद्रपारीको वातावरण भित्र्उने पहिलो प्रयास थियो । सर्वप्रथम यही कृतिमा भारतबाहेक सात समुद्रपारीको देशको चर्चा भएको थियो । त्यस्तै गोरखापत्रका जन्मदाता र मानवतावादीका प्रचारक बझाङ्गे राजा जयपृथ्वी बहादुर सिंहले सन् १९१३ मा मानवतावादी नीति र संस्कारका बारेमा लेखिएको पुस्तक ‘तत्व प्रशंसा’ प्रकाशित गरेको र मानवतावादी दृष्टीकोणको प्रचारप्रसारका लागि एशिया, अफ्रिका, बेलायत र अमेरिकासम्म पुगेका थिए । यसलाई पनि एउटा प्रयासका रूप्मा लिन सकिन्छ । त्यसपछि हङ्गेरीको बुखारिष्टमा सन् १९५३ मा पूर्ण बहादुर एम.ए.को नेतृत्वमा बालकृष्ण सम, लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठ विश्व युवा सम्मेलनमा भाग लिन पुगेका थिए । त्यहाँ नेपाली साहित्यका यी तीन प्रतिष्ठाहरू (नाट्य सम्राट, महाकवि, युवा कवि) ले साहित्यिक प्रस्तुतिहरू गरकै हुनु पर्छ । त्यसैको प्रभावबाट बाटोमा पर्ने रुसको मास्को पुगेर समले ‘मेरो मन बुखारेष्टतिर उड्छ’ कविता लेखेको पाइन्छ । सिद्धिचरणले सन् १९५७ मा रुसको भ्रमणपछि ‘भोलीको नेपाल’ कविता लेखेको पाइन्छ । त्यस्तै देवकोटाले पनि ‘हिमालमाथि जेट हवाई जहाज’ कविता लेखेका थिए भने उनका कविताहरू रुसी भाषामा समेत प्रकाशित भएका छन् । सन् १९५८ को ताशकान्दमा भएको एफ्रो एशियाली लेखक सम्मेलनमा महाकवि देवकोटा र राष्ट्रकवि माधव घिमिरेको सहभागितापछि विश्यसाहित्यिक मञ्चमा नेपाली साहित्यको सहभागिता बढ्दै जान थाल्यो । त्यसपछिका वर्षहरूमा विश्वसाहित्य सम्मेलनहरूमा नेपालीहरूको सहभागिता बढ्दै गएको देखिन्छ । यी सबैलाई नेपाली साहित्यको विश्वव्यापीकरणका पूर्वाधारका रूप्मा लिन सकिन्छ ।

अमेरिकामा नेपालीको आगमन

पूर्वमा अट्लान्टिक र पश्चिममा प्यासिफिक महासागरका बीचमा अवस्थित उत्तर अमेरिकामा पर्ने पाँच राष्ट्रहरू मध्ये अमेरिका र क्यानडामा मात्र नेपाली साहित्यको गतिविधिका बारेमा जानकारी रहेकोले यहाँ अमेरिका र क्यानडाका बारेमा मात्र चर्चा गरिने छ । हुन त मेक्सिीकोमा पनि नेपालीहरूको आवागमनका बारेमा जानकारी आउन थालेको छ तर साहित्यिक गतिविधिका बारेमा कुनै कुनै समाचार सुन्नमा आएको छैन । यस लेखमा राखिएका मितिहरू सबै नै अङ्ग्रेजी पात्रो अनुसार राखिएका छन् ।

प्राप्त जानकारी अनुसार अमेरिकामा प्रवेश गर्ने पहिलो नेपालीका रूप्मा सन् १९३० अघि एकजना मल्ल थर भएका नेपाली भारतको बाटोबाट ईलेक्ट्रिकल इन्जिनियरिङ्गको उच्च अध्ययनका लागि अमेरिका आएका थिए । राणाकालमा उनलाई अध्ययनपछि नेपाल प्रवेशमा निषेध गरेपछि उनी भारतमा फर्केर बेलायत िसरकारका लागि विद्युत विभागमा काम गर्न थाले । त्यसपछि बेलायत िसरकारले नै उनलाई नेपालमा विद्युत विस्तारका लागि खटाएर पठाएपछि मल्लले स्वदेशमा फर्कने आवसर पाउनु भएको थियो । त्यसपछि राजा जयपृथ्वी बहादुर सिंह सन् १९५० ताका अमेरिका पुगेका थिए । त्यसपछिका दिनहरूमा पनि उच्च अध्ययनको सिलसिलामा नेपालीहरू अमेरिका पुगेको तथ्य पाइन्छ । अमेरिका नेपालको दौत्यसम्वन्ध सन् १९४७ मा भएपछि आगमनको क्रम बढ्दै गएको थियो ।

सन् १९६० मा जनताले पहिलोपटक पाएको प्रजातान्त्रिक सरकारलाई अपदस्थ गरेर राजाले एकतन्त्रिय पञ्चायती व्यवस्थाको थालनी गराएपछि धेरैनै प्रतातन्त्रमा आस्था राख्ने दलसँग आवद्ध र आस्था राख्ने नेपालीहरू देश छोड्न बाध्य भएका थिए । यसै चरणदेखि पलायनको इतिहास शुरु भएको देखिन्छ । देशमा वाक स्वतन्त्रता गुमेपछि स्वतन्त्रता मनपराउने नेपालीहरू कोही ईच्छाले त कोही बाध्य भएर देशबाट पलायन हुन थाले । अमेरिकाको सरकारी तथ्याङ्कले देखाए अनुसार साठीको दशकसम्म नेपालीहरूलाई पनि अन्य एशियाली समूहमा राखिएको देखिन्छ । तर सन् १९७४देखि नेपाल देश र नेपाली जातियताका आधारमा तथ्याङ्क राख्न थालेको पाइन्छ । यसरी हेर्दा सन् १९७४ मा ५६ जना नेपालीहरू अमेरिका प्रवेश गरेको देखिन्छ भने १९९२ सम्म प्रत्येक वर्ष सयभन्दा कमै नेपालीहरू अमेरिका आएका थिए । सन् १९७८ (२०३५ साल) को विद्यार्थी आन्दोलन र सन् १९९० (२०४६ साल) को जनआन्दोलनपछि देशमा शुरु भएको राजनैतिक परिवर्तनपछि मानिसहरूको विदेश जाने क्रम बढ्दै जान थालेको देखिन्छ । अमेरिका सरकारबाट शुरु गरिएको डिभी लोटरी प्रक्रियाबाट पलायन हुनेहरूको संख्या झनझन बढ्दै जान्छ । देशको अस्थिर राजनीतिक घटनाक्रमले सिर्जेको अवस्थाका कारण सरकारी उच्चओहोदामा रहेकाहरू पनि पलायनमुखि हुन पुग्छन् । झन सन् १९९६ (२०५२ साल) देखि शुरु भएको माओवादीको जनयुद्धले उब्ज्याएको असुरक्षित वातावरणले गर्दा युवाहरूलाई पलायन हुन बाध्य गराउँछ । यसका साथसाथै सेमिनार, गोष्ठी, भ्रमण वा विभिन्न माध्यमद्वारा अमेरिका छिर्ने नेपालीहरूको संख्या उल्लेख्य छ । त्यसरी अमेरिकी भूमिमा प्रवेश गरेका मध्ये न्यून मात्रामा मात्र स्वदेश फर्केका छन् र बाँकीले अमेरिकामै स्थायी बसोबास गर्ने वा बस्ने समयावधी लम्बाउँदै आएका छन् । अमेरिकी जीवनशैलीको एउटा छुट्टै आकर्षण छ । हजारौं संभावनाहरूको देश हो अमेरिका । विश्वलाई हेर्ने अमेरिकी दृष्टिकोणलाई एकातिर पन्छाएर हेर्ने हो भने निसन्देह संसारका मानिसहरूमा एक पटक अमेरिका पुग्ने रहर ह्दयको अन्तरकुन्तरमा बसेकै हुन्छ । यसरी अध्ययन, भ्रमण, सभा–सेमिनार, साँस्कृतिक कार्यक्रममा आएकाहरू सुरक्षाको कारण देखाएर शरणर्थीका रूप्मा यही बसोबास गर्न थालेपछि नेपाली आप्रवासीहरूको संख्या बढ्दै जान थाल्यो । सन् २०१० को अमेरिकी जनगणना अनुसार अमेरिकामा ५९,४९० नेपाली रहेको देखिन्छ तर वास्तविकतामा तीनलाख नाघेको अनुमान गरिन्छ ।

क्यानडामा नेपालीको आगमन

अमेरिकापछि उत्तर अमेरिकाको अर्को विकसित राष्ट्र क्यानाडामा आप्रवासी आगमनको इतिहास त्यतिधेरै पुरानो रहेको देखिदैन । क्यानाडामा नेपालीहरूको आगमनको थालनी कहिले र कोबाट भयो भन्नेबारेमा कुनै लिखित दस्तावेज प्राप्त नभए तापनि आगमनको इतिहासको थालनी दोस्रो युद्धपछि भएको देखिन्छ । दोस्रो युद्धपछि क्यानाडाका सैनिकहरूले बेलायती सेनामा युद्धताका आफ्नो समकक्षी सहयोद्धा रहेका गोर्खा सैनिकहरूलाई विभिन्न मानवीय क्षेत्रमा सहयोग गर्न गोर्खा वेल्फेयर अपिल (क्यानाडा) स्थापना गरेका थिए । यही संस्थाका माध्यमबाट केही भूतपुर्व सैनिकहरूले क्यानाडाको भुमीमा पाईला टेक्ने मौका पाएका थिए । यहीबाट नेपाली (गोर्खाली) को आगमनको इतिहासको सीमारेखा तान्न सकिन्छ । त्यसपछि ६०को दशकदेखि नेपालीहरूहरूको आगमन क्यानाडामा हुन थालेको पाईन्छ । अहिलेसम्मको जानकारी अनुसार सन् १९६० मा दार्जिलिङ्गबाट आउनु भएका लादन दम्पत्तीलाई नै हामी क्यानाडा आउने पहिलो नेपालीका रूप्मा लिन सक्छौं । हुन त वहाँहरू भारतको दार्जिलिङ्ग राज्यबाट आए तापनि नेपाली समुदायको आगमनको थालनी भएको वहाँहरूबाट भएकोमा नकार्न सकिदैन । त्यसपछि नोभेम्बर १९६१मा क्यानाडा आगमन गर्ने श्री राजजीत सिंह कट्टोज दम्पत्ती आउनु भएको देखिन्छ । वहाँले पनि आफुहरू (दम्पत्ती) क्यानाडा (टोरोन्टो) आउँदा यहाँ दार्जिलिङ्गबाट आउनु भएका नेपाली रहेको स्मरण सुनाउनु हुन्थ्यो । सन् १९६१ मा व्यापारको सिलसिलामा क्यानाडा आउनुभएका राजजीत सिंहका अनुसार आफु यहाँ आएपछि भारतीय समुदायको बाहुल्यता रहेको र धेरै वर्षसम्म आफुमात्र नेपाली रहेको अनुभव भईरहेको बताउनु हुन्छ । तर नेपालबाट आउने पहिलो नेपालीका रूप्मा आफुलाई परिचित गराउदै श्रीमती सुरा हल (जङ्ग थापा) त्यसबेला अर्थात सन् १९६२ मा आफु आउँदा टोरोन्टोमा नेपालीहरू नरहेको बताउनु हुन्छ । त्यसपछि सन् १९६३ मा डा. सुर्यबहादुर बस्नेत क्यानाडा आउनु भएको देखिन्छ । चिकित्सकका रूप्मा क्यानाडाको पश्चिमी क्षेत्र सास्काचुनको एउटा गाँउमा आएर मानवीय सेवा प्रदान गर्दै अवकासपछि वहाँ ब्रिटिस कोलम्बियाको भिक्टोरिया टापुमा आप्mनो अवकास जीवन बिताइरहनु भएका छ ।

सत्तरीको दशकको आगमनसँगै उच्चशिक्षा हासिल गर्न विद्यार्थीका रूप्मा नेपालीहरूको आगमन हुन थालेको देखिन्छ । डा. कुञ्जर शर्मा (१९७१), श्री वेदजङ्ग थापा (१९७२), विनीपेगमा श्री लक्ष्मण त्रिपाठी (१९७३), अटवामा राधा बस्नेत (१९७३), टोरोन्टोमा डा. कुमुद र भद्रिका शर्मा (१९७४), अटवामा डा. जपनारायण श्रेष्ठ (१९७५), श्री विजय श्रेष्ठ र किरण श्रेष्ठ (१९७५), टोरोन्टोमा मा श्रीमती आभा कट्टोज (१९७९) र १९७८ मा नै श्री किरण ढुङ्गाना, शरद गुरुङ्ग आदिको आगमनपछि नेपाली समुदाय बढ्दै जान थाल्यो । विशेष गरेर सन् १९९० (२०४६ साल) को जनआन्दोलनपछि देशमा शुरु भएको राजनैतिक अस्थिरता र दलगत नीतिनियमले गर्दा मानिसहरूको विदेश जाने क्रममा अमेरिका बेलायतसँगै क्यानडालाई पनि गनतब्य बनाउन थाले । विद्यार्थीले क्यानडालाई उच्चअध्ययनको गनतव्य बनाएपछि संख्या बढ्दै जान थाल्यो । अर्कोतिर क्यानडा सरकारले आप्रवासी विद्यार्थीहरूलाई उच्चशिक्षा अध्ययन पुरा गरेपछि पोईन्टका आधारमा स्थाई बासिन्दा (पि.आर) का रूप्मा स्वीकार्न थालेपछि नेपालबाट आउनेहरूको संख्या बढ्दै जान थाल्यो । झन सन् १९९६ (२०५२ साल) देखि शुरु भएको माओवादीको जनयुद्धपछि असुरक्षित वातावरणका कारण शान्तिको खोजीमा मुलुकबाट युवाहरूलाई पलायन हुन बाध्य हुन्छन् । प्रारम्भमा क्यानडा आउने माध्यम उच्चशिक्षामात्र थियो भने पछि गएर पेशागत सीपदेखि अर्ध वा पूर्णदक्ष कामका आधारमा नियुक्ती पत्र लिएर आउनेहरूको क्रम पनि बढ्दै जान थाल्यो । नेपालमा शुरु भएको जनयुद्धका कारण देखाएर धेरैनै नेपालीहरू शरणार्थीका रूप्मा शरण लिएर बस्दै आएका छन् । यसरी उच्चअध्ययन, भ्रमण, सभा–सेमिनारमा सहभागिता, वर्कपर्मिट, सामाजिक –साँस्कृतिक कार्यक्रममा आएकाहरू सुरक्षाका कारणहरू देखाएर यही शरण लिएर बसोबास गर्न थालेपछि नेपालीहरूको संख्या बढ्दै जान थाल्यो । सन् २०१८ मा डोनल ट्रम आमेरिकाको राष्ट्रपति भएपछि अमेरिकाका आगमन नीतिमा नै परिवर्तन ल्याएपछि नेपालीहरूको गन्तव्य क्यानडा बन्दै जान थाल्यो । आज क्यानडामा आधिकारिक नेपालीहरूको संख्या अनुमानित ५० हजारको हाराहारीमा रहेको मानिन्छ ।

अमेरिकाको नेपाली साहित्य

मानव समाजमा भाषाको अन्वेषण भएपछि बोलीको आदान प्रदान हुन थाल्यो । यही भाषाले अक्षरको स्वरूप् पाएपछि लेखन युग शुरु भयो । लेखनको प्रमुख साधन भाषा हो । यही भाषाले अभिव्यक्ति र सिर्जनालाई बँचाई राख्दै आएको छ । साहित्यको सिर्जना पनि एक प्रकारको अम्ल नै हो । देशबाट पलायन हुनअघि साहित्य कर्म गर्दै आएकाहरूले आप्रवासमा पनि सिर्जनालाई निरन्तरता दिदै जान्छन् । अनि आप्रवासमा नेपाली साहित्यलाई निरन्तरता दिन साहित्यिक भेलाको आयोजना गर्दै जान थाल्छन् । प्रारम्भमा एकदुईजनाबाट शुरु भएको सहभागितामा नयाँ सर्जकहरू थपिदै जान थाल्छन् र भेला विस्तारै बढ्दै जान थाल्छ । यस्ता भेलामा आदिकवि भानुभक्तको जन्मजयन्ति मनाउने क्रमबाट शुरु भएर अन्य मूर्धन्य साहित्यकारहरूका जन्मजयन्तिहरू पनि मनाउन थालिन्छ । यस्ता भेलाको रौनक भनेको काव्य गोष्ठी नै रहने गर्दछ । जति बढी भेला त्यति बढी सिर्जना हुने भएकोले सर्जक सिर्जना पस्कने मौकामा गोष्ठीको आयोजना बढ्दै जान थाछ । यसरी सिर्जनाले निरन्तरता पाउँदै गएपछि प्रकाशन पनि बढ्दै जान थाल्यो । साहित्यकारको जन्मजयन्ति, कवि गोष्ठ, कथा गोष्ठी, साहित्य सम्मेलन, लोकार्पण, पुस्तक चर्चा, पुरस्कार समारोहबाट लिएर संघसंस्थाको वार्षिक कार्यक्रममा पनि काव्य गोष्ठीले निरन्तरता पाउँदै गयो । यस्तै पृष्ठभूमिबाट संघसंस्थाको स्थापना हुँदै जान थाल्यो ।

सन् १९६७ मा वासिङ्टन, डिसी क्षेत्रमा बस्ने नेपाली र नेपालप्रति आस्था राख्ने अमेरिकनहरूका बीच मित्रता कायम राख्ने उदृेश्यका साथ स्थापना भएको ‘अमेरिका नेपाल सोसाईटी’ (ए.एन.एस)र सन् १९८३ मा अमेरिका र क्यानडाका नेपालीहरूका बीच सम्बन्धको सेतु स्थापना गर्न स्थापना भएको ‘एशोसिएसन अफ नेपालिज् इन द अमेरिकाज्’ (ए.एन.ए) ले शुरु गरेको स–साना भेलाहरूमा गरिने कोठे कविता वाचनबाट यहाँको साहित्यिक गतिविधि शुरु भएको देखिन्छ । १९९१ मा ए.एन.एस.ले आफ्नो स्थापनाको २५औं वर्षको उपलक्ष्यमा ‘एएनएसको २५ वर्ष’ (ट्वान्टी फाईज ईयर्स अफ ए.एन.एस) को जानकारीमूलक सामग्री नेपाली भाषामा तयार गराउनका लागि होमनाथ सुवेदीको अध्यक्षतामा गठन भएको नेपाली भाषा समितिले एक वर्षको काम पुरा गरेपछि अमेरिकामा पनि नेपाली भाषा साहित्यको क्षेत्रमा नेपाली साहित्यको उत्थानका लागि सुवेदीकै अध्यक्षतामा “अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज” (अनेसास) को जग हाल्ने काम १९९० को दशैंमा भएको थियो । जनवरी १९९१ मा अनेसासको विधान मस्यौदाका लागि परिषदको गठन भएपछि जुन १९९३ मा अनेसास अमेरिकाको डिसीमा विधिवत् दर्ता भएको थियो । फरवरी १९९४ मा यसले अमेरिकाको आयकर विभागबाट कर छुटको सहुलियतसमेत पाएपछि अनेसासले आफ्नो उदृेश्य अनुरूप् नेपालबाहिर विभिन्न देशमा शाखा विस्तार गर्दै गएको देखिन्छ । यसरी ए.एन.एस. कै अधिनमा बनेको नेपाली भाषा समितिका अग्रजहरूको प्रयासमा होमनाथ सुवेदीको अथक प्रायसपछि १९९१ मा डा. विष्णु पौडेल, डा. अमर गिरी, डा. हरिहर भट्टराई, डि.बी. तामाङ्ग, प्रकाश सुवेदी, अच्युत श्रेष्ठ, पुरुषोत्तम सुवेदी, धन थापा, लव गाँउले, कल्पना सुवेदी, पुरु घिमिरे, नन्दा सुवेदी, राजु श्रेष्ठ, वासु सत्याल, ऋषिनाथ सुवेदी, माधव प्रसाद शर्मा, शिवप्रसाद सत्याल रहेको देखिन्छ । अनेसासको स्थापना भएपछि नेपाली भाषा र साहित्यप्रति रुची राख्नेहरूका लागि यो साहित्यको चौतारी बनेर देखा पर्यो । सन् १९९४ को सम्मेलनमा आप्रवासी नेपालीको भूमिका हिजो आज भोलीका माध्यमबाट होमनाथ सुवेदीले अमेरिकाको नेपाली साहित्यलाई समेत समेटेका थिए भने यस सम्मेलनमा १५ जना कविहरूले काव्य वाचन गरेका थिए । डि.बी. गुरुङ्ग, वसन्त श्रेष्ठ, सरोज शुक्ला, ज्ञानेन्द्र पण्डित, सरला श्रेष्ठ, तिर्थ रेग्मी, कल्पना सत्याल, भिम रेग्मी, प्रमोद ढुङ्गाना, डा. अम्बिका अधिकारी, अरुणदेव धिताल, अरुण शर्मा, डा. अमर गिरी, डा. विष्णु पौडेल, हस्त गौतम मृदुल र सरीता सत्यालले कविता वाचन गरेका थिए ।

सन् १९९१ देखि साहित्यलाई मुद्रित रुपमा प्रकाशन गर्ने अभियानमा अनेसासले शुरु गरेको ईनसाईट, विद्युतीय पत्रिका पछि गएर ‘अन्तर्दृष्टि’ मा परिणत भयो । ‘अन्तर्दृष्टि’ को प्रकाशन र अनेसासको साहित्यिक गतिविधि सँगसँगै अमेरिकामा साहित्यको माहौंल सिर्जना हुँदै अन्यन्त्र राज्यमा पनि यसका शाखाहरू खुल्दै जान थाल्यो । १९९२ देखि ‘अन्तर्दृष्टि’ त्रैमासिक पत्रिकाको प्रकाशनपछि आप्रवासमा साहित्य कर्म गर्नेहरूले आफ्ना सिर्जना छर्ने मौका पाउन थाले । अन्तर्दृष्टिले अमेरिकाको नेपाली साहित्यलाई समेटदै साहित्यको विश्वग्राम बनाउने उदृेश्यका साथ आजको मितिसम्म नियमित प्रकाशित हँुदै आएको छ । अनेसासले न्युजलेटरबाट शुरु गरेको साहित्यिक रचना प्रकाशन नेपालीसाहित्यजगत डट कम हुँदै अन्तर्दृष्टि त्रैमासिक साहित्य सङ्गालोसँगै पुस्तक प्रकाशन गर्दै आएको छ । अनेसासको यो २९ वर्षको अनवरत यात्रामा विश्वभरी यसले ८० वटा शाखाहरु बनाइसकेको छ । सन् २०१२ सम्ममा अनेसासको नामबाट प्रकाशित भएका कृतिहरुको फेहरिस्तनै तयार गर्न सकिन्छ । जसमा ७ वटा उपन्यास,१० वटा कथा संग्रह, ७ वटा प्रबन्ध संग्रह, १० वटा समालोचनाका कृति, २ वटा लोक साहित्य, २६ वटा कविता संग्रह, २ वटा महाकाव्य, ८ वडा खण्डकाव्य, ५ वटा गीत–गजल–हाइकु संग्रह, ४ वटा नेपालीमा र ४ वटा अंग्रेजीमा बालसाहित्यका अतिरिक्त अनेक डायसपोराका कविता र अनेक डायस्पोरामा देवकोटसँगै अन्तर्दृष्टिका विशेषाङ्कहरु र विभिन्न प्रकाशनहरु रहेको देखिन्छ ।

यसरी मौखिक साहित्यबाट शुभारम्भ भएको अमेरिकाको नेपाली साहित्यलाई लिपीबद्ध गर्ने काममा पनि यी संस्थाहरुबाट अंग्रेजी भाषामा निकालिएका न्युज लेटरमा नेपाली भाषाका कविताहरुले स्थान पाउन थालेपछि लिखित साहित्यमा मुद्रण हुन थाल्योे । ए.एन.एस र ए.एन.ए. को न्युज बुलेटिनहरुमा नेपाली रचनाले स्थान पाउन थालेपछि परिमल, विजय सुब्बा, कल्पना सुवेदी, सरला श्रेष्ठ, होमनाथ सुवेदी, लव गाँउले, रमेश सत्याल, राजेन्द्र घिमिरे, अमर गिरी आदि देखा पर्छन । यसरी ए.एन.एस, ए.एन.ए. आदि, संस्थाबाट निस्कने न्युजलेटर, सोभेनियर, सम्मेलन स्मारिकाहरूले पनि अमेरिकाको नेपाली साहित्यलाई गति दिदै गएको थियो । अमेरिका नेपाल सोसाईटीको ‘आवाज’, अमेरिका नेपाल फ्रेण्डसिप सोसाइंटीको ‘कुराकानी’, (१९९५), बोस्टनबाट निस्कने ‘बोस्टन चौतारी’ अनेसासका फ्लोरिडा च्याप्टरका प्रकाशन ‘सागर’, सोसाइटी अफ नेपाली स्टुडेन्ट, न्युयोर्कको ‘चौतारी’, नेपाल एजुकेसन एण्ड कल्चरल सेन्टर, ओरेगानको ‘नमस्ते’, नेपाल मानव अधिकार न्युयोर्कको आधार (१९९६), नेपाल अमेरिका पत्रकार संघको ‘प्रयास’ नेपालिज सोसाइटी टेक्सस्को ‘एक्लो तारा’ आदि पत्रिकाहरूको प्रकाशनले अमेरिकाली नेपाली साहित्यलाई गति दिने काम गर्दै गयो । अ.ने.स.सा. सँगै अन्य नेपाली संघसंस्थाहरुबाट पत्रपत्रिकाको प्रकाशनले यस भेगका सर्जकलाई सिर्जना विर्साउने एउटा चौतारीसँगै अमेरिकाली नेपाली साहित्यले मलजल पाउँदै जान थाल्यो । सन् २००० मा न्युयोर्कबाट समाचारमूलक पत्रिकाका रुपमा गगन विरहीको संपादनमा ‘नेपाल समाचार’ प्रकाशित हुन्छ । यसमा पनि साहित्यले स्थान पाउँदै जान थाल्यो । त्यसपछि न्युयोर्कबाट प्रतिध्वन, डिसीबाट ‘विश्व सन्देश’, ‘विश्व–परिक्रमा’ न्युयोर्कबाट एभरेष्ट टाईम्स्, आदिका अतिरिक्त विद्युतीय सञ्चार माध्यमको थालनीसँगै नेपाली भाषाको लनलाईन पत्रिकाले पनि अमेरिकाको नेपाली साहित्यलाई गति दिदै जान थाल्यो । लेखकलाई अब आफ्नो सिर्जनालाई पत्रिकामा प्रकाशित गर्न कुरेर बस्नु परेन । विद्युतीय संचारको आगमनपछि सिर्जनाले व्यापकता पाउँदै गएको देखिन्छ । विश्वमा संचार माध्यमले फड्को मार्न थालेपछि अनलाईनको नयाँ युग शुरु भएको बेला नेपाली भाषा साहित्यलाई आप्रवासमा विद्युतीय संचारसँग जोड्ने काम २००१ देखि गिरीश पोखरेलले नेपाली पोस्ट डट कमका माध्यमबाट शुरु गराएका थिए भने राम खरेलले १९९६ देखि नै सगरमाथा टी भी को थालनी गराएर अमेरिकाबाट विश्वसंचारमा नेपाली टेलिभीजनको थालनी गराएका थिए । त्यसपछिका दिनहरु रेडियो दोभान (२०००), नेपाल होराईजन डट कम, विश्व सन्देश, प्रेस नेपालको शैली नेपाल, डिसी नेपाल डट कम, खस खस डट कम, नेपाली मन डट कम, ईनेप्लिज, ओएसनेपाल, एभरेष्ट पाक्षिक, कोलोराडो खवर, खसोखास साप्ताहिक, खुलामञ्च, जनपुकार, नेपाली पोष्ट, बिआरटि नेपाल, वोष्टन खवर, , यूएस खवर, यूएस एण्ड नेपाल, यूएसनेपाल अनलाइन, रेडियो तरंग, बाल्टिमोर खवर, रुपान्तरण, आदि अनलाईन पत्रिकाहरुले अमेरिकाको नेपाली साहित्यलाई हुर्काउन मलजल दिने काम गर्दै आएको थियो । अमेरिकामा नेपाली समाजलाई लक्षित गरेर खोलिएका टेलीभिजन, रेडियो, पत्रिका र अनलाईन संचार माध्यमको संख्या ४५ भन्दा रहेको छ ।

यसरी कोठे गोष्ठीबाट शुरु भएको अमेरिकाको नेपाली साहित्यले विस्तारै आकाश पाउँदै गएपछि विभिन्न संघसंस्थाको वार्षिक कार्यक्रममा कविताले मञ्च पाउन थाल्यो । पुराना साहित्यकर्मीहरुको हुलमा नयाँ सर्जकहरु थपिदै जान थाले । अनेसासको गठनपछि नेपालबाहिर अमेरिकामा पनि साहित्यिक गतिविधि चल्बलाउन थाल्यो । साहित्यिक भेटघाट बढ्दै जानथालेपछि सहभागितामा पनि बढोत्तरी हुँदै जान थाल्यो । अनि विस्तारै साहित्य रुचाउने हिजोका स्रोता आज साहित्यकर्मी भएर कलम चलाउन थाले । अमेरिकामा नब्बेको दशकदेखि चल्न थालेको साहित्यिक मौसमले विस्तारै गति लिदै गएपछि आजको मितिमा अनेसासले विश्वभरीनै नेपाली साहित्यलाई गति दिने काम गर्दै आएको छ । अनेसाससँग सहकार्य गर्दै अरु संघसस्थाको प्रकाशनहरुमा साहित्यले ठाँउ पाउन थाल्यो । पत्रपत्रिकाको विशेषाङ्कमा साहित्यले विधागत स्थान पाउन थाल्यो । अन्तर्दृष्टि र सेतु (२००५) को कविता विशेषाङ्क निकालेपछि अमेरिकामा स्रष्टहरुको संख्या बढ्दै जान थाल्यो । १९९२ देखि अनेसासको प्रकाशनमा प्रकाशित हुँदै आएको ‘अन्तर्दृष्टि’ले अमेरिकासहीत आप्रवासका स्रष्टाहरुलाई अभिव्यक्तीका लागि चौतारा दिन थालेपछि आप्रवासका साहित्यमा विविधता देखिन थाल्यो । अनि नेपाली साहित्यले आफ्नै भाषाको विश्वग्राम बनाउन थाल्यो । प्ररम्भमा ए.एन.एस र ए.एन.ए. को न्युज बुलेटिनहरुमा नेपाली रचनाले स्थान पाउन थालेपछि साहित्य सर्जक भएर अमर गिरी, होमनाथ सुवेदी, परिमल, विजय सुब्बा, कल्पना सुवेदी, सरला श्रेष्ठ, लव गाँउले, रमेश सत्याल, राजेन्द्र घिमिरे, आदि देखा पर्छन ।

यसरी ‘अन्तर्दृष्टि’ का माध्यमबाट अमेरिकाको साहित्यको बगैचामा सिर्जनाको बिऊ रोप्ने नयाँ पुराना साहित्यकर्मीहरुको नाम लिनु पर्दा होमनाथ सुवेदी, डा. अमर गिरी, एकनारायण अधिकारी, डा. हरिहर भट्टराई, डिगबहादुर तामङ्ग, पुरुषेत्तम सुवेदी, वामा दुङ्गाना, कल्पना सुवेदी, लव गाँउले, कल्पना सत्याल आदिको सक्रियता देखिन्थ्यो । १९९५ देखि कीर्तिमान छन्त्याल, रामप्रसाद सुवेदी, पूजा रोका, गणेशनाथ पौडेल, प्रकाश घायल, लक्ष्मण सत्याल, रेखा रेग्मी, लक्ष्मण भट्टराई, दया शाक्य, डा. मीरा श्रेष्ठ, गोबिन्द गिरी प्रेरणा, सुजन शाह, अप्सरा भट्टराई, नन्दादेवी सुवेदी, पुष्कार विनोद पोखरेल, प्रेम छोटा, लक्ष्मीराज शर्मा, राधिका शाह, प्रदिप विष्ट, राधिका शाह, सुमन भट्टराई, दामोदर घताने, अतुल प्रधान, सरोज शुक्ला, प्रीति दहाल, पूनम काफ्ले, विष्णु बस्नेत, बेनु थापा, डम्बरबहादुर केसी, पुष्पमान जोशी, विष्णु बूनेत, ज्योति पौडेल, हिन्दीमैया बैद्य आदिको थपिदै जान्छ ।

१९९६को जनयुद्धपछि पलायन हुनेहरुको संख्या बढ्दै गए जस्तै अमेरिकाली साहित्यमा नेपालदेखि नै साहित्य कर्म गर्दै आएका साहित्यकारहरु सँगसँगै साहित्य सिर्जना गर्ने नयाँ नामहरु थपिदै जान थाल्छ । डा. कमला पाण्डे, मदनमोहन मिश्र, खेमचन्द पोखरेल, नन्दराज तुम्बाहाम्फे, बामदेव पण्डित, लिली केसी, दीपा आचार्य, महेश्वरी थापा, दया गिरी, रेखा कौशल रेग्मी, सन्तु श्रेष्ठ, पुनश्च, मुक्ती पौडेल, रघुपति गौतम, सुन्दर श्रेष्ठ, रमेश सत्याल, गिरीजा गौतम, नगेन्द्र न्योपाने, नरबहादुर बिसी, प्रेम संग्रौला, नम्रता गुरागाँई, ज्ञानेन्द्र गदाल, होमराज आचार्य, गोपाल रेग्मी, दीपक खड्का आदिका नाममा रचना देखा पर्न थाल्छन् । पलायनको क्रम बढ्दै जान थालेपछि स्रष्टाहरुको सूचि पनि थपिदै जान थाल्छ । त्यसपछिका दिनहरुमा कविन्द्र सिटौला, गिरीश पोखरेल, गोपाल रेग्मी, वसन्त श्रेष्ठ, शरद निरौला, शिव गौतम, भारती गौतम, विनोद रोका, सरला श्रेष्ठ, मञ्जु निरौला, होमराज आचार्य, गोबिन्द गिरी प्रेरणा, नम्रता गुरागाई, नवराज कार्की, प्रकाश सुवेदी, प्रेम संग्रौला, प्रेम छोटा, सुन्दर श्रेष्ठ, ज्ञानेन्द्र गदाल, हेमन्त श्रेष्ठ आदिको सक्रियता देखिन्छ ।

प्रारम्भदेखि आजको मितिसम्म अमेरिकामा नेपाली साहित्यको निरन्तरताका लागि कोठे काव्य गोष्ठीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । न्युयोर्क, बोस्टन, भर्जिनीया–डिसी क्षेत्र, नर्थ क्यारोलेना, सनफ्रान्सिस्को, म्याडिसन, न्यूहम्सार, टेक्ससमा कोठे काव्यगोष्ठी हुँदै आएको छ । २०१० देखि शुरु भएको वासिङरटन डिसी वरिपरिका साहित्यकर्मीहरुले यसलाई निरन्तरता दिदै नयाँ सर्जक जन्माउँदै आएका छन् । यो कोठे काव्य गोष्ठीमा सहभागी भएकाहरुले २०१२ मा ‘वासिङ्टन डिसी काव्य सुसेली’ को नामबाट १५ जना कविका ५९ वटा काव्य रचनाहरु प्रकाशित गराएका छन् । २०१२ देखि बोस्टनमा सिर्जना उत्सवको नामबाट शुरु भएको काव्य गोष्ठीले आजसम्म निरन्तरता पाउँदै गएको छ । सिर्जना उत्सवले पाहुँना साहित्यकारलाई निम्त्याएर साहित्य सुन्नेसुनाउने काम गर्दै आएको छ । यसलाई पनि संग्रहमा राख्न सके बोस्टन साहित्यको एउटा दस्तावेज बन्न सक्ने छ । बोस्टनकै राजमित्र स्मृति साहित्य प्रतिष्ठानले बोस्टनका स्थानीय साहित्यकारहरुलाई राजमित्र स्मृति पुरस्कारबाट सम्मानित गर्दै साहित्य लृखनलाई प्रोत्साहित गर्दै आएको छ भने २०१९ मा यस संस्थाबाट उत्तर अमेरिकाव्यापी कथा गोष्ठीको आयोजना पनि गरेको सथयो । न्युयोर्कका सर्जकहरुको नियमित काव्य गोष्ठीको उपज हो ‘न्युयोकका नेपाली कवि र कविता’ । स्थानीय साहित्यकारहरूलाई समेटेर निस्किएका विशेषाङ्कहरूको प्रकाशनले पनि अमेरिकाको साहित्यलाई अझ समृद्ध पार्दै गएको छ । कृष्ण धामीको संपादनमा २०१७ मा निस्केको ‘न्युयोकका नेपाली कवि र कविता’ ले स्थानीय सर्जकलाई चौतारी दिदै साहित्यको बगैचालाई फराकिलो पार्दै आएको छ । म्याडिसनको नेपाल अमेरिका फ्रेण्डसिप एसोसिएसन (नाफा) को आयोजनामा हुँदै आएको कोठे गोष्ठीले कोरोनाकालमा भर्चुयल कोठे गोष्ठीका माध्यमबाट यसलाई निरन्तरता दिदै आएको छ । नाफाले बाहिरका साहित्यकारलाई निम्त्याएर विशेष साहित्यिक कार्यक्रमको आयोजना गर्दै आएको छ । यसलाई पनि मुद्रणमा ल्याउन सके एउटा भोलीका दिनमा दस्तावेज बन्न सक्छ । यसै संस्थाले शुरु गरेको नाफा पुस्तकालयले म्याडिसनका साहित्यकारहरुका बीच पुस्तक पढ्ने र पुस्तक दान गर्ने सँस्कृतिलाई अगाडि बढाउँदै गएको छ भने सगरमाथा बुक क्लबले विश्वभरीका साहित्यकर्मीलाई जोड्ने काम गर्दै आएको छ । यही संस्थाका माध्यमबाट विजय मल्ल साहित्य पुरस्कार र बाल साहित्य पुरस्कार वार्षिक रुपमा प्रदान हुँदै आएको छ । यसका अतिरिक्त नाफाले साहित्य ब्लक संचालन गर्दै नाफा साहित्य घरका माध्यमबाट सबैका रचनालाई संग्रहित गर्ने काम गर्दै आएको छ । कोरोनाको महामारीले गर्दा सामुहिक भेटघाट बन्द भएपछि यी संस्थहरुसँगै एन.अन.एन. भाषा साहित्य प्रवद्र्धन समितिले पनि भर्चुयल काव्यगोष्ठीका माध्यमबाट उत्तरअमेरिकासँगै विश्वभरीका नेपाली सर्जकहरुलाई जोडेर तिनका सिर्जनाहरु सुन्ने सुनाउँने काम नियमित हुँदै आएको छ ।

अमेरिकामा प्रारम्भ देखिनै कलम चलाउने सर्जकहरूको नामावली

डा. अमर गिरी, अच्युत श्रेष्ठ, अनन्तगोपाल रिसाल, अनिल पाण्डे, अविश्कार भारती, अनु शाह, अर्चना धाख्वा, अप्सरा गिरी, अबमन पसछें, आचार्य प्रभा, आनन्द शर्मा, अंकुर शाह, अतुल प्रधान, अनन्त गोपाल रिसाल, अनिल पौडेल, अम्बिका गुरुङ्ग, अमर गिरी, अग्नि पराजुली, आनन्द रेग्मी, आनन्द सुवेदी, अनिल पाण्डे, अतुल प्रधान, अरुण शर्मा, आनन्द रेग्मी, ईश्वर देवकोटा, ईश्वरी भट्ट, उज्ज्वल भट्टराई, उमेश पोखरेल, उषा पन्थी, ऋद्धिपाणि गौतम, एक नारायण अधिकारी, एच.बी. भण्डारी, ऋषि बस्ताकोटी, एजेरु सिग्देल, एकनारायण अधिकारी, उमेश पोखरेल, उर्मीला निर्दोषी, कपिल सुवेदी, कल्पना रिजाल, कल्पना सुवेदी, कमला सरूप्, कपिल सिटौंला, कविन्द्र सिटौला, कल्पना सत्याल, कमला प्रसाई, केशव आचार्य, कुन्ति थापा, कृष्ण कुसुम, कमल पाण्डे, कर्णनाथ सुवेदी, कल्पना सायमी, कल्पना सुवेदी, कल्पना सत्याल, कल्पना सायमी, कविन्द्र सिटौला, कविचन्द्र पोखरेल, किशन थापा, किसनसिंह धामी, कृष्ण प्रधान, कृष्णप्रसाद भट्टराई, कृष्णमुरारी ढुङ्गेल, कृष्णप्रसाद सुबेदी, कृष्णमुरारी पौडेल, कोशलेन्द्र, कृष्ण कंडेल, कृष्णकुमार गिरी, खिमानन्द आचार्य, खेमलाल दहाल, खुमनारायण पौडेल, खेमचन्द्र पोखरेल, खेमराज दवाडी, खियानद्यन आचार्य, गीता खत्री, गुणराज लुइँटेल, गोबद्र्धन पूजा, गोपाल रेग्मी, गोबद्र्धन पूजा, गोबिन्द गिरी, गंगा लिगल, गजेन्द्र अर्याल, गणनाथ पौडेल, गणेश तिमिल्सिना, गान्धीराज काफ्ले, गिरिजा गौतम, गिरीश पोखरेल, गोपाल प्रसाद रेग्मी, गोपाल रेग्मी, गोविन्द गिरी, गोविन्द गिरी “प्रेरणा”, गंगा रेग्मी, गौतम दहाल, गीता पन्थ, गुहनाट पौडेल, डा. गोपी उप्रेती, चेवन प्र. आचार्य, चंकी श्रेष्ठ, चन्द्रवदना घिमिरे, चारुशीला मिश्र, चिन्तामणि तिवारी, चन्द्रेश्वर शर्मा, चिन्तामणी शिवाकोटी, जय छाङ्छा, ज्योत्सना राणा, ज्योति पौडेल, जय बञ्जाडे, जुनु क्षेत्री, टङ्क खरेल, टंक उप्रेती, टीका कुमार पुन, डिगबहादुर तामांग (घिसिङ्ग), तीर्थराज पाण्डे आँशु, तारा अधिकारी, तिर्थ तिम्सिना, तीर्थ श्रेष्ठ, तोयनाथ भट्टराई, थर्पू नाम्ची, दया सुबेदी, दामोदर “घताने”, दिनार रदानी, दया शाक्य, दीपा राई पुन, दुर्गा रिजाल, देव भट्टराई, डा. दीपक खड्का, दीपेन्द्रनाथ शर्मा, दुर्गा रिजाल,दया सुवेदी, दामोदर घताने, दिपेन्द्रनाथ शर्मा, दिलु चौलागाई, दिनेश राजभण्डारी, दिपेन्द्र निरौंला, देवेन्द्रप्रताप उपाध्याय, दिपक जडीत, दुर्गा रिजाल ‘सुरभी’ ध्रुव थापा, नगेन्द्र न्यौपाने, नम्रता गुरागाइँ, नगेन्द्र न्योपाने, नारायण अधिकारी, निर्मल प्याकुरेल, निर्मला श्रेष्ठ, नीरा शर्मा, निलम कार्की निहारिका, नन्दराज तुम्बाहाम्ङ्खmे, नवराज कार्की, नरबहादुर बि.सी., नारायण रेग्मी, नारायण खरेल, नादिया लिवाङ्ग, निर्मला रेग्मी, निलम थापा “विवश”, निमेश काकी, निरञ्जनमान सिंह, नेत्र आचार्य, पदम विश्वकर्मा, पुनम काफ्ले, पुरुषेत्तम सुवेदी, प्रकाश नेपाल , प्रमिला शर्मा, प्रेम राजभण्डारी, प्रेम संग्रौला, प्रदिप केसी, पूर्ण श्रेष्ठ, प्रमोद पगेनी, प्रेम सत्याल, प्रेम राजभण्डारी, परिमल, पारसमणि श्रेष्ठ, पुजन रोका, पुजा पन्त, पुरुषोत्तम सुबेदी, पुष्पमान जोशी, पुष्पा शाह, पूजा पन्त, पोषेन्द्र सत्याल, पवन लामिछाने, पुण्डरी अर्याल, पुस्कर पन्त, पूजा चन्द, पुष्प अधिकारी गौतम, प्रकाश सुबेदी, प्रदीप बिष्ट, प्रवेश वज्रचार्य, प्रकाश नेपाल, प्रीति दहाल, प्रेम संग्रौला, पुरुषोत्तम शर्मा, प्रभा आचार्य, प्रमोद घिमिरे, प्रदिप थापा, बासु खनाल, भगवती न्योपाने, भारती गौतम, भुपेन्द्र महत, भीमकान्त कार्की, भगवती न्यौपाने, भद्रिका शर्मा, भीम प्रसाद रेग्मी, भीष्म उप्रेती, भोजराज न्यौपाने, भुवन थापा, भोल ा आचार्य, भोला सापकोटा, मनु ब्राजकी, मञ्जु निरौला, मनिष पोखरेल, महेश्वर पन्त, मित्र पौडेल, डा. मधु माधुर्य, ममता कर्मचार्य, महेश सुवेदी, डा. मोहनप्रसाद जोशी, मोहन सिटौला, मणि बाङ्गदेल, मनु लोरहुङ्ग राई, मल्लिका शाक्य, माया शर्मा, मीना पौडेल, मनि भट्टराई, मञ्जु विमली, माया शर्मा, महेन्द्र बस्ताकोटी, मणि धिमाल, रजनी श्रेष्ठ, रविन्द्रभक्त श्रेष्ठ, राजव, रामप्रसाद अधिकारी, राजेन्द्रप्रसाद अर्याल, राजेन्द्र श्रेष्ठ, राम खत्री, रामप्रसाद खनाल, राजेन्द्र घिमिरे, राधिका शाह, रानी दीक्षित, रमा पोखरेल, राम खत्री, रमेश सत्याल, रामलामा अभिलाषी, रामचन्द्र भण्डारी, लक्ष्मण सत्याल, रामचन्द्र थापा, लक्ष्मी ढकाल, लिली के.सी., लालगोपाल सुवेदी, लेखनाथ काफ्ले, लेखनाथ भण्डारी, लता गदाल, वसन्त श्रेष्ठ, वामा ढुङ्गाना, वासुदेव खनाल, वासु श्रेष्ठ, विश्वराज अधिकारी, विजयदेव अधिकारी, डा. विजयराज शर्मा, विनोद मुठभरी, विद्याराज सुवेदी, विनोद रोका, विमला निरौला, डा. विष्णुप्रसाद पौडेल परिमल, वसन्त रायमाझी, वासु गौतम, विजय श्रेष्ठ, विजय सुब्बा, विपिन शेरचन, विप्लव प्रतीक, विनोद रोका, वसन्त थापा, वासु ढकाल, विकास थापा, विक्रम सुब्बा, विनोद मुठभरी, वन्दना कोईराला, विश्ववन्धु कार्की, शरद निरौला, डा.शतिस त्रिपाठी, शान्ता घिमिरे, शिवराज अधिकारी, डा. शिव गौतम, शिवप्रकाश पौडेल, शेखर ढुङ्गेल, शर्मीला पोखरेल, शकुन्तला ज्ञवाली, शुभाशिष शर्मा, श्यामा ओझा, शिखिर खनाल, शारदासिंह खाती,सुशिल नेपाल,सहदेव पौडेल, सबना शर्मा, सीता पाण्डे, सुशिल ताम्राकार, सुरेश शर्मा, सुविसुधा आचार्य, सिर्जना अर्याल, सोमनाथ घिमिरे, सुन्दर जोशी, सुष्मा श्रेष्ठ, सम्झना आचार्य, सन्तोष लामिछाने, सर्वज्ञ वाग्ले, सावित्री आचार्य, सीता अर्याल, साबु गदाल कार्की, सुदिपभद्र खनाल, सरला श्रेष्ठ, सरिता थापा, सरोज शुक्ल, सीता रेग्मी, सुरेन्द्रदेव आचार्य, सुबिसुधा आचार्य, सरु कली, सुमी लामिछाने, सिताराम अधिकारी, हरि घिमिरे, डा. हरिहर भट्टराई, होमनाथ सुवेदी, हरी थापा, हेमन्त श्रेष्ठ, होमनाथ सुवेदी, होमराज आचार्य, हरिश वैदिक, हिन्दमाया वैद्य, ज्ञानेन्द्र गदाल ।

अमेरिकामा नेपाली पुस्तकको इतिहासः

अमेरिकामा नेपाली पुस्तक प्रकाशनको इतिहास खोज्यौं भने तीसको दशकमा आख्यानकार परशु प्रधानले आफ्नो अमेरिका बसाईको क्रममा अमेरिकाको अनुभव र पात्रलाई समेटेर लेखिएको कथा संग्रह “समुद्रमा अस्ताउने सूर्य” प्रकाशित भएको पाइन्छ । दुर्गालाल शर्माले आफ्नो अमेरिका बसाईको बेला सिर्जना गरेका आफ्ना काव्याभिव्यक्तीहरूलाई ‘अलिअलि टेक्सस्’ (२००९) शीर्षकमा नेपालीसँगै भीम कार्कीद्वारा अनुवाद गरिएको अङ्ग्रेजी भाषामा कविताको संगालो प्रकाशित भएको थियो । कृष्ण धारावासीले पनि आफ्नो ‘राधा’ उपन्यासलाई अमेरिका बसाईको क्रममा २०१७ मा अङ्ग्रेजीमा प्रकाशित गर्नु भएको थियो । यसअघि डा. ताना शर्मा, मनु बाज्राकी आदि धेरैनै सर्जकहरूले आफ्नो बसाईँको क्रममा अमेरिकाबाट वा फर्केरपछि यहाँका बारेमा लेखिएका र्सिजनाहरू प्रकाशित गर्दै आएका थिए । तर अमेरिकामानै बसेर लेखिएको पहिलो पुस्तक होमनाथ सुवेदीको “प्रवासी स्वर” (१९९७) हो । यस संग्रहमा सर्जकले प्रवासी पीडालाई अक्षरमा बिसाएका ४१ वटा कविताका माध्यमबाट कवि पोखेका छन् । यो आप्रवासको पीडा बोकेको “प्रवासी स्वर” लाई उत्तर अमेरिकाकै पहिलो कृति मान्न सकिन्छ । त्यपछिका दिनहरूमा यस लेखकले प्राप्त गरेका कृतिहरूको विवरण अङ्ग्रेजी वर्णानुक्रममा राखिएका छन् । अध्ययन अनुसन्धानको क्रममा प्राप्त भएका पुस्तकहरूको विवरण विधागत रूप्मा अङ्ग्रेजी वर्णानुक्रमानुसार राखिएको छ ।

गद्य साहित्य ः (आख्यान– उपन्यास)

भारती गौतम – अमेरिकामा आमा (संस्मरणात्मक उपन्यास), विश्वबन्घु कार्की – मोना (२०१३), चन्द्रकान्त आचार्य – न्युयोर्क सुन्दरी, (२०१०), डा.दीपक खड्का – च्यात्न नसकेको चिठी (२००५), चिरिएको मुटु, (वि.सं.२००८), गंंगा लिगल – अमेरिका (२०१३), गोविन्द गिरी ‘प्रेरणा’ –लिभिङ्ग टुगेदर (२०१७), विसर्ग उपन्यास (२०१८), होमनाथ सुवेदी – उपन्यास – न्याउली –(१९८६), रत्ना– (१९८६), नजर–(१९८७), त्रिमूर्ति (१९८७), वीणा–(१९८८), द्यौराली (१९९४) ,अङ्कुर १९९६, यमपुरीको महल (२००७), डा.हरिराज भट्टराई – याङ्सिला, (२०१७), हरी शिवकोटी– ईष्टमित्र (उपन्यास २०००) (अमेरिका बस्दा लेखेर त्यहीँ प्रकाशित गरिएको), कृष्ण धारावासी – गेट फल्सना (२०१३), तल्लो बाटो (२०१७), कृष्णराज खनाल – पातालकी प्रेयसी (२००७), महेश्वर पन्त– फुर्लुङ (२०२०), नगेन्द्र नेउपाने – ‘उल्टो रिस’ (२००८), दरबार बाहिरकी महारानी २०१२), भाग १ उपन्यास, निलम कार्की ‘निहारीका’ – अर्की आईमई (२०१३), चीरहरण (२०१५), योगमाया (२०१६), निलन कुमार थेच्वमी – आज फेरि बेड फेरिन्छ (वि.सं.२००४), राजव (जर्नादन पुडासैनी) – एटलान्टिक स्टिुट (२००८), भूमिगत लीला ः दुई हजार बत्तीस (२०१०), मोटेल अमेरिका (२०१०), बेकारीमा उपन्यास (२०१२), सोटिट (२०१५), सन्तोष लामिछाने – अल्टिमेट आकाश (उपन्यास २०१८), सर्वज्ञ वाग्ले – पूनर्वास (२०१९), तीर्थराज पाण्डेय ‘आँसु’ – चिरायु (२००९), विजयराज शर्मा – भास, (२०१७),

गद्य साहित्य ः (आख्यान – कथा संग्रह)

अरुण शर्मा – सुशी र प्रशान्त महासागर, अमर त्यागी –ः अन्धसत्ता (२०१५), विश्वराज अधिकारी – मधुर मिलन (२०१३), मिसिसिपीको किनार, (२०१४), रानीघाट (२०१५), नलेखिएका कथा (२०१६), आई वाज रोङ (अंग्रेजी, २०१६), दिपक जडित – आँपको रूख (२०१३),गंंगा लिगल – ऐना (२०१०), जेसिका (२०१३), गोविन्द गिरी ‘प्रेरणा’ – घोराही शून्य किलोमिटर (२०१०), छड्के तिलहरी, (२०१२), गणतव्य गणबहाल २०१५), होमनाथ सुवेदी –लोकसाहित्यः नेपाली लोककथा–सङ्कलन छन्त्यालको छेउछाउबाट (१९९५), होमनाथ सुवेदी – लोकसाहित्यः छन्त्याल लोक कथा–सङ्कलन (२००८), हरि थापा – मेरो माटोसँग (२०१५), कथासंग्रह– व्यथाहरूको कथा (२०१४), आख्यान(२०१६), कमला सरूप – सम्झनाका अनुभूतिहरू, (२००४), कृष्ण धममी – एटलान्टिकका भंगालाहरू (२०१७), महेश्वर पन्त– मुन्द्रि (२०१७), नबोल्नेहरू (२०१९), नीशा अर्याल– अनगिन्ति चोटहरू (२०१६), नगेन्द्र नेउपान – हराएका कैदीहरू (२००४), अन्तिम घुट्को (२००७), कथा सङ्ग्रह, निमेष कार्की – दृष्टिको सृष्टि (२०११), निलम कार्की ‘निहारीका’ – बेली (२०११), ४२ कथा (२०१९), प्रमिला शर्मा – प्रेमको खोजीमा, (२००४), प्रमिला शर्मा – चिरिएको मुटु (वि.सं.२००८), पदम विश्वकर्मा– तमसुक (२०१९), शिवप्रकाश – जैमली (२०१४), धागी (२०७२),सुन्दर जोशी– क्यासल रककी अप्सरा (२०१२), सर्वज्ञ वाग्ले – क्यासिनो (२०१२), युधिष्ठिर (२०१५), सीता अर्याल– उपहार आँसुको (२०१७), सुबिसुधा आचार्य –ः रहस्यमय भोगाई (२००८), फ्रन्टपेज (२०१०), शेखर ढुङ्गेल – क्षितिजपारिका सपना हरू (कथा सङ्ग्रह २०१३), (माटोको सुगन्ध (कथा सङ्ग्रह २०१९), पुनम काफ्ले – छाया छवि भावना (कविता÷कथा संयुक्त सङ्ग्रह २००६)

गद्य साहित्यः – (समालोचना)

गोविन्द गिरी ‘प्रेरणा’ – तेलको धूप (२००५), होमनाथ सुवेदी – नव छायावादको छवि (२००८)—, समुद्रपारका समालोचना (वि.सं.२००८), अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन(२०१२), अनेक डायस्पोराका कविता, अनेक डायस्पोरामा देवकोटा (२०१३)अनेसासका पुरस्कृत कृति विवेचना (२००५)–सम्पादन—होमनाथ सुवेदी तथा मोहन सिटौला,

गद्य साहित्यः (निबन्ध–प्रबन्ध–यात्रा–संस्मरण लेख आदि) ः

अनिल पाण्डे– देशको बोली (२००३), वामा ढुङ्गाना – मनोद्वेग (२००२), भारती गौतम,– स्मृतिमा भीमू (संस्मरण २०१०), विगत र बाडुली ( संस्मरण २०२०), बिमला निरौला – वाल बगैचा (वि.सं.२००८), बादल र ऋतु (वि.सं.२०६५), वालमनको सेरोफेरो (वि.सं.२००८), विश्वराज अधिकारी –ः अचम्म (महत्वपूर्ण, रोचक, आश्चर्यजनक घटनाहरूको सङ्कलन(२०१९), अमेरिकी अर्थतन्त्रका विशेषताहरू (दृष्टिकोण,२०१९), दया शाक्य –ः नेपाली भाषा शिक्षा (१९९९), गंगा लिगल – गंगाको यात्रा (नियात्रा २०१३), गोविन्द गिरी ‘प्रेरणा’ – गुडबाइ अमेरिका (२००५), प्रजातन्त्रको काफल पाक्यो हजुर (हाँस्य व्यग्य २००४), हरीप्रसाद काफ्ले ‘शैव’ – शान्तिपुर (संस्मरण निबन्ध२०१६), हरि थापा – तिब्बती विम्बहरू (२०१३), कृष्णमुरारी ढुङ्गेल– होलाहोला (यात्रा २०२०),कोमल प्रसाद पाखरेल – मेरो अमेरिका यात्रा, कृष्ण धारावासी – गेट फल्सना (२०१३), कागजको मान्छे (यात्रा २०१७), रेड स्क्वायर (यात्रा २०१५), लीला बोध (दर्शन २०१६), खेमनाथ पौडेल – मरुभूमिको पीडा (वि.सं.२००४), नीशा अर्याल– राष्ट्र निर्माता र राजनीति (२०१६), नगेन्द्र न्योपाने – यात्रा बाङ्लादेशको (२००५), काङ्गो र इथोपियाको सेरोफेरो (नियात्रा २०१४), पुरुषोत्तम सुवेदी– दृष्टी कोण (२०१४), प्रमिला शर्मा – सम्झनाको अमेरिकामा घरिघरि, (२००५), पुण्डारी अर्याल – कलेजो फेरेको मान्छे (आत्मकथा २०१४), रामप्रसाद खनाल– गुल्मीदेखि अमेरिकासम्म (२००७),राजेन्द्र अर्याल – माल्भा (नियात्रा संग्रह २०१७), शिव गौतमः– ‘झ्याम्ली बाख्राको पाठो (२०७४), शारदा पाठक ‘केवल’ – टिपन टापन (२०१३), सन्तोष लामिछाने – सम्झनाको झरी अमेरिकामा घरीघरी, (२००५), सर्वज्ञ वाग्ले – जुवाघर (हाँस्य–व्यग्य २०११), साँढे (हाँस्य–व्यग्य २०१७), सुशिल ताम्राकार – पिताजीको सुनको तक्मा (आत्मसंस्मरण २०१४), डा. सुषमा आचार्य –चन्द्रमामा खरायो (वि.सं.२००८), डा. शुसिल तामाकार – पिताजीको सुनको पकमा (संस्मरण २०१४),अञ्जु निरौला– यथार्थमा अमेरिका (२०१०), यथार्थमा अमेरिका भाग– २ (२०१६), शेखर ढुङ्गेल – कहाँ छ मेरो देश ?(यात्रा स्मरण २००९), यात्रा स्मरण (नेपाल तथा भारतका बिभिन्न स्थानको भ्रमण स्मरण २०१९), परिबर्तनको लागि बिबेकसिलता (लेख सङ्ग्रह २०१३), भैरब रिसालको सय रुपिया र म (अतीतका सम्झना हरू संकलन २०१९),

पद्य साहित्यः (कविता,गीत,मुक्तक, हाइकु संग्रह)

अरुण शर्मा– ‘सुशी र प्रशान्त महासागर (२०१०), अञ्जु निरौला– प्रवासका सुस्केराहरू (२०१०), अनन्तगोपाल रिसाल – ‘आध्यात्म–यात्रा’(१९९९), अम्बिका गुरुङ्ग – भाव सागर (२०१५), अविश्कार भारती – टुसाएको गगन (हाइकु संग्रह २०१९), विष्णुबहादुर सिंह – अनुभूतिका साङ्ला पानाहरू, (मुक्तक, कविता २००४), वसन्त श्रेष्ठ –वसन्त श्रेष्ठका कविता (२००७), भावनाका लहर हरू (२००९), उज्यालो खोज्ने आवाजहरू (२०१०), अर्को गोलाद्धमा उभिएको मान्छे (२०२०), वामा ढुङ्गाना – नयाँ मुलुकको नाद (वि.सं.२००६), ‘प्रणय–प्रसङ्ग’ कविता संग्रह २००२, भारती गौतम, आकाशमाथिको शहर, (२००७), भोला सिपाकोटी – प्रलयाग्नि सङ्घारबाट (२००९), भुपेन्द्र महत– अलिकति जून देऊ (२०१२), भीम कार्की – बाटोमा उभिएको समय (२०१२), बिटु केसी– मायाको मात (मुक्तक २०१८), विमला निरौला– ‘तिमीबिनाको हाम्रो जीवन बालमन, बादल र ऋतु, पशुपन्छी, बाल बंगैचा (सबै बाल कविता सङ्गह २००७), निर्दोष कोपिला ( बाल गीत सङ्गह २०१४), विनोद रोका – परिवेश (गीत संग्रह, २०१०), विकास विष्ट – मनको वह (२०१४), विश्वराज अधिकारी – विश्वगीता (श्रीमद् भगवद् गीतास्मूलपाठ एवं व्याख्या (२०१५), बङ्मती से लमहा (गीत सङ्ग्रह, बज्जिका भाषा(२०१६), दीपा राई पुन – स्पन्दनका रागहरू (२०१३), छुटेको बागदाता (२०१५), दुर्गा रिजाल ‘सुरभि’– पातालको ताल (२०१७), महेश्वर पन्त– हराएको मान्छे (गजल २०११), ओझेल परेको जून ( गीत २०१४), ज्ञानेन्द गदाल – मलाई छुने मन ( गीत सङ्ग्रह २००३) र झरीपछिको आकाश (गीत सङ्ग्रह २०१३), ज्ञानेन्द्र गदाल—मलाई छुने मन –(२००३), गंगा लिगल – आमा (२००७), गंगाका तरङरगहरू (२००७), संगीतको आभास (२००७), सागरपारी (२०१०), भानु तिम्रो सम्झनामा (२०१२), ममताको खास्टो (खण्डकाव्य २००९), सखी वियोग (२०११), ह्दयका स्पन्दनहरू (लामो कविता २०१५), लाली गुँरास (गीत २०११), गंगाका गजल (२०१०), गुणराज लुईटेल– जलेको मन (२०१६), गोबर्धन पूजा– बिक्रीमा यो जिन्दगी (गजल २०१२), अनामनगरकी अम्बिका, गोबिन्दप्रसाद कोईराला’ – नेपाल खोज्दैछ (२०१३), हिरण्यकुमारी पाठक– चमत्कारी औंठी (२०१४), चतुरे बन्यो नेता (२०१४), हरीप्रसाद काफ्ले ‘शैव’ – अनुभूति (२०१६), हस्त गौतम ‘मृदुल’– गौतमका गजल (२०११), मृदुलका गजल (२०११), हरी शिवकोटी– आकाशपाताल (कविता, १९९९), हेमनाथ घिमिरे—छातीभित्र देश दुख्दा (इ.सं.२००४), शिवप्रकाश पौडेल— गोलमाल (हास्यव्यङ्ग्य कवितासङ्ग्रह)—(वि.सं.२०६३), होमराज आचार्य –‘जीवित कड्ढाल’ र ‘आलुबारीमा देवता’ (१९९९), होमनाथ सुवेदी – महाकाव्यः डायास्पोराको पेन– (२००९)– खण्डकाव्य ः छयासीको छवि—खण्डकाव्य(२००८)र ‘ग्रहग्रस्त दिवाकर’—खण्डकाव्य(२००८), होमनाथ सुवेदी, – प्रवासी स्वर (वि.सं.१९९७) ‘आप्रवासका सुसेली’–कविता सङ्ग्रह (२००६)— प्रणय–प्रसङ्ग (२००१), हरि थापा –ः परिमित (२०१६), परदेशको व्यथा (२०१८), मियो (गजलसंग्रह २०१७), होमराज आचार्य—जीवित कङ्काल (१९९९), आलुबारीमा देवता (२००३), ईश्वरी भट्ट – आमा (२०२०), केही थँुगा पूmलहरू (२०२०), जय छाड्छा –. अन द ब्याड्ढ अफ द पोटोम्याक, सन् २००१, ज्याति पौडेल – मन मेरो स्वदेशमै (गीत२००७), आमा, परदेशको कोसेली, कमला प्रसाई– म बिनाको मेरो जीवन (गीत २००६),सेतो गाजल – गजल सङ्ग्रह (२००७), साईनोभित्रको मान्छे (२०१४), कपिल सुवेदी – फूलको बयान (२०११), कपिल सिटौंला – देश हराएको म (२०१२), कल्पना सुवेदी – मधु (२०१४), मधु (हाइकु संग्रह २०१४), निशब्द जलतरङ्ग (बसोकसेकीका २०१४), अनामिका (२०१४), अक्षर (हाइकु २०१४), कल्पना सत्याल – बैंसको रूख (२०१४), खेमनाथ पौडेल—मरुभूमिको पीडा (वि.सं.२००४), खियानन्द आचार्य – धर्तीका माकुरा, कृष्णकुमारी पौड्याल – स्वदेशको माटो (२००४), छलहरू (२०१०), कोपिला (२०१२), लेखनाथ ‘शिखर दुलाल’ – विरानो आकाशबाट (२०१३), लक्ष्मी श्रेष्ठ –‘तिम्रो सम्झनामा (२०२०), लालगोपाल सुवेदी – पानी, योगमाया र ईन्द्रेणी (काव्य २०१५), सबाल्टर्न पात (काव्य २०१५), छायालाई माया नगर्नुहोस् (२०१५), अग्नि आतङ्क (२०१५), फूलका दुःख (गीत संग्रह २०१५), भूगोलभन्दा माथि (गीत संग्रह २०१५), रोटीको दन्त्य कथा (२०१९), मणी भट्टराई– देशविहीन देशभक्तहरू (२०१४), ममता कर्माचार्य – मनका कुरा (मुक्तक संग्रह २०१०), अझै दुख्दै छ मन (२०१४), मोती रिजाल – वेदनाका लहरहरू (कविता संग्रह २०१४), मोतीराम रिजाल – वेदनाका लहरहरू सपनाका शहरहरू (२०१४), मोहन सिटौला – नयाँ मुलुकको नाद (२००६), आवाजका जुलुसहरू (२०१४), नयाँ विश्व (२०१४), मोहनप्रसाद जोशी – कहाँ छ ठाउँ (२०११), माया थापा – मायाको साइनो (वि.सं.२००४), मनु व्राजाकी – आगोले त पोल्छ, पोल्छ पानीले झ पोल्छ (गजल २०१४), मणि वाङ्देल सागर – मेरो भागमा परेको प्रीत (२०१३), मीना शाक्य – आमाको पुकार (२०१३), मधु शर्मा – मान्छे ढुङ्गा र ईश्वर(वि.सं.२००३), महेन्द्र बस्ताकोटी – चुडाचारू (२०११), महेन्द्र बस्ताकोटी – चुडाहरू (२०११), विष्णुबहादुर सिंह – अनुभूतिका सग्ला पानाहरू (२००४), मञ्जु विमली – दुई थोपा आँसु ( ), नम्रता गुरागाई – मन भए तिमीसँग (२००८), नारायण अधिकारी – ईन्द्रेणीका रङरगहरू (हाईकु २०१४), नदिया लिवांग – नदियाको लहर (२०१८),नगेन्द्रराज न्यौपाने – हराएका कैदीहरू (वि.सं.२००४), अन्तिम घुट्को (२००७), नगेन्द्रराज न्यौपाने—हराएका कैदीहरू—कविता सङ्ग्रह (वि.सं.२०६१), निमेष कार्की – दृष्टिबिहीन विरह (२०११), बुलन्द आवाज (२००२), मातृवेदना (२००२), निमेषका कार्कीका कविता र गजल, दृष्टि र सृष्टि (२०११), निलम कार्की ‘निहारिका’– ‘निहारिकाका कवितादेश हराएको म (२००६), निशान्त तम – आत्माको आँसु – गजल सङ्ग्रह — एकान्त, हिउँको तन्ना (२००८), पुस्कर पन्त – नेपालदेखि अमेरिकासम्म(२०१७),प्रेम संग्रौला – सुकीधुपी (खण्डकाव्य २०११), प्रभा आचार्य– प्रदेशबाट (२००५), प्रमिला शर्मा—प्रेमको खोजीमा (२००४), प्रकाश नेपाल– राती फुल्ने पूmलहरू (२०१२), अझै दुख्दै छ मन (२०१४), पदम विश्वकर्मा– शब्द सुमन (२०१३), पल्पसा – परिवेश र पालहरू (गीत २००४), रमेश सत्याल प्रेमपराग (२००४)—, सागर श्रेष्ठ –चौतारी कविता सङ्ग्रह भाग १—२, रमा पोखरेल –इच्छाहरूको मृत्यु–दिवस (इ.सं.२००३)—, रामप्रसाद खनाल– देश हराएको मान्छे (कविता÷गजल २०१७), मूर्दाहरूको बस्ती (२०१९), राजेन्द श्रेष्ठ – आँकुरा (गीत २०१६), तरङ्गका छालहरू (मुक्तक २०१७), शिव गौतम – ‘सपनाका रंगहरू’ (१९९९), ‘मुटुनेरी सिस्नेरी’(२००३), हेरीरहने बाटाहरू (२०१७), शिवप्रकाश – गोलमाल (हास्यव्यङ्ग्य कवितासङ्ग्रह)—(२००६)—, जय नेताजी ( ), शिखर दुलाल ‘लेखु’ – विरानो आकाशबाट (२०१३), पिता श्री परमेश्वर(२०१४), यात्रा अविरल (२०१५), शरद निरौला– लजाएका परेलीहरू (२०१३), शेखर ढुङ्गेल – शेखरका सय कविता (२००८), माटोको सुगन्ध (गीतिसंग्रह २०१६), शर्मीला श्रेष्ठ (सरू काली) – मुर्चुङ्गाको शहर (गजल २०१४), शारदा पाठक ‘केवल’ – केवलका गजलहरू (२०१४), शान्ता अधिकारी घिमिरे – प्रवासी मन (कविता संग्रह, २०१०), शकुन्तला (शकुन) ज्ञवाली– ‘पालुवा र मन्जरी’ (२०१४), तिमी र म (२०१६), ‘भन्दिनु है बा (२०१८), सावित्री आचार्य – मनको आवाज (२०११), सन्तोष लामिछाने – चामल खानेहरू र चौलानी पिउनेहरू, सीता शर्मा – निशा–निरूप्ण (मुक्तक संग्रह, सहदेव पौडेल – माटो र मन (२०१४), टङ्गप्रसाद खरेल – बलिको बोको (हाँस्यव्यङरग्य कविता संग्रह २०१३), बन्दुकको नाल, शान्ति र भागबण्डा ( (२०१३), तीर्थ अधिकारी– विरिम पूmल (मूक्तक २०१४), जूनका टुक्राहरू (मुक्तक २०२०), तीर्थराज पाण्डेय ‘आँसु’ – आमाको सपना (खण्डकाव्य २००७), सविता (खण्डकाव्य २००८), योगेन्द्र रेग्मी – पातालतिर भास्ँिसदा (२०१०), बेहाल (गजल २०१०)

नेपाली सर्जकबाट अंग्रेजीमा लेखिएका पुस्तकहरूः

अन्मोल सिटौला – भ्वाईस अफ लिबर्टी (कविता २०१२), धु्रव थापा – द ड्रिम वि हेड टुगेदर (कविता २०१५), टेस्ट अफ द हिमालय (कविता २०२०), हिमाङ्शु कुँवर – स्नो फल्स् (कविता २०१०), कलरफुल ब्वाइ (२०११), द आईल्याण्ड ईन द टाईम पोकेट (उपन्यास), कृष्ण धारावासी – राधा (उपन्यास), नगेन्द्र न्योपाने – एन अडिसी ईन साईक्लोन (यात्रा संस्मरण २००८), हाईवे एण्ड ब्रिज इञ्जिनियरिङ्ग (प्राविधिक २०१३), मणि बाङ्देल र निलम कार्की निहारिका – एक्रस द ओसन (कविता संग्रह २००९), निमेष कार्की – हन्टिङ्ग टेरर (२०११), ओबामा द फाउन्टेन अफ होप (२०१२), प्रिया सुवेदी – सुपर गर्ल (बाल उपन्यास २००८), द रोबोटिक मोसन (कविता २०१४), सरोज कृष्ण जोशी – लस्ट ईन अमेरिका (संस्मरण २०१४), सुलेखा भण्डारी – फोरगटेन मेमोरी (कथा–कविता २०१०), शिवपसाद लामिछाने ‘शिशिर’ – गोल्डन बल ईन पिगी बैक (बाल कथा संग्रह २०१२), टियुन्स अफ एक्जिस्टेन्स (कथा संग्रह २०१४)

क्यानडाको नेपाली साहित्य

सन् १९८३ मा उत्तर अमेरिकालाई समेत समेट्ने उदृेश्यका साथ डिसीमा ‘एशोसिएसन अफ नेपालिज् ईन अमेरिकाज्’ (ए.एन.ए.) को स्थापना भएपछि डा. कुञ्जर शर्मा क्यानडाको प्रतिनिधि बन्नु भयो । सन् १९८९ मा ए.एन.ए. को क्यानडा शाखा बनाएपछि विरेन्द्र थापा ए.एन.ए. क्यानडाको अध्यक्ष बन्नु भयो । त्यसको एक वर्षपछि (सन् १९९०) किरण ढुङ्गानालाई ए.एन.ए क्यानडाको अध्यक्ष बनाइयो । अमेरिकामा रहेको संस्थाको अध्यक्ष बनेपछि किरण ढुङ्गानालाई क्यानडामा नै नेपालीहरूको सहभागितामा बेग्लै संस्था खोल्ने जमर्को चल्यो । केही मित्रहरूको सहभागितामा किरण ढुङ्गानाले सन् १९९१ मा “नेपाली एशोसिएसन इन क्यानाडा” – नेक (एन.ए.सी.) को स्थापना गर्नु भयो । यसै संस्थाका माध्यमबाट क्यानडामा नेपालीहरूका बीच भेटघाट हुन र नेपाली समाजको गतिविधिलाई लिपिमा उतार्न तथा समुदायमा सूचना प्रवाह गर्न ढुङ्गानाले सन् १९९२ मा अंग्रजी भाषामा “न्यूजलेटर” को प्रकाशन आरम्भ गर्नु भयो । ‘न्यूज लेटर’ को पहिलो अङ्कमा प्रा. कुमुद शर्माको नेपाली भाषामा लेखिएको लेख ‘बाहिर बस्नेहरूलाई शङ्का छ’ नेपाली भाषामा प्रकाशित हुन्छ । यही लेखलाई क्यानाडामा नेपाली भाषामा लेखिएर प्रकाशित भएको पहिलो रचनाका रूप्मा लिन सकिन्छ । सन् १९९३ मा ‘न्यूज लेटर’ अङ्ग्रेजी नामको ठाँउमा लाली गुँरासको नामबाट प्रकाशित हुन थाल्छ र दुई अङ्कपछि ‘लाली गुँरास’ को ठाँउमा ‘दियालो’ को नामबाट प्रकाशन शुरु भएपछि आजको मितिसम्म प्रकाशित हुँदै आएको छ । ‘दियालो’ मा क्यानडाका स्रष्टाहरूले आफ्नो सिर्जना पस्कने चौतारी पाएपछि साहित्य मनपराउने क्यानेडियाली नेपालीहरूबाट साहित्य लेखन शुरु भएको थियो । ‘दियालो’ को प्रकाशनले निरन्तरता पाउ“दै गएपछि यहा“का लेखक कविहरूको फेहरिस्तमा नया“ नया“ नामहरू थपिदै जान थाल्छ । प्रारम्भिक चरणमा ‘दियालो’ मा निरन्तर कलम चलाउनेहरूमा उही शसु (मोन्ट्रियल), मनि गुरु¨, (मोन्ट्रियल), शारदा ढु¨ाना, डा. अम्बिका अधिकारी, कुन्द शर्मा, ज्योत्सना राणा, राजेश सिंह (अटवा), जिमी घिमिरे, जिमीहाँग किरात, प्रकाश गौतम, युक्तराज खा“ड ठकुरी, रजनी पराजुली, कल्पना मरहठ्ठा, मणीराम पोखरेल, सुनीता गौतम, मधु कर्माचार्य (अटवा), राजकुमार सुनार (मोन्ट्रियल), कल्पना मरहठ्ठा, बीना बर्मा, किरण ढुङ्गाना, गोबिन्द घिमिरे, शारदा ढुङ्गाना, युवराज खा“ड, मैया उप्रेती, रजनी पराजुली, पारस पराजुली, डा. कुमुद शर्मा, आदि देखा पर्छन । त्यसपछिका अङ्कहरूमा नया“ नया“ लेखकहरू थपिदै गएको पाइन्छ । यसरी दियालो बालेर अगाडि बढेको क्यानेडियाली नेपाली साहित्यले विस्तारै गति लिदै गएको देखिन्छ ।

क्यानडामा २००० पछि नेपालीहरूको आगमनमा तिब्रता आउन थालेपछि नयाँ नयाँ संस्थाहरू पनि जन्मथाल्छन् । विशाल टोरोन्टोमा २००४ फरवरीमा वसन्त पञ्चमीका दिन साहित्यप्रति आस्था राख्ने केही साहित्यकर्मीहरूको प्रयासबाट साहित्यिक गतिविधिलाई निरन्तरता दिदैजान ‘नेपाली साहित्य समाज, टोरोन्टो’को स्थापना हुन्छ । क्यानडाभरी साहित्यकर्म गर्ने उदृेश्यका साथ यसको दर्ता ‘नेपाली साहित्य समाज, क्यानडा’को नामबाट गरेपछि क्यालगेरी र भ्यानकुभरमा नेसासका शाखाहरू खोलिएका छन् । डा.गोबिन्दसिंह रावत, डा. तुलसी धरेल, नविन वैद्य (नवीन अन्योल) र अमित शर्मा संस्थापक रहेको नेपाली साहित्य समाज क्यानाडाले नियमित साहित्यिक कार्यक्रमहरूको आयोजना गर्नका साथैमा साहित्यिक गतिविधिलाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपाली साहित्य समाजले २००४ देखि निरन्तर साहित्यक गोष्ठीहरूको आयोजना र साहित्यकारहरूको सम्मान कार्यक्रमहरू गर्दै आएको छ । प्रारम्भमा पिएनसिसि (पशुपतिनाथ मन्दिर) र पछि एनआरएन–क्यानाडाको साहित्य तथा संस्कृति समितिसँग मिलेर कवि गोष्ठी गर्दै आएको नेपाली साहित्य समाजले आयोजना गर्दै आएको साहित्यिक गोष्ठीहरूमा प्रारम्भमा डा. तुलसी धरेल, नविन वैद्य (नवीन अन्योल), अमित शर्मा, प्रदिप बासकोटा, लेखनाथ तिमिल्सिना, राजिव थापा, सुजन मास्के, भरत पौडेल, डा. गोबिन्दसिंह रावत, डा. विनोद बराल, अनुप न्योपाने, राधिका खरेल, विश्व वर्मा, नवराज गुरुङ्गसँगै बाल कवि र कवियत्री स्वर्णीमा गुरुङ्ग, मेधावी गौतम, सम्पूर्ण गुरुङ्ग, प्रिया श्रेष्ठ, अनुशयाना गौतम, एनी भट्टराई, इशान प्रधान आदिको सहभागिता रह“दै आएको थियो । नेसासले २०१४ मा क्यानडाका काव्यकारहरूलाई एउटै प्रकाशनमा समेटने उदृेश्यका साथ ‘क्यानडाको काव्य सुसेली’ प्रकाशित गरेको देखिन्छ । त्यस्तै नेसासको प्रकाशनमा डा. गोबिन्दहिंक रावतको ‘नेता’ (२०१४) नाटक संग्रह, ‘ गङ्गा’ (२०१९) कथा संग्रह र ‘आप्रवास साहित्य विचरण’ (२०१९) समीक्षा संग्रह, किरण ढुङ्गानाको ‘कमली’ (२०१६) उपन्यास, ‘झरेको पात’ (२०१९) उपन्यास, मुक्ती गौतमको ‘भेरीको किनार’ (२०१७) आदि कृतिहरू प्रकाशित भएको देखिन्छ ।

दियालोपछि साहित्यिक पत्रिका प्रकाशनको सन्दर्भमा कुरा गर्नु पर्दा टोरोन्टोबाट डा. गोबिन्दसिंह रावतको सम्पादनमा जनवरी २००५मा ‘सौगात’ पत्रिका प्रकाशित भएको पाइन्छ । नेपाली क्यानेडियन कम्युनिटिज् सर्भिसेस् (एन.सि.सि.एस) बाट प्रकाशित सौगातका अहिलेसम्म तीन अङ्कहरू प्रकाशित भएका छन् । पहलो र तेस्रो अङ्क डा. गोबिन्दसिंह रावतको सम्पादनमा प्रकाशित भएको थियो भने सौगातको दोस्रो अङ्कका सम्पादक डा. दिपकराज ओझा हुनु हुन्थ्यो । सौगातमा डा. तुलसी धरेल, नवीन अन्यौल, विष्णु उपाध्याय, डा. गोबिन्दसिंह रावत, अनुजा शिवाकोटी, शिलु घिमिरे, राजेन्दै प्रसाई, शब्द पौड्याल, मुक्ती गौतम, अनुप प्रधानाङ्ग आदिका कविता र बिना बर्मा, कुसुम रावत, शमा उपाध्याय, डा.दिपकराज ओझा, डा. विनोद वराल,सुसन मास्के, केदार बस्नेत, माण्डवी ओझा, गोपीकृष्ण काÏले, ज्योति वैद्य, डा. गोबिन्दसिंह रावत र प्रदिप बास्कोटा आदिका कथा, निबन्ध, लेख आदि रचनाहरू रहेको पाइन्छ ।

क्यानाडाको राजधानी अटवामा २००२ मा “नेपालिज क्यानेडियन एशोसिएसन अफ अटवा” को स्थापनापछि बाट ‘अटवा चौतारी’ पत्रिका प्रकाशित हु“दै आएको छ । ‘नेपालिज क्यानेडियन एशोसिएसन अफ क्यानाडा’ नामक संस्थाकै सांस्कृतिक क्रियाकलाप हेर्ने सदस्यको मातहतमा प्रकाशित हुदैआएको अटवा चौतारीमा सम्पादकको नाम राखिएको पाइदैन । प्रारम्भमा अटवा चौतारीलाई अगाडि बढाउनेहरूमा राधा बस्नेत, चन्द्र राई, कालीप्रसाद सुवेदी, सुरेन उप्रेती, पुष्कार पोखरेल, भरत चुडाल, पुष्प राई, डा. राजिव नेपाल, ईन्द्र राई, तारा उप्रेती, केशर थापा आदिको उल्लेखनीय भुमिका रहेको देखिन्छ । अटवा चौतारीमा कलम चलाउने पद्य लेखकहरूमा शितलहरी गौतम, राजेश कार्की, डा. विष्णु कुमार धिताल, सीता अधिकारी, लीला शर्मा, सीता ढकाल उप्रेती, रचना शेरचन, राजेन्द्र सुवेदी, अनिल पौड्याल, अनुज प्रधानाङ्ग, रबिन सुब्बा, भवानी पाण्डे, गोबिन्द दाहाल, ठाकुर प्रसाद छांगा र बाल कवि कैलास सुवेदीको नाम रहेको छ । त्यस्तै अटवा चौतारी मा गद्य विधामा कलम चलाउनेहरूमा सुरेन उप्रेती, प्रा. ज्ञानप्रसाद क्षेत्री, शालीग्राम अर्याल आदिको नाम रहेका छ । साहित्यिक पत्रकारितालाई व्यवस्थितरूप्मा प्रकाशन आरम्भ गरेर व्यवसायिक रूप्बाट नियमित प्रकाशन गर्दैजाने उदृेश्य लिएर अक्टुबर २००८ मा विशाल टोरोन्टोमा ‘चौतारी मिडिया एण्ड कम्युनिकेशन’को नामबाट संस्था दर्ता भएर यसको पहिलो प्रकाशनका रूप्मा ‘चौतारी’ साहित्यिक पत्रिका गोपीकृष्ण काÏलेको सम्पादनमा प्रकाशित हुन थालेको पाइन्छ । तर चौतारी पत्रिकाले पनि निरन्तरता पाउन सकेन । जम्मा चार अंक नियमित प्रकाशित भएर यसको प्रकाशन पनि बन्द भएको छ । चौतारीमा आप्mनो साहित्यिक रचना प्रकाशित गराउने क्यानेडियाली नेपाली साहित्यकारहरूमा गद्य विधामा डा. द्रोण रसाली, सुरेन उप्रेती, डा. विनोदमणी वराल, डा.गोबिन्दसिंह रावत, परशु तामङ्ग आदि रहेको छन् भने पद्य विधामा डा. तुलसी धरेल, मोहन अर्याल, गोपीकृष्ण काÏले, भरत पौड्याल, मुक्ती गौतम, अनिल पौडेल, विश्व बर्मा, डा.गोबिन्दसिंह रावत, नवीन अन्योल, पशुपति पोखरेल, राधीका खरेल, भनुप न्योपाने, प्रतीभा गुरुङ्ग र बाल प्रतीभा प्रिया श्रेष्ठ आलि रहेका छन् । अनेसासको अटवा चेप्टरबाट प्रकाशित प्रतिध्यनि का दुई अङ्क २०१३ र २०१५ मा देखा पर्छ । नेपाली साहित्य समाज, क्यालगरीले पनि स्थानीय सर्जकलाई समेटेर स्पन्दन (२०१९) साहित्यिक पत्रिका प्रकाशन गरेको देखिन्छ । यस पत्रिकामा सहभागी भएका सर्जकहरूमा नविन सुब्बा, राजेन्द्रप्रसाद प्रसाई, पण्डित रामहरी पराजुली, सुर्य जोशी अधिकारी, ज्ञानेन्द्र पोखरेल, कुसुम ज्ञवाली, केशवमोहन अधिकारी, धन्वन्तरी मिश्र, राजवर्सिंह थापा, रामहरी अधिकारी, हेलियन पौडेल, तनुश्री वाग्ले, घनेन्द्र न्योपाने, अरुण श्रेष्ठ, जानु नेपाल, चन्दकला घिमिरे भट्टराई, चन्द्रकला प्रसाई ढकाल, युवराज शर्मा गौतम, राजेन्द्र गौतम, नविन आचार्य, रामचन्द्र भरूराई, स्पन्दना के.सी., पिटर, बिक्रम राउत ‘अखिल’, रामचन्द्र शर्मा, लक्ष्मण श्रेष्ठ, सरीता पाठक, लक्ष्मी शर्मा, विकास ढकाल, विवेक बानिया, सुष्मा श्रेष्ठ अधिकारी, सविता पौडेल आदि छन् ।

क्यानाडाबाट प्रकाशनमा आएका यी नेपाली पत्रिकाहरूमा अंग्रेजी भाषाका कविता, कथा र लेखहरूले पनि स्थान पाउ“दै आएको छ । नेपालबाहिरबाट प्रकाशित हुने भएकोले अंग्रेजी भाषाले पनि यी पत्रिकाहरूमा स्थान पाउँदै आएको छ र विशेष गरेर बाल प्रतीभाहरूले आप्mनो अनुभूतीहरूलाई अंग्रेजी भाषामा नै अभिव्यक्त गरेका छन् । यसै परिपेक्ष्यमा विशाल टोरोन्टोका युवाहरूको प्रयासबाट ‘शब्द’ पत्रिका पनि प्रकाशित भएको छ । २००६ मा एक अङ्कमात्र प्रकाशित शब्दमा नेपाली युवाहरूका अंग्रेजी भाषाका रचनाहरू संग्रहित छन् । नेपाली भाषाको शब्दबाट पत्रिकाको नाम राखिएकोले होला यसमा डा.दिपकराज ओझाको एउटा नेपाली कविता समावेश गरिएको छ । २०११ मा बृटिश कोलाम्बिया (भ्यानकुभर) बाट ‘हाम्रो सेरोफेरो’ नेपालिज कल्चरल सोसाईटी अफ बृटिश कोलाम्बियाको प्रकाशनमा प्रकाशित भएको थियो । त्यस्तै एन.आर.एन. क्यानडाबाट प्रकाशित सोभिनियरमा पनि नेपाली लेखनले ठाँऊ पाउँदै आएको छ । यि सम्मेदनका दस्तावेज प्रकाशनले पनि क्यानडामा नेपाली साहित्यलाई मलजल दिने काम गर्दै आउकोलाई नकार्न सकिदैन । क्यानडाको नेपाली साहित्यलाई धेरथोर मात्रामा भएपछि विद्युतीय पत्रिकामा खबर सम्प्रेषण, क्यानेभिजन, क्यालगेरीबाट संगालो, टोरोन्टो नेपाल र आजको मितिमा नेपालीटच डट कम लाई पनि विर्सना सकिदैन । २००६ मा अटोवाबाट प्रकाशित कविता क्यालेन्डरले पनि यहाँका सर्जकलाई चौतारी दिएको थियो । गैरआवासीय नेपाली संघको सहकार्यमा क्यानडामा नेपाली साहित्य गोष्ठीसँगै क्यानडाका विभिन्न शहरमा संचालिन नेपाली कक्षा संचालनमा एकरूप्ताका लािग सुरेन उप्रेतीको प्रमुख संयोजकत्वमा २०१७ मा प्रवासमा नेपाली शिक्षा, भाग १ र २ पुस्तकको प्रकाशन भएको छ । क्यानडामा नेपाली साहित्य समाजको भ्यानकुभर शाखाबाट मानकाजीको संयोककत्वमा काव्य गोष्ठीले निरन्तरता पाउँदै जानाले नयाँ नयाँ सर्जकहरू देखा पर्न थालेका छन् । भ्यानकुभरमा निरन्तर साहित्य कर्म गर्नेहरूमा मानकाजी ‘जेना’, राजेन्द्र कार्की, कल्याण थापा, सुब्रत श्रेष्ठ, प्रफुल्ल जोशी, बीना श्रेष्ठ, अनीता गिरी आदि देखिन्छन् । त्यस्तै क्यालगरीको नेपाली साहित्य समाजले पनि सिर्जनालाई निरन्तरता दिन काव्य गोष्ठीको आयोजन गर्दै आएको छ । यसरीनै क्यानडाकाको मोनिटोबा प्रान्तको नेपाली कल्चरल सोसाइटी अफ मनीटोबाले विभिन्न अवसरमा संस्कृतिकसँगै नेपाली भाषा साहित्यिमा पनि कार्यक्रम पनि गर्दै आएको छ भने नेपाली कक्ष पनि संचालन गर्दै आएको देखिन्छ । त्यहाँ कलम चलाउनेहरूमा ज्ञानेन्द्र पोखरेल, पुरुषोत्तम राज सिंह आदिको नाम अग्रपंक्तीमा आउने गर्छन् । क्यानडाका भुटानीमलका नेपालीहरूले पनि नेपाली साहित्यको प्रवद्र्धनको क्षेत्रमा उल्लेखनीय भूमिका निर्वाह गरेको देखिन्छ । २००८ मा भुटानीमूलका नेपालीहरूको आगमनपछि विण्डसोरका भानु ढुङ्गानाले निरन्तर साहित्य गोष्ठीसँगै नेपाली कक्षा संचालन र पुस्तक प्रदर्शन आदि कार्यक्रमको आयोजना गर्दै आएका छन् । ढुङ्गानाद्वारा संचालन हँुदै आएको ‘अङकुर साहित्य चौतारी’ ले क्यानडाका भुटानीमूलका नेपालीलाई मात्र नभएर क्यानेडियाली नेपालीहरूका माझ साहित्य स्वाँद पस्कदै आएको छ । यसका अतिरिक्त क्यानाडाका विभिन्न प्रान्त र शहरमा अवस्थित नेपाली संस्थाहरूको प्रकाशनमा प्रकाशित बुलेटिन, सोभेनियर आदिले साहित्यिक रचनालाई प्राथमिकताका साथ समेट्दै आएको छ । कोरोनाको महामारीले गर्दा सामुहिक भेटघाट बन्द भएपछि नेपाली साहित्य समाजले नियमित भर्चुयल काव्यगोष्ठीका माध्यमबाट क्यानडाभरीका सर्जकहरूलाई जोडेर तिनका सिर्जना पस्कने काम गर्दै आएको छ ।

प्रारम्भ देखिनै कलम चलाउने सर्जकहरूको नामावली अङ्ग्रेजी वर्णाक्रमानुसार

अञ्जु घिमिरे, अनुजा शिवाकोटी, अनुप न्योपाने, अनुप प्रधान, अनुप प्रधानाङ्ग अनीता गिरी, अनुजा घिमिरे, अनुल प्रकाश, अर्जुन घिमिरे, अम्बिका सुवेदी, अम्बिका अधिकारी, अनिल पौडेल, अशोक खड्का, आरोह उप्रेती, डा. भरतमान श्रेष्ठ, डा. विनोदमणी वराल, बालचन्द्र मिश्र, बाबुराम सेढाई, बन्धु पोखरेल, बबि विष्ट थापा, भरत पौड्याल, भरतमान श्रेष्ठ, भोला सुवेदी, भानु ढुङ्गाना, भानुभक्त आचार्य, भावना पोखरेल, भावना भट्ट, भीम रिजाल, वाशुदेव राजभण्डारी, वीना श्रेष्ठ, बिनु काप्mले, बिना बर्मा, विरेन्द्र लम्साल, विष्णु पगनी, विष्णु उपाध्याय, विस्मिता पराजुली, विश्व बर्मा, चिरञ्जिवी घिमिरे, चिजु गौतम, चेतनाथ रिमाल, चन्दा अधिकारी, चन्द्र गुरुङ्ग, डा. द्रोण रसाली, डा.दिपकराज ओझा, देव अधिकारी, देवराज सुवेदी, डि.पी. ओस्ती, दिपक ढकाल, धर्म के.सी, धनेन्द्र न्योपाने, डा.गोबिन्द दहाल, ज्ञानेन्द्र पोखरेल, गंगा आमिटारे, गीता ढकाल, गोपीकृष्ण काफ्ले, गोबिन्द घिमिरे, डा. गोबिन्दसिंह रावत, गोपाल भण्डारी, गोकुल भण्डारी, हरी शिवाकोटी, हरी मानन्धर, डा. ईन्द्र कायस्थ, ईन्द्र राई, ईश्वर ढुङ्गेल, जमुना किरण पौडेल, जानकी नेपाल, जयराम सिङ्खडा, ज्योति वैद्य, ज्योत्सना राणा, ज्योती उपाध्याय, किरण ढुङ्गाना, डा.खेमप्रसाद नेपाल, किरण रेखा पौडेल, किरण पन्त, कुसुम रावत, कृष्णहरी गौतम, केदार बस्नेत, केहरसिंह गुरुङ्ग, कंचन गौतम, कमल कोईराला, कमला रूपखेती, कोपीला लिम्बु, कष्णहरी गौतम, कविता श्रेष्ठ, कविता घिमिरे, कल्पना अवस्थी, किस्मत भण्डारी, कल्याण थापा, कालीप्रसाद सुवेदी, कुशुम ज्ञवाली, खेम गुँरागाई, खेमराज पोखरेल, खगेन्द्र गौतम, लिला खतिवडा, लिलानाथ पाण्डे, लेखनाथ तिमिलसिना, लीलावती न्योपाने, मीना शर्मा, मुरारी अधिकारी, मञ्जु आचार्य, मञ्जु भट्टराई, मदन बस्नेत, मोहन अर्याल, माण्डवी ओझा, मनिशा भट्टराई, मानकाजी ‘जेना’, मुक्ती गौतम, नवराज कोईराला, नारायण घिमिरे, नवराज सुवेदी, नवीन सुवेदी, नवीन अन्यौल, निर्मल अधिकारी, डा. प्रमोद ढकाल, परशु तामङ्ग परु पाण्डे, पुरुषोत्तम राज सिंह, प्रमोद कौशिक, प्रफुल्ल जोशी, प्रदिप बास्कोटा, प्रदिप पौडेल, प्रताप बस्नेत, प्रतीभा गुरुङ्ग, पुण्यसागर मरहट्टा, पुष्प लाल, प्राणध्वज शाह, पुष्कर थापा, पुष्कार पोखरेल, पुष्पराज आचार्य, पशुपति पोखरेल, प्रिया श्रेष्ठ, प्रमीला बस्नेत, रेवतिरमण खनाल, रबिन थपलिया, रविमान सिंह बस्नेत, रविन्द्र लम्साल, रोशन कर्माचाय, रमेश थापा, राजेन्द्र सुवेदी, राजेन्द्र कार्की, राजेन्द्रप्रसाद प्रसाई, राजकुमार राई, राधिका खरेल, राधा अर्याल, डा. राजिव नेपाल, ऋषी वस्ताकोटी, ऋिषीराज दहाल, सरस्ती लामिछाने, सुरेन उप्रेती, सुरेन्द्र राजभण्डारी, सुसन मास्के, सुब्रत श्रेष्ठ, सुदर्सन पौडेल, सुमन घिमिरे, सुभाष सत्याल, सन्तोष बराल, सन्तोष उपाध्याय, सन्तोष थापा, सुष्मा ढुङ्गेल, सवीता श्रेष्ठ, सवी थापा, सपना गौतम, सविन्द्र लम्साल, सुशिला शर्मा, सुमन राई, शर्मीला पोखरेल, शिषिर भुषल, शिषिर पाण्डे, शिलु घिमिरे, शब्द पौड्याल, शमा उपाध्याय, शारदा ढुङ्गाना, शालीग्राम अर्याल, श्याम पौड्याल, टपेन्द्र थापा, डा. तुलसी धरेल, तारा रेग्मी, तारा उप्रेती, ठाकुर प्रसाद छाँगा, उमाकान्त सुवेदी, उमाकान्त सुवेदी, उज्वल गौतम, उज्वल गौतम, योगेन्द्र भट्टराई, यसु शिवाकोटी, युवराज प्रधान ।

क्यानडामा पुस्तक प्रकाशनको इतिहासः

अध्ययन अनुसन्धानको क्रममा प्राप्त जानकारी अनुसार क्यानडाबाट प्रकाशित भएको पहिलो कृतिका रूप्मा शोभा भट्टराईको ‘अन्त्यहीन अन्त्य’ उपन्यास २००१ म प्रकाशित भएको देखिन्छ । त्यसपछि २००२ मा मानकाजी जेना (श्रेष्ठ) को यात्रा संस्मरण ‘चीनको डुलाई क्यानाडाको बसाई’ देखा पर्छ । यहीँबाट क्यानडामा प्रकाशनको इतिहास शुरु भएको देखिन्छ । ) हो । यसको दोस्रो संस्करण पनि २००३ मा प्रकाशित भएको पाइन्छ । त्यसपछि उनकै यात्रा संस्मरण, हाँस्य व्य“ग्य र लेख÷रचनाको संग्रह ‘मनको बह सबैलाई कह’ (२००४) र कविता संग्रह ‘मान्छे मान्छे नै बन्नुपर्छ’ आदि प्रकाशित भएको देखिन्छ ।

अध्ययन अनुसन्धानको क्रममा प्राप्त भएका पुस्तकहरूको विवरण अङ्ग्रेजी वर्णानुक्रमानुसार राखिएको छ ।

बीना श्रेष्ठ र अनीता गिरी – ‘सर्ट स्टोरिज फर चिल्डरेन’ (अङ्ग्रेजी भाषामा, २०२०), भानु ढुङ्गाना – नभएसम्म डेट्रोयट, (कविता, २०१७), डि.पी. वस्ती ः– अविरल यात्रा, (कविता, २०१८), डा. गोबिन्दसिंह रावत –ः नेता (नाटक संग्रह, २०१५), विश्व रङ्गमञ्चमा सडक नाटक ः परम्परा र प्रयोग (अनुसन्धान कृति, २०१५), गंगा, (कथा संग्रह (विसं २०१६), आप्रवास साहित्य विचरण, (समीक्षा संग्रह २०१९), हरी शिवकोटी– ग्रीनकार्ड (उपन्यास २००५), मेरी अमेरिकी (उपन्यास २०११), डा. खेमप्रसाद नेपाल – रामानुज दर्शनको परिचय (दर्शन २०१४), श्रीभगवत् अनुसन्धानम् (धार्मिक २०१७), किरण ढुङ्गाना –ः मोन्ट्रियल क्याफे’ (संस्मरण, २०१५), ‘कमली’ ( उपन्यास, २०१७), ‘झरेको पात’ (उपन्यास २०१९), कुसुम ज्ञवाली – सिएन टावर, (उपन्यास, २०२०), केसवमोहन अधिकारी – ऐँजेरू, (कविता, २०२०), केहरसिंह गुरुङ्ग –ङ्ला ङ्योल्सोमै (मेरा सोल्टिनीहरू)(उपन्यास, २०१२), पथिक म जीवनको (जीवनी २०१७), विकृतिका अग्ला पर्खालहरू (कथा सङ्ग्रह, २०१८), गलत पाइला (कथा सङ्ग्रह, २०१९), मानकाजी जेना – चीनको डुलाइ क्यानाडाको बसाइ, यात्रा संस्मरण ( गद्य र पद्य (काब्य दुबैमा ) २००२, मनको बह, सबै लाइ कह, गद्य( निबन्ध ( यात्रा संस्मरण (२००४) , मान्छे, मान्छे नै बन्नुपर्छ कविता सङ्ग्रह, सन् २००९, इन्धन र उर्जा, कविता संग्रह (२०१५), अमेरिका बरालिदा, अनुवाद (२०१८), मुक्ती गौतम – भेरी किनारमा एक क्षण (कविता संग्रह, २०१७), रमेश थापा – धुनका रङ्गहरू, (कविता, २०१५), राजेन्द्रप्रसाद प्रसाई – ग्रिनकार्डको सुसाडल नोट (कविता, २०१४), रविन थपलिया – सपनाको मान्छे (कविता संग्रह २०१६), डा. राजन पोखरेल – जीवन दर्शन (विचार संकलन २०१५), सुरेन उप्रेती –पछुतो (२००७), आकाशे परी (२००७), डटर्स अफ एभ्रेष्ट (अंग्रेजी, २०१८) (वालकथा सग्रह), झिलिमिली तारा (वाल गीत संग्रह २००७), अनन्त यात्रा (२०१२), प्रेयशी रोवर्ट (२०२० कथा सग्रह, बधशालाको डिस्को धुन (निवन्ध सग्रह २०१७), सपना गौतम–सपना सिन्धु, (गजल, २०१३), शोभा भट्टराई – अन्त्यहीन अन्त्य, (उपन्यास, २००१), शर्मीला पोखरेल – परदेशमा मेरो देश (अंग्रेजी नेपाली कविता संग्रह, २०१४), टंक खनाल– बन्दुकको नाल शान्ति र भागबण्डा (२०१३), बलिको बोको (२०१३)।

उत्तर अमेरिकाका सर्जकहरूको संयुक्त प्रयास

अमेरिका र क्यानडा उत्तर अमेरिकामा पर्ने दुई वेग्लै राष्ट्र भए पनि नेपालीको आगमनपछि प्रारम्भदेखि नै संयुक्त प्रक्रियाबाट यहाँ संस्थागत गतिविधि शुरु भएको थियो । सन् १९६७ मा स्थापना भएको ‘अमेरिका नेपाल सोसाईटी’ (ए.एन.एस) मा डा. कुञ्जर शर्मा क्यानडाको प्रतिनिधि बन्नु भयो । सन् १९८३ मा “एसोसिएसन आफ नेपालिज ईन द अमेरिकाज (ए.एन.ए.) स्थापना भएपछि ए.एन.ए. को क्यानडा शाखा बनाएपछि विरेन्द्र थापा क्यानडाको अध्यक्ष बन्नु भयो । त्यसको एक वर्षपछि किरण ढुङ्गानालाई ए.एन.ए क्यानडाको अध्यक्ष बनाइयो । १९९२ मा स्थापना भएको अ.ने.सा.स. मा किरण ढुङ्गानाले क्यानडाको प्रतिनिधित्व गर्नु भएको थियो भने १९९५ मा वहाँ अनेसासको अध्यक्ष भएर एउटा कार्यकाल पुरा गर्नु भयो । क्यानडाबाट प्रकाशित हुने ‘दियालो’ र अमेरिकाबाट प्रकाशित हुने ‘अन्तर्दृष्टि’ लगायतका पत्रपत्रिकाहरूमा दुवै राष्ट्रका साहित्यकर्मीहरूका सिर्जनाहरूले स्थान पाउँदै आएको थियो । यो सिलसिला अहिलेसम्म पनि यथावत नै छ । २००५ मा डा. हरिराज भट्टराईको सम्पादनमा अमेरिकाबाट निस्केको पहिलो संयुक्त कविता संग्रह ‘सेतु’ मा क्यानडाको पनि सहभागिता रहेको थियो । डा.ताना शर्माको प्रधान सम्पादक र डा. गोविन्द रावत, बसन्त श्रेष्ठ, हेमन्त श्रेष्ठ, बासु श्रेष्ठको सम्पादनमा पहिलोपटक उत्तर अमेरिकाका कविहरूको पहिलो संयुक्त सँगालो ‘उत्तर अमेरिकाका कवि र कविता’ २००९ मा प्रकाशित भएको थियो । यसमा अमेरिका र क्यानाडाका बस्ने ५१ जना कविहरूका ९६ कविताको संकलित छन् । त्यस्तै अनेसासको प्रकाशन “अनेक डायस्पोराका कविता” (२०१२), मा उत्तर अमेरिकासहीत विभिन्न महादेशका १२५ वटा प्रतिनिधि कविका कविताहरू समावेश छन् । २०१३ मा लेखनाथ भण्डारीको संपादनमा महाकवि देवकोटाको शताब्दी वर्षको उपलक्ष्यमा निस्केको ‘शताब्दी’ मा संयुक्त रूपमा यस भेगका कविहरूका कविता संकलन भएको छ । २००३ मा अन्तर्दृष्टि’ ले अन्तर्राष्ट्रिय कविता विषेशाङ्क प्रकाशित गरेको थियो । त्यपछिका दिनमा पनि अन्तर्दृष्टिले गीत विषेशाङ्क, र कथा विशेषाङ्कहरू प्रकाशित गर्दै आएको छ । यसरी उत्तर अमेरिकासहीतका कविहरूलाई समेटेर प्रज्ञा प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घको संयुक्त प्रकाशनमा ‘नेपाली डायस्पोराका कविता’ २०१५ मा प्रकाशित भएको देखिन्छ । अनेसास नर्थ क्यारोलेनाबाट २०१७ मा ‘समुद्रपारीको मन’ कविता संग्रह प्रकाशित भएको देखिन्छ । यसमा उत्तर अमेरिकाका २० जना कविका कविताहरू संकलित छन् । जानकारी अनुसार २०१३ मा ‘शताब्दी’ र २०१५ मा मा ‘प्रवासी मनका ढुकढुकी’ कविता संग्रहकरु प्रकाशित भएका छन् । त्यस्तै ‘शारदा’, ‘जनमत’ आदिले पनि उत्तर अमेरिका विषेशाङ्क निकालेको थियो । २०१९ मा गैरआवासीय नेपाली संघको भाषासाहित्य उपसमितिबाट ‘डिस्टेन्ट रेज’ उत्तर अमेरिकाका २१ ज्ना कथाकारका कथाहरू अंग्रेजीमा प्रकाशित भएको छ भने प्रज्ञा प्रतिष्ठानको प्रकाशनमा २०१९ मा ‘अन्तरदेशीय नेपाली कथाहरू’ मा उत्तर अमेरिकाका २९ कथाकारका कथासहीत प्रकाशित भएको थियो । काठमाडौंबाट २०१९ (२०७६ माघ÷फागुन) मा ‘कल्पतरु’ ले आफ्नो ८४ औं अङ्क उत्तर अमेरिका विशेषाङ्कका रूप्मा निकालेको थियो । यसमा यस क्षेत्रका ३८ जना सर्जकहरूका सिर्जनाहरू समावेश गरिएको थियो । जसको भर्चुयल विमोचन भानु जयन्तिको उपलक्ष्यमा जुलाई २०२० मा भएको थियो । २०२० मा प्रकाशित कृष्ण कुसुम र गणेश घिमिरेको सम्पादनमा निस्केको ‘परदेशका कथा’ मा उत्तर अमेरिकाका २४ जना कथाकारहरू समाहित छन् । उत्तर अमेरिका विशेषाङ्कका रूप्मा प्रज्ञा प्रतिष्ठानले कृशु क्षेत्रीका संपादनमा ‘उत्तर अमेरिकाको नेपाली कविता’ प्रेसमा गई सकेको र यसै वर्ष (२०२०) प्रकाशित हुने जानकारीमा आएको छ ।

यसरी उत्तर अमेरिकाका साहित्यकारहरूको सहभागितामा सम्पन्न भएका संयुक्त साहित्य गोष्ठीहरूमा २०१६ मा नेपाली साहित्य समाज, क्यानडको आयोजनामा क्यानडाको मिसिसाँगामा ‘उत्तरअमेरिका काव्य संगम’ को आयोजना भएको थियो । जसमा ९ जना अमेरिकाबाट र १४ जना क्यानडाबाट साहित्यकर्मीहरूको उपस्थिति रहेको थियो । २०१८ मा नेपाली साहित्य समाज, क्यानडाको आयोजनामा विश्वप्रसिद्ध नियाग्रा फल्कको अगाडि ‘सीमा वारीपारी काव्य गोष्ठी’ को आयोजना भएको थियो । यसमा उत्तरअमेरिकाका ७४ जना कविहरूले नियाग्रा फल्सअगाडि कविता वाचन गरेका थिए । त्यस्तै २०१९ मा राजमित्र प्रज्ञा प्रतिष्ठानले बोस्टनमा ‘उत्तरअमेरिका कथा वाचन’ कार्यक्रमको आयोजनामा उत्तरअमेरिकाका १५ जना कथाकारको कथा वाचन भएको थियो ।

उत्तर अमेरिकाको सिर्जनाका प्रवृत्तिहरूः

साहित्यको अध्ययनमा विधागत् संचना र धारागत् प्रवृतिको महत्वपूण भूमिका रहने गर्दछ । साहित्य सिर्जनाका लागि एउटा कारण चाहिन्छ । पूवीय साहित्य सिद्धान्तमा साहित्य हेतु र साहित्यको प्रयोजनका बारेमा चर्चा गरेको पाइन्छ । साहित्य हेतु अर्थात साहित्य लेखिने कारण वा अभिप्राय भन्ने बुझाउँछ । साहित्यको प्रयोजनले साहित्य सिर्जनाको उदृेश्य भन्ने जनाउँछ । त्यहीँ उदृेश्यपूर्ति गर्न सर्जकले सिर्जनालाई माध्यम बनाउने गर्छन् । साहित्यमा कल्याणमुखी प्रवृति हुन्छ जसले सर्जकलाई समाज कल्याण हेतु केही कार्य वा सहित्य सिर्जना गर्न उत्प्रेरित गर्छ । साहित्य कुन हेतु वा कारणले लेखिन्छ । साहित्य सिर्जनाको कारण स्वानन्द पनि हुन सक्छ र समाज कल्याण पनि हुन सक्छ । बिना कारण केही हुँदैन । साहित्यको प्रयोजन यथार्थिक जगत्प्रतिको अभिरुचि वा काल्पनिक जगत निर्माण पनि हुन सक्छ । शिक्षाको लागि वा आनन्दको लागि अथवा भनौं पीडा वा सद्भावको लागि साहित्य सिर्जनाका प्रवृत्ति हुन सक्छ । सर्जकले जीवनको विसङ्गति, सृष्टिको नियति र मान्छेको बाध्यताको अनुभूतिलाई सिर्जनामा राखेका हुन्छन् । सर्जक भनेको समाजको चुनौती स्विकारेर अघि बढ्ने कलाकार हो । उसको सिर्जनामा अदृश्यका दृश्य प्रतिविम्ब हुने गर्छ । सर्जक जागरुक सामाजिक प्राणी हो । ऊ असत्यविरुद्ध उभिएर सत्यको पक्षमा वकालात गर्ने वकिल हो । प्रारम्भमा उत्तर अमेरिकाको साहित्य सर्जकहरूका रचनामा विछोड, वेदना, मातृभूमि प्रेम, राष्ट्रिय विसङ्गति, माया पिरतीका कुराहरू अभिव्यक्त हुने ग¥थ्यो । यिनका सिर्जनामा आप्रवासको स्थिति र परिस्थितिको उद्घाटन भएको हसन्थ्यो । आप्रवासमा आफ्नो पहिचानको संरक्षण गर्न संगठित भएर पहिचान जोगाई राख्न संघर्षरत रहने आप्रवासी सर्जकहरूका सिर्जनामा यिनै भावहरू मुखारित हुने गर्छ । परदेशीय र स्वदेशीय भावको संवेदना सिर्जनामा आउने गर्छ । यिनका सिर्जनामा स्वछन्दवाद, नवचेतनावाद, जातीय चेतना, संस्कृति चेतना, नारीवादी स्वर, विसङ्गतवाद, राष्ट्रवाद, यथार्थवादसँगै आप्रवासी सर्जकले आफ्ना अतीतका सम्झनाहरूलाई समेत रचनामा उतारेको पाइन्छ । परभूमिमा जन्मेको यात्रिक पीडा, मानवीय उकुसमुकुसका कथाव्यथा आदि सबै यिनका सिर्जनामा पाइन्छ । प्रकृति संरक्षण, भूमण्डलीकरण आदि विषयगत चेतना पनि यिनका सिर्जनाका माध्यम बनेको पाइन्छ । आप्रवासी पीडा, पलायनको व्यथा, मानवतावादी स्वर, जातीय अस्मिता, पूर्खाको खोजी, देशको अस्थिर राजनीति, मानवहीन परिवेश आदिको चित्रण गर्दै समकालीन समाजको अवस्था र बहुसाँस्कृतिक परिवेशको चित्रणसँगै यान्त्रिक जीवनको भोगाईभित्र मानवताको खोजी गर्ने प्रयास सिर्जनामा देखिन्छ । अझ परदेशको अत्याधुनिक जीवन शैलीमा देखिएका समलिङ्गी परिवेशको चित्रण र बहुविवाहका विसङ्गत परिस्थिति सन्तानप्रतिको नैरस्यतामा अनुभूतिले सिर्जनामा स्थान पाएको हुन्छ । मनमा नेपाल बोकेर प्रवासिएका यिनै सर्जकहरूको सिर्जनाबाट नेपाली साहित्यलाई वैश्विकरण गर्दै गएको देखिन्छ । स्वभूमि र स्वजनभूमिले जन्माएका पीडाहरूलाई साहित्यका रचनामा प्रकट गरेर मनको जलनलाई शान्त गर्ने प्रयास गरेको देखिन्छ । आप्रवासी सर्जकले आफ्नो जन्मभूमि र कर्मभूमिको अनुभूति यिनका सिर्जनामा प्रकट गरेको हुन्छ । आजको साईवर संस्कृतिले नेपाली साहित्यलाई अझ फैलने मञ्च निर्माण गर्दै छ । यसरी नेपाली साहित्य विश्व साहित्यको नजिक पुग्न सफल भएको देखिन्छ । आज नेपाली साहित्यको विकेन्द्रीकरण हुँदै गएको छ । हिजो छापाका पत्रिका सिर्जना पोख्ने माध्यम बनेको थियो भने विद्युतीय पत्रकारिताको थालनीसँगै सिर्जनाले व्यापकता पाउँदै गएको छ । निष्कर्षमा भन्नु पर्दा आप्रवासी सर्जकका सिर्जनामा जीवनका विभिन्न पक्षका बारेमा, विदेशी जनजीवन, मातृभुमिप्रतिको प्रेमभाव, जन्मभूमि र कर्मभूमिको द्वन्द्वात्मक परिस्थितिको वर्णन, जातीय गठजोड, लैंगिक समानता, जन्मभूमिमा देखिन राजनीतिक विसङ्गत स्थििति, प्रेमाघात, विवाह विच्छेद, प्रेम, समर्पण, यौन, हिँसा आदिसँगै मानवतावादी स्वर जस्ता विभिन्न भावहरू मुखारित हुने गर्दछन् । (सेप्टेम्बर २५, २०२०)

सन्दर्भग्रन्थ सूचीः-

१. अन्तर्दृष्टि (वर्ष १७ अड्ड १, पूर्णाड्ढ ३२ः अ.ने.सा.स., वाशिङ्गटन डीसीः वि.सं. २०६६

अन्तर्दृष्टि. (वर्ष १९, अड्ढ १, वि.सं. २०६८ वैशाख

अन्तर्दृष्टि. (वर्ष २४, अड्ढ १, वि.सं. २०१७ जेठ

२. ‘अनेक डायस्पोरामा देवकोटा’, “अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका प्रकाशित कृतिहरू”, (अ.ने.सा.स., वासिङ्टन डिसी, २०१२) ।

३. ‘अन्तर्राष्ट्रिय नेपाली डायस्पोरा प्राज्ञिक अध्ययन’—(सम्पादक–गीता खत्री, होमनाथ सुवेदी, प्रकाश नेपाल).अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, वाशिङ्गटन डीसीः विसं.२०६८ ।

४. ‘अनेक डायस्पोराका कविता’ (सम्पादक–खिमानन्द आचार्य, होमनाथ सुवेदी, प्रकाश नेपाल) अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, डिसी मेट्रो च्याप्टर, वाशिङ्गटन डीसीः वि.सं. २०६९ ।

५. ‘अन्तर्दृष्टिः पौष–आषाढ २०१३. ‘नेपाली साहित्यको विकासमा क्यानडा–युके, जापान र युएसए’ अनेसासका अध्यक्षद्वारा मई२६, १९९६युएस्मा युएस्एमा भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य

६. थापा, हिमांशुः साहित्य परिचय, साझा प्रकाशन (वि.सं. २०३६)

७. शर्मा, डिल्लीराज ः नेपालबाहिरको साहित्य र संस्कृति, साझा प्रकाशन (वि.सं. २०५१)

८. सुवेदी होमनाथ तथा सिटौला मोहन, (संपादन) —अनेसास पुरस्कृत कृति विवेचना (२००५)

९. ‘वाङ्मय’ (सम्पादक जयालक्ष्मी राई)दोश्रो अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन, लन्डनः वि.सं.२०६८ ।

१०. सुवेदी, होमनाथ, समुद्रपारका समालोचना. वाशिङ्गटन डीसीः अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज. २००७ ।

सुवेदी, डायस्पोराबाट नेपालका समालोचना, वाशिङ्गटन डीसीः अनेसास विसं. २०७०

सुवेदी, उत्तर अमेरिकाको नेपाली साहित्यको इतिहास, अ.ने.सा.स., डिसी, २०१८

सुवेदी, “नेपाली साहित्यको विकासमा अनेसासको भूमिका”, होमनाथ सुवेदी., अन्तर्दृष्टि, १२ः३, २०६१ (कत्तिक–मंसिर–पुष), पृष्ठ २६ ।

११. ‘स्मारिका’ (सम्पादक भारती गौतम).प्रथम अन्तर्राष्ट्रिय साहित्य सम्मेलन, न्युयोर्क, वि.सं.२०६८।

१२. ‘समुद्रपारीको समालोचना’, “अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका प्रकाशित कृतिहरू”, ( अ.ने.सा.स., वासिङ्टन डिसी, २००९) ।

१३. सुवेदी, राजेन्द्र ः संस्कृति अध्ययन र नेपाली साहित्य, पाठ्य सामाग्री प्रकाशन, वि.सं. २०७३ ।

१४. रावत, डा. गोबिन्दसिंह ः आप्रवास साहित्य विचरन, नेपाली साहित्य समिति, क्यानडा, २०१९।

१५. श्रेष्ठ, डा. दयाराम र शर्मा, प्रा. मोहनराज ः नेपाली साहित्यको संक्षिप्त इतिहास, साझा प्रकाशन (सातौं सं., वि.सं.२०६१)

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।