16 वर्षदेखि निरन्तर
समकालीन साहित्य

डायस्पोरिक नेपाली कथामा कोडमिश्रण

कृति/समीक्षा उषा आचार्य April 4, 2021, 8:11 am
उषा आचार्य
उषा आचार्य

सार
मानिसका विचार, भाव वा आशय आदि अभिव्यक्त गर्ने माध्यम भाषा हो । मानव भाषा नै भाषिक कोड हो । व्यक्तिले आफ्ना विचार प्रस्तुत गर्नका लागि एउटा भाषिक कोड चयन गरेको हुन्छ तर सो भाषामा अन्य भाषाका कोड मिश्रण गर्दछ । अहिले विश्वव्यापीकरणको समयमा केवल मातृभाषालाई सम्पर्क भाषा बनाउन सम्भव देखिदैन । एटटा भाषामा अन्य भाषाका शब्द आगमन भई व्यवहृत हुँदै जाँदा सो आगन्तुक शब्द मातृभाषामै मिसिएको देखिन्छ । कोड मिश्रण सामान्य प्रव्रिmया भइसकेको देखिन्छ । द्विभाषी व्यक्तिले कोडको मिश्रण गर्छन् । सञ्चारमाध्यमको प्रभावबाट कोडमिश्रणको गति बढिरहेको पाइन्छ । सञ्चार माध्यम वा कथ्य रूपमा मात्र नभई लिखित साहित्यमा पनि कोण मिश्रणको रूप देख्न सकिन्छ । यसरी कोड मिश्रण आन्तरिक र बाह्य रूपकमा हुने गर्दछ । डायस्पोरामा लेखिएका नेपाली कथामा पनि नेपाल भित्रका अन्य मातृभाषा र भाषिकाका साथै देशबाहिरका भाषाका शब्दको मिश्रण भएको पाइन्छ । पाठकलाई प्रभाव पार्न, वार्तालाप स्वाभाविक र विश्वसनीय बनाउन, आशय स्पष्ट पार्न, प्रतिष्ठा बढाउन, आफ्नो भनाइलाई जोड दिन डायस्पोरिक कथामा रूप, शब्द, पदावली र वाक्य स्तरमा नाम, विशेषण र व्रिmया बुझाउने कोडको मिश्रण भएको देखिन्छ । त्यसैले प्रस्तुत अध्ययनमा डायस्पोराका नेपाली कथामा आन्तरिक र बाह्य कोणमिश्रणको स्थितिको विश्लेषण गरिएको छ ।
शब्दावली: कोड मिक्सिङ, द्विभाषिकता, भाषा परिवर्तन, वाक्यात्मक मिश्रण, शाब्दिक मिश्रण

विषयपरिचय
मातृभूभिबाट विच्छेद भई भिन्न मुलुकको संस्कृति ग्रहण गरिरहेका व्यक्ति कुनै न कुनै माध्यमबाट मातृभूमिसँग जोडिनु डायस्पोरा हो । वर्तमान समयमा श्रम, अध्ययन, बसाइसराइका निम्ति नेपालबाट अन्य देशमा विदेसिने व्रmम पनि बढिरहेको छ । यसरी नेपाली भूमि र संस्कृति छोडेर विदेशी संस्कृति अवलम्बन गर्ने व्रmममा नेपालीमा विकसित देशमा जाँदाको खुसी, फरक संस्कृतिमा समायोजन हुन नसक्नुको पीडा, मातृद्रोहको ग्लानि, अपरिचयको चिन्ता, विभाजित मनस्थितिका साथै मूलराष्ट्र, इतिहास, घर, आफन्त, नेपाली संस्कृति, संस्कार र जीवनशैलीप्रति मोहजस्ता अनुभूति हुन्छ । प्रवासी जीवन बिताइरहेका नेपाली लेखकहरूले यस्ता अनुभूतिलाई कथाका माध्यमबाट प्रस्तुत गर्दछन् जसलाई डायस्पोरिक नेपाली कथा भनिन्छ । कथा भाषाका माध्यमबाट अभिव्यक्त हुन्छ । लेखकले आफ्ना अभिव्यक्ति, विचार, विषयको प्रस्तुतिका लागि एउटा भाषिक कोड चयन गर्दछ । एक व्यक्तिले एक सम्प्रेषणका लागि एक भाषाको मात्र छनोट गरोस् भन्ने मान्यता राखिन्छ तर सधैँ यस्तो सम्भावना रहँदैन । उसले ए भाषामार्फत आफ्ना विचार प्रस्तुत गर्ने व्रmममा दोस्रो भाषाका शब्द र सम्बन्धित भाषाका भाषिकाको प्रयोग गर्दछ जसलाई कोडमिश्रण भनिन्छ । नेपाली कथा नेपाली भाषामा नै लेखियोस् भन्ने मान्यता राखिए पनि यी कथामा नेपालका अन्य मातृभाषा र विदेशी भाषाको मिश्रण देखिन्छ । डायस्पोरिक नेपाली कथामा पनि नेपाली भाषालाई विचार सम्प्रेषणको प्रमुख माध्यम भाषा बनाई नेपाली भाषाका भाषिका, नेपालमा बोलिने अन्य मातृभाषा र विदेशी भाषाको प्रयोग भएको छ ।
प्रस्तुत लेखमा सार्क राष्ट्रबाहेक अन्य मुलुकमा प्रवासी जीवन बिताइरहेका नेपाली लेखकद्वारा सिर्जित डायस्पोरिक अनुभूति प्रकट भएका कथालाई विश्लेष्य सामग्रीका रूपमा लिई ती कथामा प्रयोग भएका नेपाली भाषाका शब्दबाहेकका अन्य भाषाको शब्दको पहिचान गरी भाषावैज्ञानिक अध्ययनका आधारमा विश्लेषण गरिएको छ । डायस्पोरिक नेपाली कथालाई रोमाञ्च, पीडा, विभाजित मानसिकता, अतीतमोहजस्ता व्यक्तिगत अनुभूतिका आधारमा अध्ययन गरिएको भए पनि भाषातŒवका आधारमा विश्लेषण गरिएको देखिदैन । यी कथामा नेपालमा बोलिने नेपाली भाषाका भाषिका, अन्य मातृभाषा, अङ्ग्रेजी, हिन्दीलगायतका भाषिक कोडको मिसावट भएकाले यस कोणबाट अध्ययन गरिनु आवश्यक छ । प्रस्तुत लेखमा यही आवश्यकता पूर्तिका लागि डायस्पोरामा लेखिएका नेपाली कथाबाट सोेद्देश्य नमुना छनोट गरी कथामा प्रयुक्त आन्तरिक र बाह्य कोडमिश्रणको स्थिति निरूपण गरिएको छ ।

समस्याकथन र उद्देश्य
डायस्पोपरिक नेपाली कथाको नेपाली माध्यम भाषामा अन्य भाषाको मिश्रण कसरी गरिएको छ भन्नु नै अध्ययनको मूल समस्या हो । यस मूल समस्यासँग सम्बन्धित अनुसन्धेय प्रश्नका रूपमा नेपाली डायस्पोरिक कथामा आन्तरिक कोड मिश्रणको के कसरी गरिएको छ ? र नेपाली डायस्पोरिक कथामा बाह्य कोडको मिश्रण के कसरी गरिएको छ ? भन्ने रहेका छन् । यिनै प्राज्ञिक समस्याको समाधान गर्नु प्रस्तुत अध्ययनको मुख्य उद्देश्य हो ।

अध्ययनविधि
प्रस्तुत अध्ययन पूर्णतः साहित्यिक र गुणात्मक भएकाले समस्याको समाधानका लागि आवश्यक पर्ने सामग्रीको सङ्कलन पुस्तकालयीय आधारमा गरिएको छ । यस अध्ययनमा डायस्पोरामा लेखिएका कथामध्ये सोद्देश्य नमुना छनोटका आधारमा होमनाथ सुवेदीको, राजव, सञ्जु बजगाईँ, महेश्वर पन्त, कृष्ण बजगाईँ, दाजु गुरुङ, सानु शर्मा, गोविन्दसिंह रावतका कथालाई विश्लेष्य सामग्रीका रूपमा सङ्कलन गरिएको छ । त्यस्तै कोडमिश्रणसँग सम्बन्धित पुस्तक, पत्रपत्रिका, लेख आदि सामग्री पुस्तकालयीय अध्ययनका आधारमा नै सङ्कलन गरिएको छ । प्रस्तुत अध्ययनमा उठाइएका समस्यासँग सम्बद्ध सामग्रीको विश्लेषणका लागि भाषाविज्ञानअन्तर्गत कोडमिश्रणका मूल स्थापनालाई प्रमुख आधार बनाइएको छ । यहाँ कोडमिश्रणका आन्तरिक र बाह्य दुई आधारलाई विश्लेषणको सैद्धान्तिक ढाँचा बनाई सोहीअनुसार डायस्पोरिक नेपाली कथाको विश्लेषण गरिएको छ ।

सैद्धान्तिक पर्याधार
कुनै व्यक्तिले आफ्ना विचार सम्प्रेषण गर्न मुख्य रूपमा एक भाषिक कोडको प्रयोग गर्दछ । उसले सो भाषा प्रयोग गर्ने व्रmममा अन्य भाषाका शब्दको मिसावट गर्दछ जसलाई कोड मिश्रण भनिन्छ अर्थात कुनै व्यक्ति बोल्दा वा लेख्दा एउटा भाषाको शब्द वा वाक्यांश, उखान एवम् सूक्तिहरू अर्को भाषामा मिसाउँछ त्यसलाई कोड मिश्रण भनिन्छ (बन्धु, २०७३ ः पृ.२५) । बहुभाषा जानेको व्यक्तिले आफू बहुभाषी भएको जानकारी दिन र भाषिक आवश्यकता पूरा गर्नका लागि कोड मिश्रण गर्छ । कोड मिश्रणमा दुई वा दुईभन्दा बढी भाषिक कोडको मिश्रण हुन्छ । वक्ताले एउटै परिस्थितिमा एउटै सन्देश सम्प्रेषण गर्नका लागि कोड मिश्रण गर्दछ । कोड मिश्रणलाई कोड परिवर्तनको परिणामका रूपमा लिने गरिएको छ । जब वक्ताले दुवै भाषालाई एकसाथ अर्को भाषामा परिवर्तन गर्छ जुन एकल बोलीको व्रmममा तिनीहरू एक भाषाबाट अर्कोमा परिवर्तन हुन्छन् । भाषाको विभिन्न तहमा शीर्षकको परिवर्तनविना कोड मिश्रण हुन्छ (वार्डहाग, सन् १९८६ ः पृ १०३) । कोड मिश्रण शब्द, वाक्यांश र वाक्यको तहमा हुने गरेको पाइन्छ । कोड मिश्रण दुई वा अधिक भाषिक कोडको वैकल्पिक प्रयोगका व्रmममा द्विभाषी वक्ताको बोलीमा देखिने स्वाभाविक घटना हो । कोड मिश्रण आफ्नै देशका अन्य भाषा वा भाषिकाबाट हुन सक्छ र बाह्य वा अन्तर्राष्ट्रिय भाषाबाट पनि हुन सक्छ । साइरेगर (सन् १९९६ ः पृ. ५०) ले भित्री वाक्यात्मक मिश्रण र बाह्य वाक्यात्मक मिश्रण प्रकारबाट कोड मिश्रण हुने बताएका छन् । आन्तरिक वा बाह्य जुनसुकै भाषाका कोड मिश्रण हुनुका प्रमुख कारण रहेका छन् । किम (सन् २००६ ः पृ. ४३) ले द्विभाषिकता, वक्ता, सहभागीको स्तर, सामाजिक समुदाय, परिवेश, शब्दावली, प्रतिष्ठालाई कोडमिश्रणका कारक मानेका छन् । प्रस्तुत अध्ययनमा साइगेरले प्रस्तुत गरेको आन्तरिक र बाह्य कोडमिश्रणको आधारलाई सैद्धान्तिक ढाँचा बनाई डायस्पोरिक नेपाली कथामा प्रयुक्त कोड मिश्रणको विश्लेषण गरिएको छ ।

नेपाली डायस्पोरिक कथामा कोड मिश्रण
दुई संस्कृतिको सम्पर्कले उसको जीवनशैली, खानपान, रहनसहन पहिरनलाई प्रभाव पार्दछ उसै प्रकारले उसको भाषा पनि प्रभावित हुन्छ । प्रत्येक भाषाको आफ्नो निश्चित संरचना हुन्छ । जब एक भाषिक संरचनामा अर्को भाषाका शब्द मिसिन्छन् संरचनामा पनि परिवर्तन देखा पर्न थाल्दछ । कोड मिश्रण रूप, शब्द, पदावली र वाक्यको तहमा हुन्छ । नेपाली भाषा प्रयोगमा पनि यस्तो स्थिति देखिन्छ । नेपाली भाषा बोल्ने वा लेख्ने व्रmममा नेपाल भित्रका अन्य भाषा र भाषिकाका साथै नेपाल बाहिरका अङ्ग्रेजी, हिन्दीलगायतका भाषाका शब्दको मिश्रण हुने गरेको देखिन्छ । डायस्पोरामा लेखिएका नेपाली कथामा पनि नेपालीइतर भाषा र नेपाली भाषाका भाषिकाको कोड मिश्रण भएको पाइन्छ । नेपाली भाषालाई कथालेखनको माध्यम बनाए पनि लेखकले अन्य भाषाका शब्द मिसाएको देखिन्छ । प्रस्तुत अध्ययनमा छनोट गरिएका प्रतिनिधि कथासङ्ग्रहका कथामा नेपालभित्रका दोस्रो भाषा र भाषिका साथै नेपालबाहिरका भाषाको स्तरमा भएको कोड मिश्रणको विश्लेषण गरिएको छ ।

आन्तरिक कोड मिश्रण
एउटा भाषालाई माध्यम भाषा बनाए पनि सोही भाषाका भाषिका र सम्बन्धित देशका अन्य भाषाका शब्द मिसाउने स्थितिलाई आन्तरिक कोड मिश्रण भनिन्छ । डायस्पोरामा लेखिएका नेपाली कथाको माध्यमभाषा नेपाली भए पनि सो भाषामा नेपाली भाषाका भाषिकाको मिश्रण भएको देखिन्छ । भाषिकाको साथै नेपालका अन्य भाषाको मिश्रणको स्थिति पनि देख्न सकिन्छ । प्रस्तुत अध्ययनमा डायस्पोराका नेपाली कथाको प्रतिनिधि कथासङ्ग्रहका रूपमा सोद्देश्यमूलक नमुना छनोट गरिएका सञ्जु बजगार्इँको समुद्र र सपना (२०६७) र मध्यधार (२०७३), होमनाथ सुवेदीको डायस्पोराको मान्छे (२०६८), महेश्वर पन्तको नबोल्नेहरू (२०७५) कथासङ्ग्रहका कथामा देखिएका भाषिका र भाषाको स्तरमा भएको कोडमिश्रणलाई विश्लेषण गरिएको छ ।

भाषिका स्तरमा कोडमिश्रण
लिखित साहित्यमा नेपाली भाषाको मानक रूपको प्रयोग गर्ने व्रmममा कथ्य रूपलाई पनि प्रस्तुत गरिएको पाइन्छ । कथ्य रूपको प्रयोग गर्दा भाषिकाको मिश्रण हुने गर्दछ । डायस्पोराका कथामा पनि नेपाली भाषाका भाषिकाको प्रयोग भएको पाइन्छ । यसका उदाहरणलाई यसरी देखाउन सकिन्छ ः
(१) ती कागजका टुव्रmालाई दवाएँ बेस्करी दबाएँ तर पनि भएन अनि नदबाइकन अरू कसेर उठाएर त्यसमाथि हालिदिएँ । (सुवेदी, २०६८ ः पृ. ३६)
(२) पिरो त हुन्छ नि तर खाइलिन पर्छ भोलि काम गर्नु छ । (बजगाईं , २०७३ ः पृ. ७०)
(३) के समसाँझैँ सुत्छौ हौ तिमरु † (ऐ., पृ. ७१)
(४) हामुरले गायाका गीत साँचा हुनुपर्च, हामुरले गाम्का गीत गाम्न पर्च, हाम्रो जाबो जिन्नकीको कुरो सुनाउने हैन । (पन्त, २०७५ ः पृ.१०४)
(५) खै छड तो, धुलो पर्च जिउमा । उता जा, खाली त्यै कालीलाई सम्झन्च अनि टोलाम्च । (ऐ., पृ. १२०)
(६) तँलाई पकार खाम्नी, तेरा कपडा धुनि अर्ली तो ? (ऐ.)
माथिका अभिव्यक्तिमा प्रयुक्त बेस्करी, खाइलिन पर्छ, तिमरु, हामुरले गायाका, साँचा हुनुपर्च, गाम्का, गाम्न पर्च, जिन्न की, छड तो, पर्च, सम्झन्च, टोलाम्च, पकार, खाम्नी, अर्ली तो, शब्द नेपाली भाषाका मानक शब्द नभएर पूर्वेली भाषिकाको पर्वते उपभाषिकाका शब्द हुन् । कथामा पात्रको स्तर, क्षेत्रीयताका कारण भाषिकाको कोड मिश्रण गरेको देखिन्छ । कथालाई स्वाभाविक र विश्वसनीय बनाउनका लागि भाषिकाको प्रयोग गरिएको हुँदा कोड मिश्रण उपयुक्त देखिन्छ ।

भाषा स्तरमा कोडमिश्रण
एउटा भाषाको प्रयोगका व्रmममा दोस्रो भाषाको मिसावट नै कोडमिश्रण हो । यसरी कोड मिश्रण गर्दा देशभित्रका भाषा र देशबाहिरका भाषाको प्रयोग हुन्छ । देशभित्रका नेपालीइतरका भाषा आन्तरिक दोस्रो भाषा मानिन्छ । डायस्पोराका नेपाली कथामा नेपालभित्रका नेपालीबाहेकका अन्य भाषाको मिश्रण भएको देखिन्छ । डायस्पोरिक कथामा भएको आन्तरिक भाषाका कोडमिश्रणलाई यसरी देखाउन सकिन्छ ः
(१) दौडिदै कौसीमा पुगी । (बजगाईं , २०६७ ः पृ. ३९)
प्रस्तुत अभिव्यक्तिमा कौसी नेपाल भाषाको शब्दको मिश्रण भएको छ । यो शब्द नेपाली भाषामा आगन्तुक शब्दको रूपमा प्रयुक्त भएको पाइन्छ । बारम्बार प्रयोग गरी अभ्यस्त भएकाले र नेपाली भाषामा सहज स्वीकार गरिएकोले कथामा कौसी शब्दको प्रयोग स्वाभाविक र सान्दर्भिक देखिन्छ ।
(२) ए बबुवा † क्या बात छे ?
ठिक छे भैया (गुरुङ, २०७५ ः पृ.७९)
(३) अरे दाजु भैया † मेरो नाम मुनाबहादुर राई कसरी फरक लागिहाल्छ ? को मेरो नामलाई जनना भन्छ ? बता न हमार जिल्लामे बता, गाउँमे मुन्नसिंह, मुनाकुमार, मुनाबहादुर, मुना चन्दर, मुनाप्रसाद बहुत नाम छ । (ऐ., पृ. ८१)
माथिका वाक्यमा मैथिली भाषाको प्रयोग गरिएको छ । कथाको माध्यम भाषा नेपाली बनाइए पनि यहाँँ मैथिली भाषाका शब्दको मिश्रण पाइन्छ । मधेश भेगका पात्रले परदेशमा पनि आफ्नो भाषाको प्रयोग गरिरहेको, आफ्नै भाषा र संस्कृतिप्रति प्रेम रहेको कुराको पुष्टिका लागि मैथिली भाषाको प्रयोग गरिएको देखिन्छ । पात्रको स्तर र क्षेत्रीयताका कारण कथामा मैथिली भाषा प्रयोग गर्नु सान्दर्भिक देखिन्छ ।

बाह्य कोडमिश्रण
सम्बन्धित देशमा बोलिने राष्ट्र र राष्ट्रिय भाषा बाहेक अन्य देशका भाषाको मिश्रण गर्नु नै बाह्य कोडमिश्रण हो । नेपाली बोल्ने र लेख्ने व्रmममा अङ्ग्रेजी लगायतका दोस्रो राज्यका भाषाको मिसावट भएको देखिन्छ । डायस्पोराका नेपाली कथामा पनि बाह्य देशका भाषाको प्रयोग भएको देखिन्छ । यस्तो मिश्रण रूप, शब्द, पदावली र वाक्यको तहमा हुन्छ । यहाँ भाषिक तहमा देखिने बाह्य कोडमिश्रणको विश्लेषण गरिएको छ ।

रूपको तहमा कोडमिश्रण
रूप भाषाको व्याकरण स्तरको आधिकारिक र लघु एकाइ हो । दुई भाषाको सम्पर्कमा आउँदा वव््रmाले दोस्रो भाषाका शब्दको प्रयोग गर्दछ । बिस्तारै ती आगन्तुक शब्दमा आफ्नो मातृभाषाको रूपको संयोजन गर्दछ जसलाई रूपको तहमा भएको कोडमिश्रण भनिन्छ । नेपाली डायस्पोरिक कथामा रूपको स्तरमा देखिएका कोडमिश्रणलाई यसरी प्रस्तुत गर्न सकिन्छ ः
(क) स्कुले जीवन अर्थात् विवाहपूर्वको जीवन निक्कै रमाइलो बितेको रहेछ । (गुरुङ, २०७५ ः पृ.४८)
प्रस्तुत अभिव्यक्तिमा स्कुल अङ्ग्रेजी शब्दमा ए नेपाली प्रत्ययको मिश्रण भई स्कुले शब्दको रूप निर्माण भएको छ । स्कुल शब्द नेपाली भाषामा प्रचलित शब्द हो । यस शब्दको बारम्बार प्रयोग गर्दा आफ्नो मातृभाषामा घुलमिल हुा गई ध्वनिमिश्रण हुन पुगेको छ ।
(ख) नेपालको तँ मास्टरनीको जस्तो ? (राजव, २०७५ ः १२०)
प्रस्तुत उदाहरणमा अङ्ग्रेजी शब्द मास्टरसँग नेपाली पद नी मिश्रण भएर मास्टरनी बनेको छ । यसरी नेपाली र अङ्ग्रेजी मिश्रित शब्दले व्याकरणिक कोटी लिङ्ग परिवर्तन गरेको देखिन्छ । मास्टर शब्द नेपाली जनमानसले बारम्बार प्रयोग गर्दै आएको छ । प्रयोगमा अभ्यस्त भएका कारण माथिको वाक्यमा यस मास्टर कोडको मिश्रण गरिएको पाइन्छ ।
(ग) केई अरी निहुँ खोज्यो भने दर्ता अरेको चिर्कटो लिएर पुलिसाँ जा र उजुर अर्दे । (शर्मा, २०७५ ः २१७)
प्रस्तुत अभिव्यक्तिमा पुलिस अङ्ग्रेजी शब्दमा नेपाली वर्णमालाको आकार र चन्द्रबिन्दुको मिश्रण भई नयाँ रूप निर्माण भएको छ । पुलिस शब्दमा मा जोडिएर पुलिसमा हुनुपर्नेमा म अक्षर लोप भई चन्द्रबिन्दुको आगमन भएर पुलिसाँ शब्द बनेको छ । यहाँ कथ्य भाषाको प्रयोग भएको देखिन्छ । भाषाको आञ्चलिकताका कारण अङ्ग्रेजी कोडमा नेपाली रूपको प्रयोग हुनु स्वाभाविक देखिन्छ ।

शब्दको तहमा कोडमिश्रण
रूपिमभन्दा ठुलो र पदावलीभन्दा सानो व्याकरणिक एकाइलाई शब्द भनिन्छ । वव््रmाले आफ्ना विचार र आशय प्रस्तुत गर्ने व्रmममा अन्य भाषाका शब्दलाई आफ्नो मातृभाषामा मिसाउँछ जसलाई शब्दको तहमा भएको कोडमिश्रण भनिन्छ । नेपाली डायस्पोरिक कथामा शब्दको तहमा कोडमिश्रणको स्थिति देख्न सकिन्छ । शब्दको तहमा कोडमिश्रण संज्ञा, विशेषण र क्रिया तीन आधारमा हुन्छ । प्रस्तुत अध्ययनमा प्रतिनिधि मानिएका कथामा व्रिmयाको स्तरमा कोडमिश्रण देखिँदैन । यहाँ उव््रm कथामा संज्ञा र विशेषणका आधारमा भएको कोडमिश्रणको विश्लेषण गरिएको छ ।
संज्ञा ः बेलायत, अमेरिका, अस्टे«लिया, क्यानडा र हङकङमा लेखिएका नेपाली डायस्पोरिक कथाका देखिएको संज्ञाको स्तरमा हुने कोडमिश्रणलाई यस अध्ययनमा विश्लेषण गरिएको छ । बेलायती नेपाली डायस्पोरिक कथाको प्रतिनिधि कथासङ्ग्रहका रूपमा कृष्ण बजगार्इँको कमरेड भाउजू (२०७१), क्यानडामा लेखिएको नेपाली डायस्पोरिक कथाको प्रतिनिधिका रूपमा गोविन्दसिंह रावतको गंगा (२०७१), हङकङको नेपाली डायस्पोरिक कथालाई समेट्ने गरी दाजु गुरुङको टाँकीका फुलहरू (२०७५), अमेरिकी नेपाली डायस्पोरिक कथासङ्ग्रहका रूपमा राजवको पाई (२०७५), अस्ट्रेलियाको डायस्पोरिक कथाको प्रतिनिधित्व गर्नका लागि सानु शर्माको एकादेशमा (२०७५), कथासङ्ग्रहलाई लिइएको छ । उपर्युव््रm कथासङ्ग्रहका कथामा संज्ञा स्तरमा देखिएका कोडमिश्रणको उदाहरणलाई यसरी प्रस्तुत गर्न सकिन्छ ः
(१) लोग्ने एकैपटकमा सेफ भएको हैन भन्ने कुरा उसलाई राम्ररी थाहा छ । (बजगार्इँ, २०७१ ः पृ.८४)
(२) घर पुग्यो र डोरबेल थिच्यो । (ऐ. पृ. ९३)
(३) अब अर्को गेम आएको छ । (ऐ.पृ.११०)
(४) अमेरिकामा पनि म एउटा टे«निङको लागि कार्यालयबाटै खटिएर आएको थिएँ अनि अहिले सम्म खटेको खट्यै छु । (रावत, २०७१ ः पृ. ८४)
(५) भोलिपल्ट बिहान म वेलेस्लीको २६० नम्बरको बिल्डिङमा दाइलाई भेट्न गएँ । (ऐ. पृ.११५)
(६) यही व्रmममा केही हप्ताअगाडि कम्पनीले वर्करहरूलाई सेफ्टी फस्ट भन्दै बिहानीको सेफ्टी तालिम क्लास सञ्चालन गरेको थियो । (गुरुङ, २०७५ः पृ. ३)
(७) ब्रदर । सरी ल (ऐ. पृ. ४३)
(८) स्वदेशीबाटै असुरक्षित भएर घर फर्किँदै छु आमा । अलबिदा हङकङ अलबिदा । (ऐ. पृ.९८)
(९) पार्कको ठाउँठाउँमा सिनियर नागरिक कतै सङ्गतिको लयमा कतै एक जना सि — फू को निर्देशनमा ताइ — ची गरिरहेछन् । (गुरुङ, २०७५ः पृ. १५१)
(१०) ओके । फेरि उस्तै डोमिनेटिङ्ग टोनमा अर्जुन बोलेको थियो । (राजव, २०७५ ः पृ.३५)
(११) यसो पार्कतिर जानुस्, बाहिर धेरै राम्रा ठाउँहरू छन् वरिपरि, त्यता जानुस्, मन बहलिन्छ, मूड फ्रेस हुन्छ । (ऐ. पृ. ११२)
(१२) नोबेल लेख्दै छु सर । (ऐ. पृ.१८७)
(१३) भनेजति स्कोर ल्याउन सक्ने क्षमता आफूमा नभएको कुरा जब मैले डराईडराई भनेँ, उनी साँच्चै रिसाए । (शर्मा, २०७५ ः २१६)
(१४) तपार्इँको जानकारीका लागि, मम ड्याड अमेरिकामा सेटल हुनुभएको छ । (ऐ. पृ. २३०)
(१५) डिनरपछि उसको ब्वाइफ्रेन्ड भोलि आउने भन्दै बाहिरियो । (ऐ.पृ. २३२)
माथिका उदाहरणमा कमरेड भाउजू कथासङ्ग्रहका कथामा सेफ, डोरबेल, गेम अङ्ग्रेजी शब्दको प्रयोग गरिएको छ । नेपाली संरचनाका वाक्यमा अङ्ग्रेजी शब्दको प्रयुव््िरmबाट शब्दको तहमा कोडमिश्रण हुन पुगेको छ । यहाँ सेफ, डोरबेल र गेम नामको रूपमा प्रयोग भएका छन् । माथि प्रयोग भएका अङ्ग्रेजी शब्द नेपाली जनबोलीमा प्रचलनमा छन् जसका कारण यहाँ प्रयोग गर्नु स्वाभाविक मानिन्छ ।
त्यस्तै गोविन्दसिंह रावतको गंगा कथासङ्ग्रहका कथामा टे«ेनिङ र बिल्डिङ अङ्ग्रेजी शब्दको मिश्रण भएको छ । यी शब्द नेपालीमा सहज रूपमा प्रयोग हुँदै आएका छन् । नेपाली कथ्यमा प्रभाव पारेकाले यी कोडको मिश्रण गरिएको देखिन्छ भने टाँकीका फूलहरूका कथामा वर्कर, सेफ्टी, फस्ट, क्लास, ब्रदर अङ्ग्रेजी शब्द र अलबिदा हिन्दी शब्द र सि फू, ताइ ची क्यान्टोनी भाषाका शब्दको मिश्रण पाइन्छ । यहाँ वक्ताले आफ्नो आशय स्पष्ट पार्नका लागि अङ्ग्रेजी कोड प्रयोग गरेको छ । त्यसैगरी आफ्नो भनाइलाई जोड दिनका लागि हिन्दी कोड मिश्रण गरेको देखिन्छ भने बहुभाषी भएको र प्रतिष्ठित बन्नका निम्ति क्यान्टोनी भाषाको प्रयोग गरेको देखिन्छ ।
पाई कथासङ्ग्रहका कथामा रहेका माथिका अभिव्यक्तिमा नेपाली संरचनामा रहेका वाक्यमा ओके, डोमिनेटङ्ग टोन, फ्रेस, नोबेल अङ्ग्रेजी भाषाका शब्दको मिश्रण भएको देखिन्छ । पहिलो उदाहरणमा प्रतिष्ठाका निम्ति कोड मिश्रण गरेको देखिन्छ भने अन्य वाक्यमा रहका फ्रेस, नोबेल शब्द बारम्बार प्रयोग गर्दा अभ्यस्त भएका कारण प्रयोग गरिएको छ ।
त्यस्तै एकादेशमा कथासङ्ग्रहका कथामा स्कोर, मम, ड्याड, सेटल, डिनर, ब्वाइफ्रेन्डजस्ता अङ्ग्रेजी शब्दको प्रयोग गरिएको छ । यहाँ मिश्रण भएका कोड नेपाली बोलीमा अनुकरण गरिएको भई बारम्बार प्रयोग हुँदै आएको पाइन्छ । नेपाली जनबोलीमा अभ्यस्त भएको र अङ्ग्रेजी शब्दको अनुकरण गर्ने प्रवृत्तिका कारण यी कोडको मिश्रण भएको देखिन्छ ।
यसरी नेपाली डायस्पोरिक कथामा शब्दको तहमा संज्ञाको आधारमा अङ्ग्रेजी र हिन्दी भाषाका कोडको मिश्रण भएको देखिन्छ । यसरी मिश्रण गरिनुमा बारम्बार सुन्दै र प्रयोेग गर्दै आएको, आशय स्पष्ट पार्न, प्रतिष्ठाका लागि र आफ्नो भनाइलाई जोड दिनु प्रमुख कारण बनेका छन् ।
विशेषण ः नेपाली वाक्यमा अन्य भाषाका विशेषण शब्द प्रयोग हुनु नै विशेषणका तहमा कोड मिश्रण हुनु हो । कतिपय अवस्थामा वव््रmाले नेपाली संरचनाको वाक्यमा अङ्ग्रेजी भाषाका विशेषण पदको प्रयोग गर्दछ । यहाँ नेपाली डायस्पोरिक कथामा देखिएका विशेषण मिश्रित कोडको अध्ययन गरिएको छ जसको उदाहरण निम्नानुसार छन् ः
(१) दिनभरको मानसिक थकानपछि साँझ कुनै रेष्टुरेन्टमा पार्टटाइम काम गर्न जान्थे । (बजगार्इँ, २०७१ ःपृ.७३)
(२) पार्कको ठाउँठाउँमा सिनियर नागरिक कतै सङ्गतिको लयमा कतै एक जना सि — फू को निर्देशनमा ताइ — ची गरिरहेछन् । (गुरुङ, २०७५ः पृ. १५१)
(३) हरिले मलाई क्युट र आफूलाई हेन्डसम भन्ने गथ्र्यो । (रावत, २०७५ ः पृ.११०)
(४) म अस्पतालबाट फर्केर फ्रेस भईवरी चिप्सको प्याकेट लिएर ल्यापटप खोल्दै थिएँ । (शर्मा, २०७५ः पृ. २२९)
माथिका उदाहरणमा पार्टटाइम, सिनियर, क्युट, हेन्डसम, फ्रेसजस्ता अङ्ग्रेजी भाषाका विशेषण पदको मिश्रण भएको छ । यी शब्द नेपाली कथ्य रूपमा बारम्बार प्रयोग गरिने भएकाले यहाँ प्रयोग हुनु स्वाभाविक मानिन्छ ।

पदावलीको तहमा कोडमिश्रण
शब्दमा मात्र नभएर कहिलेकाहीँ पदावली ने मिश्रण हुने स्थिति देखा पर्छ जसलाई पदावलीको तहमा कोडमिश्रण भनिन्छ । कुनै स्थितिमा शीर्ष घटक अङ्ग्रेजीको र आश्रित घटक नेपालीको हुन्छ भने कहिले मूल व्रिmया अङ्ग्रेजी र सहायक व्रिmया नेपालीको हुन्छ । नेपाली डायस्पोरिक कथामा पदावलीको तहमा व्रिmयाको आधारमा मिश्रण भएको देखिन्छ जसको खोजी यस अध्ययनमा गरिएको छ । नेपाली डायस्पोरिक कथामा प्रयोग भएका पदावली स्तरका कोडमिश्रणका उदाहरणलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ ः
(१) त्यसलाई उसले ट्रान्जिट प्वाइन्ट भन्ने गर्दछ । ( बजगाईँ, २०७१ ः पृ.१०२)
(२) अमेरिकी स्टाइलमा लिभिङ टुगेदर भएकाले नेपाली समुदायले कुरा काट्ने गरेको बारे मैले सुनेको छु । (रावत, २०७१ ः पृ. ८४)
(३) हतारहतार ड्रेस चेन्ज गरेँ । (गुरुङ, २०७५ ः पृ.४)
(४) गुड मोर्निङ, नमस्ते, दर्शन, शुभप्रभातम्, चौ — सान (ऐ. पृ. १५४)
(५) ड्युटी अफ भएपछि सिधै चेतनजीको घरतिर लागेँ । (ऐ., पृ. १६६)
(४) आज मेरो डे अफ हो । (राजव, २०७५ ः पृ.२३)
(५) म पोलिटिकल्स एक्टिभिस्ट हुँ । (ऐ.पृ.४४)
(६) भरदिनजसो ड्रइभिङ गर्नुपर्छ नि । (ऐ.पृ.५०)
(७) यो ओके पछि फोन कट हुनासाथ सबको मुखबाट निस्कन्छ चुत्तड । (ऐ. पृ. १०५)
मथिका उदाहरण हेर्दा नेपाली संरचनाका वाक्यमा मुख्य व्रिmयाका रूपमा अङ्ग्रेजी कोड आएको छ भने सहायक व्रिmयाका रूपमा नेपाली व्रिmया प्रयुक्त छ । माथि ट्रान्जिट प्वाइन्ट भन्ने गर्छ, लिभिङ टुगेदर भएकाले, डे«स चेन्ज गरेँ, गुड मोर्निङ, चौ — सान, ड्युटी अफ भएपछि, डे अफ हो, पोलिटिकल्स एक्टिभिस्ट हुँ, ड्राइभिङ गर्नुपर्छ, फोन कट हुनासाथ जस्ता मिश्रित रूप देख्न सकिन्छ । यहाँ शीर्ष पदको रूपमा अङ्ग्रेजी कोडको प्रयोग भएको छ भने सहायक पदका रूपमा नेपाली व्रिmयापदको प्रयोग देखिन्छ । यसरी पदावली स्तरमा कोडमिश्रण देख्न सकिन्छ । यहाँ प्रयोग भएका अङ्ग्रेजी भाषाका पदावली नेपाली वाक्यसँग बारम्बार प्रयोगमा आई अभ्यस्त भएकाले कथामा प्रयोग भएको देखिन्छ । त्यस्तै यहाँ चौ — साम क्यान्टोनी भाषाको शब्द प्रयोग भएको देखिन्छ । अङ्ग्रेजी, नेपाली, संस्कृत भाषाका पदावलीको साथमा आएको चौ — साम वाक्यांशको अन्य प्रयोजन नदेखिई बहुभाषी र प्रतिष्ठित देखिनका निम्ति प्रयोग भएको देखिन्छ ।

वाक्यको तहमा कोडमिश्रण
नेपाली भाषाको प्रयोव््रmाले वाक्यको तहमा पनि कोड मिश्रण गर्दै आएको देखिन्छ । नेपाली डायस्पोरिक कथामा पनि यस्तो स्थिति देखा परेको छ । प्रस्तुत अध्ययनमा छनोट गरिएका कथामा प्रयुक्त वाक्यको तहमा कोडमिश्रणका केही उदाहरण प्रस्तुत गरिएको छ जुन निम्नानुसार छन् ः
(१) हि इज शेर्पा (बजगार्इँ, २०७१ ः पृ.६३)
(२) ओ माइ गड हाउ स्याड योर लाइफ स्टोरी (ऐ.पृ.६४)
(३) रोक्सी कम अन, हेइइ गर्ल, गेट अफ बल, गेट अफ माई बल रोक्सी (गुरुङ, २०७५ ः पृ. १४)
(४) विदआउट रिक्स नथिङ क्यान बी एचिभ्ड ( राजव, २०७५ः पृ.४०)
(५) इज देर ममी, ड्याड ? (ऐ.पृ.६५)
(६) ह्वाइ ग्राण्डपा, ह्वाइ विल यू गो नेपाल (ऐ.पृ.६९)
(७) ओ डन्ट वरी हजुर, आइ अन्डरस्ट्यान्ड ह्वाट यू मिन तर, मलाई यो उबर चलाउने काम आफ्नो लेखपढको लागि एकदम ठिक लागेको छ, इट्स गूड फर माइ काइन्ड अफ परसन ( ऐ.पृ.१८६)
(८) दिस टे«न टर्मिनेटेड हियर (शर्मा, २०७५ ः पृ. २२५)
(९) यु नो ह्वाट ? आम सिक एन्ड टायर्ड विथ यु एन्ड योर मुड (ऐ.पृ.२३१)
माथिका उदाहरणमा वव््रmाले लामो वार्तालापका व्रmममा अङ्ग्रेजीको पूर्ण वाक्य मिश्रण गरेको देखिन्छ । डायस्पोरामा लेखक स्वयम् अङ्ग्रेजी भाषाको प्रयोगकर्ता भएका कारण पनि नेपाली माध्यममा लेखिएका कथामा अङ्ग्रेजी कोडको मिश्रण स्वाभाविक रूपमा हुन जान्छ । पाठकलाई विश्वसनीय बनाउन र आफ्नो प्रभाव छोड्नका लागि पनि वाक्य स्तरमा कोड मिश्रण गरिएको देखिन्छ ।
वर्तमान समयमा नेपाली भाषी समाजमा अधिक वक्ताले भाषाको निर्मित रूपको प्रयोग गर्दछन् । व्यावहारिक जीवनमा संवाद गर्नका लागि जुन भाषाको छनोट गरे पनि त्यसमा अङ्ग्रेजी कोड पूर्ण रूपमा घुलमिल भएको पाइन्छ । भाषाको कथ्य रूपको प्रभाव लेख्य रूपमा पनि देखिएकाले उल्लिखित कथामा पनि यस्तो स्थिति देखिन गएको हो ।

निष्कर्ष
वर्तमान समयमा प्रयोग गरिने नेपाली भाषा मानक रूपभन्दा भिन्न देखिन्छ जसको प्रभाव नेपाली साहित्यमा पनि परेको छ । व्यक्तिले आफ्ना विचार विनिमय गर्नका लागि मूल रूपमा एक भाषिक कोडको छनोट गर्दछ तर ऊ त्यही एउटा भाषाको प्रयोगमा सन्तुष्ट बन्न सक्दैन । उसले मातृभाषा प्रयोग गर्ने व्रmममा अन्य भाषाका कोडको मिश्रण गर्दछ । भाषिक मिश्रण बहुभाषी वव््रmाले प्रयोग गर्दछ । आफू बहुभाषी भएको जनाउन, प्रतिष्ठा कायम गर्न, आवश्यकता पूरा गर्न, आफ्ना आशय पुष्टि गर्न र अभ्यस्त भएका कारण वक्ताले एउटा भाषाको प्रयोग भइरहेको समयमा अर्को भाषाको मिश्रण गर्दछ । यो स्थिति कथ्य रूपमा मात्र नभएर लेख्य साहित्यमा पनि देखिन्छ । मिडियाबाट प्रभावित भएर होस् या भाषाको विश्वव्यापीकरणका कारण साहित्यकारले आप्ना साहित्यमा कोडको मिश्रण गर्ने गर्दछन् । नेपाली साहित्यकार जो नेपालबाहिर बसेर कथा लेखिरहेका छन् उनका कथा पनि कोडमिश्रणबाट अछुतो रहन सकेको छैन । जुनसुकै देशमा बसेर कथा लेखे पनि नेपाली कथामा अङ्ग्रेजी र हिन्दी, क्यान्टोनी भाषाका कोडको मिश्रण देखिन्छ । डायस्पोराका नेपाली कथामा नेपाली भाषाका भाषिकाका साथै नेपालभित्रका दोस्रो भाषाका शब्द, वाक्यको प्रयोग भएको देखिन्छ । त्यस्तै यी कथामा भाषाको लघु एकाइ रूपदेखि वाक्यको स्तरसम्म कोडको मिश्रण भएको पाइन्छ । यस्ता कथामा आफ्नो आशय प्रस्ट पार्नका लागि, विदेशी संस्कृति र जीवनशैलीमा रहँदा बारम्बार दोस्रो भाषाको प्रयोग गरेकाले अभ्यस्त भएका कारण, प्रतिष्ठित बन्न विश्वसनीयता कायम गर्नका लागि र आञ्चलिक भाषाको प्रयोगका व्रmममा कोडको मिश्रण गरेको देखिन्छ । कथामा दोस्रो भाषाका कोड जुन नेपाली जनबोलीमा पचिसकेका छन्, तिनको प्रयोग गरिएकाले कोडमिश्रण स्वाभाविक देखिएको छ ।
सन्दर्भसूची
किम, इ (सन् २००६), ‘रिजन एन्ड मोटिभिसन्स फर कोड मिक्सिङ एन्ड कोड स्विचिङ’, टेसल जर्नल, (भोलुम ४ नम्बर १) पृ. ४३—६१ ।
गुरुङ, दाजु (२०७५), टाँकीका फूलहरू, काठमाडौँ ः भुँडीपुराण प्रकाशन ।
पन्त, महेश्वर (२०७५), नबोल्नेहरू, काठमाडौँ ः शिखा बुक्स ।
बजगाईं , कृष्ण (२०७१), कमरेड भाउजु, काठमाडौँ ः शब्दार्थ प्रकाशन ।
बजगाईं , सञ्जु (२०६७), समुद्र र सपना, काठमाडौँ ः रत्न पुस्तक भण्डार
बजगाईं , सञ्जु (२०७३), मध्यधार, काठमाडौँ ः दोभान प्रकाशन ।
बन्धु, चुडामणि (२०७३), भाषाविज्ञान, नवौँ संस्क. ललितपुर ः साझा प्रकाशन ।
राजव (२०७५), पाई, काठमाडौँ ः साङग्रिला पुस्तक प्रा.लि.
रावत, गोविन्दसिंह (२०७१), गंगा, क्यानडा ः नेपाली साहित्य समाज ।
वार्डहाग, रोनाल्ड (सन् १९९८), एन इन्ट्रोडक्सन टु सोसियोलिङग्युस्टिक, न्यु योर्क ः ब्रासिल ब्ल्याकवेल ।
शर्मा, सानु (२०७५), एकादेशमा, काठमाडौँ ः साङ्ग्रिला पुस्तक प्रा.लि. ।
साइरेगर, बरेन (सन् १९९६), कोड अल्टरनेसन इन बिलिङजुअल स्पिच बिहेभिअर, युएसयु ः मेडन ।
सुवेदी, होमनाथ (२०६८), डायस्पोराको मान्छे, वासिङ्गटन डी.सी ः अन्तर्राष्ट्रिय साहित्य समाज ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।