14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

'मेरो पहिलो बेलायतयात्रा' भित्र पस्दा

कृति/समीक्षा खिमानन्द पोखरेल April 5, 2021, 7:56 am
खिमानन्द पोखरेल
खिमानन्द पोखरेल

घुमफिर गरी रमाउन चाहनु मान्छेका इच्छा र अभिलाषा भित्र पर्दछन् । श्रद्धेय गुरूवर डा. गोविन्दराज भट्टराईज्यू पनि यस्तै देश देशावर घुमफिर गर्न मन पराउने, त्यहाँको विषयवस्तुसँग परिचित भएर रमाउन खोज्ने नियात्रा साहित्यका प्रभावशाली व्यक्ति हुनुहुन्छ । नियात्रा भन्ने यस्तो विषयवस्तु हो जस्ले आफू पुग्न नसकेको ठाउँमा सजिलोसँग पु¥याइदिन्छ । नियात्रा पढ्नु पाठकको रुचि भित्र पर्ने विषय हो । विषय छनोट गर्नु पाठकको कर्तव्य हो । आजको पाठक समाजले यात्रा, नियात्रा, संस्मरणहरूलाई खोजी खोजी पढ्ने गरेका उदाहरणहरू हामीसँग धेरै छन् । नियात्रा जगतमा आधिपत्य जमाएको एउटा नाम हो डा. गोविन्दराज भट्टराई । डा. भट्टराईद्वारा लेखिएका जुनसुकै कृति हात परे पछि पढ्न मन लागी हाल्छ । उहाँद्वारा लेखिएका यस्ता कृतिहरू पढ्न शुरु गरेपछि समाप्ति हुँदासम्म पढौँ पढौँ लागि रहन्छ । उहाँले चलाएका कलमहरू जिज्ञासाले भरिएका हुन्छन् । पुस्तक लेख्न खोजेर मात्र हुँदैन । धेरैजसो लेखकका पुस्तकहरू पढ्न समय मिलाउनु पर्ने हुन्छ तर खास खास लेखकका पुस्तकहरू पढ्नलाई समय मिलाउनु पर्दैन स्वतः यो बोल्न वाध्य हुन्छ ।
नेपाली साहित्य जगतमा डा. गोविन्दराज भट्टराई नाम विशेषको परिचय बोकेर अगाडि बढेको नाम हो । अझ यसमा पनि राम्रोसँग खुलेर भन्नु पर्दा साहित्यको खुड्किलो चढ्न खोजेका त्यस्ता साहित्यानुरागीहरूलाई टपक्क टिपेर काखी च्याप्ने व्यक्तिको नाम हो डा. गोविन्राज भट्टराई । मौका खोज्नेहरूको लागि मौका दिनु पर्छ भन्ने उहाँको भनाई प्रति म पनि सहमत छु । आज मेरो हातमा डा. गोविन्दराज भट्टराईद्वारा लेखिएको मेरो पहिलो बेलायतयत्रा मसँग छ। यसभन्दा पहिला मैले उहाँका सामाजिक उपन्यास मुगलान, युद्धकालीन प्रचुरता बोकेको सुकरातका पाइला र प्रयोगपरक उपन्यास सुकरातको डायरी पढिसकेको छु । पढि सकेका उपन्यासहरूका बारेमा यहाँ अब धेरै चर्चा नगरौँ । यसलाई यहीँ विट मारौँ । आज मैले पढ्न थालेको पुस्तकको बारेमा केही चर्चा गर्नकै लागि म तम्तयार भएर हातमा कलम मसी र कागज अगाडि राखेर लेख्न तम्सिएको छु । मेरो पहिलो बेलायतयत्रामा चौविसवटा यात्रालाई सजाएर राखिएको देखिन्छ । यसको आवरण टायम्स क्रियशनका सुन्दर बस्नेतले गरेका छन् ।

अब शुरु हुन्छ यस पुस्तकमा लेखिएको पहिलो यात्रा बेलायत भूमि टेकेको साँझ विश्वासदीप तिगेला जस्ले लेखकलाई लण्डन घुमाउने जिम्मा लिएर निम्तो गरे । यस्तो साहित्यिक मन भएका तिगेलालाई सलाम । काठमाण्डौँ त्रिभुवन विमानस्थलबाट निर्धारित समयमा विमान उडेको छ । दिल्लीमा दुइ घण्टाको ट्राञ्जिट पछि विमान सिधा लण्डनको हिथ्रो विमानस्थल पुग्नेछ । दिल्ली विमानस्थलको ट्राञ्जिटमा र लण्डल नपुगुञ्जेलको विचको समयमा वी.पी.को मेदिआइन, मार्केजको लभ इन द टायम अव् कलेरा, ओहार्न पामुको माइ नेम इज रेड जस्ता पुस्तकहरूको अध्ययन गर्ने काम भएको देखिन्छ । काठमाण्डौँ विमानस्थलमा भेटिएका विकास लण्डनमा बसेर काम गर्ने व्यक्तिले विश्वासदीप तिगेलालाई चिन्दा रहेछन् । लण्डनको हिथ्रो विमानस्थलमा पुगेपछि तिगेलालाई फोन गरेर सम्पर्क गराइदिए । यस पछि विमानस्थलबाट बाहिर निस्कदा साथ विश्वासदीप तिगेला र गोपी प्रसार्इंले हातमा लिएका फूलका गुच्छाले डा. भट्टराईलाई स्वागत सम्मान गरिएका कुरा परेका छन् । स्वागत पश्चात् पार्किङमा राखिएको सवारी साधन निकालेर सिधा तिगेलाको निवास तर्फ लागेको र सँगै सवारी साधनमा चढेका गोपी प्रसाईं बाटोमै ओर्लिएर आफ्नो घर तर्फ लागेको, तिगेलाकी श्रीमती भोजकुमारी धनकुटाकै हुनु, बिच बाटोमा आइपुग्दा चारआली (झापा) का मधुसूदको फोन कल आउनु, बेलायत यात्रामा डा. गोविन्दराज भट्टराई आउँदै हुनुहुन्छ भनी तिगेलामार्फत वेबसाईटमा सूचना राखिदिनु, भोजकुमारी बहिनीले मिठो खाना बनाएर खुवाएपछि राती एक बजे सयन कक्ष तर्फ लाग्नु यस्तै यस्तै अनेकौ रोचक र चाखलाग्दा कुराहरूले भरिएको यो यात्रा निकै अर्थपूर्ण रहेको कुरा यसरी नै जानकारी पाउन सकिन्छ । लण्डनमा रहेको उत्तरी स्कटलेण्ड एडिन्वरामा धेरै नेपाली विद्वानहरूको बसोबास रहेछ । स्मरणीय रहोस् पहिला पहिला नेपाल छोडेर विदेश लाग्ने मानिसहरू कम फेला पार्न सकिन्थ्यो भने अहिले नेपालीले संसार भरमा आफ्नो बसोबास नजमाएको ठाउँ मुस्किलै पाउन सकिएला । नेपालको धर्म, संस्कृति अर्को राष्ट्रमा गएर मान्नु र त्यहाँका मानिससँग हाम्रो संस्कृतिको बारेमा पहिचान गराउन खोज्नु पक्षलाई राम्रो मानिन्छ ।


फोक्स्टनको चिसो विहानमा घुमफिर कार्यक्रम चलेको छ । आदरणीय गुरूबरको शरीर लण्डनमा भए पनि मन नेपालमै भएको यथार्थ झझल्को गराइएको छ । यसै क्रममा बजारबाट समुद्रको किनारसम्म पुगेको देखिन्छ । त्यहाँ नजिकै रहेको समाधि क्षेत्रको अवलोकन गर्नू अनि आएर एउटा ठूलो डिपार्टमेण्टल स्टोरमा पसेर केही सामान किन्नु सामान किनीसके पछि विद्युतीय मेसिनद्वारा मूल्य अनुसार कार्ड घोटेर भुक्तानी गर्नू, घर फर्किए पछि एक छिन आराम गरी प्रवासी नेपाली साहित्य समाज (प्रभात) ब्रुनाई यु.के. ले आयोजना गरेको साहित्यिक कार्यक्रममा सामेल हुन पुग्नु, उक्त साहित्यिक कार्यक्रममा २०० जति नेपालीको सहभागिता हुनु यस्तै धिरेन शाक्य र डा. भट्टराई सरलाई प्रभात समाज यु.के.ले सम्मान गर्नु तत्श्तात् चलचित्रको प्रिमियर सो पूरा तीन घण्टा लगाएर हेर्नु, यस चलचित्रमा लण्डनमा बस्ने नेपालीहरूको डायस्पोरिक समाजको चरित्र चित्रण झल्किनु जस्ता अत्यन्त चाखलाग्दा कुराहरू यस पुस्तक भित्र भेट्न सकिन्छ ।


अनेसासको एक गोष्ठीमा सहभागिता भन्ने शीर्षकबाट आरम्भ गरिएको यो यात्रा गत दिनको कार्य व्यस्तताले गहिरो निद्राबाट एक्कासी विहान पाँच बजे व्युँझेका कुरा गरिएको छ । नेपालमा यस्तो हुँदैन तर विदेशमा कसैले कसैलाई कुनै बेला पनि डिस्टर्ब गर्न पाउँदैन । घरमा सुतिरहेकालाई डिस्टर्ब नगरौँ भन्ने हेतुले बिहानै उठेर कोठामा घाम छिरुञ्जेलसम्म बसेर डायरी लेखेका कुरा गरिएको छ । आजभोलि देखा परेका नियात्राकारको पंक्तिमा पर्ने सर्जकहरूको नाम उल्लेख गरिएको छ । अझ भन्ने हो भने लण्डनबाट नेपाली कार्यक्रम सञ्चालन गर्नु यसैगरी नेपाली साप्ताहिक पत्रिकाहरू नेपालीपत्र र नेपाली सन्देश जस्ता पत्रिकाले ठाउँ पाउनु अझ साँच्ची भन्ने हो भने नेपाली साहित्य डट कमले अनलाईन साहित्यिक पत्रिकामा उच्च स्थान पाउनु जस्ता अनेकौँ कार्यको थालनी नेपाली समाज यु.के.ले गरेको देख्न पाउँदा अत्यन्त खुसी व्यक्त गरिएको छ । यस्तै अ.ने.सा.स. यु.के.ले गरेको कार्यक्रममा चार घण्टा विताएको प्रसङ्गलाई सगौरव प्रस्तुत गरिएको छ ।


चौथो दिन आस्फोर्ड शहर तिर घुम्न जाँदाको रमाईलो मन छुने दृश्य छ । विश्वासदीपको घरमा बस्दाको क्षण विहान अलि छिटो उठेर कान्तिपुर पत्रिकाको लागि सभ्यताको रङ्ग मञ्चमा उभिएर भन्ने लेख लेख्नु भएको देखिन्छ । त्यसपछि आस्फोर्ड शहरको सुन्दरताको बरेमा वर्णन गरिएको छ । बेलायतबाट निस्कने साप्ताहिक पत्रिका नेपालीपञमा स्तम्भ छपाउने बारेमा कुरा चलेको छ । आस्फोर्ड शहरको रमाईलो हेर्दा हेर्दै थकित भए पछि म्याकडोनाल्ड भित्र पसेर एक एक कप कफि खाएको कुरा गरिएको छ । विश्वदीप तिगेलाले नेपाल जाने टिकटको मिति केही पर सारिदिएका छन् । स्कटलेण्डको एडिनवरा सिटीमा जानै पर्ने कुरा मधुसूदन दाईको फोनले निर्धारण गरेको छ । नेपालमा आफू छँदै तय गरिएका साहित्यिक कार्यहरूको स्मरण गरिएको छ । कवि कृष्णभूषण बलको गुरुकुलमा एकल कविता वाचन गर्ने सिलसिलामा आफूले केही कुरा लेखेर छोडेको र यसको जिम्मा डा. कुमार कोइराला सरलाई दिएको कुरा गर्दै यहाँ प्रस्तुत गर्न खोजिएको देखिन्छ ।


लेख्दालेख्दै अव पुगिएको छ सैन्य अभ्यास केन्द्रतिर । त्यसको भोली पल्ट पहिलोपटक हवाई टिकट पोष्टपोन्ड गर्दा पैसा लाग्दो रहेनछ र दोस्रो पटक यसै गर्नु पर्यो भने जम्मा पचास डलर लाग्ने कुरा गरिएको छ । तर नेपालका लेखकबाट अमेरिका जाने सिलसिलामा टिकट सार्नू र क्यान्सिलेसन गर्ने मामलामा ४०० डलर लिएको अत्यन्त दुःखद कुरालाई यहाँ यसरी उठाइएको देखिन्छ । नेपालका साहित्यिक हस्तीहरूलाई अमेरिकाको लागि भिषा नदिएको कुरा उल्लेख गरिएको छ । साहित्यको अपमान भएको कुरा जनाइएको छ । यतिबेला नेपाल घरमा बसिरहेका आफ्नो परिवारहरूलाई सम्झिने काम भएको छ । यस्तै उत्तरी बेलायत घुम्न जाँनका लागि इमेलमै टिकट प्राप्त भएको छ । साहित्यिक कार्यक्रम तर्फ जाँदा बाटोमा देखिएका सुन्दर दृश्यहरू आँखा वरिपरि नाची रहेको कुरा गरिएको छ । यस्तै साहित्यकार जगत नवोदितको कविता सङ्ग्रह सिमाहिन विम्बहरू २०६२ सालमा काठमाण्डौँमै लोकार्पण गरिएको कुरा उल्लेख भएको देखिन्छ । मिजासद्वारा गोर्खाली पल्टनको लाहुरेहरू बस्ने व्यारेक देखाउने काम भएको छ । मिलेटरी क्याम्पमा एक घण्टाको घुमाइ पश्चात् भने क्वीन भिक्टोरिया हेर्न गएको कुरा देखिएको छ यसरी स्यान्डहस्र्टडको जङ्गलबाट निस्की सके पछि मिजासको क्वाटरमा बसेको कुरा गरिएको छ भने नीजको कोठामा पारिजात, देवकोटा, नारायण गोपाल जस्ता आदर्श पुरूषका फोटाहरू आफ्नो कोठामा सजाएर राखिएको यस्तो भव्य दृश्य हेर्ने सुअवसर मिलेको कुरा व्यक्त गरिएको छ । यति हुँदा हुँदै मिजासले डा. गोविन्दराज भट्टराई सरलाई आफ्नो मै बस्ने आग्रह गरेका छन् । तर डा. भट्टराईको तर्फदेखि भने आफू कार्यत्रक्रममा जानु छ भन्ने कुरा गरेको र फेरि बस्न आउने वाचा गर्दै विदा मागिएको देखिन्छ ।


अवको यो शीर्षक बेलायतमा मलामी गएको त्यो आधा दिन बाट शुरु हुन्छ । बेलायतमा बस्ने नेपाली लिम्बूहरूले अन्तिम संस्कार कसरी गर्दारहेछन् भन्ने मनको जिज्ञासा मेटाउन मलामी गएको कुरा गरिएको छ । मृत शरिरलाई कब्रस्थानमा नराखेर हिन्दू संस्कार अनुसार शब दाह गृहमा राखेर खरानी बनाइएको छ । लिम्बू संस्कार अनुसार गरिने अन्त्यष्ठी बारे जानकारी प्राप्त भएका कुरा परेका छन् । मान्छेमा आ–आफ्नै समुदायमा रहनेहरूको आ– आफ्नै मिसिमका धार्मिक र सांस्कृतिक प्रचलनहरू छन् जस्लाई हामीले पद्दति अनुसारको कार्य भन्दै स्वीकार्दै आएका छौँ । हामीले बुझ्ने प्रणालि पनि यही नै हो ।


अब हाम्रो सामु अर्को एउटा शीर्षक डोभर वीचको घुमफिरमा वितेका बाँकी दिन छ इतिहासमा हजारपल्ट पढेको डोभर जाने कुरामा उत्सुकता जनाउँदै त्यस तर्फ जाने यात्रा तय गरिएको छ । यात्राको क्रममा चउर भरी टाटेपाटे गाईहरू चरिरहेका छन् । फ्रान्ससँग जोडिएको च्यानल टनेलमा रेल कुदिरहेको दृश्य मेसिनले बटारेर चेपेर नभाचिने गरी व्यवस्थित बनाइएका छ्वालीका रोटीहरू । बेलायत पारी फ्रान्स विचको निलो समुद्र । युद्धकालमा फ्रान्स र बेलायत विच हात हतियार र खजाना लुकाउने घर आदिमहत्यपूर्ण ठाउँहरूकोघुमफिर र माथि काशल हलको टुप्पोमा पुग्दा भित्ताभरि फलेका काला ऐँसेलु जिब्रो कालो हुने गरी धित मरूञ्जेल खाँदा कतै पेट बिगार्ने पो हो कि भन्दै शङ्का गरिएको अवस्था, बेलायत र फ्रान्सलाई जोड्ने च्यानल टनेल भूमिगत रेल मार्ग अनि समुद्रको पीँधबाट चल्ने रेल जस्को लम्वाई ५६० कि.मी. अर्थात् काँकरभिट्टादेखि काठमाण्डौँ सम्मको दूरीको तुलना गरिएको लामो सुरुङ अनि यस्तै यस्तै अनौठो विकास गरिएको बेलायत जस्तो देशको कुरा गरिएको छ ।


अब यस पछिको शीर्षक जोडिएको छ लण्डन अवलोकनमा पहिलो दिन बकिङ्घम राजदरवार जानुभन्दा पहिला विश्वाशदीप तिगेलाले एक पटक फेरि बटालियन परिसर घुमाउने कुरा गरिएको छ भने बकिङ्घम दरवारको विशेषतामा यो दरवार र नारायणहिटी दरवारको तुलना अनि यस्तै त्यहाँको राजप्रासादहरूको दरवार अगाडि गोर्खा सैनिकको भव्य सालिक अनि टेम्स नदीलाई आफ्नो मनले लण्डनको गंगाजी भनेर नामाकरण गरिएका कुरा परेका छन् । यसपछि घुमफिर गर्ने क्रममा लण्डन आएर रोटेपिङमा चढ्ने काम भएको देखिन्छ । विस्तारै घुमाउने यो रोटेपिङबाट लण्डनको संम्पूर्ण दृश्य देख्न सकिँदो रहेछ । दशैँको बेलामा हाम्रो गाउँघरतिर खेलिने रोटेपिङको नक्कल हो यो भनेर भनिएको छ । यसैगरी लण्डन शहरलाई काठमाण्डौँ उपत्यका जस्तै सानो शहर हो भन्ने कुराको अनुमान गरिएको छ । कविहरूको कविता लण्डन सरकारले रूचाउँदैन भनेर एउटा सडक कविले भनेका र यहाँ उनले लेखेको कविता जस्ताको तस्तै उतार्ने कोशीस गरिएको छ । यस्तै यात्राकारले बेलायत भूमिमा गएर जमिन मुनीबाट चढ्ने पहिलो रेल चढेका कुरा गर्नुभएको छ । १२ बजे रातको समयमा रेलमा चढेका मानिस कामको थकानले कोही पुस्तक पढ्दा पढ्दै सिटमै निदाएको र कोही कामले लखतरा परी सिटमै घुरिरहेका दृश्यहरू देखेपछि यात्राकारको कोमल हृदय पग्लिएको देखिन्छ । यस्तै अङ्ग्रेजहरूले ट्रेनमा चढेका यात्रुहरूलाई सचेत गराउने उद्देश्य राख्दै अगाडि ठूला ठूला विद्युतीय अक्षर सञ्चार गराउनुका साथसाथै जहाँ ओर्लिनु पर्ने हो त्यहाँको ठाउँको नाम आवाजमा राखी दिएको पनि देख्न र सुन्न सकिन्छ । आफू इङ्लिस प्रोफेसर भएको नाताले त्यहाँ उच्चारण गरी बोलीएर लेखिएका जस्ता लागेका गल्ती शब्दहरूको बारेमा टीका टिप्पणी भएको देखिन्छ । तर त्यो गल्ती नभएर सांस्कृतिक भिन्नता थियो ।


अबको क्रम देखा परेको छ मिजास भाइको क्वाटरमा एक दिन । यो प्रसङ्गमा अलिक रातिसम्म घुमफिर गरेर फर्कदा मिजासकै क्वाटरमा बसी गत दिनको छुट डायरी लेखिसकेर सुत्दा पनि विहान पाँच बजे नै जागा भएर नौ बजेसम्म डायरीमा पुनः छुट भएका कुराहरू थपघट गरे पश्चात् विस्तरामा पल्टिन पुग्दा निदाउन पुगीएको कुरा र त्यहीँ निदाईरहेको अवस्थामा ठूली छोरीले ब्रेकफास्ट लिएर आउँदा झस्किएर जाग्न पुगेको कुरा देखिएको छ । यस्तै जयकृष्ण राईको सी.डी. विमोचनको अवसर मिलाई दिने, समयको सेटिङ गराई दिने कवि मिजास तेम्बेको उपस्थितिले खुसी व्यक्त गरिएको देखिन्छ । विकसित राष्ट्रको तुलना र उनीहरूको सिस्टममा चल्न अझ हामीहरूले सय वर्ष कुर्नु पर्ने कुरा गरिएको छ । यस्ता सभ्य राष्ट्रको सामु हामीमा सभ्यताको विकास नै कम मात्रामा देखिएको कुरा उल्लेख गरिएको छ । साहित्यिक छवि भएका मिजासको बारेमा प्रशंसा गरिएको छ । यसै विच चिया खाएर जयकृष्णसँग विदा भएर निस्किएपछि यात्राकार र मिजास भएर इभिनिङ वाकमा हिँडेको कुरा गरिएको छ । यसरी घुम्दै जाँदा ओल्ड कलेज र न्यू कलेजको हाता भित्र पुगेको कुरा गरिएको छ भने उक्त कलेजको हाता भित्र लगाएका रूखहरूले उत्ताउलिएर आकाश छुन नपाउने र निश्चित उचाइमा पुगेपछि मठार्ने काम गरिने हुँदाको दृश्यले आँखाको लागि आकर्षक बनाउने काम भएको देखिन्छ । मिजास एक साहित्यिक व्यक्ति भएको हुँदा उनको साहित्य प्रति ठूलो सोच भएको देखिन्छ । यात्राकारको अगाडि मिजासले आफूलाई यसरी प्रस्तुत गरेका छन् । ग्रेटब्रिटेनलाई एक युनिट मानेर नेपाली साहित्य कला प्रवद्र्धनको निर्माण गर्दै एउटा एकेडमी बनाउन चाहने कुरा व्यक्त गरेको देखिन्छ । यस्तै बाहिर मिजासको किचेन गार्डेनमा नेपाली साग सब्जी र फापरबारीका अत्यन्त मनमोहक दृश्यहरू देखेको कुरा गरिएको छ । यस्तै खाना खाने बेलामा यी परिचित तरकारीहरू भिण्डी बोडी र ब्रुनाईका ससाना माछाहरूको अचारसँग चार जना एकै ठाउँमा बसेर नेपाली खाना खाएको वर्णन गरिएको छ ।


यस पटक हामी आईपुगेका छौँ गोर्खा म्युजियमको अवलोकन समिप । यहाँ पनि यस म्युजियम कलेजको हाता वरिपरि घुमफिर गरिएका कुरा परेका छन् । यसै सिलसिलामा सैन्य अभ्यास केन्द्रतिर पस्न पुगेको कुरा गरिएको छ । यो गार्डेनमा लगाएका तरकारीहरूको बारेमा अघि नै वर्णन गरिसकिएको छ । यहीँ फापर बारीमा दुइवटा कुर्सि माथी बसेर भट्टराई सरको अन्तर्वार्ता लिने काम भएको देखिन्छ । यस पछि ६ जना भएर सारै महत्यपूर्ण स्थान घुम्न निस्केको कुरा परेका छन् । यसरी बिन्चेष्टरमा घुमफिर गर्ने क्रममा हरियो झडी देखिएको छ बुट्यान देखिएको छ । अग्ला काला रूखका पातहरू देखिएका छन् र यसैगरी त्यहाँ देखिने गरेका दृश्यहरूमा खेती, जङ्गल, मैदान, भेँडा र गाई चरन, एकाध पातला घरहरू र बाटाको दुबै तिर लर्के बन्सो जस्तो घाँस । यस्तो घाँस भएको ठाउँमा आएर दुहुनो भैँसीलाई डो¥याउँदै यो घाँसमा चराउनु पाए कस्तो हुने थियो भन्ने कुराको परिकल्पना यात्राकारले गर्नु भएको देखिन्छ ।
यस्तै अवको क्रममा आएको छ ऐतिहासिक स्टोनहेन्जको अवलोकनको बारेमा यहाँ यसरी कुरा गरिएको देखिन्छ । यस्को बारेमा यहाँ यौटा अनौठो कुरा गरिएको छ । यस्तो दम्साइलो जमिन मात्र भएको ठाउँमा कसरी यी र यस्ता अजङ्गका ढुङ्गाहरू कसरी ल्याएर ठाडो पारेर गाडियो । यस्ता ढुङ्गाहरू यहाँ कसरी ल्याइएहोला यो पनि रहस्य नै रहस्यको विषय बनेको छ । यो स्टोनहेन्जको इतिहास खोज गर्ने मामलामा यस्को अनुगमन गर्न केही समय लाग्ने छ होला भनेर अनुमान लगाउन सकिन्छ ।


यस पछिको अर्को हिस्सा क्रमिक रूपले जोडिने क्रममा देखा परेको छ सेक्सपियर जन्मभूमिको यात्रा सेक्सपियर जन्मेको ठाउँ, उनको घर उनले विताएका दिनचर्याहरूको बारेमा केही कुरा यसरी बुझ्न पाउँदा यात्राकारको महान आकाङ्क्षा पूरा भएको छ । यो स्थलमा टेक्न पाउँदा आफू कुनै पनि तीर्थस्थल जानु नपर्ने आफ्नो लागि यही नै ठूलो तीर्थस्थल हो भनी यसरी व्याख्या गरिएको छ । सेक्सपिएरको जन्मस्थल हिँड्ने क्रममा मिजासले मोवाइल घरमै छोडेर दुइमाईल पर गएता पनि मोवाईल लिनको लागि पूनः घर फर्केर मोवाइल ल्याउने काम भएको छ । फर्केर आए पछि मिजासले भट्टराई सरसँग भन्छन् विदेशमा बसेर सिस्ट्रमा चल्न जानेपछि एक्लै जहाँ पनि जान सकिन्छ । मोवाइलबाट अनेकौँ विषयवस्तुहरूको बारेमा धेरै कुरा जान्न र थाहा पाउन सकिन्छ । यात्रा गर्ने स्थान मोवाइलमा सर्च गरेपछि यात्रा गर्न जान थालेको ठाउँ, पैसा कति लाग्छ र कति किलो मिटर टाढा छ भन्ने कुरा मोवाइलको स्क्रिनमा देखियो । सेक्सपिएरको जन्म ठाउँ स्ट्रयाटफोर्टसम्म पुग्नको लागि दुइवटा ट्रेन चेञ्ज गरेपछि मात्र त्यो ठाउँमा पुगीँदो रहेछ । पहिलो ग्रेट वेस्टर्न ट्रेनको टिकट काटेपछि टे«न भित्र रहेको सुविधालाई एकछिन थाती राख्दै नेपालमा चल्ने जनकपुर–जयनगर रेललाई सम्झिएको छ । यहाँको जस्तो सुविधायुक्त टे«नको यात्रा कहिले गर्न सकिएला भन्नेबारे कल्पना गरिएको छ । यसै विचमा टे«न अक्स्फोर्ड विश्वविद्यालय हुँदै कुदिरहेको यी आँखाले देख्न पाउँदा मन गद्गद् भएको कुरा गरिएको छ । हामीले लगाउने गहुँबाली र त्यहाँ लगाउने गहुँ फसल भित्राउने समयअन्तर रहेको कुरा गरिएको छ । त्यहाँ गहुँको फसल भित्र्याउने काम भदौ महिनामा गरिदो रहेछ । बाली भित्राउँदा त्यस ठाउँमा काम गर्ने मजदुर कतै देखिएका छैनन् । यी सबै काम मेसिनद्वारा गरिएको देख्दा आश्चर्य लागेको कुरा छ र यहाँ यति बेला फल्ने गहुँको एक माना बीऊ आफ्नी आमालाई लगिदिन पाए मेरी आमा कति खुसी हुनुहुथ्यो होला भन्दै यात्रा कारले यसरी कल्पना गर्नु भएको छ । त्यहाँको जङ्गलमा पाइने रूखहरूको नाम थाहा नभए पनि अत्यन्त व्यवस्थित तरिकाले वृक्षलाई जुल्फी काटे जस्तै गरी मिलाएर राखेको देख्दा आश्चर्य समेत लागेको कुरा यहाँ यसरी व्यक्त गरिएको देखिन्छ । सेक्सपियरको जन्मस्थल स्ट्रयाटफोर्ड हो । अहिले हामी फेरि अर्को रेल चढेर त्यहाँसम्म पुग्न सकिने कुरा हाम्रो अगाडिको सूचनामा देखा परेको छ । अव भने अलिकता भ्रममा परेको कुरा छ । त्यहाँ लगभक स्टाफोर्ड र स्ट्रयाटफोर्ड मिल्दाजुल्दा ठाउँ रहेछन् । दुबैको नामले झुक्याउन सक्ने सम्भावना भएको हुँदा यात्राकारले शेक्सपियरको जन्मथलो स्ट्रयाटफोर्ड हुनु पर्ने होइन र भनि शङ्का लागेर सोध्दा यो चाहीँ स्टाफोर्ड हो भने शेक्सपियरको जन्म ठाउँ स्ट्रयाटफोर्ड हो भन्ने जवाफ आउँछ । शेक्सपियरको जन्मस्थल जाने रेल आउँदैछ भनेर एकछिन प्रतीक्षा गर्न लगाइन्छ । अनि एकै छिनको हाँसोमा आग्रालाई गाग्राको कुरा गरिएछ भनेर यसो भनिएको छ । स्ट्रयाटफोर्ड जहाँ शेक्सपियर जन्मेको घर छ त्यहाँसम्म पुग्दा उक्त घरलाई हेर्नकै लागि मान्छेको लाम लागेकोे दृश्यले काठमाण्डौँको गौशालामा बालाचतुर्दशी भगवानको दर्शन गर्नका लागि मानिसहरू उभिएर दर्शन गर्न लागेको कुरा यात्राकारलाई यस किसिमको प्रतीत हुन्छ । अनि त्यहाँ पुगेर घर भित्रको र घर बाहिरको सम्पूर्ण वातावरणको बारेमा वर्णन गरिएको छ । अहिले डा. भट्टराई सरलाई के लागेको छ भने यही नै मेरो लागि महत्वपूर्ण समय हो भनेर यसरी आफै व्यक्त गर्नु भएको छ । यस्तै एनिमल राईट्सको बारेमा पनि चर्चा गरिएको छ । बेलायत प्रवेश गरे पछिको यो नै उहाँको चौथो कायक्रमबाट सृजना गरिएका विषयवस्तु हुन् भनेर यसरी भनिएको छ ।


अव अलिकता फार्नबोरोको एक कार्यक्रममा जानु छ भन्ने शीर्षक बारे केही चर्चा गरौँ । अव आजको विहान हिजो घुमफिर गरेर सकिएको डायरी लेखिसके पछि बाथरूममा नुहाउन पस्दा बाथटबमा नुहाउन मन नपर्ने कुरा छ । यहाँ नुहाउँदा एक थोपा पानी बाहिर खसाल्नु हुँदैन भन्दै नुहाइएको छ । यस्तै स्यान्डहप्र्टमा, फोक्स्टनमा, अल्डरसटमा नेपालीहरूको बसोबास केही बाक्लो देखिएकोले यात्राकारको नजरमा यो ठाउँ मिनी नेपाल हो भनिएको छ । माथि उल्लेख गरिएका ठाउँमा भाग लिन जाने सिलसिलामा अतिथि बनाएर दुइ चार शब्द बोल्न लगाइएका कुरा गरिएको छ । नेपालीले शपिङ सेन्टर खोलेको कुरा गरिएको छ । काम गर्ने व्यक्ति पनि नेपाली नै राखिएको कुरा गरिएको छ । यस्तै हाउन्स्लोमा तिजको दरखाने कार्यक्रममा सामेल भएका कुरा गरिएको छ । बेलायतमा नेपालीले कृष्ण जन्माष्टमी कसरी मनाउँदा हेछन् भन्ने कुराको विषय उठानकै क्रममा उक्त जन्माष्टमीको भिडियो हेरिएको छ । यी र यस्ता कार्यक्रमको चाँजो पाँजो इस्कोनद्वारा गरिएको कुरा परेका छन् । सबै भन्दा आश्चर्यको कुरा के देखिन्छ भने कसैले धार्मिक कार्य अथवा कुनै कर्मकाण्ड गर्नु पर्यो भने यिनै इस्कोनमा काम गर्ने गोराहरूद्वारा उक्त कार्य गराईदो रहेछ । यहाँसम्म कि उनीहरूले श्राद्ध समेत गराउँदा रहेछन् भन्ने कुराको पनि यसरी चर्चा गरिएको छ ।
अब यतिखेर भने मैले वर्णन गर्न खोजेको शीर्षक रहेको छ आज स्कटलेण्डको यात्रामा जाने दिन स्कटलेण्डको यात्रा अत्यन्त रोचक देखिएको छ । कति शान्त र स्वच्छ वातावरण छ । दुइ तल्ले बसमा चढी सके पछि आप्नो सानो सुटकेश लिएर बसको भर्याङ् चढे पश्चात् माथिल्लो तला जहाँ यात्रुहरूको कम चाप देखिएका कुनै पनि सिटमा गएर ठाँटसँग बस्न पाएको कुरा गरिएको छ । हाम्रो नेपालमा चल्ने बसको तरिका र त्यहाँ चल्ने बसको तरिकाको बारेमा केही वर्णन गरिएको छ । ६ घण्टासम्म ननस्टप दुइ तल्ले बस कुदेकोकुद्यै छ । यस विचमा यात्राकारलाई पिसाबले च्याप्दै आएको छ । पिसाबले च्यापेपछि पिसाब गर्नु प¥यो भनी बसको भ¥याङ निर आउँदै गर्दा त्यहीँ नजिक रहेको ट्वाइलेट देखेर जान खोज्दा यो दुलोमा सिक्का छिराए पछि ट्वाइलेट प्रयोग गर्न सकिन्छ भन्ने कुरा त्यहाँ लेखिएको देखेपछि फेरि प्रयोग गर्न जानिएन भने कतै मैले गर्न लागेको प्रयासलाई सिसि क्याराले कैद गर्ने पो हो कि भन्ने यस्तो मनमा सोच आएर सिक्का प्वालमा नछिराई आफ्नो सिटमा गएर बसेको कुरा परेका छन् । त्यहाँको हरियाली स्वच्छता र त्यहाँ देखिएको पशुचरन र बुट्यानहरूको आनन्दमय वातावरण देखेर यहाँ बसेर गाई र भेडा गोठालो हुन पाए कस्तो हुने थियो होला भनेर परिकल्पना गरेको देखिन्छ । फेरि त्यहाँ चरिरहेका लेकाली गाई र भेडाहरू हेर्ने कोही गोठालो छैन यिनीहरूको बारेमा कल्पना गर्दै भनिएको छ यी गाईहरूले मान्छे देख्न पाउँदैनन् । मान्छेलाई देख्दा कतै हानेर घाइते बनाउने पो हुन् कि, मान्छे देखेर कतै तर्सिने पो हुन् कि । यि गाईहरूको दूध दुहुने मान्छे कहाँ छ ? यस्ता गाई देखेर त्यसै बेला आफ्नी ममतामयी आमालाई सम्झिँदै यसो भनिएको छ— यदि यो सूचना पाउने हो भने मेरी आमाले यौटा कैली गाईको बाच्छी मलाई पूजा गर्न ल्याइदेओ भनेर भन्नु हुन्थ्यो होेला अन्त्यमा ग्लास्गो भन्ने ठाउँमा पुगेर एकछिन बस रोकेको र यही बेला पिसाब गर्न रेष्टरुम तर्फ गएका कुरा परेका छन् । यस्तै डण्डी शहर आई पुगेको कुरा गरिएको छ भने त्यहीँ शहरको बस पार्कमा यात्राकारलाई पर्खेर बसेका मधुसूदन र उद्दव भट्टराईलाई देखेर उतै गएको कुरा गरिएको छ । फेरि आजकै रातमा यही शहरको आब्र्राेथ भन्ने स्थानमा नेपाली चेलीहरूले तिजको दरखाने कार्यक्रम तय गरिएको हुँदा त्यहाँबाट त्यही तिजको कार्यक्रममा सामेल हुने कुरा गरिएको छ । रातिसम्म मिठा मिठा मिष्ठान्न भोजनको परिकार र नाचगान गरिएका कुरा गरिएको छ । यसरी खानपान कार्यक्रमको अन्तिममा यात्राकारलाई अतिथिको रूपमा दुइ चार शब्द बोल्न लगाइएको छ । यसरी कार्यक्रम समाप्ति पछि नेपालको स्वयम्भू जस्तो डाडो अर्थात् त्यहाँको डण्डी डाँडो चढेर घर फर्किएको कुरा छ । आजको बाह्र घण्टाको हिँडाईले एकदम थकाई लागेका कुरा गरिएको छ । यसैगरी आफ्नो लागि सुत्ने व्यवस्था राम्रो गरिएकोले अन्त्यमा सयन कक्षमा प्रवेश गर्दै आराम गर्न पुगेको कुरा परेका छन् अहिले यहाँ ।
अव चर्चा गर्न लागिएको शीर्षक हो अब्र्रोथ शहरमा मधुसूदन दाईसँग एक दिन । यसकै बारेमा अबको चर्चा रहनेछ । मधुसूदन दाई भाउजु लगाएतका केही व्यक्तिसँग फेरि समुद्री तटतर्फ घुम्न निस्किएको छ । समुद्रको भिर माथीको पहरो जस्तो भागमा व्यवस्था गरिएको साइकल र मान्छे हिँड्न सक्ने पिच बाटो केही परसम्म पुगेको छ । समुद्रको तटमा टहलिरहका पक्षीलाई केही नखुवाउनु भन्ने सूचना टाँगिएको छ । अब्र्रोथ शहरको प्रसिद्ध टावर “सिग्नल टावर म्युजियम” को अबलोकन गरिएको कुरा परेका छन्, उक्त टावरको विशेषताको बारेमा वर्णन गरिएको छ । यस्तै लाईटहाउस भित्रको म्युजियममा प्रवेश गरी पुरानो समयको जनजीवन कसरी चलेको थियो उनीहरूले उन कात्ने कपडा बुन्ने अनि त्यो समयको खानपिन र वस्त्र आभूषण, सामुद्रिक जीवन, जहाजहरू आदि जोगाएर राखेको कुरा गरिएको छ । यस्तै स्कटलैण्डको आब्र्राेथ शहरमा गोर्खा तन्दूरीमा पसेर पिजा खाएको कुराको स्मरण गरिएको छ ।


अव यसपछिको यात्रा रहेको छ समुद्रि संसारबाट निस्केर एडिन्बरा शहर । एडिन्बराका स्कटिस बासीहरूको राष्ट्रिय पोशाकको बारेमा जानकारी, स्कटलेण्डकै राष्ट्रिय अक्वारियमको म्युजियम अनि अमेरिका स्थित ल्फोरिडामा रहेको अति भब्य अक्वरियम हेरिएको, यति ठूलो अक्वरियम भित्र रहेका सामुद्रिक जीवहरूमा माछाको प्रदर्शन, कोरल फम, कोरल रिफ र घस्रने, उड्ने, टाँसिने अनि बिषालु भ्यागुताहरू यस्तै यस्तै । प्रसंङ्गवश एडिनबरामा पढ्न जाने विद्यार्थीहरूको नाम पनि उल्लेख गरिएको छ । एडिन्बरा शहरलाई कला र इतिहासको राजधानी भनिने कुराको जानकारी, वासतवमा यहाँ घुम्ने ठाउँहरू प्रसस्त रहेछन् । साँच्चि यस्ता ठाउँहरूलाई बुझ्नै परेमा पनि कम्तीमा दुइ वर्ष लाग्ने जस्ता कुरा यस भित्र परेको देखिन्छ । लण्डनमा देख्ख्न नसकिएका कलात्मक घरहरू एडिन्बरामा विद्यमान रहेछन् । अझ वास्तबमा खुलेर भन्नु पर्दा युरोप भरकै सुन्दरता दिन सक्ने शहर एडिन्बरा रहेछ ।
अव यसपछिको घुमाईक्रम रहको छ मसिनको खेती हेरेर लण्डन फिरियो । स्कटलेण्ड यात्राको अन्तिम दिन कसरी अब्र्रोथका किसानहरूले अनाज उत्पादन गर्दा रहेछन् कुकुरद्वारा डोर्याइएकी एक महिलाले बाटो काट्दै गरेको दृश्य कृषि फम हेरेर सिध्याएपछि गुरूङ दाईको घरमा गएर मधुसरसँग चिया खाएको कुरा गरिएको छ । यसरी बसमा चढेर पुनः लण्डन फर्केको कुरा छ । यस विच छोराहरूको पराक्रम हेर्न मधुसूदन दाई भाउजू बेलायत आएको कुरा गरिएको छ । यसरी रात्री बसमा धेरै भएछ नचढेको । अहिले बसिरहेको स्थानदेखि रात्री बस चढेर ग्लास्गो, म्यान्चेष्टर, बर्मिङघम जस्ता शहर प्रवेश हुँदै बाटोमा पर्ने अपूर्व दृश्यहरूको अवलोकन गर्दै रातको १२ बजे पश्चात बसको सिटमै सुत्न खोज्दा केही असजिलो भएको महशुस हुँदा हुँदै पनि मुस्किलले दुई तीन घण्टा मात्र निद्रा तिमलिएको कुराको वर्णन गरिएको देखिन्छ ।


अव यस पछिको क्रम रहनेछ लण्डनको कला सङ्ग्रालय एकसर्को भ्रमण भिक्टोरिया स्टेशनमा केही बेरको पर्खाई पश्चात् विद्यार्थी लेखनाथसँग यहीँ स्टेशनमा भेट्ने कुरा भए अनुशार समयमै टुप्लुक्क भेट हुन पाएको कुरा गरिएको छ । अनि यस पछि त्यहीँ नजिकै रहेको उनको मामा घर गएको कुरा गरिएको छ । लामो यात्राको थकाई मार्न खाजा खाएर आराम गर्न पुगेको कुरा गरिएको छ । यसरी आराम गरिए पश्चात् फ्रेस भएर उठे पछि लेखनाथसँग युनिभरसिटी अफ लण्डन हेर्न पुगेको कुरा समावेश छन् । यसरी युनिभर्सिटीलाई राम्रोसँग अध्ययन गरिसके पछि विश्वप्रसिद्ध व्रिटिस म्युजियम भित्र छिर्न पुगेका कुरा देखिन्छन् । यस म्युजियम भित्र छिरेर विभिन्न देशका कला हेर्ने सन्दर्भमा नेपालको कला देखेर प्रसन्नता व्यक्त गरिएको देखिन्छ । यस्तै बुद्धको मुखाकृति देश अनुसार फरक पारिएको अनुहारको कुरा गरिएको छ । अनि पछि न्यासल आर्ट ग्यालरीमा पुगेका कुरा गरिएको यथार्थ झझल्को प्रस्तुत गरिएको देखिन्छ ।


अवको परिवेश रहनेछ क्यान्टरवरी परिवेशको दर्शनमा आज यो भ्रमण निकै रोचक र चाखलाग्दो रहेको छ । क्यान्टर्वरि घुम्न भनी गएका स्थानहरूमा क्राइष्ट युनिभर्सिटी, चसर हस्पिटल, अंगे्रजी साहित्यका आदि कवि जेफ्रि चरसको स्मारक आदि परेका छन् । प्राचीन क्यान्टरर्वरि पुगेका कुरा गरिएको छ । प्रचीन क्यान्टरर्वरिका सारा सडक मध्य युगीन संस्कृतिले बनेका रहेछन् । त्यहाँ देखिएका बहुरङ्गी दृश्यहरूको सुन्दर र भव्य तरिकाले वर्णन गरिएको छ । प्राचीन स्थलहरू घुम्ने क्रममा एउटी चौध पन्ध्र वर्षकी जस्तै लाग्ने स्कूले केटीले हाम्रो नजरमा एक खिल्ली चुरोट मागेको प्रसङ्ग अनौठो लागेको कुरा प्रस्तुत गरिएको छ । त्यस पछि भने क्रिश्चियन बाइबल धर्मशास्त्रका चर्चहरू, बौद्ध गुम्बा लगत्तै हिन्दू मन्दिर भित्र प्रवेश गर्दा कहाँ के गर्नु पर्छ भन्ने बारेमा जानकारी भएको तर यहाँ भने केही अलमलिएको कुरा गरिएको देखिन्छ ।


अव यस बखत देखा परेको शीर्षक हो अंग्रजी आदि कविसँग बेलायतमा एकदिन । यहाँ नेपालका आदि कवि भानुभक्त र बेलायतका कवि जेफ्रि चौसरसँग तुलना गरिएको छ । त्यो बेला डा. गोविन्दराज भट्टराई ज्यूले कक्षा चारमा पढ्दा भानुभक्तद्वारा लेखिएको एकलाईन कविता भित्र रहेको एक चौसर शब्दलाई त्यो बेलाका गुरूहरूले नबुझेर औसर भन्ने अर्थ लगाउँदै आएकोमा पछि एम.ए. मा पुगे पछि चौसर भन्ने को र के रहेछ भन्ने कुरा “क्यान्टरवरी टेल्ज” पाठ्यक्रममै पढ्न पाएको कुरा गरिएको छ । त्यतिखेर गुरूले घोकाएको शब्दमा केन्द्रित रहेको चौसरका साक्षात् कविको सालिकसँग दर्शन पाउँदा आदि कवि भानुभक्तलाई भेटे जस्तै लागेको अत्यन्त रोचक कुराको व्याख्या गरिएको देखिन्छ । कथिड्रल एक तीर्थस्थल भएको रोचक प्रसङ्ग मा पवित्र तीर्थ भूमिमा मानिसहरूको घुईँचो लागेका कुरा परेका छन् । यसरी साहित्यकारले कथिड्रलको हत्या अपराधको कथा बनाएर यसरी साहित्यकारहरू लडिरहेछन् भन्ने कुराको संक्षिप्त कथा यहाँ प्रस्तुत गरिएको देखिन्छ । क्यान्टरवरि टेल्स पुस्तक जो अङ्ग्रेजी साहित्यका विद्यार्थीहरूको लागि रामायण नै हो भनेर भनिएको छ ।


अव यो पुस्तक अध्ययन गर्ने क्रममा देखा परेको शीर्षक हो गोर्खा प्यालेस रेष्टुरेन्टमा स्वागत र भेटघाट । फोक्सटनमा अवस्थित गोरखा प्यालेस रेष्टुरेन्टको भेटघाट कार्यक्रममा जम्मा हुनेहरूमा काउन्सिलर धनबहादुर गुरूङ, भूतपूर्व गोर्खा नेपाली कम्युनिटिका व्यक्ति, कवि, होटल विजनेश मालिक लगाएत अन्य मानिसहरूको उपस्थितिले यात्राकारको स्वागत र विदाई समारोहको आयोजना गरेका कुरा परेका छन् । यसरी स्वागत भाषण गर्ने क्रममा नेपालीभाषीलाई स्कूल खोल्ने मान्यता दिईयोस् भन्दै बेलायत सरकारसँग निवेदन दिएको र सरकारले पनि विद्यालयमा विस प्रतिसत बाल बालिका पुगेमा नेपाली भाषालाई हेर्ने नजर विचारणीय हुनेछ भन्ने अत्यन्त सुखद कुरा बेलायत सरकारले गरेको देखिन्छ । बेलायतमा जन्मेका बाल बालिकाहरूलाई खेलकुद क्लवमा सम्मिलित गराउनु, च्यारिटि शोमा भागलिन लगाउनु, फुटबल र डान्स क्लब जस्ता कार्यक्रम चलाउनु, नेपाली टेलिभिजन कार्यक्रम शुरु गर्नु जस्ता कार्यले बाल बालिकाहरूलाई नेपाली सिक्न र बोल्न धेरै मद्दत पु¥याएको कुरा गरिएको छ । नेपाली भएको नाताले विदेशी भूमिमा रहे पनि मन नेपालमै छ भन्ने जस्ता कुराहरू यहाँ देखिन्छन् । यहाँ यात्राकारको बोल्ने पालोमा बेलायतमा बसेका नेपाली कम्युनिटिको खुलेर प्रशंसा गरेका छन् । पूनः लण्डमा पनि यौटा मिनी नेपाल छ भनेर भनेका छन् । बेलायतमा बसेका नेपालीहरूलाई यहाँको नेपाली समाज हामी सम्पूर्ण नेपालीहरूको कलमी विरूवा हो भनिएको छ । अन्यमा नेपाली समुदायसँग विदाईको बेलामा केही नरमाईलो लागेका कुरालाई प्राथमिकता समेत दिएको देखिन्छ ।


अब देखा परेको छ यौटा अन्तर्वाता आज थकाई मार्ने दिन प्रश्नकर्ता विश्वासदिप तिगेलाद्वारा सोधिएका यी प्रश्नहरूको उत्तर बेलायतबाट नेपाली भाषा प्रसारण गरिने टेलीभिजन मार्फत नेपाली साहित्यको विकास, उन्नति, प्रगति र भाषा साहित्यबारे चासो राख्ने सम्पूर्ण बेलायतबासी नेपाली लगायत साहित्यानुरागीहरू प्रति लक्षित राख्दै दर्शक सामु प्रस्तुत गरिएको महत्वपूर्ण साहित्यिक अन्तवार्ता हो । यहाँ नेपाली साहित्यकारका पुस्तकहरू अन्तर्देशीय भाषामा उल्था गर्न सकियो भने हाम्रो नेपाली साहित्यले पनि यौटा निकासको बाटो खोज्ने थियो भन्ने जस्ता कुरादेखि लिएर लीला लेखन डायस्पोरिक साहित्य लेखनका कुरालाई समेत चर्चाको विषय बनाइएको छ । अझ भन्ने हो भने विदेशमा बसेर लेखिएको साहित्य नेपाल माटोलाई धेरै माया गरी लेखिएको देखिन्छ । आफ्नो जन्मभूमिदेखि टाढा भएपछि मात्र देशको मायाले धेरै धेरै कुत्कुत्याउँदो रहेछ भन्ने देखिन्छ । यहाँ के देखियो भने प्रश्न गर्ने प्रश्न कर्ताको सालीन प्रश्न र उत्तर यस्तै भद्र र मन छुने कुराहरू रोचक पाराले प्रस्तुत गरिएको छ ।


यो पुस्तक मेरो पहिलो बेलायत यात्राको २३ औँ शृङ्खलामा समावेश गरिएको शीर्षकको नाम राखिएको छ फेरि एकपल्ट लण्डन कलाकेन्द्र घुम्ने इच्छा । पहिलो पल्ट विश्वासदीप तिगेलासँग लण्डन घुम्न जाँदा त्यहाँका विषयवस्तुहरूको बारेमा टिपोट गरिएका केही कागज हराएको कुरा दुःख साथ व्यक्त गरिएको छ । लेखनाथको निमन्त्रणामा लण्डनको सङ्ग्रहालय पूरा हेर्ने अवसर नमिले पनि हेरे सम्मका कुरालाई सानो चिर्कटोमा उतार्ने काम गरिएको देखिन्छ । यस्तै यहाँ सन् १९०० देखि सन् २००० सम्म प्रस्तुत गरिएका पाश्चात्य जगत्का मूल कलाको प्रस्तुतिलाई टिपोट गरिएको देखिन्छ । अनि यस्को लगत्तै म्याडम टुसाड्स् कला गृह जहाँ मैनबाट बनाइएका मूर्तिहरूले जीवन्तता दिइराखेको कुरा गरिएको छ । अनि पछि सेन्ट पिटर्स कथिड्रल ग्रीवविच पार्क पुगेको कुरा दर्शाइएको छ । यो सङ्ग्राहलय खगोलशास्त्री बैज्ञानिकहरूको महत्वपूर्ण सङ्ग्रालयको रूपमा रहेको रहेछ । अनि त्यसपछि चेरिङ क्रसको पाँच तल्ले भवनमा पुस्तकै पुस्तकहरूले भरिएको ठाउँ देखिएको कुरा परेका छन् । अनि यस्तैगरी आज गरिएको यात्राको अन्त्य तिर ट्राफेल्गार स्क्वायर पुगेको केही छिनमै फोक्सनको द रोयल गोर्खा राइफल्सको बटालईनभित्र प्रवेश गरिएको कुरा देखिन आउँछ ।


अब फेरि यसरी नै यो पुस्तकको अन्तिम अर्थात् २४ औँ शृङ्खला अन्तर्गत परेको शीर्षकको नाम हो विदाईको साँझ आई पुग्यो । यहाँ आइपुग्दा अब बेलायत छोड्नु पर्ने कुरा परेका छन् । स्वदेश फिर्ने दिनमा पनि सातसय वर्ष अघिका क्रिस्टोफर मार्लोको ऐतिहासिक स्थलमा रहेको मूर्तिलाई दर्शन गरेर मात्र फर्कने कुरा गरिएको छ । चार पाँचवटा पुस्तक किने पनि अन्य पुस्तक हतार हतारले गर्दा किन्न नपाएको कुरा छ । अन्त्यमा हिथ्रो विमास्थलमा विदाई गर्न आएका अत्यन्त सहृदयी मित्रहरूसँग विदाबारी भएर विमान चढेको कुरा गरिएको छ । सेक्युरिटि चेक गर्ने सिलसिलामा केही दुःख दिएका कुरा परेका छन् केही सामानहरू बढी भएर फ्याँकी दिएको पनि कुरा छ । विमान भित्र दिएको खाना त्यति राम्रो नभएको पनि कुरा गरिएको छ ।


यस्तै पाठकद्वारा लेखिएको समीक्षा तर्पm ध्यान कन्द्रित गर्दा प्रा.डा. कुमारप्रसाद कोइरालाको कलमबाट लेखिएका यी शब्दहरूले यात्राका सम्पूर्ण विषयलाई छोएर बेलायत यात्राको बारेमा पाठकलाई संक्षिप्त जानकारी गराउने कोसिस गरिएको देखिन्छ ।


यस्तै यो यात्रा पुस्तकका अर्का समीक्षक कलानिधी दहालको दृष्टिकोणमा यो पुस्तक अत्यन्त उत्कृष्ट र उच्च मनोबल उत्पन्न गर्न सक्ने यात्रा जो अध्ययन गर्दा बेलायती संस्कृति र बेलायतमा बसेका नेपालीहरूको रहन सहन जान्न र बुझ्न सकिने कुराको बारेमा जानकारी गराउन खोजेको देखिन्छ ।
यस्तै समीक्षक टेकनाथ ढकालको भनाईमा यो अत्यन्त हृदयस्पर्सि र मन छुने यात्रा हो जसलाई सफल बनाउने कुरामा सम्पूर्ण भूमिका अदा गरेका विश्वदिप तिगेलालाई धेरै धेरै धन्यवाद दिने काम र गुरूदेवले गर्नुभएको अथक परिश्रमको अत्यन्त उपयोगी पुस्तककाबारेमा प्रशंसा गरिएको देखिन्छ ।


यस्तै अनिता पन्थीले व्यक्त गर्न खोजेको कुरामा नेपाली भूमिमा हुर्किएर बेलायत जस्तो गोरा बस्ने देशमा गएर पनि आफ्नो संस्कृति, कला जोगाउन खोजिएको कुरा गरिएको छ । यस पुस्तकमा समावेश गरिएका हरेक विषवस्तुहरूसँग चुर्लुम्म डुबेर पुस्तक भित्र रहेका अत्यन्त सान्दर्भिक कुराका बारेमा खुलेर प्रशंसा गरिएको देखिन्छ । यो मेरो पहिलो बेलायत यात्रा पुस्तकमा आवद्ध विभिन्न समीक्षकहरू मध्यको यो नै उत्कृष्ट समीक्ष हो जस्तो मलाई लागिरहेको छ । आफ्ना गुरुप्रति सम्मान गरिएका कुराहरू पनि यस भित्र परेका छन् ।
यसरी यो पुस्तकमा देखिएका अन्तिम समीक्षकको रूपमा आर.बि. निश्चल रहेको देखिन्छ । समीक्षकले भनेका छन् यो कृति २०६५ सालमा भ्रमण गरिएको कृति २०७५ सालमा कृतिसर्जकको व्यस्तताले गर्दा ढिला प्रकाशन भएकोे हुन सक्छ भनी टिप्पणी समेत गरिएको देखिन्छ । बेलायतमा देखिएको आधुनिक सभ्यताको विकासका बारेमा चर्चा उठेको पनि ठाउँ ठाउँमा दखिएको छ । भनेर समीक्षकले यसरी प्रस्तुत गरेका छन् । शेक्सपियरको जन्मभूमिबाट निकै प्रभावित बन्न पुगेका कुराहरू पनि यस समीक्षात्मक टिप्पणीमा प्रस्तुत गरिएको छ । जे होस् यो अत्यन्त ज्ञावद्र्धक यात्रा सङ्ग्रह हो जसबाट पाठकले बेलायतको रहन–सहन, कला–संस्कृति र त्यहाँ विद्यमान अन्य विषयवस्तुहरूसँग सजीव भेट गर्न सकिने यो अति योग्य पुस्तक हो भन्दै आर.वि. निश्चल आफ्नो समीक्षामा कुरो प्रस्ट गर्दछन् ।


अन्त्यमा
यो यात्रा पुस्तक अत्यन्त मेहनत पूर्वक भ्रमण गरिएका महत्वपूर्ण स्थानहरूको कला–संस्कृति, रहन–सहन छुट्न नपाओस् भन्ने अभिप्रायले यो यात्रा तयार गरिएको देखिन्छ । त्यस्तो सम्पन्नशाली देशमा गएर कुनै विषयवस्तुहरूको अभाव नहुँदा नहुँदै पनि स्वदेशको मायाले कुत्कुत्याएका कुरालई यहाँ यसरी वर्णन गर्न खोजिएको देखिन्छ । यस्तो यो कुराले स्वदेश प्रेमको झझल्कोलाई पुनराबृत्त गराईदिन्छ । आफू जन्मेको देश भन्दा भौतिक सुख सुविधा ठूलो होइन रहेछ भन्ने प्रमाणित भएको छ । जहाँ बसे पनि देश आँखाको वरिपरि नाचिरहेको हुन्छ । कुनै पनि देशभक्त मानिसले म यो मातृभूमिलाई अत्यन्त धेरै माया गर्छु भन्दै आफ्नै जमिनको एक मुट्ठी माटो हातमा लिएर सौगन्ध खाएको हुन्छ । देशको माटो कस्लाई पो प्यारो हुँदैन र ?


यो यात्रामा लेखिएका भाषा शैलीहरू सहज र सरल छन् । जहाँ जहाँ यात्रा गरिएको छ त्यहाँ त्यहाँ पाठकहरूको जिज्ञासा परिपूर्ति गरिदिने काम भएको देखिन्छ । यात्रा गर्ने अवसर प्राप्त नहुनेहरूका लागि यो अत्यन्त उपयोगी पुस्तक मानिएको छ । पुस्तक अध्ययन गर्न बसिसके पछि लगातार पढी नै रहुँ जस्तो भइरहन्छ । पढ्दै जाँदा सम्वन्धित ठाउँका दृश्यहरू आँखा वरिपरि नाचिरहन्छन् । यात्राले जिज्ञासा मेटाइदिन्छ । कल्पना मेटाइदिन्छ । अनि सम्वन्धित स्थानसँग साक्षात गराइदिन्छ । यात्राको गुण नै यही हो । यात्रा कहिले पनि एक्लो हुँदैन । यात्रालाई साथ दिने काम पाठकले गरेको हुन्छ । यात्रालाई खँदिलो, भरिलो र बुट्टेदार बनाउने जिम्मा यात्राकारको कलमले गरेको हुन्छ । गुरूवरद्वारा गरिएको यो पहिलो बेलायत यात्रा जो अत्यन्त ओजस्वी शव्दहरूबाट सिँगारिएको यो यात्रा पहिलो पटक बेलायत घुम्न जानेहरूको लागि अवश्य नै पथ प्रदर्शक बन्नेछ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।