17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

अनुस्मृतिका तरङ्गहरूमा तरङ्गीत हुँदा

कृति/समीक्षा सदानन्द अभागी April 11, 2021, 9:23 pm
सदानन्द अभागी
सदानन्द अभागी

विवेच्य विषयवस्तुको चित्रात्मक वर्णन कला , विश्लेषणत्मक क्षमता, तार्किकता र खरो अभिव्यक्ति नै पूर्णप्रसाद अधिकारीका नैबन्धिक विशोषता हुन् ।” –केदारनाथ खनाल
यी माथिका अभिव्यक्ति हुन् केदारनाथ खनालका । पूर्णप्रसाद अधिकारी २०६२ सलामा “महाकवि लक्ष्मीप्रसाद देवकोटा केही आयम” कृति लिएर नेपाली साहित्यमा कृतिकारको रूपमा परिचय दिंदै नेपाली साहित्यको क्षेत्रमा एक बरिष्ठ समालोचकको रूपमा आँपूmलाई स्थापित गरिसक्नु भएका बहु प्रतिभाका धनी साहित्यकार हुनुहुन्छ । हालसम्म उहाँका ९ कृतिहरू बजारमा आइसकेका छन् । २०१५ साल भाद्र दुई गते कास्कीकोट –२, कास्कीमा पिता बलराम अधिकारी र माता टोपलीदेवीका माहिला पुत्रको रूपमा यस संसारमा पदार्पर्ण हुनुभएका पूर्णप्रसाद अखधिकारीले २०४२ सालमा नेपाली विषयमा स्नातकोत्तर (एम.ए.) गरी हाल शिक्षण पेशामा वीरेन्द्र बहुमुखी क्याम्पस, नेपाली विभागमा
(सहप्रध्यापक पदमा) आवद्ध हुनुहुन्छ । लेखन कार्यमा मात्र सीमित नरही उहाँले आप्mना पृतिको अमरत्वको लागि चितवनमा “बलराम वाङ्मय स्मृति प्रतिष्ठान” साहित्यिक संस्थाको स्थापना गरि, स्रष्टालाई प्रोत्साहित गर्नको लागि स्रष्टा सम्मान कार्यको थालनी गरिसक्नु भएको छ । करिव एकदर्जन साहित्यिक संस्थामा आवद्ध रहनु भएका अधिकारीले आधिदर्जन साहित्यिक संस्थाबाट सम्मानित र पुरस्कृत भै सक्नु भएको छ । उहाँसँग मेरो साहित्यिक कार्यक्रममा भेट हुन्छ । उहाँको सादाजीवन, उच्च बिचार, मृदु एवम् प्रष्टभाषी र शालीन व्यक्तिको रूपमा परिचय दिंदा म स्वयम् गौरान्वित भएको महसुस गर्दछु ।

कृतिको संरचना, – यस कृतिमा स्मृति, यात्रा वृतान्त, समीक्षात्मक टिप्पणी, आलेख गरि १८ ओटा शीर्षकमा लेखहरु समावेश गरिएका छन् । त्रिवेणी साहित्य परिषद , नवलपुरको प्रकाशनमा प्रकाशित यस कृतिको मूल्य ३५१। रुपियाँ राखिएको छ । यस कृतिलाई “माहिली आमा स्व.कुशीमाया अधिकारी” प्रति समर्पण गरिएको छ । डा. प्राध्यापक अध्यक्ष त्रिवेणी साहित्य परिषदका नारायणप्रसाद खनालको विहङ्गम आलोक ( भूमिका) र त्रिवेणी साहित्य परिषदका सचिव गोविन्दराज विनोदीको प्रकाशकीयमा आएका धारणाले कृतिको यथार्थता पस्केको छ ।

यस कृतिमा साहित्यकारको धारणा – यस कृतिमा विहङ्गम दृष्टि राख्दै डा. नारायणप्रसाद खनाल भन्नुहुन्छ –“विषयवस्तुको जीवन्त प्रस्तुति, सत्याश्रयी कथन, सोधखोजको कला, भावनाको गहिराई, संवेदनशीलता, सूक्ष्म निरीक्षण , सूक्ति–उक्ति र उखान आदिको सटीक प्रयोग, कतिपय बिम्बात्मक निजी प्रयोग, वैशिष्ट, खरो आलोचना र निश्छल एवम् निःस्वार्थ अभिव्यक्ति कलाले गर्दा, रचनाहरू एकभन्दा अर्को रोचक बन्दै गएका छन् । यात्रावृतान्त त साँच्चै भन्ने हो भने, त्यहाँ नपुगेको मानिसले दृश्यचित्र हेरेजस्तै प्रतीत हुन्छ । प्रत्येक वर्गका पठनशील व्यक्तिहरूलाई अत्यान्त सु्न्दर –रोचक दस्तावेज बनेको छ । यहाँ ठाउँठाउँमा दिइएका तथ्यतथ्याङ्कपरक विवरणहरूत सामान्य ज्ञान बौद्धिक ज्ञानका खजना बनेका छन्” (भूमिका लेखन, पृष्ठ फ) । पछिल्लो आवरण पृष्ठमा प्रा. कपिल अज्ञात लेख्नुहुन्छ –“समयको शक्ति र गति पच्छ्याउन संघर्षरत श्री अधिकारी पुस्तकप्रेमी गुणाख्यताका रूपमा सुपरिचित हुनुहुन्छ । उहाँले आँखाले देखेका र मनले भोगेका वस्तुस्थितिलाई प्रवाहमय शैलीमा सूचनात्मक तथ्यहरूलाई प्रक्षेपण गर्दै, चित्रात्मक वर्णनका घनिभूत विशेषतालाई आच्छन्न तुल्याउनु भएको छ । अहिले आपूmलाई सिर्जनशील प्रवृत्तितर्फ उत्पेरित गराइरहनु भएको प्रस्तुत कृति सिर्जनात्मक यात्रातर्फकै महत्वपूर्ण उपलब्धि हो ।”
प्रकाशकीयमा वरिष्ठ साहित्यकार गोविन्दराज विनोदीले लेख्नुहुन्छ –“लेखक पूर्णप्रसाद अधिकारीमा वर्णन कला ,विश्लेषणात्मक क्षमता,र तर्क,विचार एवम् भावको सघनताको त्रिवेणी भएकाले, उहाँका रचना पठन मनन र ग्रहणका दृष्टिले महत्वपूर्ण छन् ।”

यी माथि आएका वरिष्ठ साहित्यकारका धारणाले यस कृतिको भावसार राम्रैसँग निस्सारण गरेको छ भने पूर्णप्रसाद अधिकारीको लेखन शैली र व्यक्तित्वको महत्वपूर्ण मूल्याङ्कन गरेको छ ।यी माथि आएका धारणालाई यसभित्र समावेश गरिएका सिर्जनाले पुष्टि गरेको यथार्थता मैले महसुस गरेको छु ।
यो कृति संस्मरण, यात्रा विवरण ,समीक्षा, र लेख÷आलेखको एउटा मिश्रण सिर्जना हो । यो कृति अध्ययन गर्दा पाठकले मिश्रित स्वादबाटै रमाउने यथार्थता प्रष्ट छ ।
स्मृतिको तरङ्गमा माहिली आमा –माहिली आमाको ९२ वर्षको लामो जीवन यात्रामा भोगेका यथार्थतालाई यहाँ स्मरण गर्दै पस्किएका धारणा आएका छन् । लेखककी महिली आमा ९वर्षको उमेरमा विवाह, विवाहकै समयमा गजबारमा सर्प मर्नु, विवाहको चारमहिनामै बाबुको मृत्यु, ,निसन्तान, पति विदेशीयर नआएका, सासूबाट अपहेलित, बेचेको घरमा क्रियाकर्म गर्न नहुने कुरा, पति जिउँदै भएको अफवाह फैलिंदा माहिल्ी आमा मर्माहत हुनु माहिली आमा देवघाट आउनु, देवघाटबाट घर आउने क्रममा बाटो बिराएर हराउनु कुनै विद्यार्थीले घर पु¥याइ दिएका, रित्तो गाग्री देख्दा साइत बिग्रने कुरा, शीर मुण्डन गर्दा सन्यासिनी माताको रुपमा प्रतीबिम्बित हुनु, आदि माहिली आमाप्रति गरिएको प्रथम बार्षिकपुण्यतिथि सम्मका सम्पूर्ण कर्महरू यस लेखले समेटेको छ ।

एक साहित्यिक पैदलयात्री ः अनुभूति र संस्मरण –, यो लेख यस कृतिको दोस्रो रचना हो । यसमा पदोन्नतिमा देखिएको विकृति, २०४५ सालदेखि “उन्नयन” त्रैमासिक साहित्यिक पत्रिका चिन्तन मनन् र अनुसन्धानमा लागेको अचुत रमण रेग्मी सँग २०५० सालमा रत्नपार्कमा भेटघाट,,“भवानी भिक्षु” विशेषङ्क प्राप्त गर्नु , “केशवराज पिँडाली ”विशेषाङ्कमा लेख्न मानसिक रूपमा लेखक तयार हुनु,,साहित्यिक सहिद कृष्णलाल अधिकारीको“मकैको खेती”” कृतिको चर्चा , “उन्नयन” पत्रिकामा लेखकका २५ वटा जति अङ्कमा लेख रचना प्रकाशनमा आएका धारणा, अच्युतरमण र यस लेखकका लेखकको आत्मियता,, अच्युत रमणको घरयासी जीवनको यथार्थता, उनको साहित्यिक यात्राको उच्च मूल्याङ्कन गर्दै पूर्णप्रसाद अधिकारीले स्थापना गरेको “बलराम स्मृति वाङ्मय पुरस्कार २०७५ माघ ८ गते अच्युतजीको घरमै गएर वितरण गरिएको आदि साहित्यिक श्रीबृद्धिका धारणाहरूले सजिएको छ लेख,। समीक्षात्मक रूपमा प्रस्तुत स्मरण लेखले एउटा शिक्षक, प्राध्यापक, लेखक आदिको जीवन घटना वृतान्त कसरी गइरहेको हुन्छ लाई सुन्दर रूपमा प्रस्तुत गरेको छ ।
स्रष्टा–सम्मानको वृत्तः नुवाकोट साहित्य प्रतिष्ठान – यस लेखले नुवाकोटको ऐतिहासिक महत्व जस्तै राष्ट्रिय एकीकरणको थालनी, नुवाकोटको धर्मिक , ऐतिहासिक, र पर्यटकीय दृष्टिबाट पनि महत्व भएको, ६४ जिल्लाबाट २६३ जना लेखक–कलाकर्मी स्रष्टाहरूको राष्ट्रिय बृहद् नुवाकोट साहित्यिक महोत्सव २०६३ मङ्सिर २२,२३ को महत्वपूर्ण काम सम्पन्न भएको, युगान्तर पत्रिकाले “नुवाकोट साहित्य महोत्सवलाई आप्mनो ११ तथा १२ अङ्कमा विशेषाङ्कको रुपमा प्रकाशन गरेको,, यो महोत्सव, अत्यान्त्यै गरिमामय रूपम सम्पन्न भएको, नुवाकोट साहित्य प्रतिष्ठानको २०६६ असार १५ गतेको स्रष्टा सम्मान र काव्य सम्मेलनको चर्चा , राजनीतिज्ञको तुलनामा साहित्यकारको संख्या कम भएको, चितवनका साहित्यकारको त्यस काव्य सम्मेलनमा सहभागिताको लागि यात्रा चुम्लिङ्टारको खाना, गल्छीबाट नुवाकोट तिर लाग्नु, साहित्यिक मनोरञ्जनको साथमा तादिपुल, देवीघट बटटार हुँदै नुवाकोट पुग्नु चितवनका गोर्खे साँइलो, केदारनाथ खनाल, र पर्वतकी सरस्वती शर्मा “जिज्ञासु” महामण्ढल सम्मानबाट सम्मानित, कैलालीबाट श्रेष्ठ प्रियापत्थर र काठमाडौबाट वियोगी बुढाथोकी “युगान्तर” पुरस्कारबाट पुरस्कृत, गरिनुको साथै करिव १०० जना जति सहभागी रहेको स्रष्टा सम्मान,साहित्यिक गोष्ठी दही, च्युरा कार्यक्रमको ,विवरणत्कम प्रस्तुति भएको छ । यस लेखले साहित्यिक कार्यक्रमको विवरणमात्र नभएर नुवाकोटको भौगोलिक, राज्नीतिक, शैक्षिक, धार्मिक, विकास आयोजनाहरु, कृिष, जातीय बाहुल्यता, प्राकृतिक सौन्दर्यता अदिलाई समेटेर एउटा सुन्दर प्रस्तुति गर्ने प्रयास गरेको छ ।

मुक्तिनाथ यात्राका तरङ्गहरू–, ,हाम्रो परम्परा अनुसार चारधाम जानु अघि मुक्तिनाथको यात्रा गर्नु पर्ने, मुक्तिनाथलाई प्रथम यात्राको रूपमा गरिने चलन अनुरूप २०७० असौज २१ गते, मुक्तिनाथ यात्रा तय हुनु, । यात्रामा बसमा भोग्न परेको कठिनाई, गलेश्वर हुँदै रातको ९ बजे तातोपानी पुग्नु, विहान तातो पानीमा स्नान गर्नु, लेते मार्फा हुँदै जोमसोम पुग्नु, कागवेनीमा स्नान र पिण्डदान गर्नेकाम, त्यपछि मुक्तिनाथ जान चढ्नु पर्ने, उकालो, उकालो चढेर मन्दिर परिसरमा पुग्दा स्वास प्रस्वास समस्या, यस समस्या समाधान गर्नको लागि लगिएका आवस्यक सामाग्री,(आस्थालिन, चकलेट, पीरो अदुवा, अनार दाना, पतञ्जली चूर्ण आदिको )प्रयोग गर्नु पर्ने, बलियो र वैंसालु उमेरमा मुक्तिनाथ जान उपयुक्त हुने, मुक्तिनाथ मन्दिरमा सु्रक्षा कर्मी, आपतकालिन औषधोपचार सेवा, १०८ धारा भएको स्नान स्थल, दुई ओटा कुण्ड, बीचमा मन्दिर, नरीवलको बली, धूप आरती, गौतम बुद्धको आकृतिमा शङ्ख चक्र, गदा, पद्म धारी भगवान नारायण मुक्तिनाथको मूर्ति देवीपीठ, प्राकृतिक ग्याँसबाट बलेको अखण्ड ज्योति, धूप दीप आदिको विवरण, बाटोको कठिनाई , काली गण्डकी कोरिडोरको विवरण, हिमालको विवरण र आकर्षक प्राकृतिक सौन्दर्यता आदि समेटिको छ यस लेखमा ।

स्वर्गद्वारी यात्राको सन्दर्भ –यस लेखमा भरतपुर स्याउली बजार टोल सुधार समितिको संयोजन र व्याक्तिगत खर्चको आधारमा २०६८ बैशाख १७ र १८ गते स्वर्गद्वारी अवलोकन भ्रमणको विवरण प्रस्तुत गरिएको छ । यात्रामा चन्द्रौटामा पुग्दा गाडीको स्प्रिङ्को पाता भाचिएर यात्रामा अवरोध पुग्नु, गोरुसिङ्गे अर्धाखाँचीको प्रवेशद्वार, मधेसी अतिक्रमण भएको ठाउ,ँ देहव्यपारका कुरा , लमहीको ससुराली होटेलको खाना, लमहीको सहरीकरण, रोल्पामा प्रवेश, हलेरी पुग्दा लेखकले होलेरीको राजन्ैतिक घटनाक्रममा गिरिजाप्रसाद कोइरालाको प्रसङ्ग उठाउनु, होलेरीदेखि धरमपानीसम्म को रोडलाई नारायण पोखरेल स्मृति मार्ग राखिएको र यसको निर्माणमा नारायण पोखरेलले सप्ताहमा बाचकी भएको धारणा, स्वर्गद्वारीमा पुग्नु , सौचालय चारओटामात्र धार्मीक यात्रीको चाप धेरै, यहाँ आरती बाल्ने ताप्ने, मन्दिर दर्शन गर्ने, गाईलाई नुन र पिठो चटाउने, गुफा हेर्ने कसैले श्राद्ध आदि काम गरिने विवरण, गाई २०० जति रहेका, २०–२५ ओटा भैंसी पालन गोठाला २–३ जना रहेका, ७ देखि १५ बर्षसम्मका बटुकहरूले चण्डी, वेद, रुद्री, पाठ गरिने र यहाँको आकर्षकमा शिवपञ्चायनका पुराना ढाँचाका मन्दिर, प्रतीक्षालय, अतिथि गृह्य,भोजनालय, गुरुकुलीय विद्यालय रहेका विवरणको साथै यहाँको यात्रा समाप्त गर्दै फर्कने क्रममा कला गला टुक्का,गीत ठट्टा आदिमा रमाउँदै फर्किएको विवरण लेखले आकर्षक रूपमा प्रष्ट पारेको देखिन्छ । लेख समीक्षकीय रूपमा लेखिएको र विविध पक्षलाई समेट्ने प्रयास गरिएको छ ।

चन्द्रागिरी र हिमाल दर्शन –यस नियात्रामा चन्द्रगिरी र हिमाल दर्शनका दुई यात्रालाई समेटिएको छ । पहिलो दिनमा चन्द्रागिरीको केवुलकार यात्रा गर्दा मसुरी र मनकामनाको केवुलकारसँग तुलना गरिएको र चन्द्रागिरीको केवुलकार खासै आकर्षक नभएको ,चन्द्रागिरी हिल्स लिमीटेडले ४० वर्षका लागि भाडामा लिएर बनाएको भौतिक रचना, यहाँ अनुमानित ५ हजार जनाको आवत जावत हुने,, यहाँबाट गणेश, मनासलु, लगायतका हिमाली दृश्यको साथै काठमाडौ उपत्याका पूर्णरूपले देखिने, धार्मिक दृष्टिकोणको हिसावले यहाँ सतीदेवीको भालशिर पतन भएको स्थानमा भालेश्वर महादेवको भव्य मन्दिर, शिवको मूर्ति, शिवपञ्चायनसँगै पित्तलको नन्दी पनि भएको, पूर्वी क्षेत्रमा पृथ्वी नारायणको शाहको पूर्ण कदको पित्तल धातुको सालिक, पृथ्वी नारायणन शाहका महत्वपूर्ण उद्गारहरू जस्तै, यो मुलुक दुई ढुङ्गाको तरुल रह्या छ , मेरा साना दुखले आज्र्याको मुलुक होइन सबैलाई चेतना भया, घुस लिन्या र धुस दिन्या दुबै राष्ट्रका दुश्मन हुन् ” । यहाँ सिमन्टेड चित्रका रूपमा पृथ्वीनारायण शाहका दलबलका सहयात्रीहरूका चित्रहरू पनि राखिएका, केवुलकारमा तीन फिट भन्दा तलका बालबच्चालाई निशुल्क तथा विविध छुटहरू, एक पटक चन्द्रागिरी हेर्न जानु पर्ने सुझाव, आदिको साथै २०७६कार्तिक १९ गते हिमाल दर्शनको लागि बुद्ध एयरको बोइङ्गबाट अवलोकनको वर्णन, गर्नुको साथै २१ ओटा हिमालको विवरण, कोदारी रोड लासा, नाम्चेबजार आदिको विवरणले सजिएको छ यात्रा विवरण । छोरी ज्वाइँको आग्रहमा गरिएको यो यात्राले चन्द्रागिरीको र हिमालको सौन्दर्यलाई प्रष्ट्याएको छ र यात्रामा भोग्न पर्ने कठिनाइलाई पनि प्रष्ट पारेको छ ।

चितवनदेखि बलेवासम्म – बलेवामा हुन गइरहेको साहित्यिक कार्यक्रममा चितवनका १२ जना साहित्यकारहरू २०७४ को १६ गते चितवनबाट बलेवा जानको लागि रमाना, मध्यपहाडी लोकमार्गको वर्णन, मोदी खोलामा बनेका ३ओटा जलविद्युत आयोजना, ३ बजे सम्ममा कुश्मा पुगेर केही पर्यटकीय स्थलको अवलोकन गर्ने योजना भए पनि बाटोमा जाम परेकोले ५ बजेमात्र कुश्मा पुग्नु,, कुश्ममा इन्द्रकुमार विकल्प र चितवनबाट गएका स्रष्टाहरूसँग परिचयात्मक कार्यक्रम हुनु, भीम सुवेदीकी पत्नी बिरामी परेर अस्पताल भर्ना गर्नु परेको, पाँच जना साहित्यकारले गुप्फा अवलोकन गर्नु,, पञ्चपाण्डवको गुप्तबास भनि बोर्ड टाँसिएको ठाउँमा गुप्तेश्वर महादेव शिवलिङ्गको प्रतीक आकृतिक कङ्क्रिट चित्र देखिनु, एउटैमात्र तारमा अल्झिएको कालीगण्डकी माथिको ५५ मिटरको उच्चाइमा रहेको केवुलमा दशजना स्रष्टाहरू सवार हुनु, ६ मिनटमा बलेवा पुग्नु, भूपीनको घरमा पुग्नु ,भूपीनकी ८७ बर्षकी आमाको दर्शन गर्नु,, १० बजे लकासको जन्मभूमि रहेको घरको अवलोकन, खाना खानु। साना किसानको एकतले भवनमा कार्यक्रमको थालनी, प्रमुख अतिथिमा पूर्व शिक्षा मन्त्री दीनानाथ शर्मा, स्थापित सात ओटा पुरस्कार र उत्कृष्ट नेपाली विषयमा उच्च अंक ल्याउने मेधावी विद्यार्थीलाई पुरस्कृत गरिने कार्यकर्म रहेको र उक्त पुरस्कार पूर्व शिक्षामन्त्री दीनानाथ शर्मा प्र.डा. नारयणप्रसाद खनाल, नमुना शर्मा, काजी रोशन, मुकुन्द शर्मा चालिसे, ध्रुवलाला शर्मा (म्याग्दी, भरत बाग्लुङ्गे,लाई जनही दशहजार,र जनता मा.वि.का छात्र÷छात्रा लक्ष्मण शर्मा र दीपा क्षेत्रीलाई रु पाँचहजारले सम्मान गरिएको, ४.४०मा कार्यक्रम समाप्त भएको, साहित्यिक कार्यक्रम समाप्त भएपछि चितवन वmर्कर्ने क्रममा यात्रा अवस्मरणीय रहेको धारणा सहित यस लेखमा धेरै कुराहरूले स्थान पाएका छन् ।

प्रसन्न मनोदशाका तरेलीहरू– यस लेखले २०६७को स्याङ्जा साहित्य प्रतिस्ठानले आयोजना गरेको भानुजयन्तीमा चितवनबाट सहभागी हुन गएका सााहित्यकार कपिल अज्ञात, केशवराज आमोदी, पूर्णप्रसाद अधिकारी, विवेक अधिकारी, गोर्खे साइलोले सहभागी भएको, कालीगण्डकी साहित्य, कलापुरस्कार –२०६७ लोकगायनतर्फ पुरुषोत्म न्यौपाने, नियात्रा–समालोचनातर्फ पूर्णप्रसाद अधिकारी ,छन्दकविमा नीलाम्बर ढुङ्गानाहरूलाई जनही ५००१ रुपियाँको साथै देवीप्रसाद वनबासीले आमाको नाममा स्थापना गरिएको तिलाकुमारी साहित्य पुरस्कार गङ्गाकर्माचार्य पौडेल र लेखनाथ काप्mलेलाई प्रदान गरिएको विवरण प्रस्तुत गरिएको छ । यसकार्यक्रमको प्रमुख आतिथ्य माधव वियोगी र सभापतित्व विश्वप्रेम अधिकारीले गर्नु भएको समारोहमा शिवकुमार अधिकारी, गंगानाथ कोइराला, डा. नेत्रप्रसाद न्यौपाने, कृष्णप्रसाद बास्तोला, यामबहादुर पौडेल क्षेत्री लगायतका साहित्यकारको सहभागी भएको विवरण लेखले जानकारी गराएको छ ।

कला–साहित्यको अपूर्व सङ्गम स्याङ्जा सािहित्य प्रतिष्ठान –स्याङ्जा साहित्य प्रतिष्ठानको (२०७०।०५।१२) मा आयोजना गरेको विशाल कार्यक्रममा काली गण्डकी साहित्य कला पुरस्कार केदारनाथ खनाल, भानु स्मृति पुरस्कार मोहन दुवाल र कालीगण्डकी साहित्य कला सम्मान सदानन्द अभागी,लाई प्रदान गरिएको विवरण, रजस्थलको ५४ अङ्क “भानुको स्याङ्जा विशेषाङ्क” र सिडीको विमोचन, नारायण काप्mलेले भानुको स्याङ्जा विशेषाङ्को समीक्षा, साहित्यकारहरूबाट कविता बाचन, प्रा. डा. जयराज पन्त(स्व) को प्रमुख आतिथ्यता र विश्वप्रेम अधिकारीको सभापतित्वमा कार्यक्रम भव्यताको साथमा भएको विवरण लेखले समेटेको छ ।

चितवनमा वी.पी. शताब्दीः एक विमर्श – यस लेखले मिति २०७० मङ्सिर २२ र २३मा चितवनमा आख्यानकार विश्वेश्वर प्रसाद कोइरालाको शतवार्षिकीका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान नेपाली लेखक संघ, नारायणी अञ्चलद्वारा भएको बृहद् साहित्यिक विचार गोष्ठिको आयोजना गरिएको विवरण प्रष्ट्याएको छ ।
यस गोष्यठीको प्रमुख अतिथिको रूपमा प्राज्ञ सनत रेग्मी र अध्यक्षमा केदारनाथ खनाल रहेको, सोही कार्यक्रममा कृष्णादेवी शर्मा श्रेष्ठको सिर्जना क्रान्तिकारी विजश्वेश्वर महाकाव्य र केदारनाथ खनालद्वारा लिखित संस्मरणसङ्ग्रह“दुईधार एक लहर”लेखकसंघ का केन्द्रिय अध्इक्ष विष्णुविभु घिमिरे र पूमुख अतिथिले संयुक्त रूपमा गरेको, आत्मिक ईश्वरका सच्चा पुजारी विश्वेश्वरप्रसाद कोइराला नामक कार्यपत्र डा. ज्ञानु पाण्डेले प्रस्तुत गर्नु भएको यसरी नै विश्वेश्वरप्रसाद कोइरालाको साहित्यिक सिर्जना,ःउत्प्रेरणा,कलासाधन र दिशाबोध”, कार्यपत्र गोविन्दराज भट्टराईले प्रस्तुत गर्नु भएको र तेस्रो सत्रमा कविता बाचन (प्रतियोगी र अप्रतियोगी ) आदि मन्तव्य लगायतका कार्यहरूलाई विवरणात्मक रूपमा पष्ट्याउने प्रयास गरिएको छ ।

स्याङ्जा साहित्य प्रतिष्ठान र देवकोटा शतवार्षिकी समारोह –, यस लेखमा २०६६ सालमा देवकोटा केन्द्रित कार्यक्रम स्याङ्जामा भव्यताको साथमा मनाइएको, उक्त समारोहमा विविध ठाउँका साहित्यकारहरूलाई निमन्त्रणा गरिएको, जाँदा पृथ्वी चोकको पृथ्वीनारायण शाहको शालिक भत्काएर नेपालका प्रथम सहिद लखन थापाको सालिक निर्माण गरिएर लखनचोक नामाकारण गरिएको, स्याङ्जा पुगेपछि साहित्यिक चिन्तन मनन्, सरुभक्तको प्रमुख आतिथ्य, र विश्वप्रेम अधिकारीको सभापतित्वमा सञ्चालन भएको यस कार्यक्रममा
रजस्थल त्रैमासिक ३७औं अङ्क “देवकोटा विशैषाङ्क” को विमोचन, कुसुमाकर न्यौपाने, प्रेम छोटा, शान्तिनारायण श्रेष्ठ, गोविन्द विनोदी, डा. घनश्याम न्यौपाने, टिकाराम वाग्लेलाई सम्मान,आदि कार्यक्रमलाई यस लेखमा समीक्षात्मक रूपमा प्रष्ट्याउने प्रयास गरिएको छ ।

प्रथम गुल्मी महोत्सव र क्षेत्रीय साहित्यिक गोष्ठी – यस लेखले गुल्मी महोत्सव र क्षेत्रीय साहित्यिक गोष्ठिको यथार्थता प्रष्ट्याउने प्रयास गरेको छ । नेपाल भ्रमण वर्ष १९९८ पछि महोत्सवहरु गर्ने चलन, पुष्पकमल दाहाल प्रधानमन्त्रीत्व कालमा २०११ लाई पर्यटन वर्षको रूपमा मनाउने र दश लाख पर्यटक भित्र्याउने कार्य योजना, प्रथम गुल्मी महोत्सव २०६८बैशाख ४–११को उद्घाटन प्रधान मन्त्री झलनाथ खनालबाट हुनु, २०३० साल देखि हालसम्म प्रकाशित हाम्रो पुरुषार्थ, किरण पुस्तकालय र शशी पन्थीबीचको अन्योन्याश्रित सम्बन्ध, पश्मिाञ्चल क्षेत्रीय स्तरको साहित्यिक गोष्ठिको आयोजना, त्यसमा चितवन र नवलपरासीका साहित्यकारहरूको सहभागीता,, ८गते छन्द दिवसको उपलक्षमा छन्द कविता पाठ, ,रेसुङ्गाको डाँडो र रेसुङ्गा महाप्रभूको तपस्या र विश्राम स्थलको अवलोकन, भ्युटावरको अवलोकन,यसरी कार्यक्रमलाई चारभागमा विभाजन गर्दा पहिलो सत्रमा उद्घाटन, दोस्रोमा कविता प्रतियोगिताm तेस्रोमा कार्यपत्र वाचन,चौथोमा अप्रतियोगी कवितावाचन,र समापन कार्य, आदि विवरणलाई यस लेखले समेटेको छ । लेख विवरणात्मक छ ।सहभागीका नाम, कार्यपत्र बाचन, टिप्पणीकार पुरस्कारको व्यवस्था, गुल्मीको प्राकृतिक, भौगोलक आदि विवरणलाई राम्ररी समेटिएर लेखिएको यो लेख अनुकरणीय छ ।
मोफसलमको साहिअत्यिक पत्रकारिता सङ्गोष्ठी –यस लेखले २०६६ जेष्ठ ९ गते, वी.पी. कोइराला मेमोरियल क्यान्सर अस्पतालको परिसको नयाँ भवनमा नेपाली केन्दी्रय प्रशिक्षण विभाग त्रि वि.का प्रध्यापक राजेन्द्र सुवेदी,को प्रमुख आतिथ्यता र रोचक घिमिरेको सभापत्विमा सञ्चालित , नेपाल पत्रकार संघ, र प्रेशकाउन्सिलको आयोजनामा आयोजित यस कार्यक्रममा, विचार गोष्ठी, स्रष्टा सम्मान, र साहित्यिक पत्रकारिता,यसको नियति,साहित्य र पत्रकारिताको अन्तरसम्बन्ध, राज्यको दायित्व, स्रष्टाको भूमिका, जस्ता विषयमा आधारित कार्यक्रममा शिव.रेग्मी, डि.आर. पोखरेल र डा. तुलसी भट्टराईका कार्यपत्र प्रस्तुति, पुराना पत्रकार चूडामणि रेग्मीलाई सम्मान, ३८ जनालाई साहित्यिक पत्रकारिताको प्रमाणपत्र, आगामी सम्गोष्ठी सुनशरीमा हुने घोषणा, यस गोष्ठिमा १६ बुँदे घोषणापत्रको वाचन आदि कार्यक्रमलाई तीन सत्रमा विभाजन गरिएको , कार्य विभाजन अनुरूप, कार्यक्रम सञ्चालन गरिएको, र “चितवनको माटोमा “ मोफसलको साहित्यिक पत्रकारिता विषय गोष्ठी” भव्यताकासाथ सम्पन्न भएको र अतिथिहरूलाई एउटै बसमा पठाइएको धारणा सहित यो लेख समाप्त हुन्छ ।

पुरस्कारको सार्वजनीनता र बलराम स्मृति पुरस्कार – यस लेखले पुरस्कारको परिभाषा, पुरस्कारका प्रकारहरू, नेपालमा हाल आएर हजारको आसपासमा पुरस्कारका नाम सुनिने गरेका, तर कति पुरस्कार जन्मने र मर्ने गरेका, पञ्चायतकालिन पुारस्कारको अवसान, पुरस्कारमा मदन पुरस्कार, नई र चिसाप पुरस्कार नोवेल पुरस्कार, भारतीय महात्माम गान्धी नेहरू पुरस्कार, आदि पुरस्कारलाई औंल्याउँदै, कतिपय पुरस्कार दिंदा पारदर्सी नहुने गरेका कुरा, पुरस्कार आफैमा दान हो, स्रष्टाको पुजा हो,सम्मान हो,साहित्य कलाको यज्ञ हो आदि आदिको लामो व्यख्या गर्दै लेखक.ले आप्mनै सात्विक, नैष्ठिक परोपकारी र शिक्षा प्रेमी श्री बलराम उपध्याय अधिकारी(१९८६–२०६०)को नाममा २०६८मा अक्षयकाोष स्थापना गरेको र २०७७ सालसम्म प्रतिवर्ष एक वा दुईजनालाई पुरुसकृत गर्दै आएको धारणा यहाँ दर्शाइएको छ । लेखले स्वदेश तथा विदेशका महत्वपूर्ण पुरस्कारलाई समेट्न पुगेको छ ।पुरस्कार निर्विवाद हुन पर्ने धारणा आएको छ ।

प्रस्तावित काली गण्डकी डाईभर्सन र देवघाटको अस्तित्व संकट–
यस लेखमा पृथ्वीको उत्पत्ति, जीवको उत्पत्ति नदी र मानव सभ्यताको विकास,नदीबाट पर्न जाने विनास, प्रकृतिक सौन्दर्यता आदिको लामो भूमिका सहित काली गण्डकी नदीलाई स्याङ्जा जिल्लाको राम्दी भन्दा तीन किलो मिटर दक्षिण पश्चिमबाट डाइभर्सन गरी १२० मिटर अग्लो बाँध बनाएर ३० किलोमिटरको सुरुङ बनाउँदै पश्चिम नवलपरासी, रुपन्देही र कपिलबस्तुको जमिनमा सिञ्चाइ गर्नको लागि प्रयोगको साथै तिनाउ विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने अभियानमा यस क्षेत्रका नदीका उपभोक्ताहरू र धर्म संस्कृतिप्रेमीहरू आन्दोलित भएको धारणा आएका छन् । लेखकले गंगा यमुना र सरस्वतीको सङ्गमस्थललाई तीर्थराज प्रयाग भनिने, ६–६ वर्षमा अर्ध कुम्भमेला र १२–१२ वर्षमा पूर्ण कुम्भमेला लाग्ने, यसरी नै नेपालमा देवघाटलाई आदिप्रयाग मानिने र यहाँ श्रावणको सोमबार तथा मकर सक्रातीमा लाखौं मानिसको सहभागिता रहने, देवघाटमा काली गण्डकी र सप्त गण्डकीको सङ्गम स्थल देवघाट वेणीको रुपमा पवित्र स्थानको रुपमा लिइने यस्ता महत्वपूर्ण स्थानलाई यो डाइभर्सनले असर पार्ने, देवघाट, कृष्ण गण्डकीको अस्तित्व संकटमा पर्ने आदि यस लेखले थुप्रै कुराहरू भारतीय गुप्तचर संस्था “र” (च्ब्ध्० को नेपालमा प्रभाव, भारतीय प्रधानमन्त्री अटल विहारी बाजपेयीको भारतीय नदी एकीकरणको ग्य्राण्ड डिजाइन पनि हो, अदि थुप्रै , थुप्रै कुराहरु यस लेखले उठाएको छ । यस लेबाट धर्म संस्कृति, वेद पुराण, राजनीति, पर्यावरण आदिमा पर्ने असर विविध पक्षलाई समेट्ने प्रयास भएको छ । कतिपय कुरा सत्य पनि हुन् । तर मलाई के भन्न मन लाग्यो भने नेपाल जलस्रोतको धनी देश हो तर यी नदी नालाहरू नेपालले प्रयोजनमा ल्याउन नसक्नु तर हाम्रो सीमा काट्ने बित्तिकै भारले प्रयोगमा ल्याएर पानीको सदुपयोग गर्नु र विकासमा अघि बढाउनु त्यहाँ बनाइएका बाँधले हाम्रो क्षेत्र डुवानमा पर्नु आदिलाई सरकार जनता,सबै पक्षको गहिरो सोच हुनु अति आश्यक छ । नेपालको जललाई नेपालमौ विविध प्रयोजनमा ल्याएर अघि बढ्दा नेपालनै समृद्ध हुने, समृद्धिबाटै धर्म, संस्कृति आलिाई पनि टेवा मिल्छ हैन र ?

देवघाटधाम तीर्थ एक ः महत्त्व अनेक – यस लेखले देवघाटधामको धार्मिक महत्वलाई (आदिप्रयाग) प्रष्ट्याउने क्रममा भरतका चार धाम(तीर्थ स्थल), नेपालका विभिन्न स्थलमा रहेका तीर्थं स्थलको भूमिका सजाउँदै कसैले नवगण्डकी, कसैले सप्त गणकी आदिको नाम बाट नामाकरण गरिएता पनि खास गरेर काली गण्डकी र त्रिशूली नदीको सङ्गम स्थललाई देवघाटको रूपमा चिनिने र अर्को रुपमा चितवन, नवलपुर र तनहुँको त्रिकोणात्मक भूगोलमा अवस्थित पूण्य भूमिलाई देवघाट भनिने, २००९ सालमा गलेश्वर स्वामीको आगमन भए पछिमात्र यो स्थानको धार्मिक, आध्यात्मिक,र भौतिक प्रगति ले अग्रसरता लिएको, युगपुरुष कृष्णको गण्डस्थलबाट उत्पन्न, कृष्ण गण्डकी र शिवको जटाबाट उत्पन्न भएकी त्रिशूलीको सङ्गमस्थल, माधेसक्रान्तिमा लाग्ने दुईदिने मेला,यसका विषयमा लेख रचना, स्मारिका,लक्ष्मी पोख्रेलको वागेश्वरी स्मारिका स्व. डा. रामानन्द गिरीको अभिरुचीमा सञ्चालित मकरसङक्रान्तिको रात्रिमा “मकरकाव्य यामिनी” कवि गोष्ठीको आयोजना, पाल्पाली राजा मणि मुकुन्द शेनले वि.सं. १५७१मा चक्रेश्वर मन्दिर बनाएर त्यहीं समाधी लिएका कुरा, भगवती कालिकाको मन्दिर(मौलाकालिका) को निर्माणमा पनि मुकुन्द शेनैकै उपज, गलेश्वरबाबाको योगदान,योगी नरहरि नाथको योगदान, आदिलाई समेट्दै धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नु पर्ने धारणा, यसको संरक्षण र सम्बद्र्धनका कुरा लगायत विविधताले सजिएको छ लेख । पुस्तकालयको महत्व र उपयोगिता –“सार्वजनिक रूपबाट,इच्क्षुक पाठकहरूले विभिन्न शर्तमा पढ्न पाउने हिसावले विभिन्न विषयका पुस्तकहरूको सङ्ग्रह गरेर राखिएको घर वा स्थनलाई पुस्तकालय भनिन्छ ।” यसरी परिभाषा दिंदै विभिन्न पुस्तकालयका पयार्यवाची नाम लिंदै, शिक्षा र सभ्यताको साथै विश्वका ख्यातिप्राप्त जानकारी, राणकालमा नेपालमा पुस्तकालय खोल्नु नै अपराध,महाकावि लक्ष्मी प्रसाद लेवकोटाले पुरुतकालय खोलेवापत १००रुपियाँ डण्ड तिरेका कुरा, कार्लमाकर्सले अक्सफोर्ड“ पुस्तकालयमा “दास क्यपिटल” लेखेर चर्चित भएका,आदि थुप्रै पुस्तकालय सम्बन्धि धारणलाई प्रष्ट पार्दै विभिन्न देशका खासगरी भारतका विभिन्न प्रयोजनमा खोलिएका पुस्तकालयको वर्णन नेपालभित्रका चर्चित पुस्तकालयका नामहरू, पुस्तकालयमा किताप चोरिने कुरा ,संरक्षणका कुरा सहित सरल एवम् सुवोध रूपमा यो लेख टुङ्गिएको छ ।

माथि मैले सानो परिचयात्मक भावसार पस्के पनि कृतिकारका धारणाहरू समेटिएका छैनन् किनकी हरेक लेखहरू मझ्यौला खालका भए पनि लेख्न चाहेका भावनालाई लेखकले कन्जुस्याई गरेका छैनन् । प्रा. डा. नारान् खनाल,प्रा कपिल अज्ञातका धारणाले कृतिकारको व्यक्तित्व र कृतित्वमा गहनतालाई समेट्ने प्रयास गरिएको छ । समीक्षक भएर नै होला सबै लेखमा धेरथोररूपमा समीक्षकीय प्रवृत्तिले स्थान लिएको पाइन्छ ।“अनुस्मृतिका तरङ्गप्रति,विहङ्गम आलोक ” शीर्षकमा त्रिवेणी साहित्य परिषद नवलपरासीका अध्यक्ष प्रा.डा.
नारायणप्रसाद खनालले यस कृतिलाई स्मृति खण्ड, यात्रावृतान्त खण्ड, समीक्षात्मक टिप्पणी खण्ड र आलेख खण्ड भनी उपशीर्षक दिएर विश्लेषणात्मक भूमिकाको रूपमा यस कृतिको चिरफार गर्नु भएको छ । कुनै पनि विषय बस्तुमा प्रवेश गर्दा उद्देश्य के हो त भन्ने प्रश्न आउँ छ । पूर्ण सरका प्रत्येक लेखले उद्देश्य प्र्रष्ट्याएको छ । त्यो उद्देश्य हाँसिल गर्न गरिएका कामको विवरणात्मक प्रस्तुति छ ।त्यति मात्र नभएर त्यहाँको प्राकृतिक सौिन्दर्यता, ऐतिहासिक महत्त्व,भौगोलिक विवरण, सामाजिक चित्रण, धार्मिक महत्त्व, यात्रामा भोग्न पर्ने कठिनाई तथा यात्रामा अनुभूति गरेर प्राप्त आनन्दता,, प्रष्ट एवम् दृढ प्रस्तुति(गलतलाई गलत, सत्यलाई भन्न नहिचकिच्याउने बानी) आदिको विश्लेषण गर्दा अधिकारीजीको लेखन शक्ति दरबिलो छ भन्दा अत्युत्ति नहोला ।

भाषशैली र प्रस्तुति पाठकीय दृष्टिले सरल एवम् बोधगम्य छन् । सबै प्रकारका पाठकलाई ग्राह्य छन् साथै शीर्षक पनि अर्थपूर्ण र सन्देश मूलक छन् भन्दै अधिकारीजीको लेखन तीब्रताको साथै सुस्वास्थको कामना सहित विदा चाहान्छु ।

कावासोती नवलपुर

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।