आगो बल्नु थियो बेस्सरी मन जल्नु थियो
ऐया र आत्थाको खेलमा माया गल्नु थियो
गल्नु त सिङ्गो जिन्दगी नै गल्यो फतक्क
शङ्काको हुरीमा गाढा विश्वास ढल्नु थियो
ढल्नु त मायाको मीनार नै ढल्यो ग्वार्लम्म
ओठमा मुस्कान नचाई भित्रभित्रै छल्नु थियो
छल्नु त मान्छेले मान्छेलाई नै छल्यो निर्धक्क
विश्वासघातको हावा नै घरीघरी चल्नु थियो
चल्नु त चलेकै हो मनमा छुरा पनि बेहिसाब
अरूलाई मारेर आफू बाँच्न हात मल्नु थियो ।
डाउहिल,खरसाङ ।