17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

चाहाना

कविता निलकमल छेत्री April 24, 2021, 6:03 am
निलकमल छेत्री
निलकमल छेत्री

हामी नशा मुक्त सिक्किम चाहान्छौ
सिक्किम आमा नशा मुक्त छोरा–छोरी चाहान्छिन् |


नशाको लतमा डुबेर,सड्कको किनारमा लड्ने युवा–युवती होइन्
सिक्किम भूमीबाट नशालु पद्रथलाई जरैबाट उख्य्लने युवा–युवती चाहान्छौं |


आफ्नो रगत र पसीना बगाएर
कमाएको आमा-बाबुको पैसा कुलतमा फसाउने युवा–युवती होइन्
आफ्नो रगत र पसीना बगाएर आफै कमाएर
आफ्नो र आमा-बाबुको शीर उच्चा गर्ने युवा–युवती चाहान्छौं |


आफ्नो जन्म दिने आमा-बाबुलाई
बृद्ध अश्राम पठाएर आफुलाई नयाँ जमानाको भन्ने युवा–युवती होइन्
आफ्नो जन्म दिने आमा-बाबुको
स्यार सुसार गरि धर्म गरि पुन्य कमाउने युवा–युवती चाहान्छौं |


आज सिक्किम आमा रुदैछिन्
हाम्रो नानीहरु कुलतमा फसेको देखेर
हामीले सिक्किम आमाको आँसु पुछ्नु छ,
नाशालु पदार्थलाई फ्याँक्नु छ जरैबाट रेटेर |


कुनै एउटा घरको नानी बिक्रिन्दा त्यो एउटा घरको समस्य होईन,
त्यो, हामी सबैको समस्य हो, हाम्रो राज्यको समस्य हो |
पाँच औंला मिले एक मुठी हुन्छ,
दुई मुठी मिले एक साथ हुन्छ,
एक साथ मिले हजारौ हाथ हुन्छ,
सबै मिलेर मेटौ नशाको यो बजारलाई |


भारत, सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।