17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

उज्यालो जीवनका भावनाका लहरसँग लहरिंंदा

कृति/समीक्षा सदानन्द अभागी April 24, 2021, 6:10 am
सदानन्द अभागी
सदानन्द अभागी

खोज आफ्नो पन उज्यालो मन लिएर
बल्छ जीवन झन् उज्यालो मन लिएर ।

यो उपरोक्त सेर, २०७६ सालमा “तिम्रो सहरमा” नामक गजलकृति लिएर गजलकार एवम् कृतिकारको रूपमा हाम्रो अगि देखिनु भएका थप्रेक रिसिङ गाउँपालिका, तनहुका पिता स्व. खुम बहादुर रानभाट र माता मायादेवी रानाभाटका सुपुत्र राम्जि रानाभाटका हुन् । राम्मिज रानाभाट हाम्रो मझेरी साहित्य प्रतिष्ठान, भरतपुर, चितवनका विशिष्ट आजिवन सदस्य पनि हुन् ।रामजीका कृतिका शीर्षकलाई हेर्दा उनलाई उज्यालो मन पर्छ । बास्तवमा जीवन प्रकाशमय हुनु पर्छ । यह्ी प्रसङ्गमै उनका दुई कृति आएका छन् ।“उज्यालो मन” (२०७७) उनको कवितासङ्ग्रह हो भने “उज्यालो जीवन” (२०७७) उनको गजलसङ्ग्रह हो । हैसियत –५ र ६मा पनि उनका गजलहरू समावेश भएका छन् ।
कृतिको संरचना –आवरण पृष्ठ बाहेक १८० पृष्ठमा सजिएको यस कृतिले बरिष्ठ साहित्यकार पुष्पअधिकारी अञ्जलिको प्रकाशकीय, नेपाली गजलका शल्यचिकित्सक डा. घनश्याम परिश्रमीको र बरिष्ठ साहित्यकार एवम् गजलका विश्लेषक केशवराज आमोदीको गहन विश्लेषणत्मक भूमिका पाएको छ । रानाभाट/भाट समाज नेपालका अध्यक्ष बाबुराम रानाभाटको शुभकामना लगायत बीच बीचमा विभिन्न साहित्यकारका शुभकामना, राम्जिले पाएका छन् । यसमा १०१ अलग अलग बहरका गजलहरू समावेश गरिएका छन् । अघिल्लो आवरण नीलो पृष्ठभूमिमा पहेंलो फःुलको डालीको साथ राम्जिीको सुन्दर तस्विरले सजिएको छ भने पछिल्लो आवरणमा स्रष्टा परिचय दिइएको छ । यसकृतिको मूल्य रु२५०÷–राखिएको छ र कृति आमा मायादेवी रानाभाट र बुबा स्व.खुमबहादुर रानाभाट लगायत धेरै जनामा समर्पण गरिएको छ ।

साहित्यकारको नजरमाकृति र कृतिकार –,प्रकाशकीयमा बरिष्ठ साहित्यकार पुष्प अधिकारी अञ्जलिले लेख्नु हुन्छ –समयले दिएका चोटहरूसँगै नियतिका घाउहरू सहेर बाँचिरहेका गजलकारले समेटेका आवाजहरूआप्mनो गजलकृति “उज्यालो जीवनमा पोखेका छन् ।” डा. घनश्याम परिश्रमीलेख्नु हुन्छ – “समग्रमा यी गजल बहरको सन्दर्भमा निकै अब्बल हुन् । तीर्थराज रानाभाटको धारणामा रामजी,रानाभाट/ भाट समाज नेपालकै प्रथम गजलकारको रूपमा स्थापित व्यक्तित्व भएको जानकारी पाइन्छ ।गजलको राम्रो रूपमा विश्लेषण गर्दै भन्नु हुन्छ –“परिस्कृत र परिमार्जित, शैलीका निम्तिअझै कसरत गर्नुपर्ने अवस्था भए पनि लय, विषय र भावमय विविधताले यो कृति पठनीय र सङ्ग्रहणीय बनेको छ ।” शुभ कामना दिंर्दै शिव शर्मा लेख्नु हुन्छ –“अत्यान्त मृदुल र शिष्टभाषी राम्जि रानाभाटसँगको साहित्यिक सम्बन्ध र साहित्यिक भलाकुसारी अवर्णित छ । खगेन्द्र गिरि कोपिलाले राम्जिलाई जीवनमा खुसी र आशा खोज्नेको रूपमा लिएका छन् । सुमन शर्माले पनि राम्जिलाई हृदयको उज्यालो अनुहारभरि छरेर सोझो भाकामा सरल कुरा गरेर पदपदमा गहिरो भाका बोकेर केही भन्न कलम लिएर अघि बढेका भन्दै राम्रो प्रशंसा गरेका छन् । शुभ कामनाको साथमा प्रकृति खनाल न्यौपाने लेख्नु हुन्छ –“जव उहाँका साहित्यको रसास्वादन गर्छु, तव महसुस हुन्छ , उहाँ एक निश्छल र स्वच्छन्द साहित्यकार हो ।” यी माथि लेखिएका विभिन्न साहित्यकारका धारणाबाट “उज्यालो जीवन” बहरबद्ध गजलसङ्ग्रहले दिन खोजेको यथार्थतालाई राम्रैसँग पस्केको छ ।

कृतिभित्र प्रवेश गर्दा – राम्जिले हामीलाई १०१ बहरबद्ध गजल दिनु भएको छ । यो आफैमा अनुकरणीय काम हो । लेखनमा विविधता देखिनु,जीवनका अनुभूतिलाई केलाउनु, जीवन जगतलाई बुझ्नु र त्यसलाई भावनामा जोडेर बहरबद्ध लयमा लगेर जोडडु, गजलमा प्रस्तुति गर्नु एउटा जटिल काम हो । तर राम्जिको प्रस्तुति हेर्दा भावना बगिरहेका छन्, कलमले लेखिरहेको छ, बाहिरी सञ्जालमा प्रभा फैलाई रहेको छ सबैलाई मुग्ध पारिरहेको छ ा गजलमा प्रेमका रसिला धाराबगीरहेका छन् नबगुन पनि किन “प्रेम जीवनको मूल संस्कार हो, भन्ने गजलको प्रमुख कथ्य हो” (परिश्रमी) । गजल लेख्दा प्रेमलाई प्राथमिकता दिएको पाइन्छ । राम्जिले पनि आप्mना गजलमा प्रेमलाई उच्च स्थान दिएको पाइन्छ । गजलकारले लेख्छन् –
आज तिमीमा नयन चराउन देऊ
मस्त तिमीमा डुबी हराउन देऊ
पृष्ठ ६४
हँसिली म आउँछु सुस्तरी
पिरती मलाउँछु सुस्तरी
पृष्ठ ६५

यिनका गजलमा प्रेममा शालीनता छ, छाडापन देखिदैन । प्रेमका गजल पनि विविधताले सजिएको छ ।
युवाहरूको विदेश पलायन र विदेशको पीडा– आज देशका युवाहरू जो सम्पन्नशाली छन् ती अमेरिका, अष्ट्रेलिया,युके, जापानतिर लागेका छन् जो मध्यम बर्गीय छन् ती खाडी र मलेसियामा र एनकेन थोरै भाडा जोड्न सक्ने अवस्थाका छन् ती भारततिर लाग्दछन् ।राम्जि पनि आज खाडीमा छन् । देशले युवालाई देशमा काम माम दिन सकेन , घरको मायाा ममता आमाबाबु परिवार सबै छाडेर आप्mनो पेट र परिवार पाल्नको लागि विदेशिन पर्दाको पीडा निकै कष्टदायी हुन्छ । त्यो कष्ट राम्जिले यसरी पोखेका छन् –
घरबार छोडी परदेश धाएँ
मनमा छ आगो सुखके कमाएँ
पृष्ठ १००

जीवन दर्शन र गजलकार– जीवन भन्दा आमाको गर्भदेखि जन्मनु बढ्नु ,अन्तिममा यस संसारलाई छाडेर जानु बीचको यथार्थता नै जीवन होे । जीवनमा के हुँदैन हाँसो हुन्छ, रोदन हुन्छ, रोक, भोक, मोज,भोज हुन्छ तातो चिसो आदि आदि यथार्थतालाई जीवनमा भोग गरिन्छ । जीवनका हरेक पाटालाई मानिसले जे जस्तो अवस्थामा प्राप्त गर्छ त्यसलाई प्रयोग गर्न मानिस बाध्य हुन्छ आप्mना भनाइका क्रममा गजलकारले जीवनका विविध पक्षलाई समेट्ने प्रयास गरेका छन् –
जिन्दगी भोज लाग्न थाल्यो कतै,
जिन्दगी बोझ लाग्न थाल्यो कतै
न आयो काल मेरो पीर भो जीवन
मरेकै हाल मेरो पीर भो जीवन
कहाँ छ जिन्दगी खोजे जस्तो
हुँदैन जिन्दगी सोचे जस्तो

भूकम्पले निम्त्याएको विनासलाई गजलकारले यसरी प्रष्ट पारेका छन् –
भूकम्प आयो म बाँच्ने आशा ढल्यो जिन्दगीको
उठ्ने कसोरी ढलेको मन धरहरा आज देख्दा
पृष्ठ ५८

कोरोना महामारिको चिन्ता यसरी पस्केका छन् गजलकारले–
सम्झना हाम्रो त कोरोना हुन्छ कि
धेर माया लाउने हो बाँचौ भने
पृष्ठ८७

कोरोना बस्छ मलाई ढुकेर
बस्नै पछ घरैमा सुतेर
पृष्ठ १७६

गजलकार भन्छन् देश कसैले बनाउँदैन आफै बनाउने हो –
अव देश आप्mनै म बनाउने छु
पसिना म पोखी अति ज्ञान पाएँ
पृष्ठ १००

बसूँ देश आप्mनो पुजेर
म नेपाल पाउँ उठेर
पृष्ठ १४०

नेतृत्वप्रतिको आक्रोश–
नेता बनायौं यहाँ भत्कायो विकास
हेर्दै छु जोखेर चिन्ता भो देशको
शालिक ढल्यो राष्ट्र निर्माताको देशमा
दुख्दै छु बाँचेर चिन्ताभो देशको
पृष्ठ १४३

मौलिक अधिकारका कुरामा गजलकारले आप्mनो अधिकार यसरी राखेका छन्–
जलमा थलमा तनमा मनमा भर मौलिक ती अधिकारहरू
दिलको घरमा अगुवा बन है र दिने गर मौलिक अधिकारहरू
नजलोस् झुपडी नजलोस् सब स्वप्न यहाँ नपरोस् न त तड्पन त्यो
छ त गाँस र बास कपास सधैं वर मौलिक ती अधिकारहरू
पृष्ठ १४८

समग्रमा गजलसङ्ग्रहले प्रेमका भावनालाई अग्रसरता दिए पनि मानवले जीवनम भोग्ने गरेका तथा भोगाइका धेरै कुराहरूलाई गजलका सेरहरूले समेटेका छन् ।विदेशमा बस्दाका कठोर परिश्रमका पीडाहरू, परिवारबाट टाढाबस्ता परिवारमा देखिने विचलनहरू, कतिका घरबारनै छत विछत् भएका घटनाहरू, नेतृत्वले जनता र देशप्रतिको दायित्व पुरागर्न नसकेका धारणाहरू,मानवको स्वार्थी पना, स्वार्थले ल्याएको विकृति र विसङ्गति, जनतामा शान्तिको चाहना तर शान्तिबाट टाढाहुँदाको पीडादाई अवस्था, आदि थुप्रै कुराहरू गजलकारले समेट्ने प्रयास गरेको देखिन्छ । गजलहरू बहरमा लेखिएका छन् । बहरमा टिका टिप्प्पणी गर्नतिर म लाग्दिन किनकी छन्द र बहरमा मलाई त्यति ज्ञान छैन र त्यतातिरको बाटो अबलम्वन गर्ने तर्फ लागेको पनि छैन ।गजलले दिन खोजेको सन्देश के हो त भन्ने मेरो चाहना हो । गजलले प्रेमपक्षलाई बढी प्राथमिकता दिएको छ । प्रेममा आशा निरासा, भरोसा, विश्वास, घात प्रतिघात, मिलन विछोड, संतुष्टि, असन्तुष्टि आक्रोशको साथै प्रेमी प्रेमिकाप्रति हुने भावी योजना वार्तालाप अदि आदिलाई जलमा पढ्न पाइन्छ । दोस्रो पछ गजलले लिएको मानव जीवनको विविध पक्ष हो । मानिस शालीन हुनु पर्छ । सबै भन्दा उत्तम पक्ष हो मानवले मानवप्रति गरिने मानवीय व्यवहार । तर आजका मानवमा मानवताको ह्रास हुँदै गएको छ । मानव जीवन निकै कठीन भएर गएको छ । यी सबै जीवन जगतका पक्षमा गजलकार प्रष्ट भएर दर्शिएका छन् । यी भन्दा अन्य पक्षलाई गजलकारले ै गहिरिएर भन्दा सबै पक्षलाई समेट्ने प्रयास गरेका छन् ।

गजलमा गजलकारले गजल लेख्दा काफिया रदिफ, मतला, मकता, मिसरा , मिसरा ए–उला मिसराए–सानी, सेर,तखल्लुस आदि विविध पक्षलाई समेट्नु पर्छ यजलकारले प्रयोग गरेका बहरलाई डा. घनश्याम परिश्रमीको धारणामा निकै अब्बल भएको कुरा भूमिकामा प्रष्ट पार्नु भएको छ ।

गजल लेखनमा केशवराज आमोदीले भूमिकामा दिएको बहरमा गजल लेख्दा गजलकार सचेष्ट हुनुपर्ने मार्गदर्शनलाई यहाँ उल्लेख गर्न मनासिप लाग्यो । केशव राज आमोदी लेख्नु हुन्छ –“गजलमा अपेक्षित इवारत,इसारत,अन्दाजे बयाँतगज्जुल, तासिर, अदा आदि अनेक विषयको औचित्यपूर्वक उपस्थितिप्रति गजलकार सचेष्ट रहनु पर्ने देखिन्छ ।”
मैले माथि उल्लेख गरेका विविध पक्षका धारणामा भावगत पक्षमा गजलकारले गजलमा दिन चाहेको सन्देश सरल भाषामा, सबै किसिमका पाठकले सहजै आत्मसात गर्न सक्ने रूपमा आएको मैले महसुस गरेको छु । लेखन निरन्तरताले नै परिमार्जनको मार्ग समाउँछ । राम्जि रानाभाट विदेशमा बसेर पनि स्वदेशको चिन्ता, साहित्य सिर्जनामा तदारुख्ता देखाउँदै अग्रगामी पथमा यात्रा गर्दै हुनुहुन्छ, यो नै महत्वपूर्ण पक्ष हो ।उहाँको यो सहासिक यात्रा सदा सदा सफल बनोस्, यही नै मेरो शुभकामना भन्दै विदा माग्दछु ।

कावासोती

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।