दोधार छ तर पार पाउन सक्छु म
तिमीलाई साथी बनाउन सक्छु म।
मजस्ता कैयन मारिए यहाँ
घाइतेहरूलाई उठाउन सक्छु म।
एउटा सिङ्गै पुस्ताको भ्रमलाई
पक्कै हो त्यो मेटाउन सक्छु म।।
अस्तित्व मेरो सधैं प्रमाणित छ
बाजेका बाजेको चिहान देखाउन सक्छु म।।
उसको पालो चलेको छ यो बेला
धेरै खुलेर कहाँ बताउन सक्छु म ??
साथी पछ्याउ मलाई धोका दिन्न
तिम्रो अन्योल केही घटाउन सक्छु म।।
आफ्नो मात्र कहाँ र अधिकारी
सबैलाई न्याय दिलाउन सक्छु म।।