14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

गजल

गजल रमेश प्रभात May 18, 2021, 1:08 pm
रमेश प्रभात
रमेश प्रभात

उमेर छँदा धेरै कुरा गरिएको थियो,
उम्दा भनी छनोटमा परिएको थियो !

बूढ्यौलीमा घरिघरि याद आइराख्छन्,
आफूबाट जे जे कुरा हरिएको थियो !

पोखरीझैं जमिबस्दा प्रगति क्यै हुन्न,
नदीजस्तै बग्दै बेसी झरिएको थियो !

त्यतिबेला उनी मात्रै बस्थिन् मेरो दिलमा,
उनको लागि झण्डै झण्डै मरिएको थियो !

खनी खोस्री धरतीलाई खेतीयोग्य पार्दै,
‘प्रभात’ मै श्रमफल छरिएको थियो !

चितवन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।