18 वर्षदेखि निरन्तर
समकालीन साहित्य

नजाऊ संघीयतामा

कविता शेखर ढुंगेल September 30, 2008, 3:11 pm

मुलुक डुबाएर आफू

उत्रने क्रान्तिकारीहरु

मुलुकै नरहे

कहाँ रहन्छौ नेता ?

संघीयतामा लगेर

यो देश न टुक्र्याऊ ।

जनताको वलिदान

अधिकार प्राप्त गर्नु हो ।

राज्य प्राप्ति होइन

जनताको सपना

बलियो बन्ने हो

निरीह बन्ने होइन्

यो देश न टुक्र्याऊ ।

झुटो खेती नगर

संघीयताको मारलाई हेर

शोषित-पीडितको व्यथा बुझ्दै

एकात्मक अनि लाभांश बाँड

यो देश न टुक्र्याऊ ।

सुडानको इतिहास पढ

छिमेकीको कुदृष्टि सोच

भाइ-भाइ अब नलडाऊ

जातभात सबै एक बनाऊ

इतिहासले हेर सराप्ला

यो देश नटुक्र्याऊ

कर्णालीको बिजुली सबैलाई

तर्राईको अन्न पहाडलाई

पहाडको पानी तर्राईलाई

प्रकृतिको वरदान नेपालमा

एकले अर्काको हात समाई

देश यो बलियो बनाउनु छ

नेपाली सबलाई एक बनाई

यो देश नटुक्र्याऊ ।

पलपल राष्ट्रियता भासिदो छ

संस्कृति मौलिकतामा विकृति

राष्ट्रवाद मुर्झाइ रहेछ

नयाँ सिर्जनाले एकता बनाउने बेला

देशलाई संघीयतामा लगेर

यो देश नटुक्र्याऊ ।

कविता

नजाऊ संघीयतामा

शेखर ढुङ्गेल

मुलुक डुबाएर आफू

उत्रने क्रान्तिकारीहरु

मुलुकै नरहे

कहाँ रहन्छौ नेता ?

संघीयतामा लगेर

यो देश न टुक्र्याऊ ।

जनताको वलिदान

अधिकार प्राप्त गर्नु हो ।

राज्य प्राप्ति होइन

जनताको सपना

बलियो बन्ने हो

निरीह बन्ने होइन्

यो देश न टुक्र्याऊ ।

झुटो खेती नगर

संघीयताको मारलाई हेर

शोषित-पीडितको व्यथा बुझ्दै

एकात्मक अनि लाभांश बाँड

यो देश न टुक्र्याऊ ।

सुडानको इतिहास पढ

छिमेकीको कुदृष्टि सोच

भाइ-भाइ अब नलडाऊ

जातभात सबै एक बनाऊ

इतिहासले हेर सराप्ला

यो देश नटुक्र्याऊ

कर्णालीको बिजुली सबैलाई

तर्राईको अन्न पहाडलाई

पहाडको पानी तर्राईलाई

प्रकृतिको वरदान नेपालमा

एकले अर्काको हात समाई

देश यो बलियो बनाउनु छ

नेपाली सबलाई एक बनाई

यो देश नटुक्र्याऊ ।

पलपल राष्ट्रियता भासिदो छ

संस्कृति मौलिकतामा विकृति

राष्ट्रवाद मुर्झाइ रहेछ

नयाँ सिर्जनाले एकता बनाउने बेला

देशलाई संघीयतामा लगेर

यो देश नटुक्र्याऊ ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।