19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल राजु “हिमांशु” May 18, 2021, 6:15 pm
राजु “हिमांशु”
राजु “हिमांशु”

रातभरि जागीजागी गरेको तेरो पढाइपछि पनि कुनै काम छैन यहाँ
मेरी आमाको रगत पसिना पोखिएको जमिनको कुनै दाम छैन यहाँ

माग्नु त माग्यौ नि बाबा लट्ठीको नीलडाम बसे पनि तिम्रो जीउमा
उड़ेर माटोको लडाइँमा काला बादलहरू व्योमको कुनै घाम छैन यहाँ

कस्तो लत बस्यो रुपियाँ नहुँदा पनि त्यो तलतल गएन कहिल्यै पनि
सुकेर दुर्व्यसनले साहसिलो शरीर युवाको तेजिलो कुनै चाम छैन यहाँ

सय वर्षको लामो आयु पार गरेर पनि मनको पीडा गएन अझै पनि
परेर लालची पासोमा सोर तेरो अजर सौभाग्यको कुनै डाम छैन यहाँ

जति नै जोतिए पनि जस कहाँ पाइँदो रहेछ र यो अचेतनको सदीमा
लुट्नु, धुत्नु, चुस्नु, छेकाबार लगाउनुबाहेक मायाको कुनै खाम छैन यहाँ

डाउहिल,खरसाङ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।