17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

प्रतिविम्व नियाल्दा

कृति/समीक्षा सदानन्द अभागी May 22, 2021, 4:53 pm
सदानन्द अभागी
सदानन्द अभागी

लक्ष्मीराज शर्मा पौडेललाई हामीले साहित्यिक क्षेत्रमा कुशुमाञ्जलीका नामबाट चिन्दछौं । उनको जन्म बाग्लुङ् नगरपालिका वडा नं ४ रातामाटामा १९९८ चैत्र ७ गते शुक्रबार भएको र हाल उहाँ कुश्मा नगरपालिका वडा नं १० मा बसोबास गर्दै आउनु भएको छ । नेपाल सरकारको निजामती सेवामा ३० वर्ष अविछिन्न सेवा पश्चात निवृत्ति भरणमा रमाउनु भएका लक्ष्मीजीले ५ ओटा कृतिहरू प्रकाशनमा ल्याइसक्नु भएको छ भने करिव एक दर्जनको हाराहारीमा प्रकाशोन्मुख अवस्थामा छन् । पर्वत साहित्य संगम कुश्मा पर्वतको आजीवन तथा संस्थापक सदस्य रहनु भएका लक्ष्मीजीले प्रतिविम्व महाकाव्य लिएर हामीसँग उभिनु भएको छ ।
कृतिको संरचना – प्रतिभा शर्मा (सापकोटा) ले प्रकाशन गरेको यसकृतिमा १५ सोपान छन् ।१५३८श्लोकहरू छन् । आवरण पृष्ठ बाहेक यस कृतिमा समर्पण कुसुम, प्रकाशकीय, प्रतिविम्वको समीक्षात्मक सारांश, आभार व्यक्त गरी १६ पृष्ठ र महाकाव्य ३१५ पृष्ठमा वर्णित छ । आवरण प्रथम पृष्ठमा प्राकृतिक सौन्दर्यतामा एक मानव आकृत छ भने पछिल्लो आवरणमा लेखक परिचय दिएको छ । मूल्य रु ५०५ राखिएको छ ।
कृतिभित्र प्रवेश गर्दा – प्रथम सोपानमा ३७ श्लोक छन् । यस सोपानमा गणेशले आप्mना दाज्यू मेरु पर्वतको यात्रा मयुरमा चढेर फर्कने छन् तर मुसो वाहनबाट कसरी यो यात्रालाई तय गर्ने भन्ने चिन्तामा देखिन्छन् । यसरी मङ्गलाचरणले सजिएको यस सोपवानमा विभिन्न देव र देवीलाई स्मरण गर्दै कवि यसरी प्रस्तुत भएका छन्–
टुक्रा टुक्री गन्थनैका सँगाली
देवी द्यौता सन्त सौभाग्यशाली ।
औंलाँए जो बाक्यले लेखनीका
संकेत नै हुन् मङ्गलोच्चारणैका
(श्लोक १२पृष्ठ ३)
मङ्लाचरणको साथै कविले यस काव्य पूर्णता दिनमा पर्ने कठिनाई, सोच, पथ निर्माण गरेर अगाडी बढ्ने कुरा, बाबु आमाबाट प्राप्त शिक्षा आर्जनमा सहयोगमा स्वर्गीय बाबुको स्मरण, नेपाल भूमिको प्राकृतिक सौन्दर्यता, देवी देवता, तालतलैया ,कृष्णा गंगा, शालिग्राम, आदिको सुन्दर वर्णन,सहित कविले आप्mनो भावनालाई यसरी प्रस्तुत गरेका छन् –
कुटिल मनुज शिघ्रै देश छाडेर जाओस्
विषम गरल ठूलो द्वन्द्वको अन्त होओस् ।
सरल मनुज पैले देशमा बस्न पाओस्
हृदय पवन गर्ने कार्यमा लोक लाओस् ।।
(श्लोक ३६पृष्ठ ८)
यस सोपानको अन्त्यमा कविले शान्तिको पाठ गर्ने,विषम विषय छाडेर ब्रह्मको याद गर्ने , अभिनय सबै हेरेर लोकमा कर्म गर्ने र उपवन तरु सैच्दै “मालिनी ” नाम धद्र्धु भन्ने धारणा सहित प्रथम सोपानको बिट मारिएको छ ।
द्वितीय सोपान –यस सोपानमा कविले नेपालको अतितको गौरवको वर्णन, मुनाल, डाँफे हिमाल क्षेत्रको काखमा रहेको थुम्को, हैम नामको जङ्गल, विविध खालका वृक्ष, मृगादि नानाथरिका जानवर, चराचुरु·ी आपसी मिलाप,आदिको वर्णन गर्दै यस वनलाई नन्दन( स्वर्गको वन, तथा इन्त्द्रको वन) को तुलना गरेका छन् । यस्तो सुन्दर गाउँमा सत्र शताव्दीमा शेखर नामका ब्राह्मण बसोबास गर्दथे भन्ने धारणा सहित यी ब्राह्मणको क्षमतालाई यसरी प्रष्ट्याएका छन् –
लिएर अध्यात्मिकबादको जरा
बुझेर यस्का अनिवार्यका कुरा
सिपालु भै भौतिकबादमा पनि
त्रिलोक –विख्यात पुरा थिए यिनी ।
श्लोक २१
यी ब्राह्मणले विद्या अविद्या यसको प्रयोजन र यसको महत्व बुझेका थिए र नराम्रा काममा यिनी लाग्दै नथे । यहाँ सुरेन्द्रको सबै कला, नरेन्द्रको प्रेमकला, निर्विकल्पमा विकल्पको खोजी, कर्तव्यको पूर्णता,निस्वार्थी, सबैको कल्याणकारी, ब्राहमणको वर्णन गरिएको छ । उनीकी पत्नीको विवरण पनि कविले यसरी प्रस्तुत गरेका छन् – –
बिचार–पक्का समुृदार–बालिका
पसन्न –चित्ता नयपाल–दीपिका ।
छ नाम हैमा सुमनोहरा सती
सदा सुशीला द्विजकी कलावती ।।
(पृष्ठ१४, श्लोक २७)
हैमाको महिलामा नेतृत्व दायिक भूमिका, समुदायमा सेवा गरी मातृभूमिको गौरव बढाएर,पति पत्नी बीचको मिलेको जोडा, र यी जोडाको स्वर्गका देवताको आनन्ददायी बसोबास सरह बसोबास, आदि वर्णनको साथै कविले हैमाको दक्षताको वर्णन यसरी गरेका छन् –
विशिष्ट शिक्षा जनमा दिलाउँदै
रुढी पुरानो सबको बचाउँदै ।
लिएर आध्यात्मिकवादको जरा
अड्नि कि यी भौतिकवादमा पुरा ।।
(श्लोक ३१, पृष्ठ १५)
यी जोडी परेवाको जोडी जस्तै मिलेका स्वर्गका देवता सरह आनन्दमा बसेका र सधै राष्ट्रको चिन्तन गर्दथे भन्ने धारणा आएको छ ।
वसन्त ऋतुको अन्त्य र ग्रीष्म ऋतुको आगमन, गर्मीको तापले सबै प्राणीहरूले शीतलको खोजी, हैमाको प्रथम पटक रजस्वला भएको घटना, दशराको वर्णन, दशरामा ऋषिकेश विष्णुको पूजाहुनु, नदीमा स्नान गरेर कुशको तिलोदक दिंदा दशपाप नाश हुने, हैमा गर्भवती हुनु, हैमाको गर्भधारणमा अवेर हुँदा गाउँलेले थारीको संज्ञा दिएको मा थारीबाट मुक्त भएको धारणा र शेखरमा आनन्द आउनु आदिको रसपूर्ण वर्णन सहित यस सोपानको बिट मारिन्छ । यस सोपानमा हैमाको चरित्र चित्रण गृष्म ऋतुको महिमा दशराको मह्त्व आदिको वर्णन अति उच्चताको साथमा उठान गरिएको छ ।
तृतीय सोपान– यस सोपानमा वर्षा ऋृतुको महिमालाई समेटिएको छ । प्रकृति माताको यस सोपानको दोस्रो श्लोकमा वर्षा ऋतु सम्बन्धमा यस्तो सम्बोधन छ–
पूजा छ काण्डारक देवताको
उत्पत्ति तिम्रो दिनमा भएको ।
सौमालिका (परम्परा) झट्ट न छोड राम्रो
कल्याण यस्ले त त हुनेछ तिम्रो ।।
(श्लोक २, पृष्ठ २६)
बर्षा ऋृतुका सकरात्मक पक्ष र नकरात्मक पक्षलाई कविले विस्तृत वर्णन गरेका छन् । बर्षा ऋतुको सुरुआत श्रावण महिनाबाट थालनी हुन्छ । यस बर्षाले झरेका पात पंतिङ्गरहरू बगाएर सफा पार्दछ । जग्गा जमिन हरियालीले भरिन्छन् । किसानहरू खेतमा काम गर्दछन् । हैमाको घरमा अनल नामका व्यक्ति थिए तिनले किसान चिन्ने र नेपालको गौवलाई जान्द थे रे । यसरी नै किसानको महत्वपूर्ण कामलाई कविले यसरी प्रस्तुत गरेका छन् –
त्यो मौसमी कार्य किसानबाट
गर्दैछ घुम्दै सब खेतफाँट ।
अल्छी हुँदो हो त किसान बर्ग
बाच्दो कसोरी सब जीव वर्ग।।
(श्लोक १७, पृष्ठ २९)
यसै महिनामा विभिन्न चाडपर्वहरू पनि पर्दछन् । बर्षा ऋतुको दोस्रो महिना हो भाद्र । यसमहिनामा कृष्णाष्टमी जस्तो पावन पर्व पर्दछ । कविले कृष्णको लीलामय जीवनका घटनाक्रमलाई समेट्ने प्रयास गरेका छन् । कृष्णाष्टमीको साथसाथै तीज पर्व नारी जगतमा महान चाड मानिन्छ ।यस चाडमा दाजुभाइले दिदी बहिनीलाई घरमा ल्याउँछन्, महिलाहरूले आप्mना दुःख दर्दलाई गीतमार्फत देश निमार्णका कुरा आदिलाई तथा समसामयिक विविधपक्षलाई समेट्ने गरी गीतको रचना गर्दछन् । कविले तीजलाई यसरी प्रस्तुत गरेका छन् –
आमा बने सासु कडा सबैका
छैनन् बुहारी घरमा कसैका
आश्चर्यको खेल रचेछ तीज
संकीर्णको नष्ट गरेर वीज
श्लोक ४६पृष्ठ ३५
तीजमा दर खाने, हरितालिकामा उपवास बस्ने, तृतीय हरितालिकामा ब्रत बस्नु, ऋषि पञ्चमीमा सप्तऋषिको पूजा गरेर ब्रह्मस्वको पाप हरण गर्ने गरिन्छ । यस सोपानमा बृत्रासुरलाई इन्द्रले मार्दा लागेको ब्रह्महत्याको पापलाइ नारी, मही(पृथ्वी), सिन्धु, र वृक्षलाई बाँडेर इन्द्र पुन स्वर्गको राजा भएको धारणा, बालक दिनको सुखमय चर्चा, शरद ऋतुको आगमनलाई देखेर बर्षा ऋतु भाग्नु नदीनालाको पूmर्ति घट्दै जानु, हैमाको गर्भ दुई महिनाको हुनु गर्भमा बालकले सहनु पर्ने कष्ट सहेको गर्भवती आमाले माटो शर्करातुल्य मान्दै खानु,आदि नारी महिमालाई प्राथमिकताको रूपमा उठाइएको छ र शेखर ब्राह्मणको वर्णन राष्ट्रियताका भावना सहित यो सर्ग समाप्त हुन्छ ।
चौथो सोपान –
श्री सूर्यले कर्कट–सिंह माथमा
टेकेर आई नयपाल–व्योममा ।
औचित्यका रश्मि विशाल क्षेत्रमा
फैलाउदै न्याय थपे त्रिलोकमा
(श्लोक १ पृष्ठ ५२)
यसरी यो सोपानको थालनी भएको छ । वर्षा ऋतुले सारा मैलो सफा पारेर भागेपछि शरद ऋतुको आगमन हुन्छ । आकाश श्वच्छ हुन्छ न जाडो न घाम मनोरम यस ऋतुमा दशैं जस्तो हिन्दुहरूको महान चाड पर्छ । नवदुर्गामा दुर्गा भवानी माईको पूजा गरिने, यस पर्वमा देश विदेशमा गएका नेपालीहरू घरमा आउँछन् । घटस्थापनादेखि पूजाको थालनी हुन्छ । जमरा उमारिन्छ । बाख्रा परेवा, कुखुरा र हाँस आदिको बली दिने काम हुन्छ । यस पर्वमा कविले बलीपूजा, गरिब र धनी बीचको असहजतालाई पनि समेट्ने प्रयास गरेका छन् –
आयो दशै हर्ष उमङ्ग बाड्दै
रोए गरीबै नयनाश्रु झारदै ं।
आधाार आप्mनो नमिली अकिञ्चन
बेचे कि सामान कठै पुरातन ।।
(श्लोक ७६, पृष्ठ६७)
यसरी दशैंले निर्धनमा ठूलो दशा निम्त्याएर जाँदाजाँदै यमपञ्चकको थालनी हुन्छ । पहिला कौवा, कुकुर, गाई, गोवर्धन, लक्ष्मी पूजा अनि भाइपूजा तथा भाइटिका आदिको वर्णको साथै यस पर्वमा जुवाप्रतिको कटाक्षभावमा पनि कविले पस्केका छन् –
आनन्द छर्ने यम पञ्च पर्वमा
जूवा जमेको छ समस्त क्षेत्रमा
नाना थरी खेल रचेर जुट्दछन्
पासो छुटेको वनव्याघ्र बन्दछन्
(श्लोक १०७, पृष्ठ ७३)
यमपञ्चमीको वर्णन कविले दिल खोलेर गरेका छन् –
सप्तर्षिका सप्त अमूल्य रङ्गका
राता, पहेंला, हरितादि वर्णका
माला र सामान जुटे विचित्रका
बैनी रमाए यमुना स्वभावका ।।
(श्लोक ११६)
संक्षेपमा भन्नुपर्दा यस सोपानमा दशैं र तीहारमा गरिने सबै कर्मलाई त्यो सँग सम्बन्धि धार्मिक परम्परालाई कविले प्रष्ट पार्ने प्रयास गरेका छन् ।
पञ्चम सोपान – यस सोपानमा हेमन्त, शिशिर र बसन्त ऋतुको वर्णन गरिएको छ । हेमन्त ऋतुमा सूर्यको गति घट्नु, शीत पर्नु हुस्सुले ढाक्नु, कष्टकर जीवनको वर्णन यहाँ गरिएको छ –
सृष्टिको भ्रमरले डसे पछि
पर्वतीय कलिका सुके पछि
हुस्सुमा कण घुसेर शीतको
चित्त भञ्जन गरे छ जन्तुको
(श्लोक १२, पृष्ठ ८२)
हुस्सुका विविध रूपलाई यसले पार्ने असरलाई पनि समेटिएको छ । यस सोपानमा मार्ग महिनाको महिमालाई यसरी वर्णन गरिएको छ ,
विष्णुको पवन मास मार्ग हो
पुण्य सञ्चय गरौं सखे अहो ।
भावना शुभ यहीं लिएर नै
्गर्दछन् प्रण पुरा किसान नै ।।
(श्लोक ३३, पृष्ठ ८६)
यस सोपानमा कर्मको प्रेम मन्दिरलाई चुमेर गरिबको अर्चना गर्ने जगत् भरी शुभ कर्म गर्ने, लोकका श्रमिकमा दया गर्ने,आदि भावना पनि यहाँ दर्शिएका छन् ।
यस सोपानमा हेमन्तपछि शिशिर ऋतुको विविध कष्टदाई पक्षलाई पनि कविले समेटेका छन् । यसै ऋतुमा दिवाकरले आप्mनो मार्ग पनि बदल्दै मकरतिर लाग्दछन् । दिवाकरको मार्ग परिवर्तनले गर्दा शिशिरको शक्ति क्षिण भएको धारणा कविले यसरी पस्केका छन् –
उत्तरायण लिएर सूर्यले
शुभ रश्मि छरदा त प्रेमले
शक्तिनै शिशिरको घटाउँदै
क्रुर शीत हटि गो डराउँदै ।।
(श्लोक ४१, पृष्ठ )
यसरी शिरिको अन्त सँगै हैमाको गर्भ ९ महिना पुग्छ । दशौं महिनामा हैमाले जूम्ल्याह छोरा र छोरीको जन्म दिन्छिन् । यसमा माता पिताले आनन्द मनाएको साथमा यो सोपानको अन्त्य हुन्छ ।
षष्ठ सोपान – यस महाकाव्यमा कविले ऋतुहरूको सुन्दर चित्रण गरेको धारणा यसरी पस्केका छन् –
आमूल वर्णन गरी ऋतुको चिनारी
गर्दै थिए कवि सिधा बनदै भिखारी
मध्यान्ह्को समय भो प्रतिभा विसायो
हैमा र शेखर मिले जगतै रमायो ।।
( श्लोक १, पृष्ठ १०६)
यसरी यस सोपानको थालनी गरिएको छ ।यस सोपानमा कविले प्राकृतिक सौन्दर्यताको वर्णन गरेका छन् । यस सोपानमा कविले वैशाख महिनाको वर्णन गरेका छन् । चैत्र महिनाको पत्झडपछिको वैशाखमा नयाँ पालुवको आगमन, तथा प्राकृतिकको सुन्दर वर्णन गर्दै कविले लेख्छन् –
श्रीसूर्यकान्त मणि हो प्रतिभा धराको
पामीर–दर्द हरने कण हो सुधाको ।
सत्चित्तको मनन हो प्रकृति –मुमाको
हो चाँदनी सुकृतको शिव–सिर्जनको ।।
( श्लोक १८,पृष्ठ १०९)
यस सोपानमा ह्ैमा र शेखरका पुत्रपुत्रीको (छोराछोरीको) बाल क्रीडा, लीला, बाल आनन्ददायी जीवनको वर्णन पनि कविले यसरी गरेका छन् –
चिन्ता हुँदैन मनमा नव–कोपिलाको
बाधा हुँदैन तनमा गृहदेवताको ।
आशा हुँदैन यिनमा प्रवला निराला
शंका लिदैन कहिल्यै शिशु,–चाल–माला
(पृष्ठ ११४, श्ह्लोक ४४)
यस सोपानमा बच्चा बच्चीको अध्ययन, अनलको गृह्यकार्य,, दासी मीनाको कार्य विवरण, मीना अनल, विनायक र चन्द्रिकाको बगैचामा रमाएका विवरणलाई कविले आकर्षक रूपमा वर्णन गरेका छन् ।
सप्तम सोपान –यस सोपानमा कवि प्राकृतिक सौन्दर्यमा रमाएका छन् ।दुबै शिशु शुभ थलो रोजेर घुम्नु, (यस सोपानमा कविले युवा युवती बढ्दोक्रममा देखिने यौवनका विविध पक्षलाई समेट्दै नारी यौवनप्रति कवि यसरी प्रश्तुत भएका छन् )–
नारी यौवन हो प्रदीप्त–गतिको संसारको पावक
निभ्ने छैन कदापी यो फगतमा भर्ता विना शावक
यस्को शक्ति छ देह भष्म गरने संमोहनी यन्त्र छ
राम्रो जोश होश राख्न न सके नारीत्व नै जल्दछ
(श्लोक ७३, पृष्ठ १४४)
यस सोपानमा अनन्तकी युवती छोरी मन्दिरा हराएको र छोरी हराएको मा अनन्तले अप्mनी पत्नी मृडानीसँग छोरी कसरी हराई भन्दै सोधनी गर्नु र छोरी सिंहको पञ्जामा या स्यालको पञ्जामा छ भन्दै मनमा चिन्ता लिनु । अमूल्य चिजको खोजी गर्दा नमिले आमा सम्झेर रुनु, नयाँ युगललाई विवाहमृत को कामना आदि वर्णनको साथमा यस सोपानको बिट मारिन्छ ।
अष्टम सोपान – यस सोपानमा मृदुल गुण भएका सेनानी सेवाभरण भएर बसेका अनन्त र उनकी पत्नी मृडानीको परिचय, चन्दागाउँको प्राकृतिक सौन्दर्यताको वर्णनको साथै मन्दिरा हराउँदाको विरहलाई कविले यसरी प्रस्तुत गरेका छन् –
शैवी आत्मा मनुज –द्रुमको बल्लरी नित्य खोज्छ
चन्द्रा गाऊ विरह स्वरले मन्दिरा नाम जप्छ ।
हैमा देवी तनय भनदै चिंत्तनामात्र गर्छिन्
दासी मीना मुसुमुसु गरी गोप्यता भङ्ग गर्छिन् ।।
(श्लोक १२, पृष्ठ १४९)
छोरी हराउँदा सेनानीमा खिन्नता बढ्नु, स्थायी शान्ति लोप हुनु,, जस्को नाशो हो उसैसँग तथा उसैले हातछ पारेहोला, जस्ता मनमा भावना खेलाई मन्दिरका मातापिता दृढ भएर बसेका धारणा, विनायक मन्दिराका दाज्यू खोज्नको लागि हिड्नु, प्रेमी दुबैलाई निश्चित ठाउँमा फेलापार्नु, ,दुबै प्रेममा तल्लिन भएर वनमा रमण गर्नु , आदि प्रेमिल भावनालाई कविले छताछुल्ल हुने गरि वर्णन गरेका छन् । खोजी गर्दा आदिशक्ति भवानीको मन्दिरको हात्तीसूँडे वनमा फेलापारी बाबु आमा सहमत भै विवाह गराएको र आशीर्वादका धारणा यसरी आएका छन् –
आपत्तीमा विचलित नभै धैर्य धेरै लिएर
संपत्तीमा पुलकित न भै होश राम्रो गरेर ।
तेजोवत्ती विपुलजगमा शिष्टताको दिएर
इच्छा आशा सफल गरहै धर्ममानै अडेर ।।
( श्लोक ४५, पृष्ठ १५५)
यसरी यी आशीर्वादको साथ साथै छोरा बुहारीले हैमाको पाउमा परी आशीर्वाद माग्दा हैमाले आमा बाबुलाई थाहै नदिई यसरी कुलमा कलंक लगाउने खालको विवाह किन गरेको भनी स्पष्टिकरण सोधेको मा छोरा बुहारीले शिष्ट भाषामा यसरी जवाफ दिएको देखिन्छ –
ब्रह्मा ज्ञानी सुकृत–मनुका सन्तती मत्र्य हुन् है
यिन्मा केही समविषमको भेद कत्ती नहोस् है ।
यस्तो व्याख्या श्रुतिस्मृति गरी कर्म निर्दिष्ट गर्छ
धर्मालम्बी उपनिषदले सृष्टि–शोभा सिंगार्छ ।
(श्लोक ६७, पृष्ठ १६०)
यहाँ सृष्टि सम्बन्धका धारणा, वर बधुका लागि विविध शास्त्रीय र नीतिगत शिक्षा प्रदान, अनन्तकी छोरीलाई शुभकामना दिनु हैमा र शेखरले छोरा बुहरीलाई अध्यात्म–भौतिक–कथा सुपक्षको व्याख्या गर्नु आदिलाई यहाँ समेटिएको छ । यस सोपानमा कविले विविधपक्षलाई समेटेका छन् त्यस मध्ये एउटा सिङ्गारिक श्लोकलाई यहाँ पस्कन मन लाग्यो –
रातो सारी असित पटुका पीत वर्ण छ चोली
कालो चुल्ठो कमल नयनी ओष्ठमा दिव्य लाली ।
आभा थप्ने मृदुल नभमा डाडिमी –पूर्ण दन्ता
नारी देख्दा पुरुष सहजै बन्दछन्की अहन्ता ।।
( श्लोक १३०,पृष्ठ १७२)
नवम सोपान– यस सोपानमा कविले पोखरामा श्वेता गङ्गा (सेती गङ्गा) जमिन बिच लुकेर हजार कर्म गर्छिन् भन्दै पोखराका सुन्तलाको वर्णन, मत्स्यपुछ«ेको वर्णनको साथै शुक्लगंगा, फेवाताल, वराह मन्दिर, विन्ध्यवासिनी देवी लगायत पोखराको सुन्दरताको वर्णन गरिएको छ । यही सोपानमा पोखराको भार्गवी नामक गाउँको परिचय दिनुको साथै भार्गवी नामक गाउमा प्रकृतिको सुन्दर क्षटामा सरल मन भएका वैदिकम धर्म मान्ने चन्द्रबन्धु नामक ब्राह्मण बस्तथे । उनकी श्रमिती भवानी र अभयको परिचय दिने विवरण यहाँ छ । अभयको अध्ययन पुरा गरेका र उनको विवाहको लागि ब्रह्मण कन्याको खोजीमा शौन र जैन हैमाको घरमा पुग्दछन् । हैमासँग चन्द्रिका दिनको लागि बहस चल्छ । चन्द्रिकाले पनि आप्mनो परिचय यसरी दिन्छिन्।
उपनीषद पढेकी विप्रकी हुँ म छात्रा
अमृत विष चिनेकी शम्भुकी हुँ सुमित्रा ।
जगत गति बुझेकी धार्मिकी बिम्बबाला
श्रवण नयन चिन्ने छु अकेली निराला
(श्लोक ६८, पृष्ठ १८९)
चन्द्रिकाले यस वहसमा आप्mना धारणा राख्दा शौन र जैन निराश हुन्छन् । चन्द्रिकाले भने आप्mनो विवाह अनलसँग गर्न चाहेकी र अनल अनल शब्द जप्नु, तर बाबु आमाले छोरीको विवाह अभय सँग गर्नको लागि प्रयासरत रहनु, चन्द्रिकाले अनलसँगै विवाह गर्ने धारणा राख्दा सुकृतपथ छाड्न नहुने र लोक आदर्श राख्न पर्ने भन्नु, आदि आग्रहको कारण विवाहको अनुमति पितामा सुम्पनु, अभयसँग विवाह गरिदिने काम हुन्छ । विवाहको सुन्दर वर्णन यहाँ आएको छ । छोरीलाई अन्मनाउँदा शेखरले यसरी आशीर्वाद दिन्छन् –
जडमति सब छोडी निष्कलङ्की बनेर
सहमति शुभ यात्रा धर्मबाटै गरेर ।
अनुपम –प्रतिभाको ख्याल राम्रो गरेर
परमपद अगाल्नु चन्द्रिके लौ मिलेर ।।
(श्लोक १२९, पृष्ठ २०१)
दशम सोपान –यस सोपानमा विवाहको रमाइलोको वर्णन यसरी गरिएको छ ।
बजेका छन् बाजा विपिनपथमा हर्ष थपदै
हिडेका छन् जन्ती अभिनव बधू भाग्य बकदैं
गरी ठट्टा राम्रो प्रहसन झिकी भव्य रूपमा
कहरा थप्दै छन् अभय वरमा दिव्य सुषमा ।।
(श्लोक १०, पृष्ठ २०५
डोली भित्र्याइन्छ, चतुर्थी पूजा गरिन्छ, चन्द्रिकाले भने यी सबै कर्मको अलवा अनललाई स्मरण गर्नु शयनमा जाँदा चन्द्रिकाले कलम लिएर मार्मिक कुरालाई पस्कदै चिठी लेखेर मीनाललाई गोप्यरूपमा दिनु, अभयले उक्त पत्र खोसेर पढ्नु र चन्द्रिकाको यो धारणालाई अभयले बुझेर महसुस गर्दै आप्mनो धारणा यसरी राख्दछन् –
अठोटी इच्छामा बलजफतले वाधक हुने
मिलेको आत्माको सुमनतरुको काण्ड चुड्ने ।
उनै बृद्धा तिम्रा जनकजननी छन् अवगुणी
तिमी छैनो दोषी यस विषयमा निश्चय पनि ।।
(श्लोक ५५, पृष्ठ २१४), ,
अभयले अनलसँग मिलन गराउने प्रण गरेका र शमकलाई पत्रलिएर जाने आदेश दिनु, दुबै अलग शयनमा सुत्नु, शमकले पत्र बुझाएको शेखरले जानकारी पाउनु ,हैमाले छोरी बीचको प्रेमलाई जानकारी पाउँदा रुनु, अनललाई शेखरको घर छाड्न समस्या हुनु, यता अनलसंग चन्द्रिकालाई मिलन गराइ ृदिने भए पछि अनललाई कसरी सुम्पने भनि बन्धुबान्धव तथा इष्टमित्रसँग सल्लाह लिएको, चन्द्रले उनलाई सम्झाउनु आदि विविध पक्षलाई यहाँ प्रस्तुत गरिएको देखिन्छ ।
एकादश सोपान –यस सोपानमा कविले विविध वर्णन सहित दार्शनिक अभिव्यक्ति प्रस्तुत गरेका छन् । कविले भन्छन् –
युवती तथा युवकका स्वभावत
पर्णपूर्ण लक्षण पुर स्वकर्मत ।
यिनका सुभैच्छुक सबै सुबान्धवा
अव देखदा खुस भए की वा नवा ।।
( श्लोक ३६, पृष्ठ २३२)
यसै सोपानमा कवि प्रतिबिम्ब सम्बन्धमा पनि प्रकाश पारेका छन् –
जय घोषको सुरु हुँदा प्रभातमा
अभियान शुद्ध चलदा विवेकमा
प्रतिविम्बमा शुभ कुरा वढीकन
कवि –कल्पना महल बन्छ शोभन ।।
(श्लोक ३९, पृष्ठ २३२)
अधिकारको उचित पालनमा
प्रतिबिम्ब सरल संगममा
मधुमासको विविध सौरभमा
सफला बनी अझ थपून सुषमा ।।
(श्लोक ४८, पृष्ठ २३४)
द्वादश सोपान –
जहाँ प्रणयको सुधाकण सदा पटी राख्दछ
त्यहाँ युगलको नया फसलनै पुरा फल्दछ
बुझेर गति कालको शुभ उपाय जो रच्दछ
सुकीर्ति–जगमा त्यही सफल भै युगौं बाँच्दछ
(श्लोक १पृष्ठ २३५)
यी वाणी साथ यो सोपानको थालनी हुन्छ । प्रेमको दार्शनिक पक्षमा कविले हृदय खोलेर वर्णन गरेका छन् । अभयमा सकल जीवमका व्यथा हटाउन सक्ने, पवित्र मनका वीजचित्र घटना जान्न सक्ने क्षमता भएका धारणा,को साथै कवि भन्छन् –
कथा सफल होस व्यथा विलय होस् ध्वजा रम्य होस्
नवीन युगको प्रपञ्च–तरुमा मुना बृद्धि होस ्
उषा समयको विसंगति घटी बढोस् संगति
भनी सुकृत–आत्मका युवकले थपे संमति ।।
(श्लोक ९, पृष्ठ २३६)
कौवाको तुच्छ वर्णन, यस सोपानमा दार्शनिक अभिव्यक्तिहरू– धेरै आएका छन् –
खाण्डवमा ताण्डव भो
यादवमा कल्मष भो ।
अर्जुनमा साहस भो
पावकमा पाचक भो ।।
(श्लोक ५०)
यी उपरोक्त्त धारणा सहित यस सोपानको बिट मारिन्छ ।
त्रयोदश सोपान –कविले आत्माको नव अभियान हो विवाह भन्ने धारण राख्दै यस सोपानमा प्रेमको दार्शनिक पक्षलाई समेट्दै विवाह कसरी सफल पार्न सकिन्छ भन्ने धारणा राखिएको देखिन्छ । बधूको इच्छापूर्ति हुने कुरा, केटाहरूले नारी माथि प्रेम सुम्पने कुरा, अन्तर देहको कुगन्ध नाश्नको लागि सुगन्धको लेपनका कुरा, चुच्चे जुताको पहिरनका कुरा, काला खैरा केश आधामुडेर, बाल झुप्प पारे हिडने केटीले मुस्कुराउँदै प्रेमीलाई ठग्ने कुरा, तथा विविध प्रकारका तर्कना राख्दै कविले लेख्छन्
दैवी आत्मा सुम्पेर दोश्रो युवाले
पैर्ला प्रेमीको मर्म बुझ्दा खुसीले
इच्छा पुग्ने व्यौला र व्यौली दुवैको
देखिन्थ्यो नै संकेत आदर्शताको ।।
(श्लोक ३० पृष्ठ २५०)
यस सोपानमा प्रेमी र प्रेमीकाको दोस्रो विवाहको दार्शनिक अभिव्यक्ति र ज्योत्स्नाले देखाएको स्नेहभावलाई कविले यसरी प्रस्तुत गरेका छन् –
ज्योत्स्नाले सौहार्द स्नेह दृष्टि राखी
हैमा पुत्रीलाई दिई पुण्यपाखी ।
फैलाउन् प्रेमी प्रेमीका वैश्य देवी
भन्दै गर्छिन् यै प्रार्थना स्वश्रु देवी ।।
(पृष्ठ ६६)
यस सोपानमा विवाह सम्बन्धका विविध पक्ष जस्तै विवाहमा चाहिने शुद्धता, अपनाउन पर्ने दृढता आदिलाई समेट्ने प्रयास गरिएको छ ।
चतुर्दश सोपान–
आत्मका शुभ सिर्जन सब क्षेत्रमा प्रतिभा छरुन्
आकांक्षा अभियान ती अति शुद्ध भै बढ्दै रहुन्
आगामी दिनका नया सपना छिटै विपना बनुन्
आशा यी सवला गराउन चन्द्रिका सुषमा थपून् ।।
(श्लोक १)
यस सोपानमा दुलहीको बारेमा कविले अनुशासन नर जीवन विशुद्ध बनाउनु पर्ने,शिष्टचार, बचाउन पर्ने,सुमन्त्र जपे इच्छा पूर्ण हुन,े गंगाको महिमा बुझ्नु पर्ने, गायत्री जपन गर्नु पर्ने, नैतिक संस्कृति पक्षमा पुग्नु पर्ने, सुकर्मको छाता ओढेर पाप हटाउनु पर्ने, ठर्रौ चाल गर्न नहुने, आदि महत्वपूर्ण सुझावहरू राख्दै भन्दछन् –
दानी कर्ण सुकर्ममा अडदै सुकीर्ति थपीकन
द्यौता भैm नभमा घुमी मनले सुधर्म गरीकन ।
दोषीको महिमा दवाउन नीतिशास्त्र पढी पुरा
दीपज्योति बनी रहे तमको हटाउन आँकुरा
(श्लोक२५, पृष्ठ २६६)
उपरोक्त श्लोक जस्तै धेरै महिलाप्रतिका थुप्रै उद्गार र अभयको भावना आदिलाई यस सोपानमा दर्शाइएको छ । चन्द्रिका अनलको साथमा लाग्छिन् ।
् पञ्चदश सोपान– यस महाकाव्यको यो अन्तिम सोपान हो । यस सोपानको पहिलो श्लोक –
प्रथम सिन्दुर धोई इष्टमित्रादि लाई
उचित सफल पार्न मानसी धर्मलाई
विगत विवशबत्ती प्रेमबाटै निभाई
उपल पनि पगाल्ने योषिताकर्म हाई ।।
(श्लोक १, पृष्ठ २८०)
बास्तवमा चन्द्रिकाको विवाह अभयसँग भै सकेको हो ।यसरी विवाह कर्मको सबै कर्म त पुरा भएको हो । त्यसो हुँदा उनले पहिलो सिन्दुर पखालेर पुन अनलको सिन्दुर शीरमा थाप्ने कुराहरुको वर्णन, अभयले उनको यथार्थलाई मनन गरेको र उनको सतित्वमा आँच नपु¥याई अनललाई नै फिर्ता गरेको यो महान कार्यको वर्णन यहाँ गरिएको छ तथा चन्द्रिका र अभयको बारेमा वर्णन गरिएको छ । चन्द्रिकाले आप्mनो अठोठलाई पूर्ण गरेका धारणालाई यहाँ समावेश गरेको देख्न्छि । अभयको अगद सोच्ने शक्तिको लागि बधाईका कुरा, अनल–नयन–ज्योतिले ज्ञान विज्ञान दिने कुरा, मिलन सुख अडेमा कर्मको दीप बल्ने, चपलपन हटेमा भावना सुद्धबन्ने , चतुर्थीको वर्णन, नवगुणा गहनाको वर्णन, वदन बधूको हेर्ने वेला आउनु,, इष्टमित्र जम्मा हुनु, शयनकोठा सुम्पनु, सम विषम नसोची काम गर्दा वंश धान्न गाह्रो पर्ने कुरा, अमुपम गुरूवाणी अमूल्य ब्रह्म हुने धारणा, नयाँ अनुभव गर्दै देहलाई साँच्न पर्ने कुरा,आदि समेट्दै नायिकाको बारेमा कवि लेख्छन् –
अनल– नयन–तारा नैतिकी तेज थप्छिन्
विकल मन हटाई धर्म सोपान चड्छिन् ।
प्रणय सकल जिद्धि धैर्य भै पूर्ण गर्छिन्
अभिनव–जगतीमा नायिका बन्न सक्छिन् ।।
(श्लोक ५२ पृष्ठ २९०)
कविले यहाँ थुप्रै धारणा राखेका छन् । हेरौ प्रेम सम्बन्धी धारणा–
तुहिनगिरी समान स्वच्छ संझेर आत्मा ,
कसिगर मल फाल्ने झाडु बोकेर हात्मा
विकशित–मन–वाला सोधकी बन्न भूमा
अनुपम गुण थप्ला प्रेमको संस्कृतिमा
(श्लोक ५९, पृष्ठ २९१)
यस महाकाव्यमा गरिएका कर्ममा कस्ले के पाए भन्ने कविको सन्देश–
ज्ञानी विद्वान द्विज अभयले आत्मसन्तोष पाए
सोझा क्षत्री अनलले चन्द्रिका–रत्न पाए ।
ज्योत्स्ना लाई विरहमनका भावनाले सताए
दैवी इच्छा हृगत बुझी चन्द्र चित्ता हटाए
(श्लोक १०४)
कविले यो महाकव्यमा कस्तो कथा रोजे भन्ने धारणा यसरी पस्केका छन् –
अन्यायी र विवेक–हीनहरूको निर्लज्जता हेरियो,
गर्दै वर्णन चाडपर्वहरूको वैशम्य औलाईयो
धंकीवाद बढेर जान न दिने सत्योजना शोचियो
सामन्ती –सुविधा हटाउन पुरा नौलो कथा रोजियो ।
(श्लोक १०८पृष्ठ ३०१)
कविको धारणा अविश्मरणीय देखिन्छ । निष्पक्ष प्रतिविम्व पारन सके सोझाको उपकार हुने, सर्वदा दमन गर्नु अधर्म हो, पक्षपात नगरी काम गर्नु पर्छ, गरिबमा प्रथम भोजन दिनु पर्छ र यस्ता कर्म गर्दा सूर्यकान्त मणिमा तेज थपिन्छ जस्ता सार गर्भित धारणा यहाँ आएका छन् ।
यसकाव्यमा के प्रयाप्त छ त भन्ने कुरामा कवि लेख्छन् –
शिक्षा दिने लक्ष पुरा गराई
वैधानिक नीति सबै मिलाई
आदेशको पालना गर्नलाई
उद्घोष पर्याप्त छ काव्यलाई
( श्लोक १२५, पृष्ठ ३०४)
प्रेम के हो त ? कविको धारणा यस्तो छ –
कर्मको पुञ्जिका ज्ञानको पुष्प हो
भावना–पुञ्जनै लेखनी–शक्ति हो ।
सत्यको मन्त्रनै न्यायको तेज हो
प्रेमको मञ्जुषा इश्वरी–देन हो ।।
(श्लोक १३७, पृष्ठ३०७ )
कविले यस सोपानमा नैतिकी प्रार्थना सन्तमा अर्पिएको आत्माको वेदना काव्यमा पोखेको, देशको संस्कृति, प्रेमको रोजाई, व्याक्तिको स्वार्थलार्ई बाध्य भै ठान्नु , न्यायको मूर्ति नै चोरिएको, भन्नु,आदि विविध धारणालाई पस्कदै नारीप्रति दर्शाएको आशावादी भावनालाई यसरी पस्केकाछन् –
सुकन्या जस्ता पवनगुण नारीयुग थपोस्
कुमारीको यात्रा सुखकर बनी मंगल गरोस् ।
सदीच्छाको नौका ढलपल न भै जीवन धरोस्
प्रयास–ज्योत्स्ना यो कठिन–तम नाशीकन बढोस् ।।
(श्लोक १७२, पृष्ठ ३१४)
यस महाकाव्यमा कविले समावेश गरेका धारणालाई यसरी पस्केका छन् –
प्रतिज्ञा–सोपान क्रमसित पूरा निर्मित गरी
सबै इच्छा आशा उचित सित विश्लेषण गरी ।
नया पर्दा टाँगी विरहमनका चित्र थपियो
पुरानो भाकामा नव रस थपी गाीत गरियो ।।
(श्लोक १७४, पृष्ठ ३१४)
यस सोपानको मात्र नभै यस महाकाव्यको अन्तिम श्लोकमा कविले यो महाकाव्यमा प्राज्ञहरूको शुभेच्छाको धारणा राख्दै लेख्नु हुन्छ –
अहो मेरो सानो रचनतरु यो काव्यवनको
शुभेच्छा–वर्षाका जलकण मिले प्राज्ञाहरूको ।
मुना नौला झिक्दै विकशित भई पुष्प पूmलदै
बगैचामा बढ्ला प्रतिदिन नयाँ सौरभ दिंदै ।।
(श्लोक १७५, पृष्ठ ३१४)
अवश्य ल्क्ष्मीजी यस महान कर्ममा जो कोहीको पनि शुभेच्छा–वर्षाका जलकण प्रवाह हुने छन् । हजुरको रचनतरुका भावनाले सबैको मन छुने छ ।आशा गरौं यस महाकाव्यको गहन अध्ययन र मूल्याङ्कन हुनेछ ।
महाकावि लक्ष्मीराज शर्माजीले यो कृति मलाई २०७७ साल ११ महिना सत्ताइस गते सादर उपहार दिनु भएको थियो । यसलाई पढ्ने मौका जुरेको थिएन । यस पटकको लकडाउनमा केही कृति पढ्नै पर्छ भनि यस महाकाव्यको अध्ययनको थालनी भयो ।पढ्दै जाने र केही लेख्ने बानी पनि भएकोले साथसाथै लेख्ने प्रयास पनि गर्न थाले । यसमा प्रयोग गरिएका शब्दहरू यति क्लिष्ट रहेछन् कि यस्ले पस्कन चाहेका धारणालाई प्रष्ट पार्न सके सकिन मलाई नै थाहा लागेन । जेहोस् लेख्ने प्रयास भयो भनौं । केही सोपानगत भावार्थ पस्कने प्रयास गरेको छु । विविधतालाई कलाउँदै भावनामा रमाउँदै विविध रसलाई समाउँदै महाकाव्यलाई प्रस्तुतिमा ल्याइएको छ । प्राकृतिक सौन्दर्यले अग्रस्थान लिएको छ ।सबै ऋतु र ती ऋतुमा पर्ने चाडपर्वहरूको महत्वलाई महाकाव्यले प्रष्ट पारेको छ । मानवीय जीवन कथालाई सारगर्भित रूपमा अतितलाई सम्झदै नविनतम् कर्मलाई पस्कदै गर्दा सिधै कथामामात्र कवि सीमित देखिदैनन् गणितीय हिसावले हेर्दा कविको लेखनशैली कथाको लम्बाई त्यसले लिन पर्ने तथा समेट्न पर्ने यथार्थताको चौडाई र भावगत उच्चाइमा समता देखिन्छ भन्ने मेरो धारणा हो । धार्मिक, नैतिक, स्वावलम्मी, प्रेममा अठोट्ता, अभिभावकमा छोराछोरीको भावनालाई बुझ्न शक्ने क्षमाता, बुझ् नसकेमा त्यसबाट प्राप्त हुने नतिजा, आदि आदि पक्षमा कवि गहिरिएर कलम चलाएका छन् । आजको संसारमा मानव जातिले खोज्ने भौतिक सम्पन्नता भन्दा आध्यात्मिकतामा हामी सवल हुनु पर्छ भन्ने धारणाले ठाउँ ठाउँमा स्थान लिएको छ ।
यस महाकाव्यले छोराछोरीको चाहना विपरित विवाह गराउन हुन्न भन्ने सन्देश दिएको छ । विवाह भए पछिको नतिजामा अभयले देखाएको महानता र त्यागलाई परिकल्पना गर्न नै कठिन देखिन्छ । यो महाकाव्य अध्यात्मवाद र भौतिकवादको मिश्रण उपयोगको रूपमा हामीसमक्ष आएको मलाई महसुस भएको छ । पात्रहरू पनि सीमित र क्रियाशील रूपमा देखिएका छन् । अन्तिममा प्रति विम्वको उपसंहारका तीन श्लोक पस्कदै गहन काव्यका काव्यकारको सुस्वास्थ र दीर्घायुको कामना गर्दै विदा चाहन्छु ।
भिजाएको सारी अभिनयनदीका सलिले
सुकाएको देख्छौद्विज अभयका शुक्ल छविले
दवायको आशा जनकअजननीका तुजुकले
नजीकै ल्यायो रे सखि–अनलका भाग्यरथले ।।
श्लोक १
नयाँ आस्थावेदी सजधज गराईकन पुरा
लगाउँदा जिम्मा अनलकरमा प्रेमटुकुरा
बने सानन्दी यी अलग वनदै त्यो समयमा
बनिन् चन्द्य्रा तुष्टा अभिलाषित–कुराको उदयमा ।।
श्लोक २
अवश्यै देख्नेछन् सरल कविले स्वप्नसुषमा
अगााडी बढ्नेछन् शुभसकुनका भव्य उपमा ।
अशिक्षाको धूवा अवत लुकला नील–नभमा
कवीच्छाका वेदी चहक थपलान् यो सृजनामा ।।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।