14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

जि छाङ्ता मायाय

कथा दुर्गा राई ‘चामलिङ’ May 23, 2021, 2:21 am
दुर्गा राई ‘चामलिङ’
दुर्गा राई ‘चामलिङ’

हरेक साँझ एउटा बतास आउँछ अनि सुस्तरी भनेर जान्छ कानमा । धुमिल पृष्ठहरू सम्झनाको तरेलीमा हल्लरिहन्छ । सम्झनाको लहरमा उभिएर गनगनाउने बतासले मलाई छुन खोज्छ ।
जि छाङ्ता मायाय मातिन
........................................................................................................................
सधा झै ऊ आज पनि मेरो कोठामा आई । म काम गर्दै थिए । उसले मलाई साथीको नामले सम्बोधन गर्छे । यो सम्बोधन नै मलाई प्रिय पनि लाग्छ । उसले मलाई साथीको सम्बोधन गरिरहँदा म पनि मेरो बाल्यकालमा पुग्छु । यो स्मृतिपटलमा गुम्फीत भएर रहेको सुक्ष्म त्यी बाल्यकालका क्षणहरू केही ताजिय भएर उर्बराउँछ, अनि म त्यस क्षणको रुमानी परिवेशमा धुलिन हुन पुग्छु ।
उसको नाम रुबिना हो । रुबिना श्रेष्ठ । तेह्र वर्षकी हो । जति बेला मसँग उसको भेट भयो । मेरो कोठाको तल्लो तलामा एउटा कोठा खाली थियो । त्यो कोठा खाली भएको पनि निक्कै दिन भई सकेको थियो । त्यस खाली कोठामा कोही पनि आउन सक्छ । किरायदारहरू । भन्नु हो भने कीर्तिपुरमा किरायको कोठा पाउन निक्कै हम्मे पर्छ । तर कोनि किन त्यो कोठा भने खाली थियो । घरबेटीले भनेको पनि थियो – तपाईको विद्यार्थी साथीहरू कोही कोठा खोज्दैछ भने कोठा खाली छ भनि दिनुस् है । मैले हुन्छ भने । मैले हुन्छ भनेको पनि निकै दिन बितिसकेको थियो । एक महिन, दुई महिना नै ।
साँझको समय हो । मेरो कोठा पस्ने समय । दिनभरी म कोठा बाहिर नै हुन्छु । दिन भरीको क्लास । क्लास सकेपछि पुस्तकालय त्यसपछि साथीहरूसँग केही पल बित्थ्यो अनि मात्र मेरो कोठा पस्ने समय हुन्थ्यो । प्रायः साँझ नै हुन्थ्यो मेरो कोठा पस्दा । सधा झै म केही सब्जीको पोका हातमा लिएर कोठा आए । कोठाको मूल ढोका खोलेर भित्र पस्दा मैले उसलाई देखे । देख्ने बितिकै मैले उसलाई चिनी हाले । उसले पनि मलाई चिनी हाली ।
तपाईँ याहा – उसले भनि ।
अनि तिमी पनि याहा – मैले भने ।
हजुर आजबाट – उसले भनि ।
अनि त आज तिमीहरूको पसल थिएन त – मैले भने ।
हजुर आज कोठो सर्नु थियो । आमाले भ्याउनु भएन । उसले सहज रूपमा नै भनी ।
............................................................................
उसलाई मैले पहिलो पटक पसलमा देखे थिए । पसल नगाउँ दोबाटोमा हो । सब्जीको सानो पसल । म प्रायः बेलुकी हरियो साग सब्जी लिन नगाउँ दोबाटो जाने गर्थे । उसको आमाले नगाउँ दोबाटोको फुटपातमा एउटा सानो डोकोमा हरियो साग सब्जी बेच्न राख्थी । मलाई यस्तै हरियो साग सब्जी नै मन पर्छ । म उनीहरूकै पसलबाट साग सब्जी किन्ने गर्थे । ऊ भने आमाको छेउमा बसिरहेकी हुन्थी । बेला बेला आमालाई सघाउँथी पनि । डोकोमा भएका सबै साग सब्जी बिक्री हुँदा उनीहरूको मुहारमा खुशीको मुहान पलाउँथ्यो । उसले पनि छेवैको मिठाई पसलबाट जेरी किनेर खान्थी । हातमा खबरकागजमा पोको पारेको जेरी बोकेर खुबै स्पूmर्तिका साथ आमाको अघि अघि हिडेकी देखेथे उसलाई । कोही समय भने डोको भरी साग सब्जी हुन्थ्यो । साग सब्जीको बिक्री राम्रो नहुँदा उनीहरूको अनुहारमा औँसीको रात मडाडिन्थ्यो । म त्यस समय त्यहाँ पुग्द भन्थी – सर लानुहोस् न हाम्रोबाट ताजा छ । यति भन्न सिकेकी थिइँ आमासँगको हिडाईमा उसले पनि । एवम् रूपमा मैले साग सब्जी उनीहरूबाट नै किन्न थालेको थिए निरन्तर । सकिएको बेला खुशी हुँदै भन्थी – आज त सबै सकियो है सर । भोली अलिक समयमा नै आउनु होला । पूर्णेको जून झै चम्कन्थ्यो उनीहरूको अनुहारमा । म खिस्स हाँसी दिन्थे ।
नगाउँ, मच्छेगाउँ आदि ठाउँहरूबाट ताजा साग सब्जी अलिक कम मूल्यमा ल्याएर यस चोकमा पसल थाप्थ्यो । त्यतातिर नपाएको बेलामा कालीमाटीको सब्जी मण्डीबाट ल्याएर पनि पसल थाप्ने गर्छ ।
उसलाई यहाँ देखेपछि हो हाम्रो सम्बन्ध बाक्लिएको । मेरो एक्लोपनमा उनीहरूको आगमानले एउटा भिन्नै विशेषता छाएको थियो । ऊसँगको सामिप्यमा मैले मेरो एउटा परिवार नै स्थापित भएको महसुस गर्न थालेको थिए ।
उसले एक दिन भनि – तपाईँलाई म के भनेर बोलाउनु ।
साथी भनन् – मैले भने ।
नाई तपाई त म भन्दा ठूलो मान्छे । कसरी साथी भन्नु नि । उसले भनि ।
अनि तिमी मेरो फुच्ची साथी नि त । साथी भनेको त ठूलो मान्छे मात्र हुँदैन क्या । आपूmसम्मको मात्र पनि हुँदैन । साथी भनेको कुनै उमेर, कुनै जाति, कुनै भूगोलको दुरीमा स्थपित हुने सम्बन्ध होइन । यो त स्वत हुने सम्बन्ध हो – मैले सविस्तर भने ।
उसले खै कति बुझि ।
हस् म आजदेखि हजुरलाई साथी भन्छु है त । त्यस दिनदेखि उसले मलाई साथी भन्न थाली । ऊ मेरो साथी भई, म उसको साथी भए ।
........................................
सर यसलाई यो होमवार्क आएन रे सिकाई दिनुस् हरे भन्दै छ यसले । उसकी आमाले आग्रह गरी । त्यस दिन आमाको पछ्यौरा समाएर उभिएकी थिई । त्यसै दिनदेखि हो ऊ मसँग भ्mयमिन थालेकी । स्कूलको केही कठिन होमवार्क छ भने मलाई कुरेर बसिरहेकी हुन्थी । मेरो कोठा उसको निम्ति पढ्ने, खेल्ने ठाउँ नै भएको थियो । विदाको दिन शनिबार हामी प्रायः दिनभरी नै सँगै हुन्थ्याँै । ऊ बोल्थी नेवारी लयमा । यहाँ आएदेखि यो लयमा नानीहरू बोलेको खुबै मन पर्छ मलाई । उसकी आमाले पनि बेला बेला उनीहरूको कोठामा बोलाउँथी । चिया खाजा खाना दिन्थिन् । हामी खान्थ्यौँ । खाजामा नेवरी खाजा हुन्थ्यो । तेलमा तारेको चिउँरा, उसीनेको केराउँ (मटर), उसीनेको भट्मास, आलुको तरकारी, भैसीको मासुको कोचेला, भैसीको मासुको अचार, आदि परिकारहरू हुन्छ नेवारी खाजामा । हामी तीनजना खान्छौ एउटै परिवार जस्तो ।
..............................................................
मेरो बुबा त जनआन्दोलनमा बित्यो रे नि । आमाले भनेकी – उसले भनि ।
बुबाको याद आउँदैन अनि ? – मैले सोधे ।
आउँदैन । मैले त बुबालाई देखिन त । म आमाको भुँडीमा हुँदा नै बितेको रे । – उसले भनि ।
मेरो मनमा जिज्ञासाका थुप्रै टुसाहरू नपलाको होइन उसको कुराहरू सुनिसकेपछि । तर ऊसँग छैन मभित्र उम्रिएका जिज्ञासाका टुसालाई रुख बनाउने मल जलहरू । म त्यसै चुपचाप बस्थे उसको कुरा सुनिसकेपछि पनि । कलिलो मस्तिष्कले कहाँ बुझाउन सक्छ होला र मेरो मनमा उम्रिएको सिमसारलाई सुक्ख बनाउन ।
..............................................
उसलाई चित्लाङको जङ्गलमा मा¥यो । एकदिन खाजा खाने क्रममा भनि उसकी आमाले । हामी सँगै टि.यू.मा पड्थ्यौ । दोहोरो भिडान्तमा मा¥यो ऊ । ऊ फिजिक्स लिएर पढेका थिए, म एजुकेसन इङ्लिस लिएर पढेकी थिए । मान्छेको मन न हो । मन मिलेपछि कसको के लाग्दो रहेछ र । हामी बीचमा पनि त्यही भयो जुन प्रकृतिमा युगौदेखि हुँदै आएको छ र पछिसम्म निरन्तर भइरहने छ । हाम्रो प्रेम सम्बन्ध चुलियो सागरमाथाको उचाई जस्तो । हाम्रो प्रेम टुसाए । विस्तारै हाङ्गीयो । एउटा विशालकय वटवृक्षमा फैलियो चारैतिर । हाम्रो प्रेम सम्बन्धले पराकष्ट नाँघे । हामी बाँधियौँ विवाह बन्धनमा । म तसेजु नेवार, ऊ श्रेष्ठ । हाम्रो पढाईको अन्तिम वर्ष हो हामीले विहे ग¥यौ । हाम्रो दुइटै परिवार खुशी नै थिए । हामी पनि खुशी थियौँ । हरेक चिजको अन्त निश्चित हुँदोरहेछ । मेरो जीवनमा एउटा खुशीको अन्त भयो । एउटा हुरी चल्यो । जुन हुरीलाई सागरमाथाको उचाईले पनि थेग्न सकेन । सबै नै लाथालिङग पारेर गयो एउटा भिषण हुरी ।
जन क्रान्ति शुरु भयो सरकार विरुद्ध । भण्डारी र प्रचण्डको नेत्रित्वमा देशका युवाले हो मा हो मिलाउन थालेका थिए । एक क्षत्र शाषणको विरोधमा उर्लियो ससस्त्र जन आन्दोलन । त्यस जन आन्दोलनमा कतिको ज्यान गयो । त्यसको आकाडा विश्वका उत्क्रष्ट खबर च्यानल बि.बि.सि.ले पनि लगाउन सकेनन् । कति युवाहरू गुमनाम भए जङ्गलमा नै । कति बेनाम सडकमा लडिरह्यो । यसका बाबु मनोहार पनि त्यस क्रुर शाषणको विरुद्धमा विद्रोहीका रूपमा लागेका थिए प्रतिवादीका रूपमा । प्रहरी चियोमा ऊ खटिएका थिए । मैले उसलाई भन्थे – यस्तो कामले हामीलाई केही हुँदैन । बार बार मैले यो काम छोड्नुस् पनि भनेकी थिए । त्यस बेला उनी भन्थे आप्mनो आउने भावी पिँढीका भविष्यको निम्ति हो यो लडाई । इङ्गित गर्थे मेरो पेटमा । त्यति बेला यो पेटमा थियो । छेउको बेडमा किताप पैmलाएर केही लेखिरहेकी रुबिनालाई देखाएर भनि ।
प्रहरी र माओवादीको दोहोरो भिडान्तमा उनी चित्लाङ्को जङ्गलमा मा¥यो भन्ने खबर पाए । मैले लासलाई छुन त के हेर्न सम्म पाइन । खूनमा लत्पतिएको उनको पोसक साथीहरूले ल्याएका थिए । जीवनको यो क्षणदेखि त्यो पलसम्म सँगै जीवन जिउने हाम्रो बाचा कसम झुटो साबित भएको थियो । दैवले जीवनको बाकी खुशीहरू इष्र्याले खोसेका थिए । आफ्नो प्राण प्यारो मान्छे त्यसरी लावारिस थिए त्यो निष्पट जङ्गलमा । उनले लगाउने पोसकको खल्तीमा हामी दुईको तस्बिर थियो । जुन तस्बीर हामीले भ्यालन्टइन् डे को दिन खिचेका थियौ । त्यस तस्बिरले मलाई सान्तवना दिइरहेका थिए । अबको यो बाकी जीवनको गोरेटोमा तिम्रो हात समाउने छुँइन । आपैm समालिएर हिड्नु । अनि आउने हाम्रो सन्तानलाई हामी दुईको माया दिनु । अर्को जन्ममा हामी फेरि भेट्ने छौ । भान हुन्थ्यो यस्तो ।
त्यस दिनको सम्झना गर्दा पनि यो मुटु फुलेर आउँछ । यो शरीरको रौँहरू जुरुरु भएर खडा हुन्छ । त्यसपछि म यता नै बस्न थाले । यो यता नै जन्मियो । विस्तारै जन आन्दोलन साम्य हुँदै गयो । वादी र प्रतिवादी बीच सम्झौता गराइयो । देशमा राजा हट्यो । डेमोक्रेसी आयो । डेमोेक्रेसी आयो भनेर मान्छे खुशी भए । खै कस्तो डेमोक्रेसी हो त्यो तिनीहरू नै जानुन् । त्यस विद्रोहले म जस्ती कतिको जीवन नर्क भयो । कतिको सिउँदोको रङ्ग हरायो । कति चेलीहरूले बाबु बिनाको सन्तान जन्माउनु बाध्य भयो । यसरी हाम्रो देशको डेमोक्रेसी जन्मियो । आज देशमा डेमोक्रेसी आयो । एउटा राजा हट्यो तर थुप्रै राजाको जन्म भयो जसले आज देशलाई शाषण गरिरहेछ । हामी भने सब कुच गुमाएर आज बजारको चोक एउटा कुनामा यसरी बाँचेको जीवन यापन गरिरहेछौँ ।
यति भनि सक्द रुबिनाकी आमाको अनुहारमा एउटा विद्रोहपूर्ण भाव देखा पर्छ । असन्तुष्टीको भावभूमिमा रुमालिँदाको पिँढा अनुहारमाा प्रत्यक्ष देखापर्छ । त्यो भावको तलवमा म राम्रोसँग गोता लगाउनु सक्छु ।
रुबिनाले उमारेको जिज्ञासाको मुनामा उसकी आमाले मलजल गरी हुकाइ दिइन । केही बुझे उनीहरूको जीवन कथा । ब्यथाले भरिएको, रगतमा लपिटिएको आलो जीवन कथा । उनले भनि मैले सुने । जीवनको कथा । जीवन जिउनुको निष्कर्ष नै सङ्घर्ष हो । जीवनको अर्को नाम पनि सङ्घर्ष हो । सङ्घर्ष छ नै त जीवनमा रमाइलो पनि त छ । रमाइलो छ र नै जीवनमा सङ्घर्ष पनि त छ । मैले यति निष्कर्ष निकाले अहिलेलाई ।
–––––––––––
सम्बन्धले मन र शरीरको स्पन्दन कतिबेला झङ्कृत हुन्छ थाहा नहुँदोरहेछ । प्रेमले रूप रङ्ग र उमेरको केही पनि ख्याल नगर्दो रहेछ । त्यस कोठामा बसेको पनि डेड वर्ष जति भएछ । उनीहरू मेरो छिमेकी भएर बसेको पनि निक्कै भएछ । समय त एउटा हुरी न हो । उडेर कहिले नथाक्ने । आफ्नो गन्तब्यमा कहिले नपुग्ने यात्री हो समय । आज रुबिनाको जन्म दिन हो । तेह्रा वर्ष पुरा गरेर चौँधा वर्षमा प्रवेश गरेकी हो आजबाट भनेकी थिई उसकी आमाले । मैले उसको निम्ति उपहार ल्याएको थिए । उसलाई बिहानै बर्ड डे हुइस् गरे र उपहार दिए । उसले थापी । केही समयपछि ऊ मेरो कोठामा आई ।
साथी मलाई गिफ्ट खोइ ? – उसले भनि ।
कस्तो गिफ्ट ? अघि नै दिए त । – मैले भने ।
नाई मलाई आज स्पेसियल गिफ्ट चाहिन्छ – उसले भनि ।
कस्तो प्रकारको गिफ्ट भनन् त अनि – मैले भने । मैले उसलाई मन पर्ने, उसको फेबरेट कलरको टेडी बियर गिफ्ट दिएको थिए ।
नाई मलाई त आज स्पेसियल गिफ्ट नै चाहिन्छ । बसी रही ऊ मेरो बेडमा नै । मेरो एटेज किचन भएको कोठा हो । म बिहानको नास्ता रेडी गर्दै थिए । उसले मलाई बोलाई रही । म उसलाई नहेरी बोल्दै आफ्नो काममा ब्यास्था भइरहे । उसले के के भन्दै थिई । मैले त्यति ध्यान नदिए जस्तो गरे । ऊ बेडबाट उठी र मेरो छेउमा आई । लाटा भन्दै यहाँ आउनु भन्दै उनीतिर तनी । उसले मलाई तानी ऊतिर, म तानिए ऊतिर नै । म बेडमा ठोकिएर उत्तानो लडे । ऊ लडी घोप्टो परेर ममाथि । उसले आफ्नो ओठ मेरो ओठमा ल्याएर जोडी । मेरो तल्लो ओठ उसले मजाले टोकेर तानि । म बिहोसिए । सपना हो की बिपना, भ्रम की यथार्थ हो । यो कस्तो समय हो । अकल्पनीय यथार्थको रुमानी क्षण । कुनै आयोजन बिनाको कार्यक्रममा सहभागी भए जस्तो । उसको बोझले भन्दा पनि उभित्रको कामुकताको बोझले जल्न थालेको थिए म । मभित्रको पुरुषत्व जाग्रित हुन्छ भन्ने त्रासले म छट्पटिरहे । यो बाल क्रीडा हो की यौनिक तरुनीको मादकता । म अललिएर उतानो लडीरहे । उसले आफ्नै पारामा मलाई नागपासले बेह्रे झै अँगाली रही । मेरो ओठमा उसको टोकाई बाक्लिदै गइरहेको थियो । उसको छात्तीको तिखो झिरले उनिएर म छट्पटाइरहे । मभित्रको पुरुषत्वको गोमन सर्प नब्यूँझिउन् म चाहान्थे । मभित्रको गोमन सर्प कथाङ्काल ब्यूँझिए र फना उठाए ऊ असम्वैधानिक रूपमा हत्य हुने छ । स्त्रीत्वको हत्या । कुमारीत्वको विस्फोट । म चाहान्न त्यी सब हत्यको साक्षी बन्न । दबाए आपूmले आपूmलाई नै मजाले । हाम्रो मुटु दायाँ र बायाँ भएर धड्कीरहेको थियो । मेरो मुटु भन्दा अझ जोडले उसको मुटु धड्कीरहेको महसुस गरे मैले । लाग्थ्यो यति बेला उभित्र सुनामी उर्लीरहेछ । बिस्फोटनका निम्ति लाभाहरू भित्रि सतहमा हलचल भइरहेछ । म कुनै प्रतिक्रिया बिना नै उसको त्यो क्रीडा स्वीकार गरी रहे । निक्कै बेरको हलचल पछि थामिएको भूँइचालो जस्तो । केही साम्य भएर मेरो कानमा फुसफुसाए – ‘जि छाङ्ता मायाय’ मातिन । – आइ लभ यू नेवरी भाषामा । यो छट्पटाइमा यो शब्दले मेरो माथिङ्गल रिङ्गियो ।
उसले मलाई केही नेवारी भाषाका शब्दहरू सिकाएकी थिई । नेवारी भाषाका शब्दहरू सिकाउने क्रममा उसले यो शब्द पनि सिकाएकी थिइ । ‘जि छाङ्ता मायाय मातिन’ अर्थत म तिमीलाई माया गर्छु । आइ लभ यू । उसले मलाई खुशी भएको बेला यो शब्द प्रयोग गर्ने गथ्र्यो । आज पनि उसले यो शब्द नै प्रयोग गरी । तर अन्य दिनमा भन्दा फरक पारामा । फरक पस्थितिमा । ।
त्यसै दिनदेखि हो म उसको सामिप्यदेखि टाढिएको । मलाई डर थियो त्यो उसको बालसुलभ यौन उत्सह क्यान्भासमा कतै बेरङ्गी बासनाका गाडा रङगहरू नपोतियोस् । उसले बुझ्ने छे पछि उमेर र वैशका पृथकता, उमार्ने छे तिकतातको अधुरो गुनासोहरू अनि धिकार्ने छे आफ्नै जिन्दगीलाई, आफ्नै वैशलाई । अनि सम्झने छे आपूmमा घटेको बालयौन हिंसालाई ।

डुवर्स, भारत

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।