विगतमा, भुत काललाई छोडेर
धेरै अघि हिँडिसक्यो
युग एउटा हिँडिसक्यो।
वरफ, हिमपात, झरना, हिउँ
ख्याति, किर्ति, महिमा अपार
वरफि युगको हिमालचुलि
अब काला ढुङ्गा नङ्गा पहाड,
हिमाली चुचुरा हिमताल बने
समुन्द्रमा मिस्सिए
हिमानी युगका महिमा सबै
तरलतामा बगिसके।
हिमवान् फेरि जोगाउन
हिउँ फेरि साँच्न पर्छ
हिउँ साँच्नु भनेको
प्रकृतिमा बाँच्नु पर्छ
तर प्राकृतिक जीवन जनमानसले
छोडेर धेरै अघि हिँडिसक्यो
युग एउटा हिँडिसक्यो ।