तिमी नभएको पल म कसरी काटिरहेछु
त्यो मेरो मुटुलाई मात्र थाहा छ
म नभएको पल तिमी कसरी काटिरहेछौ
त्यो तिम्रो मुटुलाई मात्र थाहा छ ।
न त तिमीलाई हेर्न सक्छु
न त तिमीलाई भेट्न सक्छु
न त तिमीदेखि टाँडा भै बाँचन् सक्छु ।
तिम्रा आखाँबाट झरेका आँशु
तिम्रै गालामै सक्छ त्यहाँ
तिम्रा गालामै झरेर सुकेका आँशुका टाटोलाई
केवल मेरा गालाहरुले महशुस मात्र गर्न सक्छ यहाँ ।
बाध्यताले यसरी तड्पाई रहेछ हामीलाई
एउटै संन्सारमा अलग-अलगै जिउन् बाध्य छ हामीलाई ।
भारत, सिक्किम