सार :
दैलेखी भाषिक क्षेत्रका स्थाननाम शीर्षकको यस लेखमा दैलेखी भाषिक क्षेत्रको परिचय, स्थाननामको परिचय, दैलेखी स्थाननामको भाषिक व्याख्या, विशेषणको योगबाट निर्मित स्थाननाम, संज्ञाको योगबाट निर्मित स्थाननाम, जातिबोधक स्थाननाम शीर्षक तथा उपशीर्षक रहेका छन् । स्थाननामको परिचय, दैलेखी भाषिक क्षेत्रको परिचय र दैलेखी स्थाननामको संरचनागत अध्ययन गरी दैलेखी स्थाननामको पहिचान गरिएको छ । स्थाननाम अर्थात् ठाउँको नाम भौगोलिक स्थितिको द्योतक हो । स्थाननाम हाम्रो भाषिक तथा सांस्कृतिक निधि हो । त्यसैले भौगोलिक नाम कुनै न कुनै जनजातिको रचनात्मक सिर्जनाको परिचायक हो । दैलेखी भाषाको वर्णनात्मक तथ गुणात्मक अध्ययनमा आधारित यस अध्ययनमा यस जिल्लाका विभिन्न उमेर समूहका १० जना महिला र पुरुषलाई आकस्मिक नमुना छनोट विधिको प्रयोगबाट सामग्री सङ्कलन गरेर श्रेष्ठ (२०६७) अनुसार विश्लेषण गरी निष्कर्ष निकालिएको छ ।
प्रमुख शब्दावली : दैलेखी भाषा, स्थाननाम, भाषिक क्षेत्र, स्थलनाम, जलनाम, संज्ञा, प्रत्यय, विशेषण।
दैलेखी भाषिक क्षेत्रको परिचय
दैलेख जिल्ला नेपालको कर्णाली प्रदेशको एक जिल्ला हो । यो जिल्लाको सदरमुकाम नारायण नगरपालिका हो । कर्णाली प्रदेशअन्तर्गत पर्ने २८.३५” देखि २९.८” अक्षांश र ८१.२५” देखि ८१.५३” देशान्तरसम्म फैलिएको दैलेख जिल्ला पूर्वमा जाजरकोट उत्तरमा कालिकोट पश्चिममा अछाम र दक्षिणमा सुर्खेत जिल्लाका बीचमा रहेको एक रमणीय मध्य पहाडी जिल्ला हो । १,५०२ वर्ग कि.मि. (देशको कुल भूभागको १.०२¼ ) क्षेत्रफल ओगटेको दैलेख जिल्ला समुद्र सतहबाट ५४४ मिटर ( तल्लो डुङ्गेश्वर ) देखि ४,१६८ मिटर ( महाबुलेक ) सम्म फैलिएको छ । खस क्षेत्री, कामी, ठकुरी, ब्राहृमण, मगर, दमाई, सार्की, सन्यासी, सुनार, गुरुङ, आदि जातिहरु यो जिल्लामा बसोबास गर्दछन् भने नेपालमा अहिलेसम्म आदिबासीको रुपमा चिनिने राउटेहरु पनि यो जिल्लामा कहिलेकाही अस्थायी रुपमा बसेको पाइन्छ । ऐतिहासिक धरोहरका रुपमा रहेको यस पहाडी जिल्लाको उत्तर शिरमा मनमोहक महाबुलेक दक्षिण र पश्चिममा कर्णाली नदी र जिल्लाभित्र लोहोरे छामघाट खोला शिरस्थान, नाभिस्थान, पादुका, कोटिला, धुलेश्वर जस्ता पानीमाथि दीप ज्वाला बल्ने पञ्चकोशी तीर्थस्थलका नामले प्रसिद्ध रहेका क्षेत्रहरु छन् । भौगोलिक रुपमा विकट रहे पनि यो जिल्लाको पर्यटकीय विकासका सम्भावना उच्च रहेको छ । यस जिल्लाका प्रमुख व्यापारिक केन्द्रहरुमा नारायण नगरपालिका, दुल्लु, रानीमत्ता, नौमुले, बेस्तडा, कर्णाली नदीको काखमा अवस्थित तल्लो डुङ्गेश्वरबजार, ठाँटीकाँध, रामघाट बजार रहेका छन् । प्राकृतिक र ऐतिहासिक दृष्टिकोणले महत्वपूर्ण रहेको यो जिल्ला धार्मिक र प्राकृतिक तथा जलसम्पदामा पनि धनी रहेको छ । विभिन्न मठ, मन्दिर, पर्यटकीय तीर्थस्थल तथा विभिन्न नदीहरुका साथमा रहेका प्राकृतिक मनोरम दृश्यहरु तथा प्राकृतिक स्रोतको व्यापक उपलब्धता यस जिल्लाका पर्यटकीय सम्भावनाका आधारहरु हुन् । यस जिल्लामा तीब्रतर रुपमा सडक, पुल पुलेसा, मठ मन्दिर, देवल, होटल, लज र व्यापारिक केन्द्रहरु निर्माणमा रहेका छन् । जिल्लाको विभिन्न स्थानमा पाइने सिलेट घरको छानो बनाउने प्रयोगका लागि बाहृय जिल्लामा समेत निर्यात गरिन्छ । दैलेख जिल्ला बाइसे चौबिसे राज्यकालमा खस राज्यको शीतकालीन राजधानीको रुपमा परिचित दुल्लु र बेलासपुर राज्यमा विभाजित थियो । प्राचीन र मध्य कालमा दुई राज्यमा विभाजित यस जिल्लालाई शाहकालीन नेपालको पुनर्एकीकरण अभियानमा बहादुर शाहले सन् १७८९ तिर नेपालमा गाभेको तथ्य ऐतिहासिक वर्णनहरुमा पाइन्छ । जिल्लका विभिन्न ठाउामा रहेका मन्दिर, देवल, शिलालेख आदिले यस जिल्लाको ऐतिहासिक परिचय दिइरहेका छन् । वि.सं. २००९ साल अघि अछाम, सुर्खेत र जाजरकोट जिल्लाका केही क्षेत्रहरु यसमा गाभिएका थिए । राजा रजौटा उन्मुलन ऐन २०१६ पछि आधुनिक नेपालको प्रशासनिक ढााचाबमोजिम गौडा र २०१८ सालपछि यो जिल्ला पूर्वमा भैरीलेक र कट्टीभञ्ज्याङ उत्तरमा महाबुलेक, पश्चिममा कर्णाली नदी, दक्षिणमा तीनचुलाभित्रको भूभागलाई दैलेख जिल्लाको सीमाङ्कन गरिएको थियो । दैलेख जिल्लाको दुल्लु क्षेत्रलाई राणाकालका पहिला प्रधानमन्त्री जङ्गबहादुर राणाको बाल्यकाल बितको ठाउँ भनेर पनि चिनिन्छ । हाल यो जिल्ला ४ नगरपालिका र ७ गाउापालिकामा विभाजित छ । नेपालको जनगणना २०६८ अनुसार नेपालमा दैलेखी भाषाका वक्ताहरु ३,१०२ रहेको देखिन्छ । यसका वक्ताहरु कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका केही जिल्लामा रहेको जनाइएको छ । नेपालको पश्चिम भागमा बोलिने यस भाषाको विकास र विस्तार क्रमश: भइरहेको छ । यस अध्ययनमा दैलेख जिल्लाको पश्चिम भागलाई आधार बनाई दैलेखी स्थाननामको चर्चा गर्ने प्रयास गरिएको छ ।
अध्ययन विधि
यो गुणात्मक अध्ययन हो । दैलेख जिल्लामा बोलिने दैलेखी भाषामा केन्द्रित रहेर यस अध्ययनमा क्षेत्रकार्य विधिको प्रयोग गरी यस जिल्लाका पश्चिम क्षेत्रका १० जना दैलेखी भाषी वक्ताहरुलाई आकस्मिक नमुना छनोट विधिको सहायताले दैलेखी भाषाका स्थाननामको सङ्कलन गरिएको छ । सङ्कलित शब्दहरुलाई व्यवस्थित र क्रमबद्ध अध्ययन गरी श्रेष्ठ (२०६७) का अनुसार विश्लेषण गरिएको छ ।
स्थाननामको परिचय
स्थाननाम शब्द ग्रिक भाषाको Topos र onyma बाट निर्माण भएको हो । topos को अर्थ स्थान र onyma को अर्थ नाम हुन्छ । यसरी कुनै निश्चित स्थानको जानकारी दिने भौगोलिक नामलाई स्थाननाम (Toponym) भनिन्छ । स्थाननाम अर्थात् ठाउँको नाम भौगोलिक स्थितिको द्योतक हुन्छ । भूमण्डलका प्रत्येक बिन्दुलाई स्थान भनिन्छ । वैज्ञानिकहरुले भू–तलका यस्ता बिन्दुलाई अक्षांश र देशान्तर जस्ता गणितीय नामकरण गरेका छन् । तर ती प्रत्येक स्थानको नाम भने हुँदैन । कुनै पनि स्थानको नामले त्यस स्थानको मानव सभ्यतासँग सम्बन्धित कला, साहित्य, संस्कृति, भाषा, भूगोल, ज्ञानविज्ञान परम्परा र इतिहासलाई आत्मसात गरेका हुन्छन् । त्यसैगरी नामको नामकरण गर्नमा सम्बन्धित क्षेत्रका समुदायको प्रमुख भूमिका रहन्छ । ती समुदायको भाषिक सांस्कृतिक र ऐतिहासिक झझल्को स्थाननाममा हुन्छ । त्यसकारण स्थाननामलाई सम्बन्धित क्षेत्रको भाषिक र संस्कृतिको जननी मानिन्छ । यसलाई जातजातिको रचनात्मक सिर्जनाको परिचायक पनि मानिन्छ । यो कुनै भौगोलिक स्थलको ठेगाना हो र त्यसले निश्चित स्थानको बोध गराउाछ । त्यसैले स्थानानमको ठुलो व्यावहारिक महफ्व हुने कुरा निर्विवाद छ । स्थाननामहरु खासगरी प्राचीनकालदेखि नै प्रचलित हुादै हामीसम्म आइपुग्ने हुनाले तिनको नालीबेली पहिल्याउन गाह्रो पर्छ । कारण त्यो नाउँ जुन भाषामा राखिएको थियो त्यो भाषा नै लोप भएर गइसकेको पनि हुनसक्छ । कालक्रमअनुसार उच्चारण भेदले गर्दा पनि स्थानानामहरु नचिनिने हुन सक्छन् ।
कुनै पनि भूगोलमा रहेको स्थाननाम (toponyme) या जलनाम (Hydroyme) ले त्यस ठाउँको ऐतिहासिक सांस्कृतिक एवम् सामाजिक पहिचान बोकेको हुन्छ । स्थाननाम राख्ने काम स्थानीय जनता या आदिवासीहरुले गर्दछन् र त्यो उनीहरुको आफ्नै भाषामा हुने गर्दछ । तर विश्वमै भाषिक साम्राज्यवादीहरुले कुनै पनि स्थानीय र खासगरी आदिवासीहरुको पहिचान नै नामेट पार्ने गरी स्थाननामलाई आफूअनुकूल बनाउने गरेका थुप्रै उदाहरणहरु पाइन्छन् । त्यसकारण सम्बन्धित भाषाका वक्ता अर्थात् अध्येताहरुले यसको संरक्षण र संम्वद्र्धन गर्नमा अध्ययन अनुसन्धान गर्न जरुरी रहेको देखिन्छ ।
दैलेखी स्थाननामको भाषिक व्याख्या
स्थाननाम कुनै न कुनै जनभाषाकै शब्द भएकाले भाषिक आधारमा यसको व्याख्या गर्नु आवश्यक हुन्छ । स्थाननामको अर्थ खुलाउन मुख्यतया शब्दरचनाको दृष्टिले विश्लेषण गर्नु युक्तिसङ्गत हुन्छ । दैलेखी भाषिक क्षेत्रका स्थाननाम मूल रुपमा विशेषण र संज्ञाको योगबाट बनेका छन् । यस किसिमबाट बनेका स्थाननामहरुमा अघिल्ला विशेषण शब्दले विशेषत: निम्नलिखित कुराहरुको बोध गराउँछन् । जस्तै :
विशेषणको योगबाट निर्मित स्थाननाम
दैलेखी भाषिक क्षेत्रमा विशेषणबाट निर्मित स्थाननामहरुका विवरण, विशेषण र उदाहरणलाई निम्ननानुसार देखाउन सकिन्छ ।
क्र.स. विवरण विशेषण उदाहरण
१ कालबोधक नौलो, पुरानो नौलाघर, पुरानोबजार
२ सतहबोधक तलि, मुथि, हब्रि, माझ तलिघर, मुथिगाँ, हब्राघर, माझगाँ
३ आकारबोधक ठुलो, सानो, लामो,गहिरो, डाँणा,बाँके ठुलाआवत, सानगाउँ, सानीमेला,
लामाआवत, लामाद्वाला, गैरीखेत, गैराघर, डाँडाघर, डाँणाखेत, बाँकेगैरा
४ रङबोधक सेतो, कालो, रातो, सेतीपानी, कालाखोला, कालीमाटी,
रातीमाटा
५ सङ्ख्याबोधक पाँच, छ, सात, आठ, दश, बार, तेर छबीस, पञ्चकोशी, पाँचाला, पाँचिला,
सातखम्ब, सातला, आठबीस, नौमुले, दशपाते, बारबीस, बारतडी, तेरबीस,
संज्ञाको योगबाट निर्मित स्थाननाम
दैलेखी भाषिक क्षेत्रमा संज्ञाबाट निर्मित स्थाननामहरुका विवरण, संज्ञा र उदाहरणलाई निम्नानुसार देखाउन सकिन्छ :
१. स्थलनामसूचक संज्ञा वा प्रत्ययः खाडा, खाली, थान, बाडा, चउर, पाटा तोली, मेलो, तडा, सैन, काँध/कान, थला, छाल, काँडा, गैरा, चाखा, थाइ, सोतो, गल्फो, खोर, खोण, आवत, पैरा, दाल्का, काल्ला, घर, सेरा, सुवाडा, दुला, गैरा, टाकुरा
उदाहरणः
खाडाः आमखाडा, भुवाखाडा, काब्रीखाडा,
खालीः सिमाखाली, घुम्नेखाली, काउलाखाली, जेम्नाखाली,
थानः तिहाडीस्थान, भैरमथान, रुमालथान, नाभिस्थान, शिरस्थान, दहस्थान,
बाडाः साउनबाडा, विष्टबाडा, बाउनबाडा, बुणाबाडा, दमाईबाडा, साहुबाडा, डाँडाबाडा, मैकालबाडा,
माझबाडा, खड्काबाडा, रानाबाडा, थापाबाडा, पृथुबाडा, तोरेलबाडा,
चउरः हाडेचउर, लैनचौर, गीताचौर, अधिकारीचौर, माइकाचौर, काँडाचौर, बाहाचौर,
पाटा वा पाटीः घट्टेपाटा, पोखरीपाटा, थोप्लीपाटा, ओलीपाटा, बस्नेपाटी, पातलपाटा, स्यालपाटा,
रसियापाटा, लामपाटा, वयलपाटा, तिलेपाटा,
तोलीः सिमलतोली, काफलतोली, मेहेलतोली,
मेलाः सानीमेला, भाटीमेला, पारीमेला, छापमेला,
तडाः पाल्लेतडा, बाङ्गेतडा, साङ्गेतडा,
सैनः गाईसैन, पानसैन, सिंहासैन, बुडासैन, अमरसैन,
काँध वा कानः जम्बुकाँध(कान), कासीकाँध(कान), ठाटीकाँध(कान), राजाकाँध(कान), हुमानेकाँध(कान)
थला ,छाल,काँडाः कोटाथला, बातथला, घाटछाल, बालेकाँडा,
गैरा, चाखा, थाइ, सोतीः तिदुगैरा, फिजुवागैरा, बाँकेगैरा, खालीचाखा, भुवाणेचाखा, खोलाथाइ,
बाउनाथाइ, रिनेसोती,
गल्फा, खोर(ण) लात्तेगल्फा, बाघखोर(ण), भेणाखोर(ण) भैसेखोर(ण),
आवत, पैराः लामाआवत, टाकुरेआवत, बाटाआवत, ढुङ्गेआवत, हाणेआवत, सुर्केपैरा, धुलपैरा,
दाल्का, काल्लाः सिमादाल्का, हडदाल्का, जोगेदाल्का, काधाँदाल्का, नेपाकाल्ला, पातीकाल्ला,
टुनीकाल्ला,
घर, सेराः तल्लाघर, मुल्लाघर, डााडाघर, गैराघर, नौलाघर, इल्च्याघर, काल्लाघर, थाप्लाघर,
हबेल्लाघर, सेरा, गाँसेरा,
सुवाडा, दुलाः तलिसुवाडा, बागदुला, भालदुला, टुनीबगर
गैराः आरुगैरा, कटौचेगैरा, खर्चेगैरा, पिउलेगैरा, सिम्लेगैरा, टुनीगैरा, गिठीगैरा, तिदुगैरा, बाँकेगैरा,
टाकुराः कुनाटाकुरा, चामेटाकुरा, भुवाटाकुरा, सिमलटाकुरा, देउटाकुरा,
२. जलनामसूचक संज्ञा वा प्रत्ययः खोला, घाट, दह, डम्म, खाल, गाड, रह, धारा, मूल, पानी पोखरी,
नाउला, नाउली, छाल, सिम आदि ।
खोलाः चिसाखोला, साइाखोला, कालाखोला, गाबुखोला, तरायाखोला, गिठीखोला, कुवाखोला, छहणेखोला,
मुग्राखोला, धारखोला,
घाट,दह, खालः खारघाट, बोणघाट, छामघाट, बजिदह, माटीखाल, काब्राखाल, जेमुनाखाल,
गाण, रहः रामगाण, सिमगाण, डुमगाण, दोगाण, कालीरह, शङ्खेरह, ताउलेरह, कोसीरह,
धारा, मूलः ठुलधारा, ढुङ्गेधारा, अमेलधारा, डिट्ठाधारा, देवानधारा, पानीमूल, सिद्धमूल, नारिकामूल,
बडीमूल, चाल्नेमूल,
पानीः हितपानी, चिसापानी, मेहलपानी, छिपछिपेपानी, साजपानी, धारापानी, गल्लापानी, मेहेलपानी,
नेत्रपानी, खारेपानी, चिउरापानी, मदिकापानी, अमिलेपानी,
पोखरा, नाउली, छाल,छालः पानीपोखरा, बडापोखरा, पाथरनाउली, घाटछाल, बडासिम, गाणसिम
३. वनस्पतिसूचक संज्ञा वा प्रत्ययः वन, लेक, साल पातल, सल्ला, घारी, चउर, बाणी
रानीवन, ठाडालेक, कालालेक, पतौणीलेक, बडालेक, झुप्रेसाल सातासल्ली, पिपलघारी, सालघाणी, लैनचौर आरुगैरा, चाखाबाणी, काठेबाणी
४. सामाजिक स्थितिसूचक संज्ञा वा प्रत्ययः गाउँ/गाँ बजार, खेत,टोल, पराजुल
गाउँ/गाँ सानगाउँ, खेतगाउँ, चापागाउँ, धामीगाउँ, नाउलेगाउँ, मुथिगाँ, झाडगाँ, टिमुरगाँउ, भण्डारीगाउँ,
खानीगाउँ, धौलागाँ, डाँगरगाउँ, भागेरीगाउँ, बाहुनगाउँ,
खेत, टोल, पराजुलः गैरीखेत, छरखेत, भीरखेत, कुनाखेत, डााडाखेत, घरखेत, लछुवाखेत, पहाडीखेत,
बुढाखेत, सिमखेत, छोरेखेत, राउलाखेत, माझटोल, अवलपराजुल, लेखपराजुल, डाडापराजुल
५. ऐतिहासिक/राजनीतिक स्थितिसूचक संज्ञा वा प्रत्ययः कोट, खेल, खम्ब, गडी
कृष्णकोट, पुसाकोट, बस्तकोट, सेर्माकोट, हाडाकोट, मौरीकोट, रावतकोट, जाहारकोट, पिपलकोट, बासकोट, शिरकोट, काफलकोट, उनीकोट, देउतीकोट, डाणाकोट, टुाडिखेल, सातखम्ब, कीर्तिखम्ब, गडी
६. धार्मिक स्थितिसूचक संज्ञा वा प्रत्ययः थान, देउ, मान्डु, नाथ,
मस्टाथान, भैरमथान, बाउनदेउ, ब्रह्मदेउ, मस्टामान्डु, पगनाथ,
७. अन्य स्थाननामः अम्लिसे, ओखणी, उत्तीसे, इग्रेन, कल्पना(कोलपिना), काब्राभुवा, खउला, खार, गच्यान, गम, गाया, गुनामार्या, चगत्रा, छलपुन्या, झाणीबेन्नेटा, झुज, ठाटा, ठोक्र्या, डाब, डोप्का, डौंसुर, ढाण, ढाणाकुन्टा, तुर्सु, धम्कने, पिरु, पेटारे, प्यादुरा, बदाल, बनाडा, बब्यान, बुदबुदी, बोड, भुर्सु, मसन्ना, राागाबगाल, रुन्नी, रौतानी, लात्तेगल्फा, सल्लेणी, सिम्ली, सियाला, हाउणी ।
जातिबोधक स्थाननाम
दैलेखी भाषिक क्षेत्रका विभिन्न स्थाननामले विभिन्न प्रकारका जातिको नामकरण गरेको पाइन्छ । जस्तैः
स्थाननाम जाति स्थाननाम जाति
नेपा नेपाल रिजु रिजाल
चापागाउा चापागाईं पोखरा पोखरेल
बाँस्कोट बाँस्कोटा लम्सु लम्साल
सातला सत्याल लम्जी लम्जेल
लयाटी लुइँटेल दह दाहाल
गैह्रा, गैरा गैरे भुर्ति भुर्तेल
पराजुल पराजुली कोइरालागाउँ कोइराला
दबाडा दबाडी लामाछान्नी लामिछाने
कट्टी कट्टेल सुइय सुयल
वड वडाल गुरगाउँ गुरागाईं
निष्कर्ष
स्थाननाम मानव सभ्यताका कला, साहित्य, संस्कृति, भाषा भूगोल, ज्ञानविज्ञान, परम्परा र इतिहाससाग सम्बन्धित हुन्छ । इतिहास, भूगोल मानव सभ्यताको खोज अनुसन्धानमा स्थाननामको ठुलो भूमिका रहन्छ । दैलेखी भाषिक क्षेत्रमा रहेका स्थाननाम काल, सतह, आकार, रङ, सङ्ख्या जनाउने नौलो, फाटो, पुरानो, तलि, हब्रि, मुल्लो, ठुलो, सानो, लामो, सुकिलो, कालो, छ, सात, आठ, दश, बार, तेर जस्ता विशेषण र स्थल जल वनस्पति सामाजिक, ऐतिहासिक राजनीतिक स्थिति र धार्मिक स्थिति जनाउने स्थान, सैन, बाडा, पाटा, मेलो, कोट, गाउा, पथ, आवत, खेत, खाल,, तोली, थाइ,लेक, साल, सल्ला, खोला, पोखरी घाट, दह, खाल, गाड, रह, कोट, गडी, जस्ता नामको संयोगबाट निर्माण भएका छन् । यसबाहेक अन्य स्थाननामहरुले पनि दैलेखको भाषा भूगोल कला संस्कृति ज्ञानविज्ञानको मौलिक पहिचान गरेका छन् ।
सन्दर्भ सामग्री सूची
अधिकारी, हेमाङ्गराज र बद्रीविशाल भट्टराई (२०६१), प्रयोगात्मक नेपाली शब्दकोश, काठमाडौं :
विद्यार्थी प्रकाशन प्रा.लि. ।
कौशिक, देवेंद्र कुमार (२०००) कैटलगिंग अफ इंडिक नेम्स इन एएसीआर–२ AACR-2) दिल्ली:
मूल. ISBN 81-7536-187-5.
बन्धु, चूडामणि (२०७०) अनुसन्धान तथा प्रतिवेदन लेखन, काठमाडौं : साझा प्रकाशन ।
बुढा, वीरेन्द्रकुमार, (२०६५) दैलेखी भाषिकाको अध्ययन, अप्रकाशित शोधपत्र , त्रि.वि.।
विभाग, सूचना (२०३४), मेचीदेखि महाकाली Vol.4 काठमाडौं : सूचना विभाग ।
शाही, हर्कबहादुर (२०७०) अछामी भाषाको अध्ययन, काठमाडौं : पीएच.डी. शोधप्रबन्ध, नेपाल
संस्कृत विश्वविद्यालय अनुसन्धान महाशाखा वसन्तपुर ।
श्रेष्ठ, कृष्णप्रकाश (२०६७), स्थाननाम कोश, काठमाडौं : हिमाल किताब प्रा.लि. ।
Allen, J. and massey, D.(eds) (1995), Geographical worlds(oxford: oxford University press).
Azaryahu, M. (1986), " street names and political identity: the case of East Berlin" Journal of contemporary History 21:4, 581-604.
Azaryahu, M. (1986), "the power of commemorative street names" Environment and planning D: Society and space 14,311-30.
Barnes, t. and Duncan, J. (eds) (1992), Writing worlds: Discourse, Text and Metaphor in the Representation of Landscape (London: Routledge).
Basso, K. (1996), Wisdom sits in Places (Albuquerque: University of New Mexico Press).
Cosgrove, D. (1983), "toward a radical Cultural Geography: theoretical problems" Antipode 15: 1, 1-11.
Duncan, J.S. (1980), "the super organic in American Cultural Geography," Annala of the Association of American Geographers 70:2, 181-198.
Gelling, M. (1984), Place-names in the Landscape (London: J.M. Dent and sons). Glennie, p. (2000), "place names," in Johnston, R.J. et al. (eds)
Kharusi, N. S. & Salman, A. (2011) The English Transliteration of Place Names in Oman. Journal of Academic and Applied Studies Vol. 1(3) September 2011, pp. 1-27 Available online at www.academians.
Nash, Joshua. 2013. Insular Toponymies: Place-naming on Norfolk Island, South Pacific and Dudley Peninsula, Kangaroo Island. Amsterdam/Philadelphia: John Benjamins.
Nepal G. (2011), National Population & Housing Census. Kathmandu: Government of Nepal National Planning Commission Secretariat CBS.
Powicke, reviewing Armstrong, Mawer, Stenton and Dickins The Place-Names of
Cumberland (1950-53) in the English Historical Review 69 (April 1954),p 312.
Thurston, Edgar (1906), Ethnographic notes in Southern India, Government Press, Madras, pp. 532-546,
Zelinsky, W. (1997), "along the frontiers of name Geography" Professional Geographer 49, 465-6.
Zelinsky, W. (1982), "By their names you shall know them: toponymic approach to the American land and ethos, " New York Folklore 8, 85-96.
Zelinsky, W. (2002), " slouching toward a theory off names: a tentative taxonomic Fix" Names 50, 243-62.
Zilliacus, K. (1997), " on the Function of proper names," in pitkanen, r.l. and mallat, K.eds.