14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

निदर्यी मान्छे

कथा तीर्थ सिग्देल June 14, 2021, 4:18 pm
तीर्थ सिग्देल
तीर्थ सिग्देल

नयाँ वर्षको शुभकामना रहेछ ।
‘मेरो पनि शुभकामना’
उताबाट लायक आयो ।
‘...ओके ’
त्यसपछि अचानक अनौठो शब्दबाँड प्रहार हुन्छ । शुभकामना त एउटा बहाना मात्र हुन्छ ।
‘हजुर त कस्तो मान्छे बाटामा देख्दा पनि बोल्नु हुन्न त ?’
थाहा थियो । उसलाई बहाना चाहिएको रहेछ । बोल्ने बहाना । केही समय नबोल्दा ठूलो प्रश्न तेर्सियो । मैले भनेको सही साबित भयो । त्यसपछि नबोली नै भएन ।
‘हैन, हैन । तेस्तो केही हैन । बोल्दै छु त । लु भन के हो ? फुर्सद पनि त हुनुपर्यो नी ’
उताबाट भनाई आयो, ‘म हजुरसँग माफी माग्न चाहन्छु । विगतमा म बाट ठूलो गल्ती भो । माफ पाउँ है हजुर’।
आज गजब भयो । कस्तो ठूलो मान्छे भैएछ । माफ दिनु पर्ने भो । सायद कुनै गल्ती गरिछ क्यार उसले । आज माफ मागी । तर, कस्तो गल्ती ? कुन गल्ती ? थाहा छैन ।
सोध्नै पर्यो ।
‘कस्तो गल्ती भयो र माफी मागेकी भन त ? र, मैले माफी दिनु पर्ने भो ?’
उसले जवाफ फर्काइ ।
भनी, ‘भैगो के भन्नु र ? हजुरसँग त, भन्यो भने कुरालाई महासागर बनाउन बेर छैन । बरु केही नभनेकै बेश’ ।
अब त झन् गजब भो । आफैँ कुरा निकाल्ने अनी आफँै रिसाउने । यो केटीहरुको कस्तो बानी हो ? चुप लागेर बसेको मान्छेलाई सताउने ? यो त गुफामा आरामसँग बसेको सिंहलाई ब्युँझाएर छाडेजस्तो भैगो नी ।
उसले कुरा मोडी ।
भनी, ‘अनी बाटोमा देख्दा किन बोल्नु हुन्न त ?’
‘ए... कुरा तेस्तो पो ? अनी स्कुटीमा हुइकिनेसँग कसरी बोल्नु त ?’, जवाफ नदिइ नै भएन ।
उताबाट पनि ढिलो नगरी नै जवाफ आयो, ‘हजुर भन्नु न म स्कुटी रोकिहाल्छु नी’ ।
उसको नियत बल्ल प्रष्ट भयो । ऊ मसँग भेट्ने बहाना खोजिरहेकी छे । त्यही भएर लम्बेतान कुरा निकालेर समय ब्यतित गर्देछे । नानाथरीका बिषय प्रबेश गराएर मलाई इन्गेज गराइरहेकी छे ।

धेरै पछि...
‘होली कस्तो भयो नी ?’
‘के हो ? साह्रै बिजी हो की क्या हो ?’
‘अनलाइनमा भेट नभएर नी । कस्तो साह्रो परेको हो बोल्न पनि’ ।
‘अहिले घर मै छु । तर, भोली एक हप्ताको लागि काठमाण्डौ जाँदैछु । धेरैभो हजुरलाई नदेखेको त्यै भएर’ ।
लगातारको म्यासेज पछि जवाफ दिनैपर्ने भयो, ‘कहिले हो जाने ? म पनि जाउँ कि भनेको’ ।
उताबाट कुरा आउँछ, ‘केमा बसमा कि प्लेनमा ? हजुर त प्लेनमा होला नी ? के बसमा हिँड्नु हुन्थ्यो नी । ठूलो मान्छे’ ।

केही दिन पछि ...
उताबाट फोन आँउछ । फोन उठ्दैन ।
फेसबुकमा म्यासेज देखिन्छ ।
‘के हो ? फोन उठ्दैन त ? हजुर त फोन नै उठाउनु हुन्न । अनी के बोल्नु र ? मेरो म्यासेजले हजुरलाई बोर त भैराखेको छैन नी ? भन्नु नी फेरि ’।
यत्ति सोध्छु, ‘के भन्नु ?’
‘मेरो म्यासेज धेर भो भने दिक्क नमान्नु ल,’ उसले माया भाव दर्शाइ ।
‘दिक्क मानेर के गर्नु र ?’
उताबाट म्यासेज तुरुन्तै आयो, ‘ल ल । यस्ता कुरा नगरौं । म अहिले बाहिर जानु छ । भरे बेलुका भेटुम् ल...’ ।

केही दिन पछि...
‘हजुरसँग त मलाई बोल्न पनि डर पो लाग्न थाल्यो । कता हराउनु भयो आजकल’ ।
‘ए... त्यस्तो पो ? आफु चै अस्ती आउँदा भेट्ने भनेको चै के भयो ? ’
‘इफ यू डन्ट माइन्ड । म भोली भेट्छु नी । हुन्न ?’
‘...ओके’

फेरि केही दिन पछि...
‘किन नबोलेको... ?’
‘गल्ती बोल्छु की भनेर’
‘कस्तो गल्ती... ?’
‘जीवनका बारेमा...’
‘कहाँ होर... आफू आज ?’
‘म काठमाण्डौ पुगें त । हजुर त आउनु भएन’ ।
‘म आउँदै छु । दुई दिनपछि..’
‘भो हजुरको कुरा त मैले विश्वास गर्न छाडेको छु । खै के भनु मलाई हजुर कस्तो लाग्छ भनेनी...खै के भनुम म...’
‘के भन्न मन छ ? त्यही भन्नु नी । मनमा आएको कुरा रोक्नु हुन्न’ ।
जवाफमा केवल एउटा प्रश्न मात्र आउछ, ‘हजुर काठमाण्डौ कहिले आउने ?’
‘किन...त्यत्रो के काम छ र ? मसँग ... ’
‘हजरलाई भेटुम मात्र नी ...कति धेरै कुरा गर्नु छ । खै किन हो किन हजुरसँग ... मलाई यसपाली ’ ।
‘ए । होर... ’
‘किन हो ? ए ..मात्र लेख्या ? ’
‘उसो भा, बी.. ’
‘किन नी ? त्यस्तो... ’
‘हजुरसँग म रिसाको छु’
‘ह्वाई ? से टु मी ’
‘मलाई डाक्टरले धेरै नबोल्नु भनेको छ क्या ?’
‘कुन डाक्टर रहेछ ? त्यस्तो निदर्यी... ’
‘हजुर कै जोडी रैछ नी । दुई ज्यान एक मुटु भएको मान्छे जस्तो । सेम... ’
‘खासमा सुन्नु न । मैले हजुरलाई जति नै आफ्नो सम्झें, त्यो भन्दा सय गुना टाढा रैछु म’ ।
‘ए... भनेपछि ... यो डाइलग चै कुन सिरियल को होनी ?’

अर्को दिन ...
लेख्छु ‘मलाइ नी ..’
‘अँ... ’
‘एउटा प्रोब्लम सल्भ गरिदेउ न’ ।
‘म बाट हजुरको प्रोब्लम सल्भ ?’
‘सुन न । मलाई एउटा मान्छेको बारम्बार म्यासेज आउँछ क्या । हेर न ... दिक्क लागिराछ । दिक्क भन्दा पनि डर डर लागिराखेको छ’ ।
उसले सायद यो कुरा पत्याइन । यसै उडाई ।
भनी, ‘कतै... त्यो हजुरलाई दिक्क लगाउने ...। हजुरलाई मन नपर्ने मान्छे नै त होइन ? ’
उसले फेरि कुरा थपी, ‘राम्रो मान्छेलाई अलिक दुःख दिने मान्छे यहाँ धेरै हुन्छन् । त्यही भएर पो हो कि ? खै फेरि हजुरलाई मन पराएर पो हो कि ? हजुर नै उस्तै मान्छे हो । आफ्नो मनको कुरा मन मै राखेपछि त्यस्तै त हुन्छ नी । भन्दिनु नी मन पर्छ भने... होइन भने किन तड्पाउनु ?’
के चाहियो र उसलाई । त्यसपछि उसले एककोहोरो म्यासेज लेखिरही । पढ्न मात्र समय लागिरहेको छ । म्यासेजको बाढीले बगाउन लागेको छ ।
‘हजुरले जे सोचे पनि म हजुरको हरेक पलमा सफलताको कामना गर्ने मित्र ...। तर, हजुरलाई स्वागत गर्ने मेरो कतै योग्यता पुगेको रहेनछ । मसँगग धेरै रिस उठेको होला नी ? मैले त हजुरलाई कति रिस उठ्छ भनेर जाँच्नलाई मात्र यस्तो कुरा गरेकी हूँ । प्लीज... मसँग अन्यथा नलिनु है...,’ उसले लेखी ।

धेरै पछि ...
सायद ऊ रिसाई क्यार ।
लेख्न कर लाग्छ, ‘बेकारमा कसैको चित्त दुखाईएछ ... ’
प्रत्युत्तरमा तुरुन्तै जवाफ आयो, ‘यदि मसँग यतिबेला बोल्ने शब्द भैदिएको भए... ’
जवाफ नफर्काइ धरै भएन, ‘यदि मसँग पनि तिमीलाई सम्झाउने शब्द भैदिएको भए... ’
उताबाट शब्दबाँड प्रहार
‘मैले मुटु भित्र सजाएको मान्छे...। यति कठोर होला भन्ने कल्पना नगर्नु...मेरो ठूलो भूल रहेछ...। कस्तो हो यो दुनियाँ ? जसलाई आफ्नो ठान्यो । उसले नै पराया ठानेपछि...। यदी मैले भूल गरेको भए शुभचिन्तकहरुले सम्झाइ दिइको भए पनि त हुन्थ्यो नी । सजाएर दुई शब्द बोल्न पनि डर लाग्छ आजभोली । किन किन ? कतै मेरो शब्दले कसैको मुटुमा प्रहार नगरोस् भनेर ...। सजग हुन्छु म ’
अब त अति नै भयो । केही शब्द लेख्ने आँट बटुल्नु नै पर्ने भो ।
लेखें, ‘के म त्यस्तो डरलाग्दो बाघ भालु हू र ? डराउनु पर्ने...’

जवाफ झन् गतिलो पो आयो ।
‘कठोर मुटु हुनेले तितो शब्द उपहार दिँदा शरीरमा बाघ भालुले चिथोरेको भन्दा पनि बढी पीडा हुँदो रैछ । सायद म अर्काको मनको कुरा बुझ्न सक्ने अन्तर्यामी भैदिएको भए...त्यस्तो हुने थिएन कि ? बुझेर पनि नबुझ्नेसँग, म के भनौ खै ? म मा कुनै स्वार्थ छैन । नेगेटिभ नठान्नु होला । प्लीज...जति हजुरले टाढा सोचे पछि मेरो मन कहिल्यै टाढिने छैन । बोल्न डर लाग्छ तर याद नआएको कुनै पल छैन’ ।
उसलाई लेख्न प्रेरित गरे जस्तो भयो । तै पनि के गर्ने केही त लेख्नै पर्यो ।
‘सोचाई राम्रो छ... ’
उसले शब्दको खोलै फर्काई ।
‘हजुरले जस्तो ठाने पनि मेरो नियतमा खोट छैन । के गर्नु...? हजुरले नजिक नै ठान्नु भएन । मैले मात्र नजिक ठानेर के हुँदो रहेछ र ? आखिर मैले त्यस्तो के गल्ती गरेको थिएँ र ? यो मनले कसैलाई मन पराउनु अपराध त थिएन नी । होइन र ?’
‘ए...तेस्तो है ’
उसले फेरि पनि कुरा भुइँमा खस्न दिइन ।
तुरुन्तै लेखिहाली, ‘निर्दयी नबोल्नु भए हुन्छ । जतिनै म भन्दा टाढा भएपनि म हजुरको हरपल भलो चाहन्छु... । सदैब मनमा रहिरहन्छु...बाई ।’

बिर्तामोड, झापा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।