17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

बाहुनी बज्यैको हातै लच्छिनको

निबन्ध रमेश भट्टराई ‘सहृदयी’ June 15, 2021, 5:29 am
रमेश भट्टराई ‘सहृदयी’
रमेश भट्टराई ‘सहृदयी’

घर मूलबाटैको छेउमा । उकालोबाटो सकिएपछिको एउटा बिसौनी बन्ने लक्षित घर । घाम डुबेपछि दुई चारजना भरियाले बास माग्न आउँदा हजुरआमाले सहजै बास बस्न दिनुहुन्थ्यो । मजाले घरमा पाकेको जेजस्तो भोजन छ त्यो खान पनि पाउँथे । भेडाको उनको राडी र ओछ्याउने पाएपछि दिनभरि थाकेका भरियाहरू बिहान उज्यालो हुन्जेलसम्म सुत्थे । अलिकति पनि पीडा र अशान्तिको रङ देखिन्नथ्यो । बिहान यसो पैसा टक््रयाउन खोज्दा हजुरबाले ‘भैगो पर्दैन’ भन्नुहुन्थ्यो । उनीहरू हृदयदेखि नै आभारी हुन्थे । म त्यो दि सम्झन्छु– कुनै समयमा फेरि त्यसै गरी आउनुपरेमा सम्झेर केही चिज ल्याइदिन्थे । आपूmसँग तुरुन्तै दिन मिल्ने केही जिन्सी वस्तु भए उपहार दिन्थे । आभारी हुन्थे । हात जोड्दै आशीर्वाद दिन्थे । मीठो बोल्थे । त्यही हाम्रो त्यो संस्कृतिको उल्टो बटुवाको पैसा धुत्ने कुविचारले समाज कति रोगी भइसकेछ । खै, बदलिएको समय हो या मान्छे ? बारीको काँव्रmो चिरा पारेर नुन खुर्सानीसँग बालबच्चाले रमाइरमाइ खान्थे । आजभोलि त कति पैसाको भयो भन्ने सोच मात्र सिकाउँदा लोभीपनाको मलजल भएछ क्यार । कसैको विवाह वर्तुनमा गाउँले मिलेर दाउरा काट्थे, कटेरो बनाउँथे, चित्रा, ओढाउने पलास्टिक, भाँडाकुँडाको जोहो गर्ने चलन आज एकाएक पैसाले नै तानेर लगेछ क्यार ।
गाउँमा कोही बिरामी परेमा औषधीमुलोदेखि झारफुक अथवा अस्पतालसम्म स्टेचर वा बाँसको स्टेचर बनाएर भए पनि बोकेर लैजानेको लर्को हुन्थ्यो । हजुरआमाहरू बाती (बत्ती) कात्नुहुन्थ्यो । हजुरबा रामायण, महाभारत वाच्नुहुन्थ्यो । गाउँका सबैजसो अग्रजलाई भनेर भेट्न आउँथे । सहयोगको भावनामा जात, धर्म, सम्प्रदायको कुनै प्रवाह थिएन । बुद्ध धर्मावलम्बी– ‘अहिंसा परमो धर्म’ को भावना । लामाले त्रिपिटकका विचार पोख्थे । हिन्दूमा ‘परोपकार पुण्याय पापाय परपीडनम्’ भन्ने भाव मिसिन्थ्यो । बसुधैव कुटुम्बकम् । नीति र कानुनभन्दा पनि प्रेम र भावनामा । किराँतीसँग स्वच्छताको पवित्र स्वभाव हिमालभैmँ उँचो थियो । मुन्धुमका सुम्निमा र पारुहाङमा हिन्दूका शिव पार्वती एकैको एकता । संस्कृति र स्वाभिमान सबैको समान । कानुनमा लेखेकै होइन । स्वार्थ र सम्पत्तिको रत्तिभर पनि गन्ध आउँदैनथ्यो । चाहे अभाव नै होस् तर सबै खुशी र सुखी नै देखिन्थे । ओल्लो डाँडादेखि चार कोस टाढा परको छिमेकीमा समेत खरखेतको सम्बन्ध हुन्थ्यो । चिनाजानी हुन्थ्यो । कसैले कसैलाई फरकपनको भाव देखिन्नथ्यो– मात्र सद्भावको मैत्रीपूर्ण व्यवहार हुन्थ्यो । आज बिस्तारै त्यो सुन्दर नेपाली समाजको सुखसत्तामा आगो जलिरहेको देख्छु ।
हिजो छिमेकीको करेसाको सब्जी खान मन लागेपछि विनाअनुमति नै बारीमा पसेर टिप्दै गर्दा सब्जी धनीले देखिहालेमा भन्थे– ‘जाबो यत्ति लगेर कति खान्छौ ? कमसेकम जहानलाई पुग्नेसम्म त लैजाऊ न ।’ गाली होइन उल्टै प्रेमले थपिदिनेले मान्छे आज अनुमति मागेर अलिकति यसो मागिहालेमा प्रतिक्रिया दिन्छन्– ‘कति रुपैयाँको दिऊँ ?’ बारीको डिलको अम्बा टिपेर खानलाई कसैले अनुमति माग्दैनथे बरु उल्टै गपैmगफमा– ‘अम्बा त मीठो रहेछ...’ मात्र निःस्वार्थ प्रेम । गाउँमा दाइँ हालेपछि गाउँभरिका केटाकेटी र बूढाबूढी भेला हुन्थे । बारीबाट साँचेर राखेको सगरखण्ड र पिँडालु उसिनेर बाक्लो दूधको चियाको चुस्की साथमा पाउँथे । गफको रमाइलोसँग सबैजसो पराल छिरोल्दै दयेँरेहरू गीतमा आफ्नै भाका हाल्थे । गाउँमा कसको छोरो, कसकी छोरीको पढाइ कति हो, विवाहका लागि जोडी मिलाउने सम्मका गफ हुन्थे । हाम्रो प्राचीन संस्कारका हरेक चाडबाडमा आफ्नै सक्रियता रहन्थ्यो । आहा ! स्वस्थानी पूजा, तुलसी पूजा (मोठमा आहुती) हुँदा घरघरमा प्रसाद पु¥याउने चलनसितको सम्बन्ध । सेल, खीर या यसो घरमा मीठो मसिनो पाकेका दिन देवी देउराली सम्झेर कुलायनसहितलाई अर्पेपछि मात्र खाने सुचलनमा आफ्नै विज्ञानको घुलन ।
हरेक मान्छेलाई पाप र धर्मको भय होस् नहोस् कमसेकम नैतिक आचरणको सामाजिक मर्यादाले बाँध्थ्यो । सानालाई माया र ठूलालाई आदर गर्ने पद्धतिका कारण प्रायः कोही भोकै मर्दैनथे । समाजका धनीमानीले नहुनेलाई यसो लत्ताकपडा, खाद्यान्न वा तरकारी दिइरहन्थे । उन्नतिमा रिसभन्दा सहयोगको अपेक्षाभित्र सम्पत्तिको तुलना हुँदैनथ्यो खै । आफ्नो घरमा मीठो मसिनो पाक्दा अलिकति राखिदिन्थे, पु¥याइदिन्थे । गाउँको कसलाई कुन परिकारसँग दिलचस्पी छ भन्नेसम्मको ज्ञान प्रायः गाउँका दानप्रेमी गृहिणी हजुरआमा खाललाई थाहा हुन्थ्यो । गरिबलाई दान गर्ने, चाडबाडमा सरसहयोग गर्ने, ऐँचोपैँचो गर्ने चलन थियो । कसैकोमा मरुमराउ भइहालेमा सहयोग भन्दै चामल, पैसाको सहयोग गर्ने चलनको मानवतासँग वैज्ञानिक समाज मनोविज्ञान रम्छ । अप्ठ्यारोमा सबैको एकताले साथ पाउने आफ्नै पद्धतिले विभेदको तगारो भाँच्थ्यो । तब त्यहाँ को लिम्बू, को कामी, को बाहुन, को क्षेत्री सबैले ठूला र मान्यजनको आदरको भाव भुल्दैनथे । गाउँलेले भन्छन्– बाहुनी बज्यैको हातै लच्छिनको ! सार्की, कामी, दमाइँ अब कसले कसलाई किन हेप्छ ! सबैको कदर मानवताको मन्दिरभित्रै हुन्छ । हेपिएकाले हेपिएको हदमा दुःखी हुनुपर्ने भावलाई समाजले समयको अचानोमा चिर्दै छ । चिरिरहनेछ । एकदिन चिरिसक्नेछ । बूढापाकाले आफ्नै दायरामा सोचेका होलान् तर युवाले विभेदको पगरी फालिसक्यो । पुस्तागत धारमा । सामाजिक मर्यादामा मानवताको दियो नबलेको होइन । सीप र जाँगरलाई कसले कदर गर्दैन ? सद्भावभित्र सांस्कृतिक धरोहर सबल बन्दा अन्धपरम्पराको पर्खाल अवश्य ढल्छ । परदेश र घरदेशका दुःखमा चेतनाले अलिकति घुम्टो खोलेर यसो पाइलो सार्दै गर्दा नेपालीपनामा आज विदेशी अन्धानुकरणको कालो रङ ढिल्मिलाएकै देख्दा म दुख्छु । आखिर विदेशीसँग सङ्गै बसेर खाने अनि आफ्नै बन्धुसँग पानी बार्दैनन् अब । गोरा छाला भएका सात समुन्द्रपारीकासँग त कुनै जात मिल्दैन । तर, सङ्कीर्णताको तिलाञ्जली दिँदै छ– मान्छे । परिवर्तनको शङ्खघोष पनि विश्वव्यापीकृत कोणबाट हुँदै छ । अन्धकार हटाउन धेरै के गर्नुपर्छ र मात्र बत्ती जलाउने हो– त्यो जल्दै छ । तर– डाह, ईष्र्या, तुलनात्मक लोभीपापी शैली मोटाउँदै छ । पैसाको मुठोमा छुवाछुत नहुने तर गरिबीभित्रै छोइछिटो गर्छ आजभोलि मान्छे ! सबै सम्बन्धभित्र पैसा, पद र प्रतिष्ठाको अहम् गन्हाइरहन्छ । त्यो विभेदमा मानवताहीन केवल स्वार्थ मात्रै कायम रहन्छ ।
अनुहार हेरेर विभेद गर्ने चर्को पैसामुखी चरित्रभित्र खाग बन्छ– समाज र संस्कृति । स्वार्थको राजनीति खाँदै राजनीति ओढेर राजनीतिकै ओच्छ्यानमा मानव धर्म यथार्थमा दुब्लाउने रहेछ क्यार तब जङ्गलराज फस्टाउने रहेछ ! चाडबाडमा सुन्दर बाटोघाटोमा निर्माणमा जुटेका गाउँलेको एकता र समन्वयको फराकिलो मैदानका किन फोहोरको डङ्गुर फालिन्छ । विडम्बना– धानका बाला झुल्ने खेतमा काँस फुल्दा तन्नेरीसँग देश रुन्छ । देशसँग तन्नेरी । परदेशमा सात समुद्रपारी जानु परोस् अर्थात् कसैको विवाह भएमा गाउँभरिका सबैले बारीका डिलमा बच्चा च्यापेर भए पनि रमिता हेर्थे । पराल ओछ्याएर नाच्नेको तालमा दर्जीको कलालाई कसले सम्मान गर्दैन र ! तिनमा त प्राविधिक शिक्षाको स्वावलम्बन पो रहेछ त । त्यो लोकभाकाको लय र तालमा कम्मर मर्काउनेलाई हजुरआमाले हर्पेको घिउ हालेर “ला माइला खा” भनेर दिँदा “बाहुनी बज्यैको हातै लच्छिनको” आदरभाव पोखिन्छ । विभेद मात्रै हुँदा या दबाइँदा मान्छे कड्किन्छ, पड्किन्छ तर समाजले विभेदको जालो फाल्यो ! एकताको सुन्दर गाँठो पनि कसेछ भने विभेद छोडौँ । एकता नतोडौँ । जसले बाहुनका छोरोको बिहेको साइतमा नर्सिङ्गा फुक्दिनुपथ्र्यो आज मान्छे अलिकति विश्वव्यापीकृत बन्दा त्यो बन्धुत्व भाव बिलाउँदै छ । जातिय विभेदमा खज्मजिएका तŒवमा रहस्यको गम्भीरता जन्मिए । आखिर भरैभरैमा बसेका हाम्रा नेपाली दाजुभाइको पानी नचल्ने कुप्रथाको दागमा विभेदको कालो धब्बाले प्रहार गरे पनि समयले, प्रेमले, चेतनाले धुन्छ र धुनुपर्छ । कालो र गोरोको विभेद । हिन्दू र मुस्लिमको फरक । मात्र मानव र मानवताको अभाव रहेछ । तर, परिवर्तनमा अब शीतयुद्ध पनि किन यथार्थतासँग चेतना बलवान् हुनुपर्छ । आज कट्टरवाद पनि ‘कर्मणो जायते द्विज’ भन्ने मर्ममा बदलिँदै छ ।
जादुको छडीभैmँ माक्र्सको क्रान्तिवादले मात्रै नेपाली समाजमा साम्यवाद आउँदैन तब बुद्धको शान्तिघोष र जनकको ज्ञानभित्र अर्को वाद भित्रिन सक्छ । विदुरको चातुर्यतामा सद्भाव र सम्मान मात्रै जाग्छ । न त माक्र्र्सवादी सोचले अकर्मण्यतामा घोचेर साम्यवाद भिœयाउँछ तर समय बलवान् छ, सबै परिवर्तन माक्र्सवादी सिद्धान्तभन्दा बलिया पनि बन्न सक्छन् । शान्तिदूत प्रेम रावतको वाणीले डो¥याउँछ ः युद्धले पुनर्युद्ध जन्माउँछ शान्तिले सद्भाव बढाउँछ । युद्धले हिजोको पे्रमको दूरीलाई मार्छ भने त्यो परिवर्तनमा खोट बाँचिरहन्छ । क्रान्तिले शान्तिलाई मार्छ, वैरभाव जन्माइरहन्छ तर शान्तिले क्रान्तिका अन्धभक्तको दिमागमा आफ्नो फिलुङ्गो छोड्छ तब आभार र निष्पक्षता बढिरहन्छ । साम्यवादभन्दा रामराज्य किन बलियो हुँदैन र ! बदलाले विकल्प रोज्छ । स्वधर्म र स्वसंस्कृति बिर्सनेले हाम्रा राम्रा कला, लोकभाका, लोकसंस्कृति र सभ्यतालाई मार्छन् । आधुनिक बन्ने कि पश्मिीकृत– मेरा अघि प्रश्नका अप्ठ्यारा धर्साहरू तेर्सिन्छन् । कुपरम्परा ढलेको स्वच्छ र स्वस्थ समाजबाट संसारले सिक्छ – नेपाली सामाजिक ज्ञानको क्षितिजलाई ।
थैलीको मुख टम्म पार्न चाहँदा जीवनको गन्तव्यमा उडेको पन्छीलाई अवरोध तुल्याउने पनि साधक बन्दैन । तर, उनान्सयको घनचक्करमा भाइचारा र बन्धुत्वभावमा डढेलो लागे सभ्यता केवल इतिहास बन्छ । परिश्रम गर्न त स्वदेशमै जान्नुपर्छ विदेश त घुम्न, हेर्न, केही नयाँ भए सिक्न पो जाने हो । सम्झन्छु– जिउँदाको जन्ती र मर्दाको मलामी बन्ने नेपालीत्व भित्र मलामी जाँदा सबैका आँसु उसै गरी खस्थे । जति पानी बाराबार गरेर झगडा गरे पनि देशको देउता र गाउँको भूत मिल्दैन भन्थे । भेला, पर्व, दशैँ या चाडबाडमा मिलिहाल्थे । अलिकति शिक्षाको उज्यालो बढ्दै जाँदा दलित र पिछडा भनिएका वर्गले पनि सबै सरह प्रगतिमा नलम्केको पनि छैन । दिनभरि कमाएर रातमा पिएर सिध्याउने कुचलनको प्रथामा सुधार पनि हुँदै आएको लाग्छ । श्रीमान् श्रीमतीको झगडालाई गाउँलेले नै मिलाएपछि भोलिपल्टदेखि दम्पती सङ्गै खेतबारीमा काम गर्थे । पारपाचुके किन हुन्थ्यो र ! कच्चरी, मुद्दामामिलाको न्यायालय समाज । अमानवीय कर्ममा दण्ड र राम्ररी न्यायपूर्ण टुङ्गो लाग्थ्यो । बाहुनका छोराको गल्ती र सार्कीको छोराको गल्तीमा बरु बाहुनलाई बढी सजाय थियो । आचरणमा नबस्नेलाई समाजले काढ्थ्यो तब त डराउनु पर्ने त उपल्लो भनिएको बाहुन जातिले नै थियो । हो, तिनै हिजोका बाहुनहरू जनै फालेर रक्सीसँग भैँसी, सुँगुर, कुखुराको मासुतिर लिप्त भएका छन् । हिजो त ठूला भनिएकालाई पो बढी सजाय हुने रहेछ । चौधवर्षको पीडा र विछोडमा सिँगौरी खेलेर पनि सीतालाई त्याग्न विवश रामलाई पारिवारिक ममता थिएन र ! एउटा जनताको वचनलाई किन सुन्नुपथ्र्यो ? व्यक्तिगत इच्छा हो तर सुलत छोडेर कुलतमा लाग्दा मान्छेले मर्यादा गुमाउँदै छ । हिजोका बाहुन आज डाउन, हिजोका ऋषिमुनि आजभोलि सिसिमुनि । त्यसैले, तिनै बाहुन आज ‘मतवाली÷मत्वाली’ भएका छन् । जसले मात्ने चीज खान्छ वास्तवमा उही ‘मत्वाली’ हुन्छ ।
अपरिचित व्यक्तित्व अतिथि भएर घरमा आउँदा खरानीले मस्काएर चिल्लो र टिलिक्क टल्काएको आङ्खोरामा पानी दिँदा या त करुवाबाट कलकल पानीको स्वाद आहा ! प्रेमले धन्यवादको प्रतिक्रियाभित्र आदरभावमा मावनताको एउटा किरणले सुगन्ध छथ्र्यो । घरमा एक्ली अपरिचित नारी भए पनि मानवीय नातो र उमेर हेरी आमा, दिदी, बहिनी, छोरीको सम्मान हुँदा कहाँ दाग लाग्थ्यो । त्यहाँ मर्यादा, आचरण र अनुशासनलाई अक्षररहितको लक्ष्मण रेखा मान्थे । यदि कसैको छोरो या छोरी मन परेमा लमी बनाई माग्ने र केटाकेटीको मन बुझेमा मात्र विवाह गर्ने चलन थियो । विवाह धुमधाम नै भन्ने पनि थिएन तर विधिविधान छोडिन्नथ्यो । आज वर्षौँसम्म जन्माई, हुकाई गरेका छोराछोरी आपूm खुशी सुटुक्क जान्छन्, सुटुक्कै ल्याउँछन् । आमाबाबाको मर्यादा र योगदानको कुनै कदरै हुँदैन । यदि विवाह गर्नुप¥यो भने गरगहना र महङ्गो खर्चको ढोल पिटिरहन्छन् । हिन्दू धर्मको महङ्गो परम्पराले संस्कृतिसम्मत कर्मलाई सम्पन्न गर्दा मानिस कङ्गाल हुन थालेका छन् । लोकाचारले परम्परालाई ढाड भाँच्ने खुँडा बनायो । खर्चिलो कुसंस्कारले अनैतिकतालाई पो डाक्दै छ । अनि मनोवैज्ञानिक पीडामा असामान्य घटनाले रुवाउँछ । असीमित खर्चिलो परम्परालाई बेलैमा नसुधार्ने हो भने संस्कृतिको कारणले जन्मने हिंसा, दाइजो प्रथासँगै धर्म परिवर्तनको होड चलिरहने भय छ । हाम्रो संस्कृति राम्रो हो भन्ने जान्दाजान्दै थेग्नै नसक्ने पीडाको मारमा यसैकारण सर्वसाधारणहरू मानसिक रोगी बन्दै छन् । सम्पत्तिको तुजुकमा दाम्पत्य सुखलाई तोल्ने कुपरम्परामा सुन्दर संस्कृति नै कुरूप बन्छ । दाइजो प्रथाले नारी हिंसालाई मलजल गराउँछ । ‘ससुरालीको सम्पत्तिमा ¥याल काढ्नुहुन्न नामर्द’ भन्ने मर्दाङ्गीलाई बोध गर्ने हो भने पनि दाइजो प्रथा लोकाचार विपरीत हो । आफ्नो खुट्टामा उभिने व्यवहार तब विकसित हुन्थ्यो तर आजको युगमा वास्तविकतासँग बाँच्न नजान्दा हाम्रो समाज अन्धविश्वास र अन्धपरम्पराले लोभीपापी बनेको हो । छाउप्रथा, झुमा, देउकी प्रथाको कुसंस्कारलाई तोड्न र असल आचरणको अकर्मण्यतासँग लड्ने सामाजिक र राजनीतिक नीति किन कसिलो बनेन ?
ज्ञान र विज्ञान त जाने हुनन् तथापि मर्यादा र अग्रजको सम्मान गर्नै नजान्ने छाडा प्रवृत्तिमा युवा पुस्ताले आफ्ना राम्रा, सुन्दर र सद्भावका ज्ञान निधिलाई भुल्नु हुन्छ र ! परदेशी देखावटी बडप्पनको आकर्षण लिसो बन्यो । भाषा, भेषभूषा, पहिरनभित्र विचलन मौलायो । के अबका दश वर्षपछि बाहुनी बज्यैको ममतामा माइला दाइले सद्भाव अर्पण गरेको कुरा अतुलनीय बन्दैन र ! नवपुस्ताले जीवनोपयोगी मौलिक प्राचीन निधिलाई ग्रहण गर्दैन । हिजो घरभरिका मान्छेले समाजमा अनैतिक कर्म गर्नेलाई गाली गर्थे । समाजमा नाक काट्ने काम नगरेस्– नैतिक शिक्षा सिकाइन्थ्यो । हजुरबाले वाचेका रामायणलाई नातिनातिनाले नक्कल गर्थे । जीवन र आदर्शता सिक्थे । पारिवारिक विखण्डनका विषय स–साना मुद्दाबाट भए पनि पछि गएर मिल्थे नै । प्रेम टुसाउँथ्यो । गरिबी र अभावको कारण अनैतिकता हुन्थे तर आज जस्तो निर्ममता हुन्नथे खै । पतिव्रता र पत्नीव्रताको मान्यतामा समाज र पारिवारिक मर्यादा उच्च स्तरको हुन्थ्यो । समृद्ध नभएर पनि सुखी जीवनको बेग्लै सुगठन । विपन्न भएर पनि आनन्दमा रम्ने बेग्लै संस्कृति । आज त साना बच्चालाई छोडेर आमा अर्कासँग पोइल जान्छिन् । आज आमाले बच्चालाई कसरी झाडीमा फाल्न सक्छिन् । परदेशमा श्रीमान् पसिना पोख्दै गर्दा श्रीमतीले परपुरुषसँग सम्बन्ध मात्र गाँस्दिनन् स्वदेशमा फर्किँदा भएको सम्पत्तिसहित पोइल जान्छिन् । उल्टै आपूmमाथि अन्याय भएको उजुरी दिएर कानुनका आँखामा पानीमुनिको ओभानो बन्छिन्– मूलतः शहरतिर भनौँ । सबै दोषी अवश्य हुँदैनन् तर आज समाजले सामाजिक दायित्व भुल्दा बच्चाले आमाबाबा जीवितै हुँदा टुहुरो बन्नुपरिरहेका दुःख उब्जिएका छन् । बाबाले अर्की आमासँग सम्बन्ध गाँस्ने, आमा अर्कै पुरुषसँग जाने अनि बिचरो त्यो बालकले कसलाई आमाबाबा भनेर बोलाउने ? महिला हिंसा र पारिवारिक विखण्डन एकातिर, अर्कोतिर त्यो बच्चाले कसको शरण लिने ? चाडबाडमा अरूसरह राम्रो लाउने, मीठो खानलाई भनेर कोसँग बालहठ पोख्ने ? आखिर बाल अधिकार हनन भएका यी दुर्दशाभित्र त्यो बालक हिंसा र कुलतको सिकार बन्ने स्थितिलाई हामीले दिनदिनै जन्माइरहेका छौँ । हो, बरु हिजोकै बाहुनी बज्यैको लच्छिनको हातमा खुशी हुने दर्जी माइला दाइले आफ्नै ट्याक्टरले आफ्नै खेत जोत्दा माइली काकीले मकै रोपेको हेर्दा मलाई मजा लाग्छ– हटेको विभेद र बढेको सद्भावसँग ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।