मोहको जालमा चुपचाप फसिदिने यो शिर कस्तो !
रातभरिभरि सुत्नै नदिने मायाको यो पीर कस्तो !
यादहरूको जुलुसले बेस्सरी आवाज उठाउन खोज्छ ।
ढुङ्गा हैन पीडा झरिरहने मायाको यो भीर कस्तो !
बग्यो आँखाबाट भरोसाको नदी घात रोपिएर गहिरो ।
मनभित्रबाट पनि चुहिरहने मायाको यो नीर कस्तो !
चुर्लुम्म पिरतीमा डुबेको हृदयलाई डर हुँदैन रे भन्छ ।
माझमा छुटिएपछि नभेटिने मायाको यो तीर कस्तो !
धोका हुन्छ भनेर कसले सोचेको हुन्छ र विश्वासमा ?
छिनछिनमा मन पोलिरहने मायाको यो झीर कस्तो !
डाउहिल, खरसाङ।