जब तिम्रो मुहारमा जून उदाउँछ
मेरो ओठमा आँसु पनि मुस्कुराउँछ!
तिमीबाट छुटे पनि तिम्रो हाँसो हेर्न
ढुकिबस्थें जता तिम्रो पाईला धाउँछ।
छरिएको तारा जस्तो, हुँ काँच सम्हाल
मायाले जोडिहेर, तिम्रै आकार आउँछ।
पगालेर आफूलाई भरी कलममा
लेखेका शब्दले पो तिम्रो गीत गाउँछ।
तिमीलाई दिन, मलाई रात बन्नु परे पनि
बिधाताले बिहानी र सन्ध्या जुराउँछ।