थाकिन्न रैछ कहिल्यै उकोलो चढ्दा पनि
पीरतिमा त अहो ! चिप्लेर लडदा पनि
पुतली हुँ कि आफू बती पो हो कि माँया
जाउँ त्यही झैँ लाग्छ पखेटा डढ्दा पनि
धोखा भयो त के भो, मजा छ
सम्झनैमा अतीतका पुराना प्रेमपत्र पढ्दा पनि
राधा र कृष्णकोझैँ संयोग–वियोग हो माया
चुलिन्छ यो त झन्झन् दुरी नै बढे पनि ।