17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

गजल

गजल युवराज भण्डारी June 29, 2021, 2:25 am
युवराज भण्डारी
युवराज भण्डारी

जे गरे नि हुने यहाँ छुट धेरै भयो
कानुनकै अघिल्तिर लुट धेरै भयो।

पहिले एक थिए आज अनेक छन्
कहाँबाट आयो खै मुकुट धेरै भयो।

पहिचान हराउँछ कि भन्ने भो डर
हाम्रै बिचमा गुट उपगुट धेरै भयो।

अचेल साँचो बोलेपनि भर लाग्दैन
आश्वासनको नाममा झुट धेरै भयो।

गरिबसँग जिउ ढाक्ने लुगा नि छैन
महलमा पल्टिनेसँग सुट धेरै भयो।

डुम्रिबेसी, तनहुँ
हाल: मन्ट्रियल, क्यानडा

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।