14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

कहरको प्रहर

कविता इन्द्र्कुमार श्रेष्ठ सरित् July 4, 2021, 4:53 pm

हरप्रहर कहरले भरिएको छ
अभाव चुलिएको छ
आशा बिथोलिएको छ
एक अँगालो झुल्के घाम हेनेॅ सपना
कहरको अघिल्तिर लम्पसार छ

न पीडा बुझ्छ यसले
न आँखाको आँसु नै पुछिदिन्छ
गरुँ लाख बिन्ति यो चट्टान भैदिन्छ
सँगै बस्न नि नसकिने
जाउँ भने भागेर कतै जान पनि नसकिने
थाहै नपाई चिथोछॅ यसले
तर पीडामा रुने छुट पनि दिंदैन यसले

म पीडित, तिमी पीडित, पीडित हामी सबै
सबैको पीडा मिसाएर पीडाकै समुद्र बनाउँदा पनि
यसलाई बगाई पठाउन नसकिने
कत्तिको जव्वर यो
कत्तिको अजीर यो
यसलाई मनाउँनै नसकिने
हायलकायल म, तिमी, हामी सबै ।

समय कहर बनेर टक्क उभिएको छ
तर भोक उभिएको छैन
आवश्यकता शून्य भएको छैन
चलायमान भोकले भोजन खोज्छ
भोकको अघिल्तिर
केको नैतिकता ? केको स्वाभिमान ?
भोको पेटले किन सक्थ्यो र भजन गाउँन
भोक सगरमाथा बनेर चुलिन्छ
भोकको अघिल्तिर इमान पनि
थाहै नपाई बरफ बनेर पग्लिन्छ

आफ्नोमात्र भोक भए त
स्वाभिमान र नैतिकताको पहाडले थिच्नुहुन्थ्यो
दूधे नानीको भोक असह्य भएपछि
सीमाहरु भत्किँदा केको आश्चयॅ ?
यो कहरको बेइमानीले
इमानको बाटो समात्ने पनि ठाउँ रहेन।
छटपटीले मन बेचैन, तन बेचैन
दुःख साट्नलाई पनि अकोॅ सूखी कोही देखिएन


कोरोना कहर बनेर दाह्रा किट्दै
चारैतिर उभिएको बेलामा
बाढी र पहिरो प्राकृतिक विपत्ति भनेर
मेरै निधारमा बज्रिन्छ
ओतिन ओत छैन
अघाउँन खोलेफाँडो छैन
छैन कुनै आधार टेक्ने अनि समाउने
जिन्दगीको मैदानमा म थाकेको शैनिक
तैपनि जिन्दगीलाई बिना गोलीगट्ठाकै
युद्धको मैदानमा धकेलेर
आफू नि:स्पृह बस्न पनि सकिएन ।
नत: टेक्ने ठाउँ, नत: समाउने ठाउँ
तैपनि जिन्दगीको मोह छ चकोॅ
अँगालोबाट जिन्दगी उम्किएलाकी भन्ने पीर
पीर, अभाव र निराशाका बिचमा पनि
झुल्के घाम भेट्ने चाहना
नुहाएर घामले घामलाई नै हेरिरहने सपना
मनको रंगशालामा भकुण्डो खेलिरहन्छ
अनि मलाई सुटुक्क भन्छ- ए मान्छे !
उठ्, जुरुक्क उठ् तँ र मसँगै जँघार तनेॅछौं
र,
गन्तव्यसम्मको यात्रासँगै गनेॅछौं
चुचुरोमा पुगेर भुकभुके उज्यालोको कुण्डमा
आजीवन सँगसँगै नुहाउँनेछौं ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।