17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

यात्रा अनुस्मृतिमा यात्रा गर्दा

कृति/समीक्षा सदानन्द अभागी August 2, 2021, 1:31 am
सदानन्द अभागी
सदानन्द अभागी

अज्ञातका कविता (कवितासङ्ग्रह) २०४७ प्रकाशनमा ल्याई कविको रूपमा आपूmलाई स्थापित गराउनु भएका प्रा. कपिलमणि शर्मा रेग्मी (कपिल अज्ञात) ले हालसम्म नेपाली साहित्यको फाँटमा १९ कृतिहरू प्रदान गर्दै, एक विशिष्ट कवित्व प्रतिभा, वरिष्ठ समालोचक, मुक्तककार, गजलकार, निबन्धकार, नियात्राकारको रूपमा आपूmलाई परिचय गराउन सफल देखिनु भएको छ । उहाँको लेखनयात्रा साहित्यमा मात्र सिमित छैन । उहाँ एक प्रखर ज्योतिष शास्त्रका ज्ञाता पनि हुनुहुन्छ । उहाँले ज्योतिषशास्त्रमा “ज्योतिष र साहित्य जस्ता मूल्यवान कृतिको सिर्जना गरी ज्योतिष र साहित्यलाई जोडेर समाजको अगाडी उभिनु भएको छ । यस्ता ज्योतिषशास्त्रीय अनुसन्धानमूलक आलेखले नेपाली साहित्यलाई धनि बनाउनुमात्र नभै उहाँको विशिष्टता हो । प्रा. कपिल अज्ञातज्यूका केही कृति अध्ययन गर्ने सौभाग्य मैले पाएको थिएँ र आज यो यात्रा–अनुस्मृति पढ्न पाउँदा पुन मलाई आनन्द लागेर आयो । एउटा बरिष्ठ समालोचकको कृतिमा कलम चलाएर तपाइँको कृति पढें भन्ने सन्देश दिंदा राम्रै हुने ठाने र अघि बढें । उहाँलाइ छोटो परिचय दिंदा एक हँसिलो, आँटिलो, प्रष्टवक्ता, सादाजीवन र उच्च बिचारमा अडिग र सदाबहार व्यक्तित्वको रूपमा लिने गरेको छु मैले ।

यस कृति र कृतिकारप्रति भूमिका कारको धारणा– यस कृतिको प्रकाशकीयमा त्रिवेणी साहित्य प्रतिष्ठानका सचिव बरिष्ठ साहित्यकार गोविन्दराज विनोदी लेख्नु हुन्छ –“कारयित्री र भावयीत्रि दुबै प्रतिभाको अपूर्व संयोगले उज्यालिएका उहाँका सृजना भावमय, हृदयस्पर्सी छन् ।” । “आनन्दमय नियात्राहरू” शीर्षकमा त्रिवेणी साहित्य प्रतिष्ठानका अध्यक्ष प्रा.डा. नारायण प्रसाद खनाल लेख्नु हुन्छ – “पढ्दा–पढ्दै खारिएको अनुभव, पढाउँदा–पढाउँदै ,तिखारिएको विद्वता, लेख्दा–लेख्दै उजेलिएको कलम, घुम्दा–घुम्द आजित अनुभूतिको मिठास, बोल्दा–बोल्दै हासिल भएको सूक्ति माधुर्य आदि अज्ञातका निज सहजानुभूतिबाट सम्भावीत स्वकीय सम्पदा हुन् र यिनको अनुकूल प्रयोगबाट ,अनुभूत, अवलोकित र प्राप्त उपहार नै यात्रा–अनुस्मृति हो । वरिष्ठ साहित्यकार केदारनाथ खनाल भन्नु हुन्छ – कृतिकार कपिलका प्रस्तुत यात्रा–अनुस्मृतिमा संकलित नियात्राहरूमा प्राय सबै तत्व, गुणहरू, न्यूनाधिक छन् । शब्द चित्रमय छन्, आत्मीयताले ओतप्रोत भावाभिव्यक्ति छन् ।”

“जीवन यो बाँच्ने चोला हो र मर्ने पनि। बाँच्ने हो भनेर पुरौ भौतिकवादी हुने र एक दिन मर्नु नै छ भनेर पुरै अध्यात्मवादी बन्नेतिरभन्दा देह र आत्मका सन्तुलन र सामाजिक समृद्धिका निम्ति समन्वयवादीका रूपमा चल्नु पर्छ ”

यी उपरोक्त आत्म कथ्यमा कपिल अज्ञातले प्रकृति र सीपको उपयोग शीर्षकमा धार्मिक जीवनदर्शनलाई दर्शाएका छन् । हुनत यात्रा–अनुस्मृतिमा गहिरिनु पर्नेमा म यतातिर मोडिए । यस संसारमा जीवहरू जन्मे पछि खास उद्देश्य हाँसिल गर्न एक स्थानबाट अर्को स्थानमा जान्छन् र उद्देश्य हाँसिल गरेपछि यथास्थानमा आउँछन् । यात्रामा अलिक सोचविचार भएको मानिसले कुनै खास उद्देश्यको लागि यात्रा गरे पनि उसले धेरै चिजको फायदा लिन सक्छ । प्राकृतिक सौन्दर्यता, सामाजिक या पारिवारिक स्थिति, त्यस स्थानको बौधिकस्तर, आर्थिक अवस्था, धार्मिक साँस्कृतिक विकृति विसङ्गति, आदि आदिलाई आप्mनै आँखाले देखेर उपलब्धी हाँसिल गर्न सक्छ । हामीलाई थाहा छ कि कुनै कुरा सुनेम भने जानकारी हुन्छ, देखेम भने विश्वास हुन्छ । त्यसलाई कार्यन्यनमा लगेम भनेमात्र यथार्थताको सिकाइ हुन्छ । यहाँ माथि समाज समृद्धिका लागि समन्वयवादीको रूपमा चल्ने कपिलजीको जुन सुझाव आएको छ त्यो यो संसार संतुलनकै लागि एउटा महत्वपूर्ण पक्ष हो । यस महत्वपूर्ण पक्षलाई केलाउँदै, विविध उद्देश्यलाई आत्मसात गर्दै, प्राकृतिक सौन्दर्यमा रमाउँदै, यात्रामा सहभागी मित्र तथा भेटघाटक्रममा साथ भएकाहरूसँग मिष्ठता र शिष्टतामा सुखदुःख विसाउँदै, कार्यक्रम स्थलको परिवेश, परिस्थतिलाई केलाउँदै, त्यहाँको भूगोल, समाज,संस्कृति, विकृति, विसङ्गति, ऐतिहासिक पृष्ठभूमि आदि आदिलाई विश्लेषण गर्दै स्वच्छन्दरूपमा आप्mना भावनालई कपिलजीले यस कृतिमा समावेश गरेर पाठकलाई आनन्दानुभूति दिलाउने काम गर्नु भएको छ । उहाँ जति भावनामा उच्च हुनुहुन्छ उहाँका अभिव्यत्तिको धरोहर पनि त्यत्तिकै उच्च छ । अब म उहाँका प्रत्येक नियात्राको संक्षेपीकारण गर्र्नतिर लाग्दछु ।

पुस्तक प्रेम र स्मृतिको मिठो सौगात– यसको कथाबस्तुलाई हेर्दा चितवनदेखि स्याङ्जा राङ्खोलामा लक्ष्मीस्मृति प्रतिष्ठान स्याङ्जाले लक्ष्मीप्रसाद स्मृति पुरस्कार कपिल अज्ञातजीलाई प्रदान गर्ने र शिवकुमार स्मृति पुरस्कार डा. टिकाराम वाग्लेलाई प्रदान गर्ने भएकोलाई ग्रहण गर्न कपिल अज्ञात र पूर्णप्रसाद अधिकारी राङ्खोला पुग्नुहुन्छ र पुरस्कार ग्रहण गरेर फर्कनुहुन्छ ।

यात्राको उद्देश्य यति भए पनि विरालाले बाटो काट्दा अपशगुन हुने, बिरालाले बाटोकाटेमा दुई कदम पछि हट्ने र दश पटक सास फेर्नेु र अनि अगाडी बढ्नु पर्ने सन्देश, यात्रा गर्दा सम्मुख चन्द्रमा पारेर हिड्दा राम्रो हुने, बाटोमा १ घण्टा अवरोध हुँदा बिरालाले बाटो काटेकोले यस्तो भएको हो कि भनी संका गर्नु, ,“काँचो कटर मै जान्छु राङ्खोला रोक मटर रस्याङ्जा झरेसी हो कस्ले देख्छर मोटर चढेसि” जास्ता लोकगीतलाई समावेश गर्नु ,किताप दिन बोलाएकालाई नआएर दिन नपाई पुस्तकप्रेमीहरूलाई वितरण गर्नु यस्ता थुप्रै विवरणलाई यहाँ समेटिएका छन्।

अविस्मृत बिम्बहरू

“तृष्णा र वासनाले घनिभूत यो भोगवादी समाजमा उनीमात्र किन एक्लो परिन्?”

सहकारी अवलोकन भ्रमणमा गएका कपिल अज्ञातले राष्ट्रसेवक बहुमुखी सह्कारी संस्था विराटनगरको अवलोकन पछि दीपज्योति नारी विकास वचत तथा सहकारी संस्था लि. की संस्थापक पार्वती बरालले विवाह भएको छैन भन्ने जानकारी गराएपछि निस्केको वाक्य हो । यो सहकारीले आठ प्रकारका बचत जम्मा गरेको नारी चेतना जागरण गराएको १४ समुह एकीकरण गरेर बनेको । आदि वर्णन यहाँ आएका छन् । पार्वतीको एकल जीवनम कपिलजीले निकै तरकना मनमा खोलाएका धारणा यहाँ पस्किएका छन् । यसपछि कपिलजीहरू इलामतिर लाग्दै पशुपति नगर हुँदै मानेभञ्ज्या जोरपोखरी घुमपहाड, हुँदै छुमछुके रेल हेर्दै, घुमपहाडमै जन्म भएकी विष्णुकुमारी पछि पारिजातले कहलाएकी, बाटोमा बुद्धको विशाल मन्दिरको दर्शन,बतासे डाँडामा बनेको अग्लो गोर्खा स्मृतिस्तम्भको अवलोकन, चिया वगान, चिडिया घर(सङ्ग्राहलय) को अवलोकन पछि फर्केर इटहरी आएर बास बसेको धारणा सहित यस लेखकोबिट मारिन्छ ।

यस लेखले यात्रा गर्दा व्यवस्थित रूपमा गर्नु पर्ने सन्देश दिएको छ । इलामतिर लाग्दाको नागबेली सडक, सडको माथि ठडिएका सुन्दर डाँडा चिया बगैंचाको सुन्दरता प्राकृतिक सुन्दरताको वर्ण मनमोहक रूपमा आएको छ । दार्जिलिङ जाँदा पारिजातको पृष्ठभूमि र परिवेश भानुभक्तको पूर्णकदको सालिक हेर्न नपाएको हुँदा भ्रमण अधुरो रहेका धारणाको साथै नेपालका डाँडाकाँडा सुन्दर बनाउन सकिने अभिव्यक्ति सहित उपदेशमूलक बनेको छ नियात्रा ।

बन्दीपुरः एक पर्यटकीय मनोरम नगरी– यो पनी सहकारी मार्फत गरिएको नियात्रा हो ।यात्रा भरतपुरबाट थलनी गरी बन्दीपुर पुगिन्छ र बन्दीपुरमा सहकारीले दिने तीन दिनको तालिम सिध्याएर भरतपु फर्किन्छ । लेखनको संक्षिप्तता यहीहो तर कृतिकारले यहाँ धेरै कुरा समेटेका छन् । सर्वप्रथम रिन र रोगलाई महानत शत्रु ठानिएको छ ।कृतिकार आफै मधुमेहको रोगी भएको धारणा आएको छ । सहकारीको महत्व दर्शाउँदै सहकारी एकता र विश्वास पूर्ण कर्मबाटै यसको अर्थ सार्थक हुने देखिने, सहकारीको महत्व वेदमा पनि देख्न पाइने, कुखुराको चल्लो गाडीको पछिल्लो पाँग्रोमा पर्नु चल्लाको मालिकले ७०० रुपियाँ माग्नु, लोक गीत तलप¥यो डुम्रे बजार माथि प¥यो बन्दीपुर के छ नानी तिम्रो मनको सुर ? म. वी.वि. शाहको बन्दपिुरे उकालीमा आदि थुप्रै प्राकृति सौन्दर्यका धारणाहरू आएका छन् यस नियात्रामा कपिलजीले कवितालाई पनि स्थान दिनु भएकोले विविधतामा रमणीयता थपेको छ ।

वेलगामको यात्रा भरतपुरको बचत सस्था साकोसबाट तय गरिएको यात्रमा सहभागी हुँदा र त्यो संस्थाको स्थापनाका विविध पक्षलाई लामो भूमिका बाँध्दै अपमान र मानका बारेमा दृष्टिकोण राख्दै तातोपानी स्नान र यात्रामा अध्ययनको लागि छनौट गरिएका संस्था बासस्थान ,लाभप्रद र प्रेरणादायी रहेका, तिब्बत(चिन)मा भएको विकास, नेपालमा हुननसकेको विकास आदिको तुलनात्मक विवरण र भोटेकोसीका आकाशे जम्प आदिमा कृतिकारले स्पष्ट धाराण राखेको देखिन्छ । यात्रा वेलाम बेथितिको देखेर एउटा व्यङ्ग कस्न पनि कृतिकार पछि नपरी “देवताहरूको दुषित मनसायले ेइन्द्राशन डगमगाउला, उर्वसी जस्ता अप्सरा देखे ऋषि मुनिका योजना पनि फले खान्छन् ” जस्तो व्यङ्ग कस्दा एउटी महिलाले ठाडै हकार्नु, कृतिकारले कसैका व्यक्तिगत चरित्रलाई आक्षेप लगाउने तरिकाले नभनिएकोमा महिलाले गरेको त्यो प्रतिवादप्रति कुनै प्रतिकृया नजनाई मुटुमाथि ढुङ्गा राखी हाँस्नु प¥या छ जस्तो शब्दलाई सम्झदै एउटा मुक्तक पस्कँदै यस नियात्राको बिट मारिएको छ ।

देश विकास गर्नेका भित्तामा पनि सहर हुन्छन्

हरेक व्यक्तिका आ–आप्mनै पनि रहर हुन्छन्

समूहमा भएपछि साझा सन्दर्भहरू उठायो

कसैका निम्ति ती अमृत कसैका निम्ति जहर हुन्छन् ।

तम्घासको रेसुङ्गा ः एक सौन्दर्य गंगा – यो यात्रा गुल्मीको किरण पुस्तकालय र हाम्रो पुरुषार्थ पत्रिकाको आयोजनामा गरेको बृहत् साहित्यिक गोष्ठीमा सहभागी हुने निमन्त्रणमा सहभागी हुन जाँदा चितवन, नवलपरासी, बुटवल पाल्पा रिडी हुँदै तम्घास पुग्नु र गुल्मी महोत्सव २०६८को छन्द कविता गोष्ठिमा सहभागी भै रेसुङ्गाको भ्रमणको विवरण समेत समावेश गरिएको छ ।

यस नियात्रालेखमा कृतिकारले यात्रा गर्दा कुनै कार्यालयमा कार्यरत भए विदा मिलाउनु पर्ने,हिडडुलको लागि आर्थिक अवस्था पनि दह्रो हुनु पर्ने, चलजोगी फट्कार छाला जहाँ जाला भातै खाला जस्तो बानी हुनु पर्ने , यत्रालाई रोचक र आनन्दाइी बनाउन दिल मिलेका, खुला, रसिला ,मिजासिला, दिलदार भरपर्दो साथी हुनुपर्ने, भरपर्दो साधन हुनु पर्नेधारणा पस्किएका छन् ।

रेसुङगा उच्चाइको हिसाबले १४६८बाट २३४७ मिटरमा फैलिएको,महापोखरी सम्म मोटर जाने, १५÷२० मिनट हिड्नु पर्ने,, भव्य जङ्गलमुनि गर्जूवा पोखरी, यो शृङ्ग ऋषिको तपोभूमि परिवेश लक्ष्मीनारायण सन्त शशिधर निर्गुण भक्ति धाराका कवि भएको, यो स्थल पौराणिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेका, यज्ञशालाको निर्माण, अवलोकन स्तम्भगृह्यमा चढेर दृश्यहरूको अवलोकन गरेको,त्यस सुन्दरतामा कवि उत्पेरित हुन्छन् र “पेट भरिपूर्ण रहे मन परिपूर्ति हुने यो भन्दा सुन्दर दृश्य या ठाउँ अन्त कतै देखिदैन, भन्दै आप्mना धारणा राख्नु, रेसुङ्गालाई प्रकृतिको अनुपम उपहार, सौन्दर्यको सागर, माधुर्यको आकाश, सुगन्धको धर्ती र आनन्दको वर्ण रहेछ भन्दै सुन्दर कविताको सिर्जना गर्नु, तम्घासको गौरव गर्ने स्थल आदि रेसुङ्गाको प्रकृतिक सुन्दरता र धार्मिक महत्वको पूर्ण रूपले वर्णन गर्दै यो लेखको बिट मारिन्छ । सौन्दर्यको वर्णन अब्बलमात्र नभएर कविको कवित्व शक्ति पनि अब्बल भएको अनुभूति हुन्छ ।

त्यो साहित्यिक यात्राः एक रमाइलो अवसर –यो यात्रा देवकोटा सतवाषर््िाकको अवसरमा मन्थलीमा महाकवि लक्ष्मीप्रसाद देवकोटा तथा जगदिीश घिमिरे प्रतिष्ठान द्वारा आयजना गरिएको साहित्यिक कार्यक्रममा कपिल अज्ञात र धनराज गिरी, सहभागी हुनको लागि काडमाण्डौ गोविन्द भट्टराइको घरको पाहुना बन्दै, मन्थलीतिर लाग्दा धुलिखेल पुगेपछि बाटो अवरुद्ध भएको जानकारी पाएपछि अरनिको राजमार्ग समाएर चरिकोटको मार्ग समायर मन्थली पुगी कार्यक्रममा दुई दिन सहभागी भई कार्यक्रमको पूर्णता नदिइ विशिष्ट साहित्यकार कमलमणि दीक्षितसँग फर्किए र काठमाडौ आइ हरिहरखनालको घरमा बसी चितवन पर्कने योजना सहित यो यात्राको बिटमारिन्छ । यस लेखले धेरै कुरा समेटेको छ । अन्तरमनको यात्राका लेखक जगदिश धिमिरेको साहित्यिक व्यक्तित्व, उदारता, आर्थिक सम्पन्नता, उनकी सहधर्मिणी दुर्गा, जगदिश र दुर्गाले गरेका आतिथ्य सत्कार, मिठो आनन्ददायी भोजनको वर्णन पहिलो पटक मन्थली टेकेको भन्दै गजल लेख्नु, मन्थलीलाई प्रीयसीको बिम्ब बनाएर गजल मार्फत मन्थलीको वर्णन, रामेछाप साहित्यिक महोत्सव आयोजनामा पञ्चै बाजाको व्यवस्था, दुर्गा धिमिरको सभापत्वि, कृष्णचन्द्रसिंह प्रधान अतिथि, कमलमणिको विशिष्ट, अतिथि भएको यस समारोहमा रोचक घिमिरेले नेपालमा गणतनन्त्रको स्वर रामेछापबाटै उठेको, कृष्णालालको मकै खेती पर्व, नैबेध्यका धरणीधर कोइराला, शहीद गंगाला र कमरेड पुष्पलाल गणतन्त्रका अगुवा, आदि आदि साहित्यकारका धारणाले यस यात्रा लेखलाई आनन्दित र रोमान्चित तुल्याएको छ ।

यात्रा एक ः अनुभूति अनेक – यस लेखमा कृतिकारले भरतपुर साकोसले आयोजना गरेको सहकारी अध्ययन भ्रमणमा पोखराको रोयल सहकारी संस्था जस्को ठ्रलो शेयरपूँजी भएको, चार जिल्लामा शाखा फैलिएको, गुणस्तरमा जोड दिएको, लगानी पनि ठूलोस्तरमा गरेको, सम्बधित सदस्यहरू हीत योग्य काम गर्ने सबै राम्रो देखिए पनि अध्ययन टोलीले व्यक्तिलाई डेड करोडसम्म लगानी गरेकोलाई जोखिमपूर्ण हुने ठम्याइ रहेको धारणा आएको छ ।“पलिे संस्थामा प्रचुर पैसा भित्र्याएपछि नै सेवा राम्रो दिन सकिने ” यो गुरु मन्त्रलाई अध्ययन टोलीले सकरात्मक रूपमा लिएको भन्दै यो टोली अध्ययनकै सिलसिलामा सिवाइसी बचत तथा सहकारी संस्थालाई अध्ययन गर्नलाई वाग्लुङ्ग पुगेको । सिवाइसीका अध्यक्ष चण्डीले संस्था सञ्चलानको कसरी गरिन्छ भन्ने विषयमा सबैलाई चित्त बुझ्ने गरी ३ घण्टासम्म आप्mनो धारणालाई प्रस्तुत गरेको र चण्डीले प्रस्तुत गरेको धारणाो सार कृतिकारले यसरी प्रस्तुत गरेका छन् – “संस्था समयसापेक्ष चल्नु पर्छ बिचार विमर्शका सन्दर्भमा तथ्य सही हो भन्ने भएपछि अघि बढ्न पनि डराउनु हुन्न । लिडर बन्छ भने निडर बन्न आवश्यक छ ।अध्ययन टोलीले पोखरा र बाग्लुङ्का सहकारी संस्थाबाट धेरै कुरा जानकारीमा आएका विवरण प्रस्तुतिमा आएका छन् ।


“पौराणिक शास्त्रमा मरेपछि स्वर्ग जाने सन्दर्भमा गाईको पुच्छर समातेर वैतरणी नदी पार गर्ने प्रसङ्ग आउँछ तर तर यिनै पुलले यहाँका बस्ती र नगरलाइर्ए स्वयं स्वर्ग बनाएको अनुभूत हुन्छ । जसले पुलमा अप्mनो लगानी गरे ती पौरखी पुरुष धन्य हुन् । ” कृतिकारका यी उद्गार कुश्मका त्निबटा पुलको अवलोकन गरेपछि आएका हुन् । तीन पुलमा दुई पुल पर्वर्त जिल्लाभित्रै (एक पुल कुश्माबाट ग्यादी र अर्को पुल कुश्माबाट मुडिकुवा) अर्को पुल कुश्मावाट बलेवा ) साथै केवुलकारले कुश्मा र बलेवालाई जोडेको छ । यो अध्ययन टोलीले गलेश्वर धामको चक्रशिला मन्दिर (नौ रोपनीमा फैलिएको एउटै विशाल चक्रशिला ) अवलोकन ,सतीदेवीको गलापतन भएको ठाउँमा स्वयम प्रकट शंखचक्रयुक्त शिवलिङ्ग, ज्यातिर्लिङ्ग, शालिग्राम शिवश्वरूप मन्दिर जो विश्वकै अलौकिक अकल्पनीय देवभूमि मानिने र यहाी विशाल शिलामा एकशय आठ शिवलिङ्ग,शिव मन्दिर पाठशाला, त्यही शिलाको वक्षस्थल अघि बनेको कहिल्यै नसुक्ने सानो जलकुण्डमा नीलकण्ठ भगवानको मूर्ति जडितको साथै आधुनिक स्रोत साधनबाट बञ्चित जन जीवनको अवलोकन गरेको विवरण प्रस्तुत गरिएको छ ।

पोखराको सराङकोट मन्दिर–जहाँबाट पोखराको सौन्दर्यलाई हेर्न सकिने, प्यारसुट ग्लाइडिङ यही बाट भरिने, त्यही भ्यूप्वाइन्ट, चड्न कठिन, यस टावरबाट धेरै दृश्य देख्न सकिने, आदिको अवलोकनले कपिलजीको मनै पग्लिएर गुनगनाउन थाल्नु भयो –

हिमालैको हावा यहाँ चल्यो सरर

सराङ्कोटको सिरानैमा मनै हररर

छाब्दीबराही – छाँगाबाट खसेकी देवी भनेर छाब्दीबराही भनिएको, जलकुण्डमा माछा र मन्दिरको छतमा परेवा,माछा ठूला ठूला हुनुको कारण बलीको रगत खाएर, ठूलो राजबाम माछा गुडल्किएर बस्छ भन्ने सुनिनु, रगत माछाले खाँदा देवताले खाएइको भन्ने अन्धविश्वासमा मान्छे मन भड्की रहेको, यी सबै क्रियाकलाप देखेर कपिल मन्दिर बाहिर बसेको र समुह आएपछि सबै फर्केको धारणा सहित यस यात्राको बिट मारिन्छ । यो यात्रामा समूहले बाग्लुङ्को कालिका मन्दिर, बाटोमा पर्ने सहस्रधारा र पोखराको विन्धवासिनी देवीको मन्दिर अवलोकन पनि गरको धारणा यहाँ आएको छ ।

हिमालको काखदेखि सागरसम्म –

“पहाड पुरुष नदी नारी

मानूँ पुरै वस्त्र उतारी

मस्त भएर आलिङ्गनमा

डुवे दुबै विषय रङ्गमा ।”

यी शिङ्गारिक कविता सप्त गण्डकी बहुमुखी क्याम्पस, प्रध्यापक संघ एकाइबाट गरिएको शैक्षिक भ्रमणमा गोवा पुगेपछि गोवाको त्यो राणीय सुन्दरतामा आकृष्ट भै कपिलजी बाट आएका उद्गार हुन् । गोवा पछि बम्बैको भ्रमण गर्दै नेपाल फर्केपछि यो यात्राको बिट मर्छ । भरतपुरबाट भैरहवा हुँदे गोरखपुरबाट लोकमान्य तिलक रेलगाडीमा गरिएको यात्रा, भोपालको आणविक भट्टीको ग्यास चुहेर वरपरका मानिस ज्यान गुमाउन परेका कुरा, सामदी होटेको परिचय, सुरभी कलेज, इटारसीको हनुमान मन्दिर, जमिन एक विघालाई डेडलाख पर्ने सामान्य व्यक्तिको पनि एकडेड सय विघा जमिन हुने, कोलावारी कोलावारी गीतको श्रूतिमधुरता र खोलावारि खदोलापारिको नक्कलगरी नाच्नु पूणेको विद्यापीठको १०५औं पदवीप्रदान समारोहको महत्वपूर्ण दिन र त्यसमा सहभागी हुनु,, विद्यापीठको १००० बिघाभन्दा बढी क्षेत्रफल भएको र ५० भन्दा बढी विभाग र २० हजारभन्दा बढी विद्यार्थी, बाटोमा पर्ने लामा छोटा सबै प्रकारका सुरुङ्मार्ग पारगर्दै पहाडलाई खोपेर बनाएका मागा हुँदै गोवा पुग्नु., गोवाका समुद्र किनारमा भेटिने नग्नता, त्यहाँको प्राकृतिक सुन्दरतामा रमाउँदै सायली होटेलको स्वागतता, डँडेउलीमा खबटाले बनेका बस्ती, समुद्रका साना र ठूला लहरहरू भँगालोले बनेका तलाउका डुँगाहरुको, पलिे गोवा पुर्तगलको अधिनमा रहेको, गोवा सानो प्रान्तिय राज्य ,हिन्दूका घर अघि तुलसीको मठ, तथा ख्रिश्चियनका घर अगाडि क्रस चिन्ह, नरनारी निर्बस्त्र भै घामको स्वाद लिनु, मनोरन्जनको लागि उपयुक्त परिपाटी, पानी जहाजको सयर, गोवामा मनाइएको दुईदिनको प्राकृतिक सौन्दर्यलाई मनमस्तिष्कमा सजाउँदै विशाल सहर, २० सौंदेखि पचासौं तला भएका गगनचुम्बी आलिशान महल भएको मुम्बई आई विद्यापीठमा प्रवेश, खुला विश्वविद्यालय भएको जानकारी, २०सौं हजार विद्यार्थीले आप्mनै तरिकाले परीक्षा दिन पाउने व्यवस्था, भेटघाट सद्भाव राम्रो रहेको र पारस्परिक सम्बन्धप्रति चासो र केही पुस्तक दिएर विदावादी हुँदै मुम्बैकाम्याक्सस, गेटवे इण्डिया, होटेल ताज, शान्तात्रूmस, नानानानी पार्क नरिवल पइन्ट, ह्यागिङ्गार्डेन, कमला नेहरु पार्क, सिद्धिविनायक मन्दिर, लमहालक्ष्मी मन्दिर वेलीजुहूबिचब्रिज, आकाश गंगाको परिचय, आदिको भ्रमण विवरण आएको छ यस लेखमा । कपिलजीले गोवा र मुम्बईलाई मुम्बई व्यपार क्षेत्र र गोवा मिलन क्षेत्रमाको रूपमा मनन गर्दै नेपाल आउनु नेपालमा आएपछि भारतमा ठगीबाट जोगिएर आए पनि गाडी पाउन कठिन भएको र पाइएको गाडी पनि हेड लाइट नभएको गाडी मालिकले पेश्की लिएको, त्यो पेश्कीलाई मायामारी अर्को गाडीमा फर्कन बाध्य भएको भन्दै , यात्रामा मनग्गे ज्ञान हाँसिल भएको र रमाएको धारणा आएको छ ।

माउण्ट आबु यात्राको एक झलक –

ब्रह्म कुमारी ईश्वरीय विश्वविद्यालय राजस्थानको आबु पर्वत स्थित ज्ञान सरोवरमा आयोजित असल समाज हेतुप्रशासन विषय २१ जूनदेखी २५ जून २००६ सम्मको सम्मेलनमा सहभागी हुन जाँदा घरबाट निस्कँदा रित्तो गाग्रो देखिनु अशुभ संकेत हुनु तर तत्काल गाग्रो भरिएको आउनु ,१८ जना भरतपुरबाट आबु जान यात्रामा गोरखपुर पुग्नु गोरखपुरदेखि रेल चढेर पुरानो दिल्ली पुग्नु, दिल्लीमा लोटस पार्क, बाटो बिराउनु, एक जना बंगाली भेट्नु उसैले ओम शान्ति भवन पु¥याइदिनु, कागती किन्दा समूहबाट छोडि१६ नं पेलेटफर्ममा पुगेर साथभिाई भेटिनु जस्ता घटनाक्रम यहाँ आएका छन् ।

अनुभव मधुवन महिमा– यसै कै उपशीर्षकमा मधुवनको महिमा दर्शाइएको छ । यसका महत्वपूण अभिव्यक्ति जो कपिलज्युले जे जस्तो पस्कनु भएको छ । यहाँ पस्कने अनुमति चाहान्छु – “ डान्ग्रे र कौवा स्वभावका मानिसहरूपनि यहाँ प्रवेश गरेपछि हंस वा बकुल्ला स्वभावका भएर निस्कन्छन् ।” मधुवनमा धर्तीकै भू–स्वर्ग वा मधुवन जे भने पनि ज्ञान सरोवर, ज्ञान ध्याकै गुण गरिमामय सरोवरको अनुभव हुनु, मधुवन मधुर मिलनको ठाउँ, विश्वको पावन धाम, भारतको वरदान भूमि, परमात्मको चरित्र भूमि, देवात्मको तपोवन आदि सर्वनामले पुकारिएको छ मधुवनलाई, मधुवनभित्रका उपवन, शान्तिवन, पाण्डव वन, ज्ञानसरोवरहरू प्रेरणाका स्रोत, यसबाट जीवनका नयाँ अनुभव प्राप्त हुने, प्राकृतिक बनौटलाई हेर्दा यहाँ सानादेखि २०–२१हजारसम्म अट्न सक्ने भवनहरूछन्। विशाल सोलार सिस्टम, जहाँ १००० जनाको खाना एकाध घण्टामै तयार हुने ।यसरी कपिलज्यूको वर्णनमा मधुवन पवित्र दर्पण हो भनिएको छ । यहाँ कसैका मनमा पनि अभाव, अतृप्त,र असन्तुष्टि खट्किदैन । आदि धारणाको साथै, यो ओम शान्ति हिन्दुधर्मधर्मको पृष्ठ भूमिबाट उठेको धर्मको आधुनिकीकरण भएको जहाँ मठमन्दिरको निर्माण र मूर्तिपूजनको पुरानो पद्धति नभएको, दर्शनमा नविनीकरण भएको, परमात्मा निराकार छन् भन्दै, भौतिकताको उपयोग गर्दै प्रकृतिको आडमा आध्यात्मिकताको खोजी भएको जीवन शैली र भेष पनि शुद्धीकरण भएको, सर्बशक्ति योग नै राजयोग, ध्यान नै शक्तिको आधार, ध्यान नै आत्म परीक्षणको सर्वोतम उपाय, स्व परिवर्तन विना विश्व परिवर्तन हुँदैन,,दत्तात्रयको मन्दिर, दिलगाढाको जैनमन्दिरको अवलोकन जुन एक हजार वर्ष पहिला १०५ करोड ५३ लाख लागतमा १२ सय जनाले १४ वर्षसम्म लगाएर बनाएकोको अवलोकन ,नख्खी झिल( देवताले नङले खनेर बनाएको ताल)को अवलोकन पिसपार्क (शान्तिको वगैचा)मा शिवलिङ्गमा पानीको फोहोराको मनोरम दृश्य, १११ जातका गुलाफका पूmलका बगैंचाको बीच्मा नै चलचित्रबाट सृष्टिचक्रको निर्माण, अहम्दावादको अक्ष्रधामको चेतनापुञ्जको अवलोकन, मेट्रो रेलको नौलो अनुभव ,राष्ट्रपति भवन र संसदभवनको भव्य भौतिक स्रूपको अवलोकन गर्दै यस लेखको बिट मारिएको छ ।

विचारले प्रगतिवादी तथा स्वभावले गान्धीवादी ः बाबुराम पाण्डे

यो यस लेखको अन्तिमलेख समालोचनाको रुपमा आएको छ । आजको मान्छे (२०३६) कवितालाई मातृभूमि सााप्ताहिकमा प्रकाशन गरी साहित्यमा प्रवेश गरेका बाबुराम पाण्डेले समयको आवाज कविता सङ्ग्रह (२०६७) कृति लिएर कृतिकार बने । जीवनका पदचापहरु (२०७५) उनको दोस्रो निवन्ध सङ्ग्रह हो । सम्पादन क्षेत्रमा पनि पाण्डेको लगानी छ र साहित्यलाई समाजको ऐना सम्झने र साहित्य जनपक्षिय हुनु पर्छ भनेर वकालत गर्ने कलानाथको जितिया पावनीलाई नेपालीमा अनुवाद गरी अनुवादक भै सके का बाबुराम प्रगतिवादी साहित्यकार एवम् समाज सेवी हुन्, स्वभावत उनी गान्धीवादी जस्तै देखिने भन्दै कपिलजीले एउटा सुन्दर समालोचना यस कृतिमा समावेस गर्नु भएको छ ।

मैले माथि हरेक नियात्राको सारभाव पोख्ने प्रयास गरें ।यहाँ पस्किएका यात्रा सबै उद्देश्यमूलक र सटिक छन् । प्रा.डा. नारायणप्रसाद खनालले यी “यी नियात्राका नवरत्न नै हुन्” भनेर ठोकुवा लगाउनु भएको छ । वेलगामको यात्रामा उहाँको तीतो अनुभव समेटिएको छ । सहकारीलाई संरक्षण र सम्वर्धन गर्न लाग्दा तिरस्कृत भएकोमा पछिको मूल्याङ्कनमा अभिनन्दित हुन पुगेको कुरा अध्ययन गर्दा जानकारी हुन्छ भने मुटुमाथि ढुङ्गा राखी हाँनु प¥याछ जस्ता मार्मिक अनुभूति पनि पाइन्छन् । यात्रा सधैं सुखद हुँदैनन् दुखद पनि हुन्छन् । यी नियात्रामा कपिलजी कतै निकै उत्साहित भएको र निकै राम्रो उपलब्धी हाँसिल गरेको देखिन्छ ।

साहित्यकार प्राकृतिसौन्दर्य प्रेमी हुन्छन् । कपिलजी प्राकृतिक सौन्दर्यका पूजारी हुन् भन्न सकिन्छ । उनका यी नियात्रामा प्राकृतिकलाई नियात्राकारले सुन्दरीमा रूपान्तरण गरेर सौन्दर्य पान गरेको पाइन्छ । कतै भाग्यवादी सोचलाई पनि यात्रामा जोडेका छन् जस्तै “हुने हुनामी टर्दैन, कसै गरी त्यो सर्दैन ।”( पृष्ठ ३३), । मानिस भएर अहम्ताको भारी बोक्न हुँदैन । अहम्ताको प्रदर्शन पनि सामन्तकै स्वभाव ठान्नुहुन्छ (पृष्ठ ३७) कपिलजीले ।सहकारी संस्था सञ्चालन गर्दा पैसाको आवश्यक्ता पर्छ वहसको क्रममा चण्डीले नेपालमा पैसै पैसा भएको भन्दै शास्त्रिय अभिव्यक्तिलाई यसरी जोडिएको छ–कुनै अक्षर त्यस्तो छैन जो मन्त्र नहोस् ।कुनै जरो त्यस्तो छैन जुन औषधी नबनोस् । कुनै पुरुष त्यस्तो छैन जो योग्य नहोस् तर यहाँ योजक मात्र दुर्लभ छ । कति सुन्दर अभिव्यक्ति छ बास्तवमा उद्देश्य पूर्ति गर्न राम्रो योजना बनाउनु पर्छ । योजनालाई कार्यन्यन गर्नको लागि दक्ष कर्ता चाहिन्छ र राम्रो व्यवस्थापन हुनु पर्छ र उत्तम उपलब्धी हाँसिल हुन्छ । भौतिक र आध्यात्कितामा संतुलन चाहाने कपिलजी आपूmलाई समन्वयवादी भन्न रुचाउनु हुन्छ । यहाँ यस्ता थुप्रै धारणाहरू राख्नु भएको छ। शृङ्गारमा साहित्यकारहरू आनन्दित हुन्छन् । लेखनमा शृङ्गार रसको समुद्रै बगाइदिन्छन् र पाठकलाई आनन्दित तुल्याउँछन् ।क्षणिक भए पनि नैराश्यतालाई हटाइ दिन्छन् । उहाँका यस नियात्रा लेखनमा शृङ्गारलाई समावेशगरी रसिलो, मिठो र गतिशील प्रस्तुति दिएर लेखनलाई पढौं पढौं भन्ने खालको बनाउनु भएको छ । उहाँले नदी नाला, पहाड पर्वतमा सुन्दरता नै सुन्दरता देख्नु हुन्छ र सारी पहिराई दिएर सुन्दरी बनाइ दिनु हुन्छ । यो लेखन कला निकै राम्रो लाग्यो मलाई ।

उहाँ ज्योतिष विशेषज्ञ हुनुहुन्छ । यात्रा गर्दा सम्मुख चन्द्रमा पार्नु पर्ने धारणा राख्नुहुन्छ । भन्नु हुन्छ, विरालाले बाटो काट्यो भने विघ्नवाधा पर्न सक्छ । रित्तो गाग्रो देखेपछि साहित अशुभ हुन सक्छ । कतिले पढ्छन् छोडछन् तर कपिलजीले व्यवहारमा उतार्नु हुन्छ । कपिलजीले थुप्रै सन्देश दिनु भएको छ । त्यसलाई पाठकले ग्रहण गर्ने नगर्ने उनको कुरा हो ।

शीर्षकीकरण –यहाँ स्मृतिमा अनु उपसर्ग लागेर अनुस्मृति हुन गएको छ । अनुस्मृतिको अर्थ हुन्छ स्मरण या सम्झना ।यी ९वटा लेखमा यात्रामात्र नभएर स्मृति पनि छन् । यस भीेत्रका उपशीर्षक पनि त्यत्तिकै सारगर्भित छन् । शीर्षक सार्थक देखिन्छ ।

भाषाशैली र प्रस्तुति – कहीं कहीं संस्कृतका श्लोक मिसिए पनि भाष सरल छ सबैको लागि ग्राह्य छ । शिष्ट भाषमा उखानलाई मिलाएर, भावशब्द केलाएर, शृङ्गारलाई सजाएर र सलल बगाएर सुन्दर प्रस्तुति गर्न खप्पिस देखिनु हुन्छ कपिलजी ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।