रावण पनि अचेल आफू राम भनी दाबी गर्छ
तारा पनि अचेल अहो घाम भनी दाबी गर्छ।।
उसले लुट्यो आफ्ना पोस्यो कमजोरीलाई मार्यो
पसीनाले कमाएको दाम भनी दाबी गर्छ।।
धनीहरू अझै धनी गरीब माग्ने बनिसके
ठूला ठूला ठूला गरें काम भनी दाबी गर्छ।।
पढेका छन् बेरोजगार चारणहरू धनी
गरिखाने बनाएँ यो ठाम भनी दाबी गर्छ।।
ऋणैमाथि उँभिएका घर अनि कुद्ने गाडी
देखाएर बनाएँ यो गाम भनी दाबी गर्छ।।
पाप पनि कसैको त पुण्य हुन्छ कि हँ?
साक्षी राख्न बनाएको चार-धाम दाबी गर्छ।।
डिल्लीप्रसाद सधैंभरि सत्य बोल्दै बाँच्छ
सर्वोच्च नै दिएको छु दाम भनी दाबी गर्छ।।