19 वर्षदेखि निरन्तर
समकालीन साहित्य

भारी

लघुकथा लियो टल्स्टय October 5, 2008, 2:16 pm

सैनिकहरूले दुस्मनको इलाकामा हमला गरे । एक जना किसान दौडिँदै घोडा छेउ गयो र त्यसलाई समात्ने प्रयास गर्न थाल्यो ।तर घोडालाई काबुमा ल्याउन सकेन । किसानले त्यसलाई भन्यो "मूर्ख घोडा । त मसँग गइनस् भने दुस्मनको हातमा पर्नेछस् ।"

"दुस्मनहरूले मलाई के गर्छन् र " घोडाले सोध्यो । "अहिले पनि तेरो भारी बोकेकै छु । जसको भारी बोके पनि मलाई के फरक पर्छ र "

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।