14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

यौवनको उच्छलन ‘आँधीको मनोरम नृत्य’

कृति/समीक्षा ताराप्रसाद पोखरेल July 12, 2021, 3:10 pm
ताराप्रसाद पोखरेल
ताराप्रसाद पोखरेल

मुख्य पद/पदावली
आँधीबेहरी, भ्रष्टपना, गैरजिम्मेवार, लागु औषध, दुव्र्यसन, यौन सम्पर्क, कामचोर, सञ्चालक ।
१. परिचय
नेपाली नाट्यसाहित्यमा पछिल्लो समय विभिन्न नवीन प्रवृत्तिहरू देखा परेका छन् । विभिन्न नाटककारहरूले नाट्विधामा नवीन प्रयोग गरी नाटक प्रस्तुत गर्ने कार्र्य अघि बढेको छ । नाटक त्रिआयामिक हुन्छ । नाटककार, रङ्गकर्मी र प्रेक्षक गरी तीन पक्षसँग उत्तिकै सम्बन्ध रहने हुँदा नाटकको् स्वरूप त्रिआयामिक भएको हो (श्रेष्ठ र शर्मा, २०५६ ः १३२) । नाटक प्राचीन विधा हो । पूर्व र पश्चिमका साहित्यमा नाटक पाको विधा हो । साहित्यका अन्य विधाभन्दा फरक हुनु नाटकको आफ्नो विशेषता हो । नाटक सामुहिक कला हो । सामुहिक कलाको सफलताको लागि समाजका विभिन्न व्यक्तिको सहयोग र सद्भावको आवश्यकता पर्दछ (पोखरेल, २०६२ ः १४६) । नाटकलाई नाटककार र कलाकारहरूले समयानुकूल अगाडि बढाउँदै आएका छन् । यस्तै नाटककारहरू मध्येमा पर्ने व्यक्तित्व हुन् घिमिरे युवराज । पछिल्लो समयमा चर्चित नाटकघर शिल्पी थिएटरका निर्र्देशकसमेत रहेका घिमिरे कलाकारदेखि लेखक र नाट्यनिर्देशकको रूपमा परिचित छन् ।
मोरङको बिराटचोकमा पिता शंकरप्रसाद वेदप्रकाश शर्माका कान्छो सुपुत्रको रूपमा जन्मिएका युवराज घिमिरे आपूm नाटकको क्षेत्रमा लागेपछि घिमिरे युवराजको नामले परिचित छन् । व्यवस्थापन विषय अध्ययन गरी उच्च शिक्षा हासिल गर्ने अभिप्रायले काठमाडौ पुगेका युवराज सुरूमा पत्रकारिता गर्दथे । चर्चित पत्रकार युवराज घिमिरे र आफ्नो नाम एउटै भएकोले आपूm ओझेलमा पर्ने महसुस गरी उनले आपूmलाई घिमिरे युवराजको नामबाट परिचित गराए । केही समय पत्रकारिता गरेपछि २०५५ सालतिर कलाकारिताको क्षेत्रमा प्रवेश गरे । सुरूमा अभिनय विधाबाट नाटकको क्षेत्रमा प्रवेश गरेका घिमिरे २०६४ सालमा मधेश आन्दोलन उत्कर्षमा पुगेको बेला नाट्ययात्रामा निस्किएका थिए । ‘ कल्पना र उर्मिला दुःखमा छन्’ शीर्षकको सडक नाटक मार्पmत देशका ग्रामीण क्षेत्रको भ्रमण गरेका थिए ।
कक्षा नौमा अध्ययन गर्दादेखि कविता लेख्न सुरू गरेका घिमिरे आपूmलाई निरन्तर साहित्य लेखन र अभिनयको क्षेत्रमा सक्रिय बनाउँदै लगे । उनी नाटकको क्षेत्रमा लागेपछि नाटकको बारेमा स्पष्ट हुनुपर्ने सोचका साथ २०६६ सालमा डेनमार्कको कोपेनहेगनमा छात्रवृत्तिमा ड्रामासम्बन्धी अध्ययन गर्ने अवसर प्राप्त गरे । ड्रामासम्बन्धी अध्ययनपश्चात उनी २०७२ सालमा आप्mनी श्रीमती लुना भट्टराईको साथमा म्यानमार गई केही समय बसे । म्यानमारमा १३ महिना बस्ने क्रममा उनले सडक नाटक सिकाएका थिए । म्यानमार बसाइपछि नेपाल फर्किएका घिमिरेले नाट्ययात्राको क्रममा बर्दियामा थारू नाटकघर, मोरङ र सिन्धुपाल्चोकमा सेलो थिएटर स्थापना गरी नाट्ययात्रालार्ई मजबुत बनाउने महत्वपूर्र्ण कार्य गरेका छन् । हाल नाटककार घिमिरे शिल्पी थिएटरमा नाटक प्रदर्शन गर्ने र नाटक लेखनमा सक्रिय रहेका छन् ।
नाटककार घिमिरेको ‘आँधीको मनोरम नृत्य’ शीर्र्षकको नाटक २०७६ सालमा शिल्पी थिएटरले प्रकाशनमा ल्याएको हो । नौ दृश्य र ८५ पृष्ठमा विषयवस्तु संरचित रहेको नाटक ‘ आँधीको मनोरम नृत्य’ पछिल्लो समयका नाटकहरूमा नौलो प्रयोग हो । नाटकले वर्तमान निजी विद्यालयको अवस्थालार्ई यथार्थपरक रूपमा चित्रण गरेको छ ।
२. अध्ययनको समस्या र उद्देश्य
‘आँधीको मनोरम नृत्य ’ नेपाली नाटकको समकालीन नाटकहरूमा नौलो प्रयोगको रूपमा आएको छ । नाटकले समसामयिक विषयवस्तुलाई समेटेको छ । निजी विद्यालयको अवस्था, सरकारी कार्यालयका कर्मचारीहरूको यथार्थ स्थिति र पारिवारिक अवस्थाको बारेमा नाटकमा नयाँ प्रयोग गरिएको छ । नाटकले प्रयोगवादी नेपाली नाटकको क्षेत्रमा कस्तो प्रभाव पारेको छ ? शिक्षामा निजीकरणको प्रभावले अभिभावक तथा बालबालिकाको मनस्थितिमा पारेको असरलाई नाटकमा कसरी उल्लेख गरिएको छ ? यौवन अवस्थाका बालबालिकालार्ई विद्यालय तथा घर परिवारबाट कस्तो व्यवहार हुनुपर्ने हो ? भन्ने कुरा यस अध्ययनको समस्या रहेका छन् । नाटककार घिमिरेको ‘आँधीको मनोरम नृत्य’ नाटकको सम्बन्धमा विभिन्न पत्रपत्रिकाहरूमा उल्लेख गरिएको छ । लेखक तथा समीक्षकहरूले नाटक प्रदर्शनको क्रममा देखिएका बास्तविक अवस्थाको बारेमा चित्रण गरेर धेरै लेखहरू लेखेका छन् । नाटकको वहुआयामिक चित्रण हुनु पर्ने हो सो भएको छैन । ‘आँधीको मनोरम नृत्य’ नाटकले प्रयोगवादी नेपाली नाटकको क्षेत्रमा पारेको प्रभाव र वर्तमान अवस्थामा शिक्षाको निजीकरण, बालबालिकाको छाडापन, अभिभावकको गैरजिम्मेवारीपन, कर्मचारीको दायित्वविहिन अवस्थाको बारेमा हालसम्म अध्ययन हुन नसक्नु यस अध्ययनको समस्या हो । सोही समस्याको बारेमा खोजी गरी उल्लेख गर्नु प्रस्तुत अध्ययनको उद्देश्य रहेको छ ।
३. अध्ययनको सीमा
‘आँधीको मनोरम नृत्य’ नाटक अध्ययनको लागि नाटकको पुस्तक र नाटकसँग सम्बन्धित रहेर गरिएका अध्ययन तथा विभिन्न पत्रपत्रिकामा प्रकाशित लेखको आधारमा अध्ययनलाई सीमित गरिएको छ ।
४. अध्ययन विधि
‘आँधीको मनोरम नृत्य’ नाटक अध्ययनको लागि गुणात्मक अध्ययन अनुसन्धान विधिको उपयोग गरिएको छ । नाटकको अध्ययनका क्रममा सङ्कलित सामग्रीको व्याख्यात्मक तरिकाबाट अध्ययन विश्लेषण गरिएको छ । नाटककार घिमिरे युवराजको ‘आँधीको मनोरम नृत्य’ नाटकमा रहेका नौवटा दृश्यको आधारमा नाटकको विश्लेषण गरिएको छ ।
५. सामग्री सङ्कलन विधि
‘आँधीको मनोरम नृत्य’ नाटकमा प्राथमिक र द्वितीयक सामग्रीको प्रयोग गरिएको छ । प्राथमिक सामग्रीको रूपमा सम्बन्धित नाटकको पुस्तकलाई उपयोग गरिएको छ । त्यसैगरी द्वितीयक सामग्रीको रूपमा नाटकसँग सम्बन्धित विभिन्न पुस्तक, पत्रपत्रिकामा प्रकाशित लेखलाई अध्ययन गरिएको् छ ।
६. सैद्धान्तिक पर्याधार
नाटक प्राचीन विधा हो । पूर्व र पश्चिममा नाटकको आफ्नो विकास परम्परा छ । नाटकलाई हेर्ने दृष्टिकोण पूर्व र पश्चिमको आफ्नो प्रकारको छ । पश्चिमीहरू नाटकलाई ड्रामा, थिएटर नामले चिन्दछन् (उपाध्याय, २०५२ ः ११) । यस आधारमा नाटकलार्ई कुनै निश्चित रङ्गमञ्चमा प्रदर्शन गरिने विधा मानिएको हो । नाटकमा ड्रामाले अभिनयलाई जनाउँछ भने थिएटरले अभिनय गर्ने स्थान विशेषमा जोड दिएको हुन्छ ( उपाध्याय, २०५२ ः ११) । अहिले नेपाली नाटकको क्षेत्रमा थिएटरको प्रचलन चलेको छ । पछिल्लो समयका नाटककारहरूले थिएटर स्थापना गरेर नाटक मञ्चन गर्दै आएका छन् ।
नाटकको चर्चा पहिला पूर्वबाट भएको हो । पूर्वीय नाट्याचार्य भरतमुनीले सर्वप्रथम नाटकको चर्चा गरेका थिए । भरतमुनीको नाट्यचर्चालार्ई अगाडि बढाउने कार्य धनन्जय र विश्वनाथबाट भएको हो (उपाध्याय, २०५२ ः४७) । पूर्वीय नाट्य मान्यताअनुसार नाटकका तत्वहरूको बारेमा चर्चा गरिएको छ । नाटकको महत्व रङ्गमञ्चमा प्रदर्शन गरेपछि मात्र स्पष्ट हुन्छ । नाटक मञ्चन र अभिनय परम्पराको सुरूवात पूर्वीय आचार्य तथा विद्वानहरूको पालादेखि सुरू भएको हो । पश्चिममा नाट्य परम्परा पूर्वमा भन्दा पछि भएको हो । पाश्चात्य जगतमा नाटकसम्बन्धी चिन्तन ग्रिसेली काव्यमनिषी एरिस्टोटलबाट आरम्भ भएको हो (उपाध्याय, २०५२ ः६३ ) । एरिस्टोटलले दुःखान्त नाट्यमान्यतालाई अगाडि सारेका थिए । नाटकको परम्परा क्रमश ः अगाडि बढ्दै आयो ।
नाटक कुनै अभिप्रायको साथ प्रादुर्भाव हुन्छ । अनुकरण परम्पराबाट नाटकको विकास भएको हो । कुनै विषयमा दर्शकको सामु अभिनयको माध्यमबाट प्रस्तुत गर्ने कार्य नाटकमा हुन्छ । नाटकलाई विभिन्न कोणबाट प्रस्तुत गर्ने कार्यको थालनी पूर्वमा जसरी भयो त्यसरी नै पश्चिममा पनि विकसित हुँदै गयो । पश्चिमका नाटककार विलियम सेक्सपियरले नाटकको क्षेत्रमा दुःखान्त नाट्य परम्परा स्थापित गरेर नवीन चिन्तन प्रारम्भ गरे । सेक्सपियरपछिका पश्चिमी नाटककारहरूमा बेलायतका जर्ज लिलिओ, जर्मनीका जि.इ. लेसिङ, फ्रान्सका डेनिस डिडेरटले नाटकको क्षेत्रमा नवीन र प्रयोगवादी मान्यतालाई अगाडि सारे ।
नेपाली नाट्ययात्रालाई अध्ययन गर्दा पृथ्वीनारायण शाहको पालामा शक्तिवल्लभ अर्यालले नाटक लेखनको सुरूवात गरेका थिए (श्रेष्ठ र शर्र्मा, २०५६ ः १३३) । यस परम्परा अगाडि बढ्ने क्रममा २००८ सालपछिको नाटक परम्परा आधुनिक रूपमा देखा परेको हो । गोबिन्द बहादुर मल्ल गोठाले (१९७९—२०६७) ले नेपाली नाटकको क्षेत्रमा मनोवैज्ञानिक नाटक लेखेर नेपाली नाट्य परम्परालाई अगाडि बढाउने कार्र्य गरे (श्रेष्ठ र शर्मा, २०५६ ः १३३) । आधुनिक कालमा नाटकको परम्परा विभिन्न स्वरूपमा अगाडि बढेको छ । वर्र्तमान अवस्थासम्म आउँदा नाटक क्षेत्रमा मोहनराज शर्माका स्वैरकाल्पनिक नाटक, ध्रुबचन्द्र गौतमका मानवीय सम्बन्धलाई प्रस्तुत गरिएका नाटक, अशेष मल्लका सडक नाटक, सरूभक्तका नवीन कथ्य प्रस्तुत गरिएका नाटक, गोपाल पराजुलीका शुक्ष्म कथानक प्रस्तुत गरी लेखिएका विसंगतिपूर्ण विषयवस्तु उल्लेख भएका नाटक, अविनाश श्रेष्ठका प्रयोगवादी बौद्धिक नाटक (श्रेष्ठ र शर्मा, २०५६ ः १४५) हुँदै पछिल्लो समयका नाटककार घिमिरे युवराजसम्म आइपुग्दा नेपाली नाटकको क्षेत्रमा नवीनताको प्रयोग भएको छ । नाटककार घिमिरेले समाजका हरेक क्षेत्रबाट विषयवस्तु टिपेर सफलतापूर्वक नाटक लेखन र मञ्चनमा सक्रिय छन् ।
नाटकको सैद्धान्तिक मान्यताका आधारमा नाटक लेखन र मञ्चन परम्परालाई अध्ययन गर्नु आवश्यक हुन्छ । पूर्वीय नाटक सिद्धान्तले सुखान्त पक्षलाई जोड दिएको छ । पाश्चात्य नाट्य मान्यताअनुसार दुःखान्त पक्षमा जोड दिएको छ । पूर्वमा आचार्य भरतपछि धनन्जय र विश्वनाथले सुखान्त नाट्य परम्परालाई अगाडि बढाएजस्तै पश्चिममा दुःखान्तको स्वरूप निर्धारण गर्नमा र नाट्य रचनामा एस्किलस, सोफोक्लिज र युरिपाइडिजको विशिष्ट देन छ ( थापा, २०५० ः १०१) । नेपाली नाटकको पछिल्लो समय प्रयोग काल हो । वर्तमान समयमा नाटकको आयाम र रङ्गमञ्चीय स्वरूपमा परिवर्तन भएको छ । आकारको हिसाबले लामा नाटक लेख्ने परम्पराको अन्त हुँदै गएको छ । नाटक हेर्ने दर्शकहरू लामो समयसम्म पट्यार लाग्दो गरी बस्ने अवस्था छैन । चलचित्रको विकास र व्यापक प्रचारका साथै आधुनिक मानिसको व्यस्तताले गर्दा रङ्गमञ्चमा नाटक प्रस्तुत गर्ने परमपरा पन्यालो हुँदै आयो (नेपाल, सन १९९१ ः ११९) । यस परिवेशमा नाटक लेखन र मञ्चन दुबै तहमा नाटक क्षेत्रमा नवीन प्रयोग गरिएको छ । विषयवस्तुलाई संक्षिप्त रूपमा प्रस्तुत गरी समाजलाई मार्गदर्शन गर्र्ने नाटक लेखन र मञ्चन परम्पराको प्रयोग थालनी भएको छ । नाटककार घिमिरे युवराज यही नवीन प्रयोगको दिशामा नेपाली नाट्य क्षेत्रमा देखा परेका पछिल्लो समयका सशक्त नाटककार हुन् ।
७. आँधीको मनोरम नृृत्य नाटकको विश्लेषण
‘आँधीको मनोरम नृत्य’ नाटकले पाठक, दर्शक र समग्र समाजलाई विद्यालय उमेरका बालबालिकाको यौवन अवस्थाको बारेमा सन्देश दिन खोजेको छ । नाटकको उद्देश्य समाजलाई सही दिशामा मार्गदर्शन गर्नु रहेको छ । ‘आँधीको मनोरम नृत्य’ नाटकमा यौवनको आँधीलाई प्रस्तुत गरिएको छ । युवा अवस्थाका बालबालिका आँधीजस्तै गतिविहिन र दिशाविहिन हुन्छन् । जसरी सामुद्रिक आँधी रमणीय नृत्य प्रस्तुत गर्दै आएको हुन्छ त्यसरी नै मानिसको युवाअवस्था आँधीको नृत्यजस्तै भएको कुरालाई प्रस्तुत गर्नु नाटकको उद्देश्य हो । जसलाई यहाँ उल्लेख गरिएको छ –
७.१ विद्यालय उमेरका किशोरकिशोरीको वास्तविकता चित्रण गर्नु
विद्यालय उमेरका बालबालिका जब किशोर अवस्थामा प्रवेश गर्छन्, उनीहरू अनियन्त्रित अवस्थामा हुन्छन् । त्यसबेला उनीहरूलाई गालीगलौज, अपमान र दमन गर्नु हुँदैन । उनीहरूलाई उपयुक्त मार्गनिर्देशन आवश्यकता पर्दछ । यस्तो अवस्थामा उपयुक्त मार्गनिर्देशन नहुनाले निस्सिम, गोबिन्द, प्रेम, सङ्गीता, विवेक जस्तै स्वभावका हुन्छन् । यस अवस्थाबाट बालबालिकालाई मुक्त गर्न अभिभावक, विद्यालयको उपयुक्त सल्लाह, सुझावको आवश्यकता पर्दछ । यदि उपयुक्त सल्लाह, सुझाव पाएमा त्यो अवस्था साँच्चै मनोरम बन्दछ । उपयुक्त सल्लाह र सुझावको अभावमा अनियन्त्रित आँधीको नृत्यरूपी बेगजस्तै हुन्छ । यौवन अवस्थाका बालबालिकालाई हरेक कुराले प्रभाव पार्दछ । उनीहरू हरेक कुरालाई सहज स्वीकार गर्न सक्दछन् । त्यो राम्रो वा नराम्रो के हो ? भन्ने बारेमा छुट्याउन सक्दैनन् ।
किशोर अवस्था आपैmमा आँधीको अवस्था हो । यस अवस्थामा बालबालिकामा आउने शारीरिक, मानसिक परिवर्तनले उनीहरूमा आकूल वा चिन्तित बनाएको हुन्छ । उनीहरू के गर्ने, कसो गर्ने भन्ने आपैmमा निर्णय लिन सक्दैनन् । आपैmमा अनियन्त्रित र अशान्त रहेका हुन्छन् । त्यस बेलामा बालबालिकामा देखिने आँधीले विनाश ननिम्त्याओस् भनेर अभिभावक सचेत रहनुपर्छ ।
नाटकले हाम्रो परिवेशमा भइरहेका विभिन्न घटनालाई उजागर गरेको छ । अहिले सार्वजनिक यातायातका साधन विशेष गरी ट्रकको पछाडि विभिन्न कुरा लेखिएका हुन्छन् । त्यसले आम मानिसमा पर्ने प्रभावको वास्ता गरिँदैन । वास्तवमा यसरी लेखिने भनाइले विद्यालय उमेरका बालबालिकामा गहिरो प्रभाव पार्दछन् । स्कूल बसमा चढेर जाँदै गरेका विद्यार्थीले ट्रकमा लेखिएका भनाइ पढेर हल्ला गरेका हुन्छन् । विशेष गरी मायाप्रेमका कुरा लेखिएका भनाइबाट विद्यार्थीको कोमल मानसिकतामा प्रभाव पारेको हुन्छ —
प्mयान्टा इज प्mयान्टा नट अ कोक
लभ इज लभ नट अ जोक (पृष्ठ, १२) ।
बालबालिका यस्तै प्रकारका कुराहरूलाई छिटो ग्रहण गर्न सक्छन् । नाटकमा बालबालिकाहरूको कोमल र संवेदनशील अवस्थाको चित्रण गरिएको छ । यस प्रकारका लेखाइले विद्यार्थीलाई पार्ने प्रभावको वास्ता गरिँदैन । तर विद्यार्थी हौसिएर पढेका हुन्छन् ।
७.२ शिक्षामा भइरहेको व्यापारीकरणको चित्रण गर्नु
‘आँधीको मनोरम नृत्य’ नाटकमा शिक्षाको निजीकरणले पारेको प्रभाव प्रस्तुत गरिएको छ । अहिले अंग्रेजी माध्यमको शिक्षाका नाउँमा बोर्डिङ स्कूलको व्यापारीकरण बढेको छ । जसले गर्र्दा महँगो शुल्क तिर्न सक्ने अभिभावकले आप्mना छोराछोरीलाई बोर्र्डिङ स्कूलमा भर्ना गरिदिएका छन् । बोर्डिङ स्कूलमा छोराछोरी भर्ना गरेपछि उनीहरूको पठनपाठन, अनुशासनमा अभिभावकले ध्यान दिँदैनन् । निजी स्कूलहरूले विद्यार्थीलार्ई केवल घोकन्ते शिक्षा दिलाउँछन् । कडा अनुशासनको बाहनामा बालबालिकाको मनोविज्ञान बुझेर पठनपाठन हुँदैन । विद्यार्थीमा विकृत मनोविज्ञान विकास हुँदै गएको छ । यस्तो अवस्थामा अभिभावकले आप्mना छोराछोरी के गर्दैछन् भन्ने ध्यान दिएका छैनन् । निजी स्कूलमा चर्को शुल्क तिर्ने र पढाइपछि छोराछोरीलार्ई विदेश पठाउने चाहना अभिभावकको छ । आफन्तहरू विदेश भएपछि आपूmले पनि छोराछोरी विदेश पठाउनुपर्ने बिचार नाटकको पात्र बुद्धिले व्यक्त गरेको छ —
नाथे २० हजार के हो र ? म पनि त्यति नै तिरिरहेको छु । मेरो त दुबैलाई ‘प्लसटु’ पढेपछि क्यानाडा पठाउने हो सर । मेरा भान्जा उतै छन् । यो देशमा राखेर केही हुन्न सर छोराछोरीलाई (पृष्ठ, ४१) ।
निजी विद्यालयमा अनुशासन सिकाइन्छ तर विद्यार्थीलाई जिउने कला सिकाइँदैन । केवल निहुरी मुन्टे न मात्र गरेर सिकाउने प्रवृत्ति छ । केवल पैसामुखी प्रवृत्ति विकास भएकोले बोर्र्डिङ स्कूल सञ्चालकले बालबालिकाको भविष्यप्रति जिम्मेवार छैनन् । विद्यार्थी कुलत वा नराम्रो संगतमा लागेमा विद्यालयबाटै निष्कासन गरी आपूm जिम्मेवारीबाट मुक्त हुन खोज्ने प्रवृत्ति रहेको नाटकमा उल्लेख छ । यस्तो प्रवृत्ति विद्यालयका प्रिन्सिपल अम्बिकाले प्रस्तुत गरेकी छन् —
काउन्सिलिङको समय छैन । त्यत्रो लभ गर्नेका अभिभावकलाई अफिसमै ल्याएर उभ्याएको हैन ? के नाप्यो ? एक—दुईजनालाई स्कूलबाट सेस्टिकेट नगरी कसैले टेर्र्दैनन् । हाल प्रेमलाई निकाल्नु पर्छ (पुष्ठ, ६६) ।
बोर्र्डिङ स्कूलमा विद्यार्थीमात्र होइन, शिक्षकहरू पनि उदास छन् । आफ्नो जिम्मेवारीमा निरन्तर लागिरहने बोर्डिङका शिक्षकको अपेक्षा पूरा गरिदिने कोही छैन । जीवनमा सधैभरी आर्थिक समस्या मात्र भएपछि कक्षाकोठामा गई विद्यार्थीलार्ई राम्रोसँग पठनपाठनमा लगाउने जाँगर छैन । शिक्षकको पीडा विद्यालयले सुनिदिँदैन । विद्यार्थीको सिँगान पुछ्नेदेखि सम्पूर्ण जिम्मेवारी शिक्षकले लिएका छन् । आफ्नो सुविधा कम हुँदा मनस्थिति कमजोर भएको बिचार महेश्वरको भनाइले स्पष्ट हुन्छ —
खै ! बाउआमाको अपेक्षा शिक्षकहरूसँग यति हुन्छ कि त्यसलार्ई पूरा गर्न कुनै जादुगर वा चमत्कारीले मात्रै सक्छ होला । हाम्रो आवश्यकता र अपेक्षा चाहिँ कसले पूरा गरिदेला ? यस्तो अवस्थामा सबैभन्दा बढी तलव त हामीजस्ता बेबीसिटर टिचरको हुनुपर्ने हो नि ! हैन दीपिका मिस ? जीन्दगीमा अर्थको अभाव कम भए, विद्यार्थीहरूलाई कक्षामा पाठको अर्थ बुझाउन पनि सजिलो हुन्थ्यो होला । पढाउन पनि जाँगर लाग्थ्यो होला (पृष्ठ, ५) ।
निजी विद्यालयका शिक्षकहरूले जीवनमा आर्थिक रूपमा सक्षम बन्न सकेमा पठनपाठनमा अझ राम्रो गर्र्न सकिने बिचार शिक्षकहरूको छ ।
७.३ अभिभावकको छोराछोरीप्रतिको गैह«जिम्मेवारीपनको बारेमा जानकारी
नाटकमा अभिभावकहरूले आप्mना छोराछोरीप्रति जिम्मेवारीपूर्ण व्यवहार नगरेको उल्लेख छ । अभिभावकको गैर जिम्मेवारीको कारण छोराछोरीले असल बाटो लिन सक्दैनन् । नाटकमा अभिभावक जिम्मेवार बन्नु पर्ने सन्देश दिन खोजिएको छ । पैसा तिरेर विद्यालयमा भर्ना गरेपछि आफ्नो सबै दायित्व पूरा हुने सोचाइ अभिभावकको छ । आफ्ना छोराछोरीलाई उचित मार्ग निर्देशन नगर्नाले कस्तो परिणाम आउँछ भन्नेमा सचेत हुनु आवश्यक छ । पैसा तिरेको कारण सबै जिम्मा विद्यालयले लिनुपर्ने भन्ने गैरजिम्मेवार व्यवहार भएको कुरा झकेन्द्रको भनाइबाट स्पष्ट हुन्छ —
हजुरलाई के थाहा यसको चर्तिकला ! मैले यिनीहरूकै लागि भनेर रातदिन दु ःख गरिरहेको छु । त्यत्रो महँगो स्कुलमा हालिदिएको छु । यिनीहरूले आपैm बुभ्mनुपर्ने होइन ? अझ प्रिन्सिपलले के भनेको थाहा छ आमा ? छोराछोरीको पढाइलेखाइ बानी व्यहोरामाथि निगरानी राख्ने काम हामी अभिभावकको नै अरे ! महिनाको २० हजार तिरेर सबै आपैm जिम्मा लिने भए किन पढाउनु त त्यस्तो स्कुल ? (पृष्ठ, ६०) ।
अभिभावकले प्रत्येक दिन आप्mना छोराछोरीसँगै बसेर उनीहरूको पढाइलेखाइ र अन्य समस्याको बारेमा कुराकानी गर्नुपर्छ । यदि त्यस्तो नभएमा छोराछोरी गन्तव्यहीन बन्न पुग्छन् । बढ्दो उमेरसँगै छोराछोरीको भावना अभिभावकले बुभ्mन नसक्दा देखा परेको समस्या नाटककी पात्र निस्सिमको भनाइबाट स्पष्ट भएको छ —
मामु मैले ड्याडीसँग कहिलै दोहोरो कुरा गर्न सकिनँ । हजुरलाई पनि बिहानदेखि रातिसम्म आफ्नो कामबाट फुर्सद भएन । हजुरआमाको गन्थन मलाई कहिलै मन परेन । जति उमेर बढ्दै गयो उति आप्mनै अङ्गहरू भारी भएजस्तो भयो (पुष्ठ, ८४) ।
अभिभावकले आफ्ना छोराछोरीको बारेमा बेलैमा नसोच्ने हो भने त्यसले भविष्यमा विकराल रूप लिन सक्ने कुराको सङ्केत गरिएको छ ।
७.४ बालबालिकाको यौवन र विकृत अवस्थाको चित्रण गर्नु
विद्यालय उमेरका बालबालिका यौवनावस्थामा प्रवेश गरेपछि उनीहरूमा परिवर्तन आउँछ । केटाकेटी एक आपसमा शारीरिक आकर्षण बढ्न थाल्दछ । त्यस समय उनीहरूलाई उचित मार्र्ग निर्देशन आवश्यक हुन्छ । नाटकमा विद्यार्थीलार्ई सम्झाउने बुझाउने र मार्ग निर्देशन गर्ने कार्य घर परिवार र विद्यालयबाट भएको छैन । परिणामस्वरूप उनीहरूमा एकअर्काप्रति आकर्षण बढेको छ । मौका पाएमा उनीहरू एक अर्कालाई एकान्तमा भेट गर्ने र रोमान्चित हुन खोज्छन् । सँगै चलचित्र हेर्न जाने र रमाइलो गर्ने चाहना राख्छन् । यो सबै कुरा बढ्दो उमेरको कारण भएको हो । नाटकमा गोबिन्दले निस्सिमलाई आफ्ना आमाबाबु घरमा नभएको मौका पारेर आफ्नो घरमा बोलाएको छ —
प्लिज आस्मालाई नबोलाऊ न । मलाई त्यो केटी मन पर्दैन । भोलि बहानै भाइलाई लिएर ड्याड—मम मामाघर जाँदै हुनुहुन्छ । मेरो घर रूङ्ने पालो हो क्या । प्लिज—प्लिज—प्लिज घरमै आऊ न ल । फिल्मको टिकट पनि मै काट्छु । आइसक्रिमको पैसा पनि मै तिर्छु (पृष्ठ, २१) ।
वर्तमान समयमा मोवाइल फोन अत्यावश्यक वस्तु बनेको छ । यो सञ्चार सम्पर्कको लागि सहज माध्यम हो । अहिलेका युवायुवतीले मोवाइलको दुरूपयोग गरेका छन् । मोवाइलमा अश्लिल भिडियो हेर्ने, केटाकेटी एकान्तमा कुराकानी गर्ने विकास भएको छ । यसले गर्दा विद्यार्थीहरू पढाइ भन्दा बाहिरी कुरामा बढी ध्यान दिन्छन् । विद्यालयमा मोवाइल फोन ल्याउन नपाइने भएपछि खराब मनस्थिति भएका केटाकेटीले कट्टुभित्र लुकाएर ल्याउँछन् । नाटकमा विवेकले कट्टुमा मोवाइल लुकाएर स्कूलमा ल्याएको छ । कक्षाकोठामै अश्लिल भिडियो हेर्ने गरेको नाटकमा प्रस्तुत छ —
कट्टुभित्र लुकाएर ल्याएको थिएँ, अनि कहाँबाट थाहा पाउँछन् त ? ( विवेकले मोवाइल फोनमा पोर्न भिडियो प्ले गर्छन् । सबैजना उत्सुक हुँदै हेर्न थाल्छन् ) (पृष्ठ, २६) ।
नाटकको पात्र विवेकजस्ता बदमासी प्रवृत्ति भएका केटाकेटीले लुकाएर मोवाइल फोन कक्षामा ल्याउने कुरा देखाइएको छ । उमेर बढ्दै जानेक्रममा केटाकेटीमा विकास हुने लागु औषध दुव्र्यसनलाई नाटकमा प्रस्तुत गरिएको छ । केटाकेटी दुबैले कक्षाकोठामा चुरोट सेवन गरेका छन् । शिक्षकले चुरोट सेवन गरेको देखेका केटाकेटी चुरोट सेवन गरेका छन् । विद्यार्थीको अगाडि चुरोट सेवन गर्ने शिक्षकले विद्यार्थीलाई केही भन्न सक्दैनन् । नाटकमा प्रेमले गणित शिक्षकले चुरोट सेवन गरेको देखेर आपूmले पनि सेवन गर्न सिकेको कुरा बताएको छ —
चिन्ता नगर न । सरहरूले तानेको मैले देखेको छैन र ! हाम्रो म्याथ टिचरले स्कूलको स्टाफ ट्वाइलेटमा छिरेर चुरोट तान्छ । उसको दाँत हेर न पूरै खिया परेको फलाम जस्तो छ (पृष्ठ, २९) ।
विद्यालय उमेर विशेष गरी ९–१० कक्षामा अध्ययन गर्ने विद्यार्थीहरूमा देखिएको वास्तविक अवस्थालाई नाटकमा चित्रण गरिएको छ ।
७.५ सरकारी कर्मचारीको जागिरे मनस्थितिको विवरण प्रस्तुत
नाटकमा सरकारी कर्मचारीको जिम्मेवारीभन्दा जागिरे मनस्थितिको चित्रण गरिएको छ । कर्मचारीहरूमा सेवाको भावना भन्दा चिया पिउने बाहनामा समय बिताउने, गफ गरेर बस्ने बानी छ । सेवाग्राही आएर भीडभाड हुँदा पनि सरकारी कर्मचारीहरू वास्ता गर्दैनन् । कर्मचारीको विश्वास छैन । हुलाकमा आएको व्यक्तिको सामान खोलेर राख्छन् । यस्तो प्रवृत्तिलाई हाकिम रामचन्द्रको भनाइबाट स्पष्ट हुन्छ —
अहिलेसम्म चिया गफ सकिएन तपाइँहरूको ? बाहिर सामान लिन मानिसहरूको लाम लागेको छ । कर्मचारीको अत्तोपत्तो छैन । झकेन्द्र सर, त्यो नर्वेबाट आएको पार्सल लापत्ता छ रे ! हैन कहाँ जान्छ यहाँबाट सामान ? मन्त्रीको सामान रहेछ, दबाब आइरहेको छ । अनि कोरियाबाट आएको पार्सल खोलिएको रहेछ । (झकेन्द्रलाई साउती मारेर) हैन सामान नै झिके पनि राम्ररी टेप लगाउन जान्दैनन् चोरहरू । मलाई फसाउने काम नगर्नुहोस् त तपाइँहरू (पृष्ठ, ४१) ।
रामचन्द्रको भनाइले हुलाकको विश्वसनीयतामाथि प्रश्न उठ्छ । हुलाकका कर्मचारीको बेथिति र लापरवाही स्पष्ट हुन्छ । सामान नै गायव पारिदिने चोरी प्रवृत्ति नाटकले देखाएको छ ।
७.६ वर्तमान अवस्थामा छोराबुहारीको कर्तव्यहीनता र सम्पतिमुखी प्रवृत्तिको चित्रण
अहिलेका छोराले आप्mना आमाबाबुको माया भन्दा सम्पतिको मायाले आमाबाबुको माया मानेजस्तो व्यवहार गरेका हुन्छन् । देखावटी रूपमा आमाबाबुको माया मानेजस्तो गर्छन् । नाटकमा छोराबुहारीको आमाबाबुप्रतिको माया र जिम्मेवारीमा देखिएको नकारात्मक अवस्था चित्रण भएको छ । श्रीमतीले आमाको स्याहार सुसार थपिएको कुरा गर्दा झकेन्द्रले आमालाई बल्लतल्ल फकाएर ल्याएको कुरा गरेको छ । आमाले आफ्नो स्याहार नपाएमा गाउँको सम्पति हात नपर्ने डर उसलाई छ —
(स्वर दवाएर) चुप, आमाले सुनिस्यो भने । आमाको कुरा निकालेर निहुँ नखोज है तिमी मसँग । धेरै गन्गन् नगर मलाई । मेरो टाउको फुट्ला जस्तो भैसक्यो । (यताउति नियालेर सानो स्वरमा) बल्लबल्ल आमालाई फकाएर गाउँको जग्गा आफ्नो नाममा सारौंला भन्दै थिएँ । सब चौपट हुने भो (पृष्ठ, ५८) ।
बाबुआमाको सम्पति हात नपरुन्जेल माया मानेजस्तो गर्ने र सम्पति हात लागेपछि बाबुआमालाई लत्याउने प्रवृत्तिको नाटकमा उल्लेख भएको छ ।
७.७ घरपरिवारमा हुने महिला हिंसा र भ्रष्ट कर्मचारीको चित्रण
हाम्रो घरपरिवारमा महिला हिंसाका घटनाहरू प्रशस्त हुने गरेका छन् । साथीभाइ आउँदा घरमा छोरी, श्रीमतीको इच्छा विपरीतका क्रियाकलाप भएका छन् । श्रीमती÷छोरीलाई साथीहरूसँग परिचय गराउँदा घरका पुरूषले ख्याल गर्नुपर्छ । जानीजानी उनीहरूमा हिंसा भएको छ । जवान भैसकेका छोरीलाई हातमा तान्ने अँगालो हाल्ने काम राम्रो होइन । साथीका श्रीमतीप्रति गिद्धे नजर लगाउने प्रवृत्ति पनि पुरानो हो । यस प्रवृत्तिलाई बुद्धिले निस्सिमप्रति गरेको व्यवहारबाट स्पष्ट भएको छ —
गाऊ—गाऊ । आफ्नो ट्यालेन्ट देखाइदेऊ । के को लाज हामीसँग । (निस्सिम गीत गाउँछिन । सबै उत्साहित भएर थपडी बजाउँछन् । हल्ला गर्न थाल्छन् । बुद्धि कुर्सीबाट उठ्छन् र गीत सुनेकै बाहनामा निस्सिमको हात समाएर तारिफ गर्दै आपूmतिर तान्दै हुन्छन् ) (पृष्ठ, ७६) ।
नाटकमा कर्मचारीको भ्रष्ट प्रवृत्तिलाई स्पष्ट पारिएको छ । हाकिमलाई खुसी पारेर कार्यालयमा आफ्नो हालिमुहाली गर्ने प्रवृत्ति झकेन्द्रले आयोजना गरेको भोजबाट स्पष्ट हुन्छ । घर परिवारमा श्रीमती र छोराछोरीको भावना विपरीत घरका अभिभावकले गर्ने व्यवहारले परिवारमा पर्ने असरलाई नाटकमा स्पष्ट पारिएको छ ।
७.८ राजनीतिक विकृतिको कारण बालमस्तिष्कमा परेको असरको उल्लेख गर्नु
नाटकमा राजनीतिक विकृतिको बारेमा विमर्श प्रस्तुत गरिएको छ । वर्तमान राजनीतिले विसंगति निम्त्याएको छ । अहिलेका कोमल मनस्थितिका बालबालिकालाई सडकको जाममा उभ्याइएको छ । विद्यालयमा अध्ययन गर्ने बालबालिकालाई विभिन्न राजनीतिक पार्टीले प्रयोग गरेका छन् । बालबालिकाको मनस्थितिमा त्यसले पार्ने प्रभाव र उनीहरूको भविष्य बारेमा कसैको चिन्ता छैन । सडकमा लगाइने नारा, जुलुस, बन्द, हडताल, प्रदूषणको प्रभावले अहिलेका बालबालिका चेपुवामा परेका छन् । विद्यार्थीको ज्ञानको स्रोत विद्यालय हो नकि विभिन्न सडकका विकृतिजन्य दृश्यहरू । नाटकमा सडकको नाराजुलुस देखेका विद्यार्थी कक्षाकोठामा जाँदा पनि नारा लगाउँदै गएको दृश्य प्रस्तुत गरी राजनीतिको विकृत रूप स्पष्ट पारिएको छ —
बलात्कारीलाई दण्ड दे
हत्यारालाई कारवाही गर्
महिला अधिकार सुनिश्चित गर्.... (पृष्ठ, १६) ।
‘आँधीको मनोरम नृत्य’ नाटकमा विभिन्न प्रयोग गरेर हाम्रो परिवेशमा भएका घटनाको यथार्थ विवरण प्रस्तुत गरिएको छ । निजी विद्यालयको पैसा कमाउने प्रवृत्ति, उमेर पुगेका किशोरावस्थाका बालबालिकालाई उचित मार्ग निर्देशन नहुनाले उनीहरूमा विकसित नकारात्मक भावना नाटकमा प्रस्तुत गरिएको छ । अभिभावकको गैरजिम्मेवारीले पार्ने असरलाई नाटकमा सान्दर्भिक रूपमा प्रस्तुत गरिएको छ । समसामयिक परिवेशबाट विषयवस्तु टिपेर नाटकमा प्रस्तुत गर्नु नाटकको प्रमुख उद्देश्य हो । नाटकले विभिन्न प्रयोगका माध्यमबाट सामाजिक सुधारको सन्देश दिएको छ ।
८. निष्कर्ष
नेपाली नाट्य विधामा पछिल्लो समय विभिन्न प्रयोग गरी नाटक लेखिएका छन् । यसै मध्येका नाटककार घिमिरे युवराजको पछिल्लो नाटक ‘आँधीको मनोरम नृत्य’ प्रकाशित भएको छ । मानिसको जीवनमा एकपटक आउने आँधीबेहरीको समय नाटकको मुख्य विषय हो । जम्मा नौ दृश्यमा संरचित नाटकले जीवनको आँधी र त्यो आँधीको नृत्यले कसैलाई नछाड्ने उल्लेख छ । आँधीको नृत्यमा कोही सफल हुन्छन् । कोही आँधीको भूमरीमा पर्छन् ।
‘आँधीको मनोरम नृत्य’ नाटकमा पूर्व र पश्चिमका नाट्य सिद्धान्तको मान्यतालाई आत्मसात गरी नवीन चिन्तन प्रस्तुत छ । नाटकको विषयवस्तु अध्ययन गर्दा हाम्रो समाजमा जे भइरहेको छ त्यसलाई छर्लङ्ग प्रस्तुत गरेको छ । अंग्रेजी शिक्षाप्रति अभिभावकको चासो, अंग्रेजी शिक्षाको परिणतिले निम्त्याएको स्थिति नाटकमा उल्लेख छ । कर्मचारीको भ्रष्ट प्रवृत्ति र घरपरिवारका समस्या नाटकको विषयवस्तु हो । नाटकमा मानिसको हरेक क्षण नाटकजस्तै भएको उल्लेख छ । जहाँ हरेक मानिस आफ्नो अभिनय प्रस्तुत गरेको हुन्छ ।
नाटकमा मुख्यतः शिक्षाको निजीकरणले पारेको प्रभावलाई विषयवस्तु बनाइएको छ । अभिभावक र विद्यार्थी अंग्रेजी माध्यमको शिक्षा चाहन्छन् । जतिसुकै चर्को शुल्क तिरेर पनि अंग्रेजी माध्यमको शिक्षा लिन चाहने प्रवृत्तिले सकारात्मक भन्दा नकारात्मक प्रभाव बढी पारेको छ । छोराछोरीलाई निजी विद्यालयमा पढाउँदा आमाबाबु ढुक्क छन् । त्यहाँ आप्mना छोराछोरी के गर्दैछन् ? कसरी पढेका छन् ? समस्या के छ ? बुभ्mन चाहँदैनन् । बिहान उठ्ने बित्तिकै किताबको भारी बोकाएर झोलामा टिफिन राखी छोराछोरीलाई निजी विद्यालयमा पठाएपछि अभिभावकको जिम्मेवारी पूरा हुन्छ । विद्यालयको कठोर अनुशासन, खाली निहुरीमुन्टी लगाउन बाध्य पार्ने विद्यालयको व्यवहारले छोराछोरीको भविष्य कता गइरहेको छ भन्ने अभिभावकलाई कुनै जानकारी छैन । विद्यालयमा पढ्न गएका छोराछोरी पढेका छन् या कुसङ्गतमा लागेका छन् भन्ने अभिभावकलाई चिन्ता छैन । किशोरावस्थाका बालबालिका कोही लागु औषध दुव्र्यसनमा लागेका छन्, कोही यौन सम्पर्कको कारण आफ्नो जीवन दुर्घटित समेत बनाएका छन् । यसको पछाडि विद्यालय र अभिभावकको गैरजिम्मेवारी प्रमुख कारण हो ।
निजी विद्यालयको उद्देश्य केवल पैसा मात्र कमाउने छ । निजी स्कुल सञ्चालन गर्ने तर त्यसको उचित व्यवस्थापन गर्न नसक्ने निजी विद्यालय सञ्चालकको व्यवहार उदेक लाग्दो छ । शिक्षकलाई उचित पारिश्रमिक छैन । निजी विद्यालयका शिक्षकहरू उदास छन् । नाटकमा निजी विद्यालयका शिक्षकको समस्या उल्लेख गरिएको छ ।
सरकारी कार्यालयका कर्मचारीहरू कार्यालय गएर केवल समय मात्र बिताउँछन् । घुस खाने, बेइमानी गर्ने कार्यमा कर्मचारी अग्रसर छन् । सेवाग्राहीलाई सेवा दिन भन्दा कर्मचारीको आप्mनै समस्या ठूलो रहेको छ । समयमा कार्यालय नजाने, कार्यालयमा गएर आफ्नो जिम्मेवारी इमानदारीसाथ पालना नगर्ने, भ्रष्ट आचरण प्रस्तुत गर्ने कर्मचारीका विशेषता हुन् । ‘आँधीको मनोरम नृत्य’ नाटकमा नेपालको सरकारी कार्यालयका कर्मचारीको व्यवहार यथार्थ चित्रण गरिएको छ ।
नाटकमा घरपरिवारको वास्तविकता बारेमा चित्रण छ । घरमा अभिभावक जिम्मेवार नहुँदा छोराछोरी गलत मार्गमा हिँड्ने देखाइएको छ । आफ्ना छोराछोरी के गर्छन् ? कता जान्छन् ? उनीहरूका समस्या के हुन् ? भनी अभिभावकले चासो लिनुपर्ने कुरा नाटकमा सचेत गराइएको छ । आफ्ना बृद्ध बाबुआमालाई सम्पतिकोलागि माया मानेको जस्तो व्यवहार गर्ने प्रवृत्ति नाटकमा प्रस्तुत छ । बाबुआमालाई केवल सम्पतिको लागि हैन आफ्नो सृष्टिकर्ताको व्यवहार गर्नुपर्ने सन्देश नाटकले दिएको छ ।
यसरी ‘आँधीको मनोरम नृत्य’ समयको आँधीले जन्माएको सुन्दर नाटक बनेको छ । मानिसको जीवनका आँधीबेहरीलाई नाटकमा यथार्थ चित्रण गरिएको छ । समाजलाई सही मार्गमा हिँडाउने नाटकको प्रमुख अभिप्राय हो ।

सन्दर्भ सामग्रीसूची:
उपाध्याय, केशवप्रसाद (२०५२) . नाटक र रङ्गमञ्च . काठमाडौ ः रूमु प्रकाशन ।
उपध्याय, केशवप्रसाद (२०५६). नाटकको अध्ययन. ललितपुर ः साझा प्रकाशन ।
घिमिरे, युवराज (२०७६). आँधीको मनोरम नृत्य. काठमाडौः शिल्पी थिएटर ।
थापा, हिमांशु (२०५०) . साहित्य परिचय . काठमाडौ ः साझा प्रकाशन ।
नेपाल, घनश्याम (सन १९९१). नेपाली साहित्यको परिचयात्मक इतिहास. सिलगढी, पश्चिम बंगालः
नेपाली साहित्य प्रचार समिति ।
पोखरेल, रामचन्द्र (२०६२). नेपाली नाटक सिद्धान्त र समीक्षा. काठमाडौः विद्यार्थी प्रकाशन ।
श्रेष्ठ, दयाराम, शर्मा, मोहनराज (२०५६). नेपाली साहित्यको संक्षिप्त इतिहास. काठमाडौः साझा
प्रकाशन ।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।