सानु! लाठे छोरो यदि बोल्छ भने रक्सी धोकेर
भन्नु नभन्नु भन्ने दिन गए अब छाती ठोकेर
अर्ति बुद्धि नमान्ने गतिछाडा छोरामोरा सबै
घिचेर नै मर्ने भए अल्प उमेरमा जिब्रो टोकेर
पितृ मातृलाई हेरचाह नगरि एक्लै खान्छ भने
पापको डर नमानि हिँड्नलाई के भन्नु रोकेर?
जस्को जे नहोस् नटेरी कन कुकर्ममा हिँड्दा
अटेरीले सिक्नै खोज्दैन अब के गर्नु घोकेर ?
तिम्रो दुःख सुखमा सङ्गै सधै 'लाल' भएपनि
आत्मघात नगर्नु कहिलै माया दिलमा बोकेर
जागीरोड(असम)