जो
पतन हुन्छ
त्यो छन्द हुन सक्तैन ।
जस्तै
गाग्रोको सेप
चेप्टो हुन सक्तैन ।
म जब हिंडछु भर्टिकल भर्टिकल
होरिजन्टल बाटोहरुमा
उकाली र ओरालीहरु
छन्द हुन सक्तैन ।
जीवनको पातमा
कर्कलाको पानी
झर्छ झर्छ
कवि मर्छ मर्छ एकदिन
तर कविता पतन हुन सक्तैन ।
आसाम,भारत