छोयो भने बात लाग्छ तिमीलाई छुनु किन
मलाई छोडी टाढा गयौ तिमी सम्झी रुनु किन
मेरो सामु नुहँदामा खुशी हुँदी रैछौ तिमी
तिमी एक्लै जिउँने भईछौ तिम्रो साथी हुनु किन
बेदना र पीर मात्रै लेख्या रैछ जीन्दगीमा
यस्ता प्यार चिजहरु आँसु बगाई धुनु किन
रेटे पनि मेरो मुटु हाँसी खुशी छौ रे तिमी
छोडी जाने निष्ठूरीको हालखबर सुनुँ किन
अरुलाई नै दिनु तिमीले मायाँ जति सबै
निर्मोहीको मायाँ जाल अब मैले बुनुँ किन
सापिगं ३ काभ्रे
हालः नेदरल्याण्ड