14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

कचहरीको उत्कृष्ट नमूना कल्पना र उर्मिला दुःखमा छन् नाटक

कृति/समीक्षा ताराप्रसाद पोखरेल August 14, 2021, 8:09 am
ताराप्रसाद पोखरेल
ताराप्रसाद पोखरेल

१. परिचय
नेपाली नाट्यसाहित्यमा पछिल्लो समय विभिन्न नवीन प्रवृत्तिहरू देखा परेका छन् । विभिन्न नाटककारहरूले नाट्यविधामा नवीन प्रयोग गरी नाटक प्रस्तुत गर्ने कार्र्य अघि बढेको छ । नाटक त्रिआयामिक हुन्छ । नाटककार, रङ्गकर्मी र प्रेक्षक गरी तीन पक्षसँग उत्तिकै सम्बन्ध रहने हुँदा नाटकको् स्वरुप त्रिआयामिक भएको हो (श्रेष्ठ र शर्मा, २०५६ ः १३२) । नाटक प्राचीन विधा हो । पूर्व र पश्चिमका साहित्यमा नाटक पाको विधा हो । साहित्यका अन्य विधाभन्दा फरक हुनु नाटकको आप्mनो विशेषता हो । नाटक जीवनको साङ्केतिक अनुकृति नभएर जीवनको सजीव प्रतिलिपि हो (पोखरेल, २०६२ ः ५) । नाटकलाई नाटककार र कलाकारहरूले समयानुकूल अगाडि बढाउँदै आएका छन् । नाटकमा महान बिचार, सुसम्बद्ध कथावस्तु, तीब्र सङ्घर्र्ष, व्यापक चरित्र—चित्रण, स्वाभाविक कथोपकथन र अभनिेताहरूको महत्वपूर्ण भूमिका हुन्छ (पोखरेल, २०६२ः ५) । यस्तै नाटककरहरू मध्येमा पर्ने व्यक्तित्व हुन् घिमिरे युवराज । पछिल्लो समयमा चर्चित नाटकघर शिल्पी थिएटरका निर्र्देशकसमेत रहेका घिमिरे कलाकारदेखि लेखक र नाट्यनिर्देशकको रुपमा परिचित छन् ।
मोरङको बिराटचोकमा पिता शंकरप्रसाद वेदप्रकाश शर्माका कान्छो सुपुत्र युवराज घिमिरे आपूm नाटकको क्षेत्रमा लागेपछि घिमिरे युवराजको नामले परिचित छन् । व्यवस्थापन विषय अध्ययन गरी उच्च शिक्षा हासिल गर्ने अभिप्रायले काठमाडौ पुगेका युवराज सुरूमा पत्रकारिता गर्दथे । चर्चित पत्रकार युवराज घिमिरे र आप्mनो नाम एउटै भएकोले आपूm ओझेलमा पर्ने महसुस गरी उनले आपूmलाई घिमिरे युवराजको नामबाट परिचित गराए । केही समय पत्रकारिता गरेपछि २०५५ सालतिर कलाकारिताको क्षेत्रमा प्रवेश गरे । सुरुमा अभिनय विधाबाट नाटकको क्षेत्रमा प्रवेश गरेका घिमिरे २०६४ सालमा मधेश आन्दोलन उत्कर्षमा पुगेको बेला नाट्ययात्रामा निस्किएका थिए । ‘ कल्पना र उर्मिला दुःखमा छन्’ शीर्षकको सडक नाटक मार्पmत देशका ग्रामीण क्षेत्रको भ्रमण गरेका थिए ।
कक्षा नौमा अध्ययन गर्दादेखि कविता लेख्न सुरू गरेका घिमिरे आपूmलाई निरन्तर साहित्य लेखन र अभिनयको क्षेत्रमा सक्रिय बनाउँदै लगे । उनी नाटकको क्षेत्रमा लागेपछि नाटकको बारेमा स्पष्ट हुनुपर्ने सोचका साथ २०६६ सालमा डेनमार्कको कोपेनहेगनमा छात्रवृत्तिमा ड्रामासम्बन्धी अध्ययन गर्ने अवसर प्राप्त गरे । ड्रामासम्बन्धी अध्ययनपश्चात उनी २०७२ सालमा आप्mनी श्रीमती लुना भट्टराईको साथमा म्यानमार गई केही समय बसे । म्यानमारमा १३ महिना बस्ने क्रममा उनले सडक नाटक सिकाएका थिए । म्यानमार बसाइपछि नेपाल फर्किएका घिमिरेले नाट्ययात्राको क्रममा बर्दियामा थारू नाटकघर, मोरङ र सिन्धुपाल्चोकमा सेलो थिएटर स्थापना गरी नाट्ययात्रालार्ई मजबुत बनाउने महत्वपूर्र्ण कार्य गरेका थिए । हाल नाटककार घिमिरे शिल्पी थिएटरमा नाटक प्रदर्शन गर्ने र नाटक लेखन कार्यमा सक्रिया छन् ।
नाटककार घिमिरेको ‘कल्पना र उर्मिला दुःखमा छन्’ शीर्र्षकको नाटक २०७७ सालमा शिल्पी थिएटरले प्रकाशनमा ल्याएको छ । आठ दृश्य र १६ पृष्ठमा विषयवस्तु संरचित रहेको नाटक ‘ कल्पना र उर्मिला दुःखमा छन्’ पछिल्लो समयका नाटकहरूमा नौलो प्रयोग हो । नाटकले वर्तमान अवस्थामा विद्यालयमा अध्ययन गर्ने यौवनावस्थाका केटाकेटीको अवस्था र सानै उमेरमा विवाह भएका महिलाले व्यहोर्र्नु परेको पारिवारिक ताडनालार्ई यथार्थपरक रुपमा चित्रण गरेको छ ।
२. अध्ययनको समस्या र उद्देश्य
‘कल्पना र उर्मिला दुःखमा छन्’ नेपाली नाटकको समकाली नाटकहरूमा नौलो प्रयोगको रूपमा आएको छ । नाटकले समसामयिक विषयवस्तुलाई समेटेको छ । यौवन अवस्थामा विद्यालयमा अध्ययन गरेका बालबालिकाहरूको अवस्था, सानै उमेरमा विवाह गरेका नेपाली नारीहरूको स्थिति र पारिवारिक अवस्थाको बारेमा नाटकमा नयाँ प्रयोग गरिएको छ । नाटकले प्रयोगवादी नेपाली नाटकको क्षेत्रमा कस्तो प्रभाव पारेको छ ? विद्यालय उमेरका विशेष गरी १६–१७ वर्ष उमेरका बालबालिकाको मनस्थितिमा पारेको कुनै पनि कुराको प्रवाह नगरी अन्धो प्रेममा फस्नाले हुने असरलाई नाटकमा कसरी उल्लेख गरिएको छ ? यौवन अवस्थाका बालबालिकालार्ई विद्यालय तथा घर परिवारबाट कस्तो व्यवहार हुनुपर्ने हो ? बालककालमा विवाह भएका महिला र पुरुषको अवस्था कस्तो रहने भन्ने कुरा प्रस्तुत अध्ययनको समस्या रहेका छन् । नाटककार घिमिरेको ‘कल्पना र उर्मिला दुःखमा छन्’ नाटकको सम्बन्धमा विभिन्न पत्रपत्रिकाहरूमा उल्लेख गरिएको छ । लेखक तथा समीक्षकहरूले नाटक प्रदर्शनको क्रममा देखिएका बास्तविक अवस्थाको बारेमा चित्रण गरेर धेरै लेखहरू लेखेका छन् । नाटकको बहुआयामिक चित्रण हुनु पर्ने हो सो भएको छैन । ‘कल्पना र उर्मिला दुःखमा छन्’ नाटकले प्रयोगवादी नेपाली नाटकको क्षेत्रमा पारेको प्रभाव र वर्तमान अवस्थामा विद्यालय शिक्षाको अवस्था, बालबालिकाको छाडापन, अभिभावकको गैरजिम्मेवारीपन, विवाह गरेर विदेश गएका युवाहरूको आप्mना श्रीमतीहरूप्रतिको दायित्वविहिन अवस्थाको बारेमा हालसम्म अध्ययन हुन नसक्नु यस अध्ययनको समस्या हो । सोही समस्याको बारेमा खोजी गरी उल्लेख गर्नु प्रस्तुत अध्ययनको उद्देश्य रहेको छ ।
३. अध्ययनको सीमा
‘कल्पना र उर्र्मिला दुःखमा छन्’ नाटक अध्ययनको लागि नाटकको पुस्तक र नाटकसँग सम्बन्धित रहेर गरिएका अध्ययनमा सीमित गरिएको छ ।
४. अध्ययन विधि
‘कल्पना र उर्मिला दुःखमा छन्’ नाटक अध्ययनको लागि गुणात्मक अध्ययन अनुसन्धान विधिको उपयोग गरिएको छ । नाटकको अध्ययनका क्रममा सङ्कलित सामग्रीको व्याख्यात्मक विधिको आधारमा विश्लेषण गरिएको छ । नाटककार घिमिरे युवराजको ‘कल्पना र उर्मिला दुःखमा छन्’ नाटकमा रहेको आठवटा दृश्यको आधारमा नाटकको विश्लेषण गरिएको छ ।
५. सामग्री सङ्कलन विधि
‘कल्पना र उर्मिला दुःखमा छन्’ नाटकमा प्राथमिक र द्वितीयक सामग्रीको प्रयोग गरिएको छ । प्राथमिक सामग्रीको रुपमा सम्बन्धित नाटकको पुस्तकलाई उपयोग गरिएको छ । त्यसैगरी द्वितीयक सामग्रीको रुपमा नाटकसँग सम्बन्धित विभिन्न पुस्तक, पत्रपत्रिकामा प्रकाशित लेखलाई अध्ययन गरिएको् छ ।
६. सैद्धान्तिक पर्याधार
कल्पना र उर्मिला दुःखमा छन् कचहरी नाटक हो । कचहरी नाटक लेखनको सुरूवात सर्वप्रथम ब्राजिलीयन नाटकार अगस्टो बोआल ( १९३१—२००९) ले गरेका थिए । उनी ब्राजिलका नाटक निर्देशक, सिद्धान्तकार र राजनीतिक व्यक्तित्व हुन् । उनी थिएटर अफ प्रोपेसरका संस्थापक थिए । उनले कचहरी नाटकको सुरुवात मात्र नभएर यस प्रकारका नाटकको सैद्धान्तिक मान्यता स्थापित गराएका थिए । उनको कचहरी नाटकको मान्यतामा आधारित पुस्तक ‘गेमस् फर एक्टर एण्ड नन एक्टर्स’ (१९९२) प्रकाशित भाएको छ । उक्त पुस्तकको आधारमा कचहरी नाटको सैद्धान्तिक मान्यता स्थापित भएको हो । तत्कालीन अवस्थामा कट्टर वामपन्थी आन्दोलनमा कचहरी नाटक लोकप्रिय मानियो । नाटककार बोआलले ब्राजिलको रियो द जेनेरियोमा विधायिकामा निर्वाचित भएर कानुनी रूपमासमेत कचहरी नाटकलाई स्थापित गराए ।
नाटककार बोआल न्युयोर्कको कोलम्बिया विश्वविद्यालयमा आलोचक जोन ग्यासनरसँग अध्ययन गरेका थिए । उनी नाटककार बर्टेल्ड ब्रेख्त र कोन्स्टान्टिन स्टानिस्लाभस्कीको नाट्यमान्यताबाट प्रभावित थिए । सन १९५५ मा हर्स एण्ड द सेन्ट र द हाउस एक्रोस द स्ट्रिट गरी दुई नाटक प्रस्तुत गरेका थिए । उनी सन १९५६ पछि ब्राजिलको एरिना थिएटरमा काम गर्न थाले । उनी जोसे रोनाटो, जो एरिनाका संस्थापक र निर्देशक थिए । उनले स्टानिस्लाभस्कीको नाट्य मान्यतालाई ब्राजिलमा प्रयोग गरे । उनले राष्ट्रियतासम्बन्धी मुद्धाहरूमा वामपन्थी दृष्टिकोण अपनाएर नाटक प्रदर्शनको सुरुवात गरे ।
उनले साओ पाउलोको एरिना थिएटरमा काम गर्दा थुप्रै नाटकको निर्देशन गरे । उनका नाटक ब्राजिलियन समाज र यसको अर्थतन्त्रप्रति समर्पित थिए । उनले समाज परिवर्तनको लागि नाटक लेखन र निर्देशन गरे । कचहरी नाटकको सुरूवातको समय उनले जोन स्टेनबेकको ‘मुसा र पुरुषहरू’ नाटक प्रदर्शन गरेका थिए । सन १९५६ मा ‘प्रिमियर डे रेभिला ओ डे दिनेरो’ पुरस्कार प्राप्त गरे । उनले युवा नाटककारको लागि राष्ट्रिय रङ्गमञ्च स्थापना गरे । उनी ब्राजिलका राष्ट्रवादी र परिवर्तनका नाटककार÷निर्देशक मानिन्छन् । यस्तै परिवर्तनका नाटकमध्यमा ओडुमाल्डो भियना फिल्हेले लेखेको ‘चापेतुवा फुटेबोल क्लव’ नाटकको निर्देशन गरेका थिए ।
नाटककार बोआलले नाटक यात्रालार्ई निरन्तरता दिएका थिए । यस्तै व्रmममा सन १९६४ मा ब्राजिलमा सैन्य शासन सुरू भयो । समाजका कुलिन वर्ग सैन्य शासनको पक्षमा भए । सैन्य शासनलाई अमेरिकाले पनि समर्थन गरेको थियो । उनले सुरू गरेको नाटक यात्रा विवादास्पद बन्यो । सन १९७१ मा उनी सेनाबाट गिरफ्तार भए । सेनाको गिरफ्तारीबाट मुक्ति पाएपछि अर्जेन्टिना गएर निर्वासित भई बसे । त्यहाँ उनी पाँचवर्ष बसेका थिए । ब्राजिलमा सैन्य सरकारले दिएको यातनालार्ई विषयवस्तु बनाएर नाटक लेखेका थिए । उनी पाउलो फ्रेरेका समकालीन साथी थिए । पछि ब्राजिलमा आएर उनले नाट्य पद्धतिको विकास गरे ।
बोआलले सुरुवात गरेको नाट्य मान्यता विश्वभर प्रयोग हुन थाल्यो । कचहरी नाटकको माध्यमबाट उनले दर्शकलाई पनि नाटकमा सहभागी गराउन थाले । दर्शकको दुःखलाई व्यक्त गर्ने नाटक प्रदर्शनको सुरुवात उनले गरे । नाटकको माध्यमबाट दर्शकलाई पनि कलाकार बन्ने मौका मिल्ने नाटक प्रदर्शनको सुरुवात गरे । उनले ब्राजिलियन रूपान्तरकर्र्ता फ्रेरेको बिचारमा आधारित भएर नाटक लेखे । उनका नाटकमा समाजका कुलिन वर्गमाथि विद्रोह प्रस्तुत गरिएको थियो । उनका नाटकले निरक्षरता उन्मुलनको अभियान थालनी गरेका थिए । ब्राजिलको एरिना थिएटरको माध्यमबट बोआलले नाटकको क्षेत्रमा नयाँ प्रयोग थालनी गरे । दर्शक र कलाकारबिचको सम्बन्ध स्थापित गराउन बोआलका नाटकको भूमिका रहेको छ । कचहरी नाटकको माध्यमबाट दर्शकलाई निम्न चरणमा दृश्य कलाकार बनाउन सकिन्छ —
क) शरीरलाई चिन्ने ( शरीरको अर्थ व्यक्तिगत शरीर र सामुहिक माक्र्सवादी शरीर )
ख) शरीरलाई भावपूर्ण बनाउने
ग) थिएटरलाई भाषाको रूपमा प्रयोग गर्ने
घ) थिएटरलार्ई प्रवचनको रुपमा प्रयोग गर्ने (बोअल, १९९२, १२१) ।
अर्जेन्टिनाको बसाइपछि बोआल दक्षिण अमेरिकाका देशहरू पेरू र इक्वेडरको भ्रमण गरेका थिए । उनले सामान्य गरिब परिवारका मानिससँग काम गरेर नाटकको नयाँ विकास परम्परालाई मजवुत बनाउने काम गरेका थिए । गृहयुद्ध र सरकारले ध्यान नदिएका स्थानमा सचेतना जगाउने कार्र्य गरे । उनको धारणाअनुसार जसले उत्पीडितलाई दमन गर्छ उसले नै मुक्त पार्न पनि सक्छ । उनले फोरम थिएटर विधिको अभ्यास गरे । अभिनेताले प्रदर्र्शन गरेको अभिनयलाई दर्शकले समस्या समाधानका उपाय कचहरी नाटकमा प्रतिस्थापन गर्न सक्छन् । जुन समुदायमा कसैले सामना गरेको समस्यालाई समाधान गर्ने अवस्था पनि सोही समुदायमा नै निस्कन्छ । उनले फ्रान्सको पेरिसमा रहेर काम गरे । त्यहाँ रहँदा सेर्बोन विश्वविद्यालयमा कचहरी नाटकको सम्बन्धमा कक्षा सञ्चालन गरे । उनले सन १९८१ मा कचहरीको माध्यमबाट दलितहरूको पहिलो अन्तर्राष्ट्रिय नाटक महोत्सव गरेका थिए । बोआल निर्वासनमा रहँदा उनका साथीले ब्राजिलको सैन्य तानाशाहीको बारेमा जानकारी गराई पत्र पठाएका थिए । सैन्य तानाशाहीबाट मुक्ति पाउने उपायको रूपमा उनले कचहरी नाटकको सुरुवात गरे ।
कचहरी नाटकको विकासका लागि उनले ब्राजिलमा आफ्नो जन्मस्थान रियो द जेनेरियोमा थिएटर अफ द थिएटरको प्रमुख केन्द्र स्थापना गरे । उक्त नाटक थिएटर अध्ययन, छलफल र अभिव्यक्तिका लागि गरेका थिए । नागरिकता, संस्कृति र नाटकीय भाषामा उत्पीडनका स्वर प्रस्तुत गर्नु यसको लक्ष्य थियो । उनले विभिन्न घटनामा पीडितलाई संरक्षण गर्न नयाँ विधिविधान निर्माण गर्ने लक्ष्य लिएका थिए । मानवअधिकारको लागि लड्ने संगठनको साथमा रहेर काम गरे । पछि उनी रियो द जेनेरियोमा काउन्सिलर पदमा निर्वाचित बनेका थिए । उनी काउन्सिलर रहेको अवस्थामा थिएटरको लागि आवश्यक कानुन निर्माण गरेका थिए । थिएटरको माध्यमबाट समाजमा रहेका नागरिकका समस्या समाधान गर्ने र सडकमा भएका मानिससँग समस्याको बारेमा छलफल गर्ने कार्यको थालनी गरे । उनले विधायिका नाट्य आन्दोलनको सुरुवात गरे । विधायिका नाट्य आन्दोलनमा मतदातालार्ई विधायिका बनाइन्छ । मानिसले चाहेअनुसार उनले कानुन निर्माण गरे । आफ्नो कार्यकाल समाप्त भएपछि विद्यालयमा गएर नाटकमा अभिनय गरे । उनले जेलमा रहेका कैदीहरूसँग पनि नाटक प्रदर्र्शन गरे । नाटकको माध्यमबाट विभिन्न खालका स्वतन्त्रताको सिर्जना गरे । मजदुर, भूमिहीनले पनि नाटकको बारेमा बुझ्ने र अभिनय गर्ने मौका पाए । बोआलपछि उनका छोरा जुलियनले कचहरी नाटक विश्वभर पैmलाउने कार्य गरे ।
कचहरी नाटकमा गरिबी क्षेत्रमा शिक्षामूलक, राजनीतिक चेतना भर्ने अभिप्राय हुन्छ । गरिब र बसोबास रहेका क्षेत्र, जातीय र वर्गीय असमानताको विरुद्ध यसप्रकारका नाटकमा चेतना जगाउने कार्य हुन्छ । कचहरी नाटकको क्षेत्रमा नयाँ प्रविधिको सुरुवातको रूपमा आएको हो । बोआलले कचहरी नाटकलाई माक्र्सवादी दर्शनबाट प्रेरित भर्ई सुरुवात गरेका थिए । वर्तमान अवस्थामा केन्द्र बायाँ विचारधाराको सीमाभित्र यसको विकास भएको छ ।
बोआल नाटकमा विलियम सेक्सपियरको हेमलेट नाटकबाट प्रभावित थिए । उनले थिएटरलाई समाज परिवर्र्तनको ऐनाका रूपमा हेर्दथे । समाज परिवर्तन गर्न थिएटरको भूमिका महत्वपूर्र्ण रहेको हुन्छ ।
बोआलले नाटक विकासको व्रmममा शैक्षिक प्रभाव र दलितको उत्थानका लागि काम गरे । एरिस्टोटलले जनता, नैतिकता, मजदुुर र दर्शकलार्ई विशेषधिकार प्राप्त व्यक्तिले गर्ने दमनको बारेमा सचेत बनाउन नाटक लेखेका थिए । बोआल एरिस्टोटलको नाट्यमान्यताबाट पनि प्रभावित थिए । उनले सूत्र नाटकमा जोड दिए । कचहरी नाटकमा सरकारको दमनकारी नीतिलाई नाटकमार्र्पmत उजागर गर्ने लक्ष्यसमेत रहेको हुन्छ । बोआलले यसखालका नाटक लेखन र प्रदर्शनको सुरुवात गरे । उनी स्थानीय समस्यालाई नाटकमार्र्पmत दर्शकमाझ प्रस्तुत गर्न चाहन्थे । हाल विश्वका ७० भन्दा बढी देशमा कचहरी नाटकको प्रदर्शन सुरुवात भएको छ ।
बोआलले अदृश्य थिएटरको कुरा गरेका छन् । जसमा कुनै घटनाको जानकारी दर्शकलाई हुँदैन । अचानक नाटक मञ्चन र अभिनयको प्रक्रिया थालनी हुन्छ । दर्शकहरू आश्चर्यमा पर्छन् । एकपटक बोआलले एक होटलमा खाजा खान गएको अवस्थामा खाजा खाँदै गर्दा नाटक अभिनय गरेका थिए । जुन कुरा कसैलाई जानकारी थिएन । सबै आ–आफ्नो टेबलमा बसी खाजा खाँदै थिए । त्यही समय बोआलले अदृश्य थिएटरको प्रयोग गरेका थिए । बोअल विधिको प्रयोग गरी रुटलेजले ‘द रेन्बो अफ डिजायरः द बोअल मेथड अफ थिएटर एण्ड थेरापी’ (१९९५) लेखेका छन् । रुटलेजको पुस्तकमा थिएटर अफ द थिएटससँग सम्बन्धित अभ्यासहरूको पुनर्मुल्याङ्कन गरिएको छ । बोआलको सुरुवाती कार्य बिद्रोह र परिवर्तनको लागि थियो । उनका थिएटरले दमनकारीका बिरुद्ध हतियारको काम गरे । व्यक्तिलाई समाजबाट अलग पार्ने र उसको उत्पीडन प्रस्तुत गर्ने कार्यमा कचहरी नाटकको माध्यमबाट मद्दत मिल्छ । यस्ता नाटकमा दर्शकहरूका अगाडि मञ्च हुन्छ । टाढाटाढाको ठाउँलाई नजिक बनाउँदै नाटक प्रदर्शन गरिन्छ ।
नेपालमा पनि बोआलको नाट्यसिद्धान्तलाई आधार मानेर नाटक लेखन र प्रदर्र्शनको सुरुवात भएको छ । पछिल्लो समय शिल्पी थिएटरले यस मान्यतालाई अगाडि बढाएको छ । नाटककार तथा निर्देशक घिमिरे युवराज कचहरी नाटक लेखन र प्रदर्शनमा सक्रिय छन् । नाटककार घिमिरे युवराजको ‘कल्पना र उर्मिला दुःखमा छन्’ शीर्षकको कचहरी नाटक देशका विभिन्न स्थानमा प्रदर्र्शन भइरहेको छ । उक्त नाटकले ब्राजिलियन नाटककार अगस्टो बोआलको नाट्यसिद्धान्तमा आधारित मान्यताको आधारमा जनतालाई सचेत बनाउने र समाजमा रहेका विकृति र विसंंगतिको उजागर गर्दै यस्ता समस्या समाधानमा जनताहरू स्वयम् सचेत हुनु पर्नेमा जोड दिएको छ ।
७. नाटकको विश्लेषण
कल्पना र उर्मिला दुःखमा छन् सामाजिक यथार्थवादी नाटक हो । समाजमा घट्ने यथार्थ घटनालाई नाटकको माध्यमबाट प्रस्तुत गरिएको छ । हाम्रो समाजमा अभैm पनि कल्पना र उर्मिलाजस्ता पात्रहरू रहेका छन् । उनीहरूका परिवारले आफ्ना श्रीमती, बुहारीहरूको यथार्थता बुझेका छन् । तथापि विकृतिको रूपमा रहेको आफ्नो संस्कृति परम्पराभन्दा माथि उठ्न चाहँदैनन् । जसको परिणाम कल्पना र उर्मिलाजस्ता निर्दोष पात्रहरूले व्यहोर्नु परेको छ । नाटकमा जुन समस्या प्रस्तुत गरिएको छ त्यसको समाधान पनि हामीमाझ रहेको छ । समस्या जहाँबाट सुरु भएको हुन्छ, समाधान पनि सोही स्थानमै रहेको हुन्छ । नाटकले हाम्रो समाजमा रहेका कल्पना र उर्मिलाजस्ता पात्रले भोग्नु परेका समस्यालाई उजागर गर्ने उद्देश्य राखेको छ । नाटकमा प्रस्तुत गर्न खोजिएको मूलभाव यहाँ प्रस्तुत गरिएको छ–


७.१ बालविवाहको परिणाम
‘कल्पना र उर्मिला दुःखमा छन्’ नाटकमा बालविवाहको कारण महिलाले भोग्नु परेका समस्यालार्ई प्रस्तुत गरिएको छ । अभैm पनि समाजमा बालविवाह भएका घटनाहरू बेलाबेलामा सुन्न पाइन्छ । बालविवाहले गर्दा केटाकेटीको जीवनमा सन्तुष्टिको क्षण प्राप्त हुन नसक्ने अवस्था देखाउन खोजिएको छ । बालविवाहको कारण श्रीमान–श्रीमतीमात्र होइन, उनीहरूको घरपरिवारमा पनि सन्तुष्टि हुँदैन । अझ श्रीमान विदेशमा धन कमाउन जानु पर्ने अवस्थामा श्रीमान विदेशमा र श्रीमती घरमा रहँदा महिलामाथि समाजको हेराइ नै फरक हुन्छ । घरमा बाबुआमाले छोराबुहारीलाई मिलाउन भन्दा एकआपसमा बेमेल हुने अवस्था सिर्जना गरेका प्रशस्त उदाहरण छन् । बुहारीमाथि सीधै दमन गर्ने, छोरालाई अर्को विवाह गर्न उक्साउने प्रचलन पनि छ । कल्पनालाई विभिन्न आरोप लगाउँदै छोरा हर्कबहादुरलाई अर्को विवाह गर्न मनबहादुर र फुलमायाले उक्साएका छन् । बालविवाह गरेर घरमा बुहारीको रूपमा भित्र्याएकी कल्पनालाई पछि जवानी अवस्थामा मनबहादुरको परिवारबाट घरनिकाला गरिएको छ । यो बालविवाहले उब्जाएको परिणाम हो । छोराबुहारी मिलाउन भन्दा नातिनातिनी खेलाउने रहरले छोराको दोस्रो विवाह गराउन मनबहादुर अग्रसर रहेको नाटकमा प्रस्तुत गरिएको छ–
हेलो हर्के, तँ छिटो घर आइज, अब अर्को विहे नगरी भएन । यहाँ गाउँमा बस्न नसक्ने भै सक्यो । नातिनातिना खेलाउने पनि रहर भो हामीलाई (पृृष्ठ, १००) ।
उमेर नपुगी विवाह गर्नाले त्यसको मुख्य असर महिलामाथि पर्दछ । नाटकमा सानै उमेर सोह« वर्षमा विवाह गरेकी उर्मिला अठार वर्षमा गर्भवती हुन्छे । गर्भवती भएपछि उसले बच्चा जन्माउने अवस्थामा समस्या हुन्छ । मृतक बच्चा जन्मिन्छ । त्यसको पीडा उर्मिलाले भोगेकी छे । गर्भको पीडाले उसको शरीर पूरा दुखेको हुन्छ । शरीरमा प्राण नै नभएको जस्तो भएको नाटकमा प्रस्तुत छ –
जिउ पूरै दुखि रहेछ । भतभती पोलिरहेछ मन ।
पाइलो सार्ने तागत छैन । मानौं शरीरमा प्राणै छैन ।
तर पनि मेरो पेटमा एउटा बच्चा हुर्कि रहेछ (पृष्ठ, ९६) ।
नाटकमा बालविवाहको परिणामलाई चित्रण गरिएको छ । नेपाली समाजमा जानेर या नजानेर अझ पनि बालविवाहका घटनाहरू भईरहेका छन् । यसप्रकारले बालविवाह हुँदा पर्ने असरलाई प्रस्तुत गरी त्यसको समाधानका उपाय पहिचान गर्न नाटकका दर्शकको जिम्मा दिइएको छ ।
७.२ सामाजिक विकृतिको यथार्थ चित्रण
हाम्रो समाजमा विभिन्न प्रकारका विकृति विसंगतिले जरो गाडेर रहेका छन् । त्यसप्रकारका विकृतिको बारेमा समाजमा बस्ने मानिसलाई जानकारी छ । उनीहरूले सामाजिक विकृति हटाउने प्रयत्न गरेको भने पाइँदैन । जसले गर्दा हाम्रो समाज अझसम्म पनि अग्रगमनको दिशामा अगाडि बढ्न सकेको छैन । ‘कल्पना र उर्मिला दुःखमा छन्’ नाटकमा सामाजिक विकृतिको यथार्थ चित्रण गरिएको छ । घरमा महिलालाई मात्र कामको जिम्मेवारी सुम्पिने, लोग्ने मानिसले घरको काममा सहयोग नगर्ने र छोरीले पढ्नु हुँदैन भन्ने विकृत चिन्तन अझसम्म समाजमा ज्यूँका त्युँ रहेको छ । नाटकले यसप्रकारका विकृतिलाई यथार्थ प्रस्तुत गरेको छ । मनबहादुरले खेतको काम गर्ने बेलामा छोरा प्रकाशलाई कामबाट फुर्सद दिन्छ तर छोरी प्रमिलालाई फुर्सद दिँदैन । छोरीले आराम गर्नु हुँदैन । छोरीलाई अल्छी थकाइ लाग्दैन । छोरालाई मात्र सबै कुराको आवश्यक छ भन्ने कुराको आशय नाटकमा प्रस्तुत छ–
ए प्रमिले ! खुरुक्क काम गर् । (छोरोलाई) हैन, ए तँलाई चैँ भरे भात खान मन छ कि छैन (पृष्ठ, ८६) ।
गाउँ समाजमा पुरुषहरू होटलमा जम्मा हुने, घरको कामधन्दामा वास्ता नगर्ने प्रचलन रहेको छ । घरबाट कुखुरा, बाख्रा चोरी गरेर पनि रक्सी पिउँछन् पुरुषहरू । श्रीमतीलाई पीडा दिएर आपूm मोजमस्ती गर्ने पुरुषको व्यवहार सामाजिक विकृति र विसङ्गति बनेको छ । यसप्रकारका समस्या समाधान गर्न सकिन्छ भन्ने उपायको खोजी नाटकमा गरिएको छ ।
७.३ युवायुवतीले बेहोसीमा प्रेम गर्नाको परिणाम
जवानी अवस्थामा प्रवेश गरेका युवायुवतीहरू चञ्चल स्वभावका हुन्छन् । उनीहरू हरेक काम गर्दा आवेशमा गर्छन् । आपूmले गरेको कामको परिणाम के हुने भन्ने उनीहरूमा होस हुँदैन । अध्ययन गर्न विद्यालयमा गएर पनि उनीहरू पठनपाठन भन्दा एकआपसमा प्रेम गर्नमा मस्त हुन्छन् । आपूmलार्ई मन परेको केटाकेटी साथी बनाउन भन्दा प्रेम गर्ने र सानो उमेरमै विवाह गरेका हुन्छन् । अन्ततः अपरिपक्व उमेरमा गरिएको विवाहको परिणाम सुखद नभई दुःखद बन्न पुग्दछ । नाटकका पात्र गोपु र उर्मिला दशकक्षामा अध्ययन गर्दा गर्दै एकआपसमा प्रेम गरेका छन् । आफ्नो भविष्यभन्दा पनि एकले अर्कोलाई जसरी पनि प्राप्त गर्ने चाहनाले उनीहरूको वैवाहिक जीवन सुखमय भएको छैन । विद्यालयमा अध्ययन गर्न गएका गोपु र उर्मिला एकआपसमा साथीमात्र नभई जतिबेला पनि सँगै बस्न मन लाग्ने, एकले अर्कोलाई छाडेर घरमा जान पनि मन नलाग्ने भएका छन् । जतिबेला पनि उर्मिलालाई मात्र हेरेर बस्न मन लाग्ने कुरा गोपुको भनाइबाट स्पष्ट भएको छ–
मेरो चाहिँ मिल्ने साथी को छ र तिमी बाहेक ? उर्मिला मलाई त आजभोलि घर जान मनै लाग्दैन । तिमीसँग मात्र बसिरहूँ जस्तो लाग्छ । तिमिलाई मात्र हेरिरहूँ जस्तो लाग्छ (पृष्ठ, ९४)।
जवानीको अवस्थामा गोपु र उर्मिलाजस्ता युवायुवती एकआपसमा प्रेम सम्बन्धमा पर्नाले वैवाहिक जीवनमा प्रवेश गरेका छन् । तथापि उनीहरूको वास्तविक प्रेमको भावना भने पाउन सकिँदैन । उर्मिलालाई विवाह गरी घरमा लगेको गोपुले उर्मिलाप्रतिको आफ्नो सम्बन्धलाई सुदृढ बनाएको छैन । प्रेम गर्ने बेला आपूmलाई रानी बनाएर राख्ने सपना देखाएको गोपुले आपूmलाई भुमरीमा पारेको कुरा उर्मिलाले चुनुसँग प्रकट गरेकी छे–
कहाँ त्यस्तो हुँदो रहेछ र चुनु ? म त कस्तो भुमरीमा परेँ । उसबेला माया गर्छु, रानी जस्तो बनाएर राख्छु भन्थ्यो (पृष्ठ, ९८) ।
नाटकमा युवायुवतीले बेहोसमा गरेको प्रेमले गर्दा उनीहरूको जीवन दुःखमय बन्न पुगेको कुरा देखाइएको छ ।
७.४ रोजगारीको सिलसिलामा श्रीमान विदेश हुने महिलामाथि हुने सामाजिक विभेद
नाटकमा हाम्रो समाजमा स्वदेशमा रोजगारको अवस्था नभएका पुरुषहरू विदेशमा रोजगारीको लागि जाने प्रचलन रहेको प्रस्तुत छ । रोजगारीको सिलसिलामा श्रीमान विदेशमा गएको अवस्थामा श्रीमतीहरू आफ्नो घर व्यवहार धानेर गाउँवेशी गर्दै आएका छन् । श्रीमान घरमा नभएका श्रीमतीहरूलाई विभिन्न आरोप लगाउने प्रचलन छ । कसैसँग कुनै कामविशेषले बोलीचाली गर्दा पनि विभिन्न झुठा आरोप लगाउने, इज्जत, प्रतिष्ठामाथि आँच आउने खालका कुरा गर्ने चलन छ । नाटकमा यही यथार्थ अवस्थाको बारेमा कल्पना र उसको श्रीमान हर्कबहादुरको माध्यमबाट प्रस्तुत गरिएको छ । आफ्नी श्रीमतीले आपूmलाई चाहिने अत्यावश्यक सामान किन्दा कल्पनाको श्रीमान हर्कबहादुरले आपत्ति जनाएको छ । कल्पनामाथि विभिन्न शङ्का गरेको छ । आफन्तको फोन आउँदा पनि दुनियाँ केटासँग कुरा गरेको भनेर कल्पनालाई आरोप लगाएको छ–
ए तेति जाबो ? नचाहिँदो खर्च गछ्र्यौ कि के हो अचेल तिमी ? महँगा मेकअपका सामानमा खर्च नगर भनेको हैन तिमीलाई ? लुगा पनि त्यस्तै लगाएको छ । तिम्रो चालामाला मलाई ठीक लागेको छैन है कल्पना, मैले भनिदिएको छु । हिजो पनि तिम्रो फोन बिजी थियो । कोसँग कुरा गर्छौ तिमी हँ ? दुनियाँ केटाहरूसँग फोन गरेर बस्छौ हैन तिमी ? दशतिर फोनमा पैसा सक्ने अनि मसँग कुरा गर्न तिमीलाई ब्यालेन्स थिएन ? (पृष्ठ, ९०) ।
कल्पनालाई परदेशमा भएको श्रीमानले मात्र नभएर घरपरिवारमा पनि त्यस्तै प्रकारको व्यवहार गरिएको छ । कोही आफन्तले कुरा गरेको र सहयोग गरेको पनि कल्पनाको घरमा सासु, ससुरालगायत परिवारले मन पराएका छैनन् । सधै आफ्नो घरमा आइराख्ने बिनोद सर कल्पनासँग बोलेको देख्दा मनबहादुरले बिनोद सरमाथि शङ्काको नजरले हेरेको छ । अर्काको छोरी बुहारी भएको ठाउँमा नआउन भनेको छ–
लु भो, अर्काकी छोरी, बुहारी भाको ठाउँमा लुसुलुसु चोर बिरालोजस्तो नआइज । (मनबहादुरको शङ्कालु बोलीले युवक रिसाउँछ । त्यहाँबाट हिँड्छ । मनबहादुर पनि रिसको सुरमा घरभित्र जान लाग्छ । युवक गएको देखेर मनबहादुर फेरि आउँछ । केही सम्झेजस्तो गरेर बोल्छ ) । ए साँच्ची बुहारी हर्र्केले त पन्ध्र हजार पठाएको रे , भित्र तेह« हजार मात्रै छ । दुईहजार पैसा खै त (पृष्ठ, ८९) ।
श्रीमान विदेशमा रोजगारीको लागि जानु पर्ने बाध्यता भएका श्रीमतीहरूले आफ्नो घर र सामाजिक रूपमा भोग्नु पर्ने अवस्थालाई नाटकमा प्रस्तुत गरिएको छ ।
७.५ घरको सम्पूर्ण काम महिलामाथि थोपर्ने पुरुष प्रवृृत्तिको उजागर
नाटकमा महिलालाई घरको सम्पूर्र्ण काम जिम्मा लगाउने प्रचलन समाजमा रहेको देखाइएको छ । पुरुषहरू घरको काममा भन्दा बाहिर घुमफिर गर्ने, घरपरिवारदेखि खेतीपातीसम्मको कामको जिम्मेवारी महिलालाई दिने गर्छन् । पुरुषको यसप्रकारको व्यवहारले महिलाहरू सधैभरि दबिएर हेपिएर रहने अवस्था छ । घरपरिवारमा पुरुषले महिलामाथि मात्र दमन गर्ने प्रचलन नभएर महिलाले महिलामाथि शासन गरेका छन् । सासूले बुहारीमाथि शासन गर्र्छन् । घरका परिवारले बुहारीको जिम्मा सम्पूर्ण काम लगाउने प्रचलन छ । मनबहादुरको परिवारमा बुहारी कल्पनाको जिम्मा सम्पूर्ण काम दिइएको छ । बिर्खबहादुरको परिवारमा उर्मिलालाई घरको सम्पूर्र्ण काम गर्न लगाइन्छ । बुहारीहरूको पीडा, व्यथालाई परिवारका सदस्य कसैले पनि बुझ्ने चाहना राखेका छैनन् । परिवारमा जति सदस्य सङ्ख्या भए पनि बुहारी र महिला वर्गको काँधमा कामको बोझ थोपर्ने गरिन्छ । छोराभन्दा छोरीलाई काम लगाउने परम्परा रहेको छ । मनबहादुरको परिवारमा पूmलमायाले आपूm पानी लिन धारोमा गई कल्पनालार्ई घरको सम्पूर्ण कामको जिम्मेवारी दिएकी छे । यस आधारमा बुहारीलाई सबै काम लगाउने प्रचलन रहेको पूmलमायाको भनाइबाट प्रस्तुत गरिएको छ–
लौ सबै अह«ाउने मात्रै छन् । भात पकाउने पानी छैन । बुहारी म पानी लिन जान्छु । तिमी काम गर्दै गर है (पृष्ठ, ८८) ।
हर्कबहादुर धन कमाउन विदेशमा गएको छ । उसको घरमा श्रीमती कल्पनाले आफ्नो घरायसी कामको साथै पारिवारिक जिम्मेवारी बहन गर्दै आएकी छे । हर्कबहादुरले श्रीमतीको चाहनालाई कहिलै पनि वास्ता गर्दैन । सानैमा विवाह गरेर आएकी कल्पनालाई घरमा काम गर्ने मेसिनजस्तै व्यवहार गरिन्छ । काम गर्दा थकाइ, भोक, निद्रा लाग्ने कुरामा कसैले पनि वास्ता गरेका छैनन् । कल्पनाले आफ्नो पीडा, व्यथालाई नाटकमा यसरी व्यक्त गरेकी छे–
घरभरि यतिका मान्छे छन् तर म किन एक्लो छु ? पढ्ने रहर हुँदाहुँदै बाबुआमाले विहे गरेर पठाइदिए । तर यहाँ म कसैकी छोरी हैन । मान्छे हैन । केवल काम गर्ने मेसिन हूँ । सबै घरमा महिला कि त काम गर्र्ने मेसिन हो, कि त बच्चा जन्माउने र लोग्नेको सेवा गर्ने । कसैलाई लाग्दैन म पनि काम गर्दागर्दै गल्छु । मेरो शरीर थाक्छ । मलाई पनि तिर्खा लाग्छ । भोक लाग्छ । मेरा पनि इच्छाहरू छन्, सपना छन् । मेरा पनि आवश्यकताहरू छन् । तर त्यसको कसलाई के वास्ता ? (पृृष्ठ, ९० ) ।
नाटकमा महिलालाई किन यसरी घरको काममा मात्र लगाइन्छ भन्ने कुराको समाधान खोजिएको छ । घरपरिवार सुधार गर्न महिलालाई मात्र काम लगाउनु हुँदैन । सबैले जिम्मेवारी पूरा गर्नु पर्छ । महिलामाथि अनावश्यक शङ्काको दृष्टिले मात्र हेर्दा घरपरिवार सुखी नहुने कुरामा जोड दिइएको छ ।

७.६ उमेर नपुगी गर्भवती हुन नहुने सन्देश
नाटकमा कुनै पनि युवती उमेर नपुगी अपरिपक्व अवस्थामा गर्भवती हुँदा आउने स्वास्थ्य समस्याको बारेमा प्रस्तुत गरिएको छ । बालककालमा विवाह गर्ने र उमेर नपुगी गर्भवती हुनाले आउने समस्या पनि नाटकले उजागर गरेको छ । नाटकका पात्र कल्पना र उर्मिला दुबैजना बालककालमा विवाह गरेका छन् । उनीहरू स्वास्थ्यको रूपले परिपक्व नभई विवाह गर्नाले समस्या आएको छ । कल्पनाको उमेर नपुगी गर्भवती हुनाले बच्चा जन्मन नसकी मृत्यु भएको छ । उर्मिलाको पनि उमेर नपुगी गर्भधारण हुनाले बच्चा जन्मन नसकी गर्भमै मृत्यु भएको छ । यस घटनाले युवतीहरू यौवनको आवेगमा विवाह हुँदा गर्भवती हुने र बच्चा स्वस्थ जन्मिन नसक्ने कुराको सन्देश दिन खोजिएको छ । हर्कबहादुर परदेशमा भएको अवस्थामा कल्पनामाथि छोरा नजन्माएको दोष लगाइएको छ । सानो उमेरमा गर्भवती हुनाले कल्पनाको बच्चा नजन्मिदै मृत्यु भएको पीडालार्ई व्यक्त गरेकी छे–
हर्के आज आउँछु, भोलि आउँछु भन्दै तीनवर्ष बितिसक्यो । हर्केले फोनमा कहिलै सोधेन तँलाई कस्तो छ भनेर । सधै शङ्का मात्र गरिरहन्छन् । मानौं म वेश्या हूँ । कोही केटा भेट्यो कि उसैसँग सुतिहाल्छु । भागी हाल्छु । थाहा छैन लोग्नेहरू किन यति धेरै डराउँछन् ? गाउँलेहरू पनि शङ्का मात्र गर्छन् । यस्तो हिंसा बोकेर कसरी बाँचू म ? कलिलै थिएँ गर्भवती हुँदा । पहिलो बच्चा खेर गयो मेरो । सासूससुरालाई नाति चाहिएको छ । लोग्ने परदेशमा छ । यहाँ म अलछिनी भएँ (पृष्ठ, ९१) ।
नाटकको पात्र उर्मिलाले विद्यालय पढ्दै गर्दा गोपुसँग भागेर विवाह गरेकी छे । सानै उमेरमा गर्भवती हुनाले उसलाई पीडाको अनुभूति भएको छ । विभिन्न सपना देखेर गोपुसँग विवाह गरेकी उर्मिलाले बच्चा जन्माउँछे । उसको बच्चालाई बचाउन सकिँदैन । आफ्नो पीडालाई उर्मिलाले व्यक्त गरेकी छे –
जिउ पूरै दुखिरहेछ । भतभती पोलिरहेछ मन । पाइला सार्ने तागतै छैन । मानौं शरीरमा प्राणै छैन (पृष्ठ, ९९) ।
उमेर नपुगी सानै उमेरमा विवाह गर्नाले युवतीहरू गर्भवती हुने र बच्चा गर्भमै मर्ने अथवा जन्मिए पनि बाँच्न नसक्ने यथार्थता उल्लेख गरिएको छ । नाटकमा बालविवाहको परिणाम आमा र बच्चा दुबैमा पर्ने यथार्थता उल्लेख गरेको छ । नाटकमा बालविवाह गर्दा ठीक या बेठिक भन्ने कुराको निर्णय गर्ने जिम्मा दर्शकलाई सुम्पिएको छ ।
७.७ बालविवाहबारे युवायुवतीलाई सचेत गराउने पर्ने सन्देश
नाटकमा अहिलेका युवायुवतीलाई सचेत गराउने उद्देश्य राखिएको छ । विद्यालय उमेरका किशोरकिशोरीहरू आफ्नो जीवन र भविष्यप्रति सचेत हुँदैनन् । उनीहरूमा माया प्रेमको भावना जागृत हुने समय नौ–दश कक्षामा अध्ययन गर्दाको उमेर पनि हो । यस्तो अवस्थामा विद्यालय तथा घरपरिवारबाट उनीहरूलाई उचित किसिमको मार्ग निर्देशन हुनु पर्ने कुरामा नाटकले जोड दिएको छ । कचहरी नाटक भएको कारण अहिलेका युवायुवती नै यसप्रकारका समस्या समाधान गर्ने कार्यमा सरिक हुन सक्ने आशय प्रकट गरिएको छ । अहिलेका विद्यार्थीहरूमा बालविवाह गर्न हुने र नहुने दुबै थरिको भावना भएका छन् । सत्यदेवी माध्यमिक विद्यालयको बाईसौं वार्षिकोत्सवमा आयोजित ‘बालविवाह ठीक कि वेठिक’ शीर्षकको वादविवादमा बोल्ने बक्ताहरू बालविवाह ठीक भन्ने र बेठिक भन्ने उस्तै गरी तर्क राखेका छन् । वादविवाद प्रतियोगितामा भाग लिने पात्र गोपुले बालविवाह गर्न हुने पक्षमा आफ्नो भनाइ राखेको छ–
बालविवाह गर्नु ठीक हो । किनभने केटीहरूको पैलोपल्ट महिनामारी नहुँदै विहे गरिदियो भने बुबाआमा मरेपछि सीधै स्वर्र्ग पुग्छ्न् (पृष्ठ, ९२) ।
प्रतियोगितामा भाग लिने पात्र चुनमायाले बालविवाह गर्न नहुनेमा आफ्नो तर्क प्रस्तुत गरेकी छे । उमेर नपुगी विवाह गरेमा केटाकेटीको वैवाहिक जीवन सुखमय नहुने उसको धारणा छ–
केटा र केटीले राम्रोसँग पढेर आफ्नो खुट्टामा उभिएर मात्र विवाह गर्नु ठीक हो । हरेक केटा वा केटी सबै कुरा बुझ्ने भएपछि मात्रै कहिले विहे गर्ने वा कोसँग विहे गर्ने गर्र्नु पर्छ । त्यसैले स्कूल पढ्ने मेरा साथीहरू बालविवाहलाई रमाइलो नठानौँ । जिन्दगी बर्बाद हुन्छ (पृष्ठ, ९३) ।
बाल विवाहसम्बन्धमा यसप्रकारले बहस, छलफल चलाउनु पर्छ । कानुनी रूपमा निषेधित र दण्डनीय कार्य भए पनि समाजमा अभैm पनि बालविवाहका घटनाहरू घटिरहेका छन् । यस्ता घटनालाई न्यूनीकरण गर्दै जानको लागि सबैलाई सचेत गराउनु पर्ने सन्देश नाटकले दिएको छ ।
‘कल्पना र उर्मिला दुःखमा छन्’ नाटकले समाजमा विद्यामान बालविवाह, महिला हिंसाजस्ता सामाजिक विकृतिको उजागर गरेको छ । नाटकमा उर्मिला आपैmले उमेर नपुगी विवाह गरेकी छे । कल्पनाको विवाह बालककालमै परिवारबाट गराइएको छ । दुबै जना उमेर नपुगी गर्भवती भएका छन् । दुर्भाग्यवश दुबैका सन्तान जन्मिए पनि बचेका छैनन् । दुबैको पारिवारिक जिम्मेवारी उस्तै छ । श्रीमान परदेशमा भएको बखत कल्पनालाई घरबाट निकाला गरिएको छ । बच्चा जन्मेर मरेपछि उर्र्मिलालाई घरपरिवारबाट सहानुभूतिको सट्टा अपमानपूर्वक घरबाट निकालिएको छ । दुबैका पीडा, व्यथा समान छन् । कल्पना र उर्मिलामाथि देखाइएको व्यवहार नेपाली समाजको यथार्थता हो । यस यथार्थताको सबैले बोध गरी यसप्रकारका समस्या नआउने उपायको खोजी गर्ने जिम्मा दर्शकलाई दिइएको छ ।
८. निष्कर्ष
कल्पना र उर्मिला दुःखमा छन् नाटककार घिमिरे युवराजको सामाजिक प्रयोगवादी नाटक हो । नाटकको क्षेत्रमा ब्राजिलका नाटककार अगस्टो बोआलले सुरू गरेको नाट्यमान्यताबाट नाटककार घिमिरे प्रमावित भएका छन् । गाउँ समाजका समस्यालाई सबै मानिस बिचमा राखेपछि त्यसको समाधान पनि उनीहरूबाट निस्कन्छ । बोआलले समस्याको सुरुवात जहाँबाट भएको छ, त्यहीँ समाधान पनि निस्कने कुरा स्पष्ट पारेका छन् । जब दर्शकहरू नै आपूmलार्ई कलाकार भएको महसुस गर्छन् तब नाटक सफल हुने मान्यता बोआलको छ । कुनै निश्चित रङ्गमञ्च र सुनियोजित समयलाई ख्याल नगरी परिस्थितिगत अवस्थामा नाटक मञ्चन गर्ने मान्यता कचहरी नाटकको रहेको छ । ‘कल्पना र उर्मिला दुःखमा छन्’ यस्तै प्रकारको कचहरी नाटकको उदाहरण हो ।
नाटकमा बालक उमेरमा विवाह भएकी कल्पना र स्कूल पढ्दापढ्दै गोपुसँग मायाप्रेममा फसेकी उर्मिलाको यथार्थ अवस्था प्रस्तुत छ । छोरामान्छे अथवा लोग्नेमान्छे विदेशमा धन कमाउन गएपछि घरमा बस्ने श्रीमतीप्रति गाउँलेको हेराइलाई नाटकमा प्रस्तुत गरिएको छ । कल्पनाको श्रीमान रोजगारीको लागि विदेशमा गएको छ । घरमा श्रीमतीका विभिन्न समस्या हुन्छन् । श्रीमतीको समस्यामा कल्पनाको श्रीमानको चासो छैन । उल्टो घरमा आमाबाबुका कुरा सुनेर श्रीमतीप्रति नकारात्मक दृष्टिकोण राखेको छ । घरको कामधन्दा गरेर बसेकी कल्पनाप्रति परिवारको ताडना र श्रीमानको तिरस्कारले गर्दा कल्पनाको जीवन मृत्युसरह भएको छ । बालककालमा विवाह हुनाको कारण कल्पनाले धेरै पीडाव्यथा सहेर बाँचेकी छ । नाटकमा बालविवाह, बैदेशिक रोजगारीको कारण देखिएको महिला हिंसाका घटनालाई प्रस्तुत गरिएको छ । सामाजिक विकृति र विसङ्गतिका घटनाको यथार्थ रूपमा नाटकमा उतारिएको छ ।
नाटकमा सोह« बर्षीया चञ्चले स्वभावकी युवतीको कथा प्रस्तुत छ । दशकक्षामा पढ्दापढ्दै आफ्नै कक्षामा सँगै पढ्ने युवकसँग प्रेमसम्बन्धमा जोडिन पुगेकी उर्मिलाको जीवनमा आएको उतारचढावको कथा नाटकमा उजागर गरिएको छ । बालविवाह होस् या प्रेम सम्बन्धको कारण विवाह गर्न पुगेको अवस्थामा महिलामाथि भएका हिंसालाई नाटकमा मुख्य विषय बनाइएको छ । सोह« वर्षकी उर्मिला सत्र वर्षको गोपुसँग भागेर विवाह गर्नाले उनीहरूको जीवन सुखमय भएको छैन । यसरी भएको विवाहले महिला हिंसा झन बढाएको छ ।
नाटकले घरेलु हिंसा, बालविवाह, जाँड रक्सी एवम् जुवातासको समस्या देखाएको छ । समुदायमा व्याप्त रहेका यसप्रकारका समस्याको समाधान समुदायमै रहेको कुरामा नाटकले जोड दिएको छ ।
सार्वजनिक रूपमा कुनै भेला वा कचहरीको आयोजना गरी नाटक प्रस्तुत गर्ने नयाँ परम्पराअनुसार नाटककार घिमिरे युवराजले ‘कल्पना र उर्मिला दुःखमा छन्’ भन्ने नाटकमार्पmत प्रस्तुत गरेका छन् । बोआलको नाट्यसिद्धान्तमा आधारित मान्यता हाम्रो शरीर व्यक्तिगत होइन, सामुहिक शरीर हो भन्ने कुरालाई कचहरीमा उपस्थित मानिसहरूको भावनामा देख्न सकिन्छ । जब दर्शकहरूको बिचमा नाटक प्रदर्शन हुन्छ तब दर्शकहरू भावनामा रमाउन सक्छन् । समग्रमा नाटकले कचहरीको माध्यमबाट समाजमा देखिएका समस्यालाई समाधान गर्ने जिम्मा दर्शकलार्ई नै सुम्पिएको छ ।
सन्दर्भ सामग्रीसूची
उपाध्याय, केशवप्रसाद (२०५२) . नाटक र रङ्गमञ्च . काठमाडौ ः रुमु प्रकाशन ।
उपध्याय, केशवप्रसाद (२०५६). नाटकको अध्ययन. ललितपुर ः साझा प्रकाशन ।
घिमिरे, युवराज (२०७७). कल्पना र उर्मिला दुःखमा छन्. काठमाडौ ः शिल्पी थिएटर ।
थापा, हिमांशु (२०५०) . साहित्य परिचय . काठमाडौ ः साझा प्रकाशन ।
नेपाल, घनश्याम (सन १९९१). नेपाली साहित्यको परिचयात्मक इतिहास. सिलगढी, पश्चिम बंगालः नेपाली साहित्य प्रचार समिति ।
पोखरेल, रामचन्द्र (२०६२). नेपाली नाटक सिद्धान्त र समीक्षा. काठमाडौः विद्यार्थी प्रकाशन ।
श्रेष्ठ, दयाराम, शर्मा, मोहनराज (२०५६). नेपाली साहित्यको संक्षिप्त इतिहास. काठमाडौः साझा प्रकाशन ।
Boal, Augusto. The Theatre of the Oppressed. New York: Urizen Books, 1979. Republished by Routledge Press in New York/London in 1982.
Boal, Augusto (1912 ). Games for Actors and Non-Actors . New York: Routledge Press.
https://ptoweb.org/aboutpto/a-brief-biography-of-augusto-boal/
https://en.wikipedia.org/wiki/Augusto_Boal

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।