14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

म तिमी भित्रै सिमीत छु

कथा निलकमल छेत्री August 14, 2021, 8:29 am
निलकमल छेत्री
निलकमल छेत्री

सिमा कोठा भित्रबाट कराउदै, आमा ए आमा!!! हन् यो सिमालाई के भयो आज किन् यती सारो आमा –आमा भंन्दै बोलाएकी। सिमा- यहाँ तपाइको कोठा सफा गर्दैथिएँ, पुरानो सामानहरुको पनि छाँट- काँट गर्दैगर्दा त्यहाँ एउटा रातो लिफा पनि भेटाएँ र काम लाग्ने हो की होइन् भनेर हजुरबाट जान्नको निम्ति बोलाएकी । आमा – खोइ यता ले त् हेरौं केचैँ भेटाएर यति सारो कराएकी । सिमा – ल लिनुहोस् हजुरको किम्ती सामान होला ।
सिमा- के भयो आमा त्यो लिफा देखेर त् हजुरको आँखाबाट आँसु बगिरहेछ के छ ? आमा यस्को भित्रि,
केहि पनि होइन् तँलाई किन् चाहियो, होइन् आमा हजुरले मलाई केहि त् लुकाउनु हुदैछ, आमा म हजुरको छोरी मात्र होइन् दु:ख सुखमा साथ दिने साथि पनि हुँ मलाई भन्न सक्नुहुन्छ, अब त् म ठूली भैसके राम्रो नराम्रो सबै छुटियाउनु सक्छु | आमा- हो छोरी तिमी ठीक भन्दैछौ आज मैले तिमीलाई यो कुरा भनैपर्छ बर्षौ देखि यो मेरो मुटुभित्रै सिमीत थियो, ला यो लिफामा एउटा चिठ्ठी छ हेर, आमाको हातबाट चिठ्ठी लिएर पढ्न थाल्छे केहि छिन चिठ्ठी पढि सकेपछि सिमा आँखा भरी आँसु बनाएर आमालाई प्रश्न गर्न थाल्छे, यो सब कसरी भयो आमा ? सीमालाई आमाले सबै कुरा सुनाउन थाल्छिन् | छोरी त्यो दिन् आइतबारको दिन थियो बिहान मुस्ल्दारे पानी परेको थियो र बिस्तारै घामको किरणले आकाशतिर लागेको बादलहरु हटाउन् थाल्यो र केहि छ्न्मै यस्तो दिन् भयो न्यानो घाम साथै उज्ज्य्लो आकाश त्यो भन्दा पनि आज म र साथि हाट बजार जानुपर्ने अर्कै हर्ष थियो। हामी एउटा निकै पछि परेको गाउँमा बस्थियौं जहाँ सड्कको सुबिधा थिएन् आधा घंण्टा हिंडेपछि मात्र सड्क पुगिन्थ्यो घरमा बाबा र म मात्रै बस्थियौ आमा म सानै हुँदा बित्नु भएको हरे एउटा दुर्घटनामा परेर बाबाले मलाई भन्नु भएको | त्यो दिन् हाटबजार जानको निम्ति बिहानै सबै काम सकेर तयार हुँदै थिएँ, अचनाक मेरो साथि रिताको आवज आयो, औ निशा तिमि अझै तयार भएकी छैनौ? ए रिता भित्रै आइज न, खै म लुगा नै के लगाऊ भन्दैछु, हेर्न आज बजार जाने भनेर हिजो एक जोडि लुगा धोएर बाहिर सुकाएकी थिएँ राति उठाउँन भुतुकै बिर्सेछु आज बिहानी पख आएको हावा पानीले सबै बिगारीदिएछ, तहि त निशा कत्रो पानी परेको है आज बिहान,कतै बाटो त बिगारेन् की, हे यो रिता पनि के भएको होला खालि न हुने कुरा मात्रै सोँची बस्छ, त चैँ नि अहिलेसम्म एउटा लुगा पनि लगाएकि छैन् छिटो तयार हु नत्र हामीलाई गाडीले पनि छोड्ला यो गाउँमा फेरी कम्ति गाडी छैन्, ल म बाहिर तँलाई पर्ख्निछु, हुन्छ म तयार भै हाले|
केहि छ्न पछि म बाहिर आए, वहा निशा तँलाई त् यो निलो कुर्ताले खुब राम्रो देख्यो आज चैँ कुन केटा लाट्टु हुनें भयो, अँ: रिता तैले जानीस हामी जस्तो गाऊँको केटीलाई कस्ले पो हेर्थ्यो र, यस्तै गफ गर्दै म र रिता गाडी चढेर हाट बजार पुगियौ | रिता र मैले मनपरेको खाने कुरा पनि खायौं र माघे स्क्रंतिको निम्ति चाँहिने सबै समानहरु किनी सकेपछि हामी गाडी भएको ठाउँमा गयौ तर आज केहि कारणवस गाडी कम्ति आएको रहेछ बजारमा, बेलुकीको अन्तिम एउटा गाडी मात्रै रहेछ, हामीसीत समय थियो रीता र म फिलिम हेर्न गयौ अन्त करिब चार बजे तिर फिलिम हलबाट निक्लेर केहि खाजा खायौ अनि गाडी चढेर आफ्नो गाउँ जाने बाटो हिड्यौ बाटोमा यात्रीहरु प्राय जस्तो उत्री सकेको थियो हाम्रो अझै डेड घंण्टाको बाटो थियो एक जाना दाई मात्र रहेको थियो हामीसंग यात्रा गर्ने मधे | सामन्य रुपमा गाडी चल्दै थियो अचानक गाडी घ्चक्क रोकियो रिताले ड़ाइवर दाईलाई सोधी के भयो दाई? गाडी, खोइ बहिनी म हेर्छु गाडीको इनजिन्मा खराबी भए जस्तो छ म हेर्दैछु, हामीसंग हिड्ने दाइले प्रश्न गरे दाई समय निकै लाग्छ होला मेरो घर त्यही पर हो म हिड्दै जान्छु, लौ बहिनीहरु एक छिन् पर्खेर जाने होला, हाम्रोमा अरु केहि उपाय पनि थिएन् र ३५ मिनेट पर्खेपछि पनि गाडी ठीक नहुने भएकोले हामीले निर्णय गर्यौ डेड घन्टाको बाटो हिडेर जाने | मनमा डर पनि थियो हामी केटि मात्रै गाँऊ पनि पातुलो थियो हाम्रो घर माथि धुपी डाँडा पुग्नु पर्ने जसो -तसो आ –आफ्नो सामान बोकेर केहि माथिसम्म हिडेर आयौ थकाइ लागेर एकैछिन बिस्राम गर्यौ, साँझ पनि झमक भैसकेको थियो घरमा बाबाले कति सुर्ता गर्नु हुदैहोला भन्ने कुरा पनि मनमा चल्दै थियो तर बाबालाई सम्पर्क गर्ने कुनै साधान पनि थिएन् हाम्रो गाँऊ त्यति बिकासित भएको थिएन् त्यसैले मोबाय्ल पनि थिएन्, गाऊँमा कसै- कसैकोमा मात्रै थियो | जसो तसो गरेर निक्कै माथिसम्म पुगियौं बाक्लो जंगल थियो कता कता नशाले चुर भएका मान्छेहरुका आवाज गुंजिन थाल्यो नभन्दै हाम्रै सामु चार जाना अंन्जान मान्छेहरू आएर हामीलाई ना -ना थरी भन्दै जिस्काउन् थाल्यो हामी दुई केटीले के गर्न स्कथियौ र लाचार भएर गुहार ल्गाएयौ तर त्यो जंगलमा हाम्रो पुकार सुनिदिने कोहि थिएन्, एउटा मान्छेले त मलाई हात पात गर्न खोज्दै मात्र थियो अचानक् तल बाटोबाट आवाज आयो । को हो हँ त्यहाँ हल्ला गर्ने ? भन्दै त्यो मान्छे हाम्रै सामु आयो र ती सबैलाई हप्काई खेदायो र हामी दुईको अस्मीता पनि बचायो | यो सब कसरी भयो?अनि तिमीहरु को हौ ? र कसरी यहाँ आयौ? दाई हामी धुपी डाँडा गाऊँमा बस्छौं माघे सक्रान्तिको लागि सर सामान लिनको निम्ति हाट बजार गएका थियौं फर्किने बेला एउटा मात्रै गाडि थियो र त्यसमा आउँदा बाटोमा गाडी बिग्रीएकोले हामी यसरी अबर भएका हौँ | अब धुपी डाँडा पुग्न त् अझै निकै हिड्नुपर्छ रात पनि पर्न लाग्यो यदि अफ्ठ्यारो नलागे आज यतै बाश बसेर भोलि जानु केटी मान्छेहरु राती यसरी हिड्दा असुरक्षा हुन्सक्छ। तर निशा हामी कसरी बस्ने अंन्जान मान्छेको घरमा, होइन् रिता जसले हाम्रो अस्मिताको रक्क्षा गर्यो त्यो मान्छे पक्कै पनि नराम्रो विचार भएको मान्छे त् होइन् होला। तिमीहरु के कन्ना खुसि गर्दैछौ, होइन् दाइ आज हजुर नभएको भए हामीलाई ती राक्ष्सहरुले मार्ने थिएहोला तर तपाई भगवान भएर हाम्रो रक्षा गर्नुभयो र त्यस्तो भगवानको घरमा जानको लागि हामीलाई केही आपती छैन्, तर दाई तपाई यहाँ कसरी। म एउटा कामको लागि साथिकोमा गएको थिएँ र काम सक्दा सक्दै यतिबेला भयो मेरो घरमा आमा मात्रै हुनुन्छ, बिचमा रिता बोल्दै थिइ धन्न आज तपाई आउनु भयो, भैगो ल घर तिर जाऊँ, त्यसपछि हामी त्यो दाईको घरमा पुगीयों, अनि मैले उसको नाम सोधे, नरेश हो मेरो नाम अनि तिमीहरुको चै, म निशा, अनि उ चै मेरो साथि रिता त्यति बेला नरेशको आमा आइपुग्छिन नरेश तँ आइस किन् यति ढिला गरको, फेरी यी दुई नानि चै को हुन् नौलो देखें त? आमा हामी माथि धुपी गाउँका हौ, हामीले आमालाई सबै कुरा सुनाएपछि आमाले भन्न थालिन । स्याबास छोरा तैंले धरै राम्रो काम गरिस नारीलाई दिनुपर्ने सबै भन्दा सुन्दर उपहार भनेकै उसको अस्मिताको कदर गर्नु हो, नानी हो तिमीहरु बस्दै गर म खाना बनाएर लियाउछु, त्यो रात आमालाई काम सघाउदै खाना खाएर हामीले बितायौ|
भोलिपल्ट बिहान नरेश दाईले कोठामै चिया दिनुभयो र हामी खाजा खाएर बिदा माग्न थाल्यौ, लौ त् आमा अब हामी जान्छौ हजुरको यो गुण कहिले पनि भुल्ने छैनौ, हावस त् नरेश दाई, खै हजुरलाई हामी कुन शब्दले धन्यवाद गर्नु तपाइको यो गुणलाई जीवन भरी याद गर्ने छौं । तेसो किन भानुहुन्छ तपाईहरू,त्यो त् मेरो कर्तव्य हो, दुःखमा परेकोलाई सँधै साय्ता गर्नुपर्छ हामी मान्छे भएर आफ्नो कर्तव्यलाई कहिले भुल्नु हुँदैन।
तेसपछि हामी आफ्नो बाटो लाग्यौं केहि बेर हिंडेपछि आफ्नो घर पुग्यौं बाबा एकासी कराउन थालनु भयो हामीले बाबा र रीताको परिवरलाई सबै कुरा भन्यौं तेसपछि सबैले कुरा भुझे र हामी माघे सक्रान्तिको तर खर्मा लगियों। समय बितै गयो एकदिन् बैसाखको महिना थियो हाम्रो बडाको घरमा पुजा लगाउने खबर आयो र बाबाले मलाई पठाउनु भयो मसंग एक दुइ जाना साथीहरु पनि गएका थिए । म पुगेर काम गर्दैथिएँ बडीले कोठा भित्रबाट चिया माग्नु भयो म हतारमा तातो चिया लिएर जाँदै थिएँ अचनाक ढोकामा कसैसंग ठोकिन पुगे अनि रिस पनि झन्क उठ्यो ।
यसो अनुहारमा हेरेको त । अरे नरेश दाई तपाई यहाँ? हो त् निशा किन तिमी त मलाई यहाँ देखेर छक्क पर्यौ त, तर तिमी यहाँ कसरी, यो मेरो बडाको घर हो अनि तपाइको चै ? तिम्रो बडा र मेरो बाबा खुबै मिल्ने साथि हुन् बाबा त् बित्नु भयो, हामीलाई दु:ख पर्दा धेरै हेर्नु भएको छ भन्नु भएको थियो बाबाले उनको गुण कहिले न भुल्नु भन्नु भएको थियो र जैले पनि केहि पर्दा पनि म यहाँ आउछु, र यसपाली पुजा छ भनेको सुनेर आमाले काम सघाउनु पठाउनु भएको ।ठिकै छ कम से कम हाम्रो भेट त् भयो होइन् निशा । हो नी नरेश तिमीले ठिकै भन्यौ |
यसरीनै हामीले दुइ दिन् साथमा बितायौं र पर्शीपल्ट हामी आफ्नो -आफ्नो घर जानेबेला भयो र जानेबेला नरेशले मलाई मेरो चिठ्ठी लेख्ने ठेगाना माग्यौ र मैले पनि दिएँ किन् की म पनि नरेशलाई मन पराउन थालिसकेको थिएँ ।एक हप्ता पछि एउटा चिठी आयो त्यो नरेशको प्रेम प्रस्ताव रहेछ।

(पहिलो चिठ्ठी)
प्रिय....
निशा यो मेरो जीवनको पहिलो चिठि हो जुन म तिमीलाई लेख्दैछु, आशागर्छु मेरा यी कलिला कलमले लेखेका शब्दहरुलाई तिम्रा कोमल आँखाहरुले पढ्नेछौ, तिमीलाई आफ्नो मनभित्र कहिले रखिस्केछु थाहानै भएन् जब मैले पुजामा तिमीलाई देखे तब नै यो मनले तिमीलाई रोजिस्केको थियो, अब बाँकी तिम्रो हातमा छोड्दैछु जीवनको निर्णय गर्ने सबैलाई अधिकार छ सोँचेर उतर दिनु तिम्रो उतरको प्रतिक्क्षा गर्नेछु, यति शब्दहरुलाई लेख्दै म मेरो कलमलाई राख्न् चँहान्छु |

तिम्रो प्यारो साथि
नरेश


मैले पनि उसलाई एउटा प्रेम प्रस्ताव सुइकार चिठ्ठी लेंखे

(दोस्रो चिठ्ठी )

पिर्य....
नरेश मैले तिम्रो पत्र पाएँ र म पनि तिमीलाई मन पराउछु, जुन दिन् तिमीले मेरो अस्मिताको रक्षा गरेका थिएउ त्यसै दिन् देखि तिमीले मेरो मुटु भित्र ठाउँ पाइसकेका थिएउ, म तिमीलाई माया गर्छु तिम्रो हरेक राम्रो बानिले मलाई मोहित बनायो म तिम्रै हुँ.. हावस त् बिदा चँहान्छु...

तिम्रो प्यारो साथी
निशा

यसरी नरेश र मेरो प्रेमको समन्ध पनि तिन बर्ष भएको थियो। अब त् हामी पनि हाथमा मोबय्ल बोक्ने भएका थियौं र मेसेजमा कुरा गर्न थालेका थियौं, बिस्तारै गाँऊ पनि बिकासित हुँदैगयो र मैले पनि गाऊँको स्कूल सकेर अब बाबाले जसरी भएपनि मलाई शहरमा पढाउने कुरा गर्नुभयो र मलाई पनि धेरै पढ्ने रहर थियो बाबाको आदेश पाएपछि म मेरो प्रेमी नरेशलाई गाऊँमा नै छोडेर शहर गएँ यसरी मैले चार बर्षको स्कूल पढनु थियो । बिस्तारै शहरको रमझमले मलाई पनि तान्न थाल्यो र साथीको संगतले पनि, मैले गल्ति गर्दै थिएँ तर पनि मैले मेरो जीवनमा अर्को प्रेमीलाई ठाऊँ दिएँ, सनी उसको नाम मैले नरेशको त्यो चोखो मायामा दाग लगाएँ बिस्तारै नरेशसँग भंन्दा सनीसँग नजिक हुन्थाले सनी नजिक थियो नरेश टाडा, एक दिन् नरेशको फोन आयो र मैले त्यसै नरेशसंग फोनमा झगडा गरे र आज बाट मलाई कहिले पनि फोन नगर्नु भने , त्यस दिन् देखि नरेशले कहिले मलाई फोन गरेन् ।
यसरी मैले शहरको माया र सनीको साथमा नयाँ जीवन सुरु गरे, छुट्टिको समयमा म गाउँ आउँदा पनि नरेशलाई कहिले देखिन् । एक दिन् सहरबाट स्कुल सकेर म घर आउंदै थिएँ अचनाक बाटोमा नरेशलाई देखे र मैले उसँग अनुहार मिलाउन सकिन् किन कि मैले गल्ति गरेको थिएँ ।तर नरेशको मन ठूलो थियो उसैले मलाई बोलायो तिमी कस्तो छौ निशा ? म ठिकैछु तिमी कस्तो छौ नरेश, म पनि ठिकैछु तिमी खुशी भए म त्यसै खुसि हुनेछु निशा तिमीले मलाई जे जस्तो सोँचे पनि म तिमी भित्रै सिमित छु। यति भनेर नरेश आफ्नो बाटो लाग्यो र म पनि आफ्नो बाटो लागे। र केहि समय पछि मेरो नोकरी पनि शहरमै भयो मेरो अफिस पनि सनिको घर छेउमा नै थियो र पाँच महिना काम गरेपछि मैले सनिसँग विवाह गरे र हामीले हाम्रो जीवनको सुरु गर्न मात्र थालेका थिएउ, एक दिन् मेरो कम्पनी घाटामा गएकोले मालिकले बन्द गर्यो र फेरी सनिले मलाई घरमै बस्ने आदेस दियो र यसरी चल्दै गयो तर जीवनको गोरेटोले कहिले कहाँ कस्तो मोड लिदो रहेछ त्यो कसैलाई थाहा नहुँदो रहेछ मेरो जीवनमा पनि त्यस्तै भयो, जुन प्रेमी हुँदाको सनि थियो त्यो आज धेरै बद्लिन थाल्यो र मलाई दिन् रातको कच -कच हुन् थाल्यो कहिले सोच्थे सायद नरेशलाई तड्पाएको नतिजा होला | यसरी दिन् रात एकै हुन्थाल्यो मेरो निम्ति, सनिले यसरी सताएको पनि दुइ बर्ष भयो हाम्रो बिवाह भएको बर्षगाट थियो जे भए पनि सबै कुरा भुलेर मैले सनिलाई फोन गरे मेरो फोन उठाएंन अनि म खोज्दै गएँ एउटा सक्सी दोकानमा एक जाना केटीसंग देखे र मेरो मन झन् पोल्यो अनि उसले न देख्ने गरी म त्याँबाट घर आए र केक ल्याएको थिएँ त्यो पनि फ्याँकी दिएँ र रात भरि रुँदै बसे तर सनि आएन्। ठ्याकै बिहानि पख तिर तल घरको मुनि एउटा केटीको आवज सुने झ्यालबाट हेरेको सनि त्यो केटीसँग अँगालो हालेर बिदा माग्दै रहेछ, झन् पीडाको बोझ म मा थपियो सोचाई बेसी भएकोले म डिप्रेसनमा पुगें यस्तै सिलसिला चल्दा चल्दै बिवाहको पनि तिन बर्ष भयो । म एक दिन् भाँन्सा घरमा चिया बनाउदै थिएँ अचानक मुटु बेस्मारी दुखेको जस्तो भयो अनि आँखाको अगाडी अँध्यारो भयो त्यस पछि मलाई केहि थाहा भएन्, जब मलाई होस् आयो मेरो साथीको घरमा आफैलाई पाएँ, र उसलाई सबै सोधे, हो निशा म तिम्रो घर आएको थिएँ तिमीलाई भेट्न तर तिमीलाई यस्तो हालतमा देखेर छक्क परे अनि तिम्रो श्रीमान खोइ ? मैले रीतालाई सबै कुरा सुनाए, अनि तिम्रो सासु आमा र बुवा चै काहाँ हुनुन्छ? उनीहरु अलगै बस्छन् र म यो सब बताउन चाहान्न त्यसैले, रिता पनि शहर आएकी १ बर्ष भएको थियो धन्न उसले मलाई अस्पताल लगेछ, अन्तमा रिताले मलाई डाक्टरले भनेको सबै कुरा भनि, मेरो मुटु भित्र एउटा ठूलो पुवाल भएको रहेछ र निकै असर गर्न थालेको रहेछ मैले सनिलाई यो सबै कुरा भने तर उ आफ्नै संसारमा मस्त थियो घरमा केहि भन्न सक्दिन थिएँ। बाबाले धर्ति पोलेर दिनु भएको हो जस्तै भएपनि मेरो श्रीमान हो भन्दै मनलाई भुझाए, र काम गर्दा कमाएको सबै पैसा पनि आफ्नो उपचारको निम्ति खर्च गरे । सबै सक्यो अब मेरोमा केहि थिएँन् म टुटी सकेको थिएँ र रोगले पनि उतिकै चाप्नु थाल्यो अनि निराश भएर नरेशलाई सम्झिन बाहिक मेरोमा केहि आर्को बिकलप थिएन् र हिम्मत गरेर एक दिन नरेशलाई फोन गरे ।हेलो निशा तिमीले मलाई आज फोन गर्यो तिमी कस्तो छौ? म ठिकै छु नरेश, होइन् निशा तिमी मलाई केहि कुरा लुकाउदैछौ, होइन मलाई त्यस्तो केहि भएको छैन् तर म तिमीलाई एकपल्ट भेट्न चाँहान्छु के तिमी शहर आउन् सक्छौं, किन नसक्नु निशा म तिमी भित्रै सिमित छु तिमीले जहिले पनि मलाई याद गर्छौ म त्यहीँ हुन्छु ल म भोलिनै आउछु तिमीलाई भेटन् ।
भोलिपल्ट नरेश मलाई भेट्न आयो मैले रोग लागेको कुरा छोडेर बाँकि सबै कुरा सुनाएँ त्यस पछि नरेशले मलाई धेरै कुरामा साय्ता पनि गर्यो तर म रोगले झन सारो हुदै थिएँ, र सनी सुध्रिन्छ कि भन्ने आशा गर्दै बसे। गर्दा- गर्दै सनिसँग बिवाह भएको पनि ५ बर्ष पुरा भएछ र म तिन महिनाको गर्व्व्ती पनि थिएँ सनि र मेरो मायाको चिनो मेरो पेटमा थियो। एक दिन् म घरमा बसिरहेको थिएँ अचनाक ढोकामा सनिको आवाज आयो खोलेर हेरे सनी रहेछ आज उसले कुनै नशा गरेको थिएन् म छक्क परे। आज कसरी यस्तो भयो भनेर सोच्दै मात्र थिएँ नरेशलाई पनि दैलोमा देंखे म अझै छक्क परे नरेशले सनिलाई बाइ भनेर गयो, र सनी मेरो खुट्टामा आएर मलाई माफ माग्न थाल्यो । निशा मलाई माफ गरिदेउ नरेशले मेरो आँखा खोलिदियो मैले तिमीलाई धेरै सताए म तिम्रो गुनेगर हुँ तर अब म त्यस्तो गल्ति गर्नेछुइन् ।नरेशले मलाई फेसबुकमा सबै कुरा भन्यो अनि एक दिन् मलाई भेट्यो र सम्झ्यो साँचै मैले तिमीलाई सताएर ठूलो गल्ती गरेछु, निशा मलाई माफ गरिदेउ, मैले पनि सुद्रिन्छ भनेर माफ दिएँ, यो दोस्रो चोटि थियो नरेशले मलाई बचाएको मैले नरेशलाई धन्यबाद दिने मेरोमा कुनै शब्द थिएन् , मेरो जीवनमा अलिकति भएपनि फेरी खुशी छायो नरेशले गर्दा।यता सनिले पनि राम्रो भएर देखायो मेरो बिमारको उपचार गराउने धेरै कोसिश गर्यो तर मेरो बिमार जाति हुने थिएँन यसरीनै म गर्व्ती भएको पनि नौ महिना पुग्यो म एक दिन् सारो भएर अस्पतालमा नै थिएँ बिस्तारै नानि हुने बेला नजिक भयो डाक्टरले पहिलाबाटै भनेका थिए आमा बाँच्न सक्दैन तर नानि हामी बचाँउने छौं, त्यो दिन् मलाई बेथा लागेको थियो सनि मेरो एउटा सामान किन्न बाहिर गयो ।एकै छिन्मा सिस्टरले खबर सुनायो निशा को हुनुन्छ यहाँ? सनी तपाइको श्रीमान हो? हजुर हो त् अहिले भर्खर मात्र सड्कको एउटा दुर्घटनामा परेर वहाँको मिर्तु भएको छ, यो सुनेर त् म मुर्छा परेछु त्यसपछि मलाई जब होस् आयो मैले मेरो सामु एउटा जन्मेको छोरि देखे म छक्क परे यो सब कसरी भयो म कसरी बाँचे मैले केहि बुझ्नै सकिन् र यता पट्टि हेरेको थिएँ सासु आमालाई देखे, आमा यो सब कसरी भयो? बुहारी तिम्रो यस प्रश्को उतर यो चिठ्ठी भित्र सिमित छ एक अंन्जान सिधा केटा आएर मलाई यो चिठ्ठी दियो र भन्यो जब उसलाई होस् आउछ अनि यो चिठ्ठी दिनु भनेर गयो।

मैले चिठ्ठी पढे................
(तेस्रो अनि अन्तिम चिठ्ठी )

प्रिय निशा म तिमीलाई के कस्तो छ भनेर हेर्न तिम्रो घर आएको थिएँ।त्यहाँ पुग्दा सनिको दुघटना भएर मिर्तु भएको रहेछ अनि तिम्रो आमाले मलाई सबै कुरा भन्नुभयो अनि म आमा सँगै अस्पताल आएँ र डाक्टरलाई भेटे
र मलाई भन्नु भयो हामी आमालाई बचाउन् सक्दैनौ अनि मैले फेरी सोधे केहि त् उपाय होला अन्तिम उपाय, डाक्टरले भन्नु भयो एउटा उपाय छ, मैले सोधे के होला डाक्टर? उसलाई एउटा मुटु कसैले दियो भने मात्र तर यो अस्मभावव कुरा हो, त्यस पछि मैले यो चिठ्ठी लेखेर आमालाई दिएँ, सायद आज तिमीले यो चिठ्ठी पढिरहेको होला
निशा म तिमी भित्रै सिमित छु ।

तिम्रो प्यारो साथि
नरेश।

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।