उनीहरु
तांत लागेर बजार गर्छन
मंगलबारे हाटमा
माछा बजारमा उनेरले खोज्छन
शंखे किरा
गंगटा
झिंगे माछा
र
सिद्रा माछा
उनीहरुका नानीहरुलाई
मन पर्दैन खेलौना बन्दुक
उनीहरु गुलेली खोज्छन
लक्का जवानहरु खोज्न थाल्छन
दाउ दाम्ला र
उदाउने ढुंगा
बुढापाकाहरुलाई पटक्कै
मन पर्दैन स्पोर्ट सु
उनीहरु गमबुट खोज्छन
उनीहरु पिलपिलेमा चढदैनन
बरु हिंडेरै घर पुग्छन
अनि पिलपिले भन्दा चांडो पुग्छन
मंगलबारे हाट
खुब बिक्री हुन्छ बजारमा
औधी किनबेच हुन्छ
थरी थरीका सामान बिक्री हुन्छ
अनि एक दिन
उनीहरु ------
मौन भएर हेरिरहन्छन
जब मंगलबारे हाटमा
बिक्री हुन्छ
उनेरको भागको पहाड़
उनेरको भागको नदी
उनेरको भागको पाखा
उनेरको भागको जंगल...!!!
गोवालपाडा,आसाम,भारत