17 वर्षदेखि निरन्तर
समकालीन साहित्य

तिम्रो भ्रम मात्र हो

कविता निलकमल छेत्री August 30, 2021, 10:07 pm
निलकमल छेत्री
निलकमल छेत्री

तिमीले मलाई सम्झिनु
मैले तिमीलाई बिर्सिनु
ती दुवै तिम्रो मनको भ्रम मात्र हो।

मैले चाहेरै पनि
भुल्नै सकिन् तिमीलाई
तिमीले चाहेरै पनि
सम्झिनै सकेनौ मलाई।

अझ तिमी भन्छौ म टाँडा भए
कहिल्यै मलाई प्रश्न गर्यौ?
म के कारण टाँडा भएँ।

म टाँडा भएको होइन्
त्यो तिम्रो भ्रम मात्र हो
तिम्रो वरि -परि
मान्छेहरूको बेसी भिड मात्र भएको हो।

सत्य कुरा यतिनै हो
म त्यो भिड भित्र हराएको मात्र हुँ।

ती हजारौ मानछेहरुका भीडलाई
परैसम्म देख्न् सक्ने तिम्रा
दुई आँखा नै साक्क्षयात प्रमाण हो

तर त्यही भिड भित्र उभिएको
मलाई नदेख्ने तिम्रा आँखाको भ्रम मात्र हो।


राङका, बलिमान,पूर्व सिक्किम

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।