14 वर्ष देखी निरन्तर
समकालीन साहित्य

विगत र बाडुलीको मोहमा फसेकी भारती गौतम

कृति/समीक्षा खिमानन्द पोखरेल August 30, 2021, 9:15 am
खिमानन्द पोखरेल
खिमानन्द पोखरेल

सङ्घर्ष गर्नेहरू अगाडि बढ्छन् । सङ्घर्षमा नै आत्मबल गाँसिएको हुन्छ । सङ्घर्ष विना कुनै कार्य सफल हुन सक्दैन । त्यसैले त सङ्घर्ष विनाको फल मिठो हुँदैन भनेर भन्ने गरिन्छ । सङ्घर्षका हरेक पाटाहरू सँग जीवन गाँसिएको हुन्छ । पढाई लेखाई राजनिति र साहित्यका अनेक श्रृङ्खलामा सङ्घर्ष भन्ने शब्द जोडिएको हुन्छ । सङ्घर्ष गर्ने व्यक्ति मिहेनती हुन्छ । सङ्घर्ष विना मानिसले कुनै पनि लक्ष पुरा हुन सक्दैन । सङ्घर्ष प्राप्ती हो । सङ्घर्ष प्रयास हो । सङ्घर्ष खेल हो । सङ्घर्ष अभिनय हो । सङघर्षमा रमाउन, हाँस्न, बाँच्न र नाच्न जान्नु पर्छ । सङ्घर्ष तितो हुँदैन मिठो हुन्छ । लगनशिल व्यक्तिको कदर हुन्छ । महान कलाकार प्रसिद्ध साहित्यकार बन्नुको पछाडि सङ्घर्षले भूमिका प्रमुख हुन्छ ।
हरेक व्यक्ति साहित्यकार र कवि बन्न सक्दैन । साहित्यसेवी बन्न साहित्यममा झुकावको आवश्यकता पर्छ । साहित्यिक व्यक्ति कोमल हृदयका हुन्छन् । सामान्य घटनाले पनि उनीहरूलाई छुन्छ । जहाँ साहित्य त्यहाँ साहित्यकार । साहित्य नै साहित्यकार हो । साहित्य समाजको दर्पण मात्र नभएर श्रष्टा द्रष्टा दुबै हो । साहित्यले जीवनमा आलङ्कारिक ज्ञान भरिदिने काम गर्छ । आज म यस्तो व्यक्तिको बारेमा चर्चा गर्दैछु जस्को बारेमा कुनै पृष्ठभूमि नै खोज्नु पर्दैन । यो नाम तपाई हाम्रो ओँठ ओँठमा झुण्डिएर बसेको छ । उहाँले साहित्यमा प्रसस्त समय खर्चिनु भएको छ । त्यसैकारण पनि हाम्रो उहाँ सँगको साहित्यिक परिचय नाता गहिरो हुन पुगेको हो । साहित्य र साहित्यकार सँग उहाँको नाता प्रवलरूपमा गाँसिएको छ । भावना भएर पनि मन नहुने व्यक्तिका कुरा के गर्नू ? वास्तवमा भन्ने हो भने साहित्यकारले मानव जीवनलाई श्रृङ्गारिक बनाउन सक्छन् । साहित्यकार सँग धमिलो पानीलाई सङ्लो पार्न सक्ने क्षमता हुन्छ । जो सँग क्षमता हुन्छ ऊ सँग कला हुन्छ । कला विना क्षमता प्रदर्शन गर्न सकिदैन भन्ने कुरा ध्रुव सत्य हो । आज मेरो हातमा सिद्धहस्त साहित्यकार भारती गौतम द्वारा लेखिएको संस्मरण संग्रह विगत र बाडुली छ । यो पुस्तकमा जम्मा २६ वटा संस्मरण छन् भने यो पुस्तकको प्रिष्ट संङ्ख्या ३५६ रहेको छ । यो संस्मरण आफ्नी दिवङ्गत वहिनी आरती पोखरेल प्रति समर्पित छ । । यसको मूल्य नेपाली रूपैया ३२५ कायम गरिएको छ भने विदेशमा यसको मूल्य ७ डलर तोकिएको छ । यो पुस्तक प्रकाशन गर्ने चाँजो पाँजोमा सहभागिता जनाएको छ समकालीन साहित्य प्रतिष्ठान बेलायतले । यस्तै आवृत छापाखाना बागबजारले आफ्नो कौशलता प्रदर्शन गरेको छ । अब भने म यो पुस्तक भित्र प्रवेश गर्न चाहान्छु ।
बा मेरो सर्वस्व यस संस्मरणको शुरूमै देखा पर्छ । यस संस्मरणकी नायीका नेपालमा इन्टर्नेट जन्मिनु भन्दा पहिले अमेरिकामा पुगे पछि नेपालमा रहनु भएका आफ्नो पिताजी सँग कुरा गर्दा कार्ड किनेर घण्टौँ कुरा गरेता पनि त्यो समय छोटो लाग्ने कुरा गरिएको छ । पैंतीस वर्ष अघि तीन वर्ष शिकिस्त विरामी वाट निको हुनु भएको पिताजीले झन्डै चार दसक पछि यथार्थमा मृत्यु वरण गर्दाको आफ्नो वेदना यो प्रसङ्गमा चोटिलो ढङ्गले प्रकट गरिएको छ । पैंतिस वर्ष अगाडी पिताजी विरामी भएको अवस्थाको ताजा संस्मरण गरिएको छ । अहिले पिताजी विरामी भएर अस्पतालको शैयामा रहँदा भाइले एक्लै विरामी पिताको हेरचाहगर्नु परेको गुनासो दिदीलाई सुनाउँदाको अवस्थालाई ताजा चित्रण गर्न खोजीएको छ । छोरी भारती गौतमलाई पिताजी विरामी भएको अवस्थाले पोलिरहन्छ । पिताजीलाई विस्तारै रोग निको हुँदै जान थाले पछि छोरी भारती गौतमको मनमा केही शान्ति पलाउन थालेको कुरा गरिएको छ । पिताजी अस्पतालबाट घर फर्के पछि छोरीले पिताजीलाई फोन गर्न पर्खिएको कुरा उल्लेख गरिएको छ । भर्खर विरामी निको भएर अस्पतालवाट घर ल्याएपछि पिताजीलाई घरमा कसरी एक्लै छोडेर सवैजना काममा जाने भनि भाईले दिदी भारती गौतम सँग फोनमा कुरा गर्दा गर्दै बोलि भक्कानीएका कुरा यहाँ परेका छन्न् । पैंतिस वर्ष अगाडी जस्तै पिताजी फेरि निको हुनु हुन्छ भन्ने दुव्लो आशा भारतीमा पलाउछ । उसवेला केही वर्षको अन्तराल पछि पिताजी पूर्वबत अवस्थामा आई पुगेको प्रसङ्गलाई पनि यहाँ उल्लेख गरिएको छ ।
पिताजीसंगको पहिलो अनुभवमा लेखिका ताङ्खुवा जान उकोलो ओरालो गरि विहेघरमा पुगेको कुरा जोडिएको छ । पिताजी सँग हिँड्ने क्रममा बाटो भरि रातै पाकेका भँगारू टिप्न जाँदा पिताजी सँग एकै निमेषको लागि विछोड हुन पुगेका कुरा र पिताजीले पछि फर्केर हेर्दा छोरी भारतीलाई पाउँन नसकेर हडबडाउन पुगेको प्रसंगलार्ई सजिवता दिन खोजीएको छ । यस्तै बाटोमा हिँड्दै जाँदा टक्क रोकिएर पोथ्रामा फुलेको एउटा फूल वुवाले सानी बालीका छोरीको कपालको चुल्ठोमा सिउरिदिनु भएको प्रसङ्ग यहाँ जीवन्तै छ । ६–७ वर्षकी सानी बालिकाले यति लामो बाटो हिँडेको पहिलो पटक भएको पनि महशुस गरिएको छ ।
एक पटक पिताजी पढ्न बसेको बेलामा काम विशेषले पुस्तकलाई त्यहीँ छोडि अर्कै कोठामा जानु परेछ । आफूसंगै छेउमा वसीराखेकी सानी छोरीको नजीकै पढ्दै गरेको पुस्तक छुटेछ । पछि हेर्दा पिताजीले पढ्दै गरेको किताबको एक पाना गाईको बाच्छाले खाई दिएछ । कितावको पाना छोरीले नै च्यातिदिई होला भनेर छेउमा भएकी सानी छोरी लेखिकालाई एक थप्पड लगाएको प्रसङ्ग रोचक ढंगले प्रस्तुत गरिएको छ । पुस्तकको पातो छोरीले हैन तर गाईको वाच्छाले च्यातेको भन्ने थाहा पाएपछि पिताजीलाई दुःखीत बनाएको देखिन्छ । पुस्तकको पाना च्यातिदा पिताजी आत्तिनुको कारण त्यो पुस्तक माधव शंशेर राणाको दरवारबाट पढ्न भनि ल्याएको रहेछ । उक्त पुस्तकको पाना यसरी च्यातिनुले पिताजीलाई चिन्ता थपिनु स्वभाविक थियो । आफूभन्दा एक वर्ष कान्छो भाइ सानो बाबु विरामी परेर भाईलाई गुमाउनु परेको प्रसङ्ग पनि मार्मिक ढंगले यहाँ उल्लेख गरिएको छ । अक्सर गरी पिताजीलाई धनकुटाबासीहरूले कुनै पनि कार्यक्रम गर्दा मञ्चमा राख्न छुटाउँदैनथे । २०२० सालमा राजा महेन्द्र विराटनगर गएको प्रसङ्ग पनि यहां जोडिएको छ । त्यसबेलाका सुप्रसिद्ध गायक पूष्प नेपाली र लोक गायक धर्मराज थापालाई विराटनगरमा पिताजी वसेकी छोरीसँग परिचय गराउनु भयो । त्यसवेलौ उनीहरूले गाएको गीतका केही अंश नीज गायकहरूले सानी भारतीलाई गाउन लगाएको प्रसङ्ग पनि छ । पिताजी कै प्रसङ्गको कुरा गर्दै जाँदा आपूmलाई शिक्षाको बाटो खुलाई दिने पिताजी भौतिक, आध्यात्मिक, आर्थिक, सामाजीक, बौद्धिक अनि सांस्कृतिक पनि हुनुहुन्थ्यो भन्ने कुरा यहाँ उल्लेख छ । पिताजीबाट चालिएका व्यवहारिक कुरा यहाँ लागू हुन्छन् ।
पैंतिस वर्ष अगाडी पिताजी विरामी भए पछि घरको सम्पूर्ण आर्र्थीक स्थिति डामाडोल हुन जाँदा घरका छोरा छोरीको शैक्षिक पढाईमा वाधा पुग्छ । पिताजीको उपचारमा धेरै खर्च भए पछि विहान बेलुकीको छाक टार्न मुस्कील परेका कुराहरू यहाँ ईमान्दारीका साथ उल्लेख गरेको छ । स्कूलमा फिस तिर्ने पैसा नभएर दाजुको पढाई रोकीएको कुरालाई यहाँ सजिव तरिकाले उतारिएको छ । घरको आर्र्थीक परिस्थिति गडवढ भएकै कारण स्कूलमा फिस मिनाह भए पछि मात्र पढाईलाई सुचारू गरिएको देखिन्छ । यहाँ यस संस्मरणकी नायीका भारती गौतमको प्रमूख कार्य नै मातालाई सघाउनु र माताकै प्रतिनिधि भएर काम गर्नू पर्ने वाध्यता देखिन्छ । पिताजी विरामी भएको वेला वरपरका छिमेकी देखि लिएर काठमाण्डौबाट समेत मान्छे भेट गर्न आउने क्रममा तत्कालिन प्रधानमन्त्रि सूर्य बहादुर थापा घरमा आएर उपचारको लागि हेलिकोप्टर पठाईदिन्छु सम्म भन्दा पिताजीले सिधै इन्कार गर्नू भएका तथ्य यहाँ देख्न पाईन्छ । पिताजी पिडाले चिच्याउँदा सजिमूल आफैलाई कुटे जस्तो हुन्थ्यो । पिताजीलाई खाना रूच्दैनथ्यो । विरामी पिताजीको रोगको टुङ्गो नलागे पछि स्वयम् पिताजीले आफ्नो देहान्त नहुँदै घर परिवारलाई आफ्नो तेह्रदिने काज किरियामा दान दिने सामानको लिष्ट तैयार गरि घर परिवार समक्ष राखेको रहेछ । यस प्रकारको लिष्ट तैयार गरेको केही महिना पश्चात् पिताजी तङ्ग्रीदै जान थालेका कुरा यहाँ समावेस छ । यसो हुँदा परिवारमा खुसी छाएको पनि देखिन्छ । पिताजीको शरिर पूर्ववत अवस्थामा फर्कि सकेका कुरा छन् । पिताजीलाई धेरै अध्ययनशिल व्यक्तिको रुपमा प्रस्तुत गरिएको छ । पिताजी कुनै काममा पनि नअड्किने स्वभाव भएका एवम् सर्व पेशा निपूर्ण व्यक्तिका रूपमा सबैले चिन्न सक्ने मिहेनती पुरूषका रूपमा वर्णन गरिएको छ । उहाँलाई देख्दा प्रसन्न नहुने सायदै कम हुन्थे होला । घरमा पालीराखेका वस्तुभाउलाई सक्दो हेर विचार गर्ने हुँदा घर पालुवा पशु पक्षिहरूले समेत पिताजीको विशेष पहिचान गर्ने गरेको तथ्य लाई सविस्तार वर्णन गरिएको देखिन्छ ।
२०२१ सालमा भएको लामो बिरामी पश्चात् पिताजी कहिल्यै सम्पत्ति कमाउने होडबाजीमा लागेको देखिदैन । विश्वमा रहेका होनहार व्यक्तिको बारेमा विशेष अध्ययन गर्ने बाहेक पिताजीलाई अन्यविषयकोे चासो कम रह्यो । पिताजी भित्र रहेको प्रतिभा देखाउन राजधानी जस्तो ठाऊँमा बस्नु पर्छ भन्ने कुराको सोँच वेलावेला मनमा जाग्रत भएको देखिन्छ । त्यस पछि बहिनी आरतीलाई एक्कासि गुमाउनु परेको पीडाले परिवारमा सन्नाटा छाएको घटना समेत मार्मिकरुपले यहाँ जोडीएको छ । यो पीडाले पिताजीलाई ठूलो आघात पर्यो संचार अहिलेको जस्तो सहज थिएन । लेखिका अमेरिका आए पछिका दिनहरूमा महिनौ दिनको अन्तरालमा आईपुग्ने चिठ्ठिले मात्र दुबै तर्फको हाल खवर जानकारी गर्न सकिन्थ्यो । धनकुटावाट आईपुग्ने पिताजीका चिठीले अलिकति नेपाल वोकेर भारती सम्म आईपुग्थे । केही वर्ष पश्चात् फोनको सुविधा हुनथाले पछि भने यो प्रकृया सहज बन्दै जान थाल्यो । वास्तवमा पिताजी अद्भुत क्षमता भएको व्यक्ति हुनुहुन्थ्यो । हामी अमेरिकाको जुन स्टेटमा रहे पनि पिताजीलाई त्यहाँको सम्पूर्ण इतिहास थाहा हुने गथ्र्यो । लेखिकाले भनेको छ । अमेरिका पुगेको दश वर्ष पछि नेपाल फर्किएको बेला पिताजी सँग हामी सिधा त्यता नआई पहिले एकपटक पोखरा तर्फ जाने अनुमति माग्दा पिताजीले “तिमीहरू नेपाल टुर गर्न आएका, पुरै नेपाल घुमी सकेर आए पनि हुन्छ”भन्नु भएछ । यस्तो प्रेमपूर्ण व्यङ्ग्यात्मक वाक्य सुनी सके पछि पोखरा तर्फ नलागि धनकुटा तर्फ लागेको कुरा गरिएको छ । पिताजीको सङ्घर्ष, पिताजीको लगाव झुकाव उहाँको बौद्धिक क्षमता अव स्मृतिमा मात्र छन् । यस्ता प्रिय व्यक्ति आलौकीक प्रतिभा सँग सदाको लागि विछोड हुन परेको अत्यन्त कारूणीक आवाज यहाँ गुञ्जिएको देखिन्छ । बा मेरो सर्वस्व शिर्षकको अन्त्यमा यस संस्मरणकी नायीकाले पीताजीलाई गुमाउनु परेको पीडा सम्हाल्ने कोशीश गर्नू भएको छ । अव त पिताजीको सम्झना केवल उहाँले रेडियो नेपालमा दिनु भएको धार्मीक प्रवचनका क्यासेट सुनेर, उहाँ द्वारा लेखिएका चिट्ठीहरू हेरेर चित्त बुझाउने स्थिति देखिएको छ । मन सम्हाल्नु पर्ने अवस्था सृजित भएको छ । बाटो सबैको एउटै हो । ढिलो चाँडो मात्र न हो एकदिन सबैले यो मार्ग पक्डिनु पर्छ । चित्त दुःखे पनि आफैले आफैलाई सम्हाल्नु पर्छ भन्ने आसय मा यो अध्याय सकिन्छ ।
उघ्रिएको झ्याल ः– काठमाण्डौको अन्तर्राष्ट्रिय विममानस्थलमा ओर्लिदा आपm्नो लागि अस्ताई सकेका माता पिताको सम्झना आउछ । अर्को तर्फ आपूmलाई सम्हाल्ने कोशीश पनि गरिएको छ । लेखिकालाई माता पिताको अभावमा नेपाल देश सँग नै नाता समाप्त भएको महसुश भएकोे कुरा उठाईएको छ । आफ्नो जन्म घर भन्नु नै माता पिता हो भनेर उपमा दिने काम भएको छ । यसै विच एयरपोर्टको भन्सार कक्षमा काम गर्ने कर्मचारीहरूको रूखो वचन र अव्यवहारिक शब्दहरूले मन शान्त हुन नसकेको, चित्त दुखेको कुरा दर्शाइएको छ । एउटा नेपालीले नेपाली प्रति गरिने निम्नस्तरको व्यवहरले नेपाल मेरो पनि हो भन्ने भावना मनभरी झन अटाउन नसकेका प्रसङ्गहरू पनि यहाँ छन् । एयरपोर्टबाट भाईको घर भैसेपाटी जाँदा बाटोमा देखिएका फोहरहरूको थुप्रो नै थुप्रो को बारेमा कुरा गरिएको छ । नेपालको माटो टेकीसकेपछि सवैमा माता पिता देख्न सकेको कुरा पनि यहा उल्लेख छ । माता पिताको छोरा छोरी प्रतिको माया, स्नेह, ममता उहाँहरू नरहे पनि संस्मरणमा जततातै रहिरहने विश्वास पनि गरिएको छ । मातृभूमि भनेकै वुवा आमा हो भन्नेमा यो शीर्षक टुङ्गिन्छ ।
गाडीको समय भयो ः– यो शिर्षक माथी दृष्टी लगाउँदा आपूm जन्मिएको जन्म घर पुग्नु भन्दा पूर्व त्यस स्थलको सम्पूर्ण चित्र आँखा वरीपरी नाचीरहेको कुरा स्पष्ट देखिएको छ । माता पिता नभएको घर भूत बङ्ग्ला जस्तो हुन्छ । घरको वरीपरी जताततै दृष्टी लगाए पनि माता पिताले विगतमा गरेका कृया कलापको सम्झना वाहेक केही देखिदैन । एकछिनको लागि त्यहि सम्झना सत्य समेत हुन पुग्छ । यस संस्मरणकी नायीकालाई जन्म घर पुगे पछि यस्तै भएको छ । यसअघि आउँदाको त्यो जीवीत घर पाँच वर्ष पछि फर्किदा भग्नावशेष देख्दा कस्को मन विचल्ली हुँदैन र ? यस्तै यो प्रसङ्गमा आफ्ना दिवङ्गत माता पिताका कृयाकलाप सजिव भएर लेखिकाको मस्तिष्कको एक छेउमा केन्द्रित भएर छताछुल्ल बगेका छन् । सम्झनाको यो दृश्यमा पिताजीको दैनीकी परेको छ, माताजीको तरकारी टिप्ने, पकाउने, आगोको अगाडी बसेर खान पकाउने दृश्य परेका छन् । जन्म घरमा मातपिता नभए पछि त्यस घरको सोभा नै हुँदैन । घरमा जे जे वस्तु देखिएका छन् त्यस स्थलमा माता पिताको भावनात्मक आकृति भित्र बाहिर गरिरहेको छ । शिर्षकको अन्त्यमा आएर मनलाई सम्हालिएको छ । यथार्थलाई स्वीकारीएको छ । भनिएको छ मेरो मातापिता भन्नु नै उहांहरुको स्मृति हो। यहि स्मृति नै माईतीघर हो । अव मैले मेरो माता पिताको प्रतिकको रूपमा यी रूख विरूवा, डांडा पाखालार्ई मानेर श्रद्धा गर्नु भन्दा अर्को विकल्प छैन । यहीँ नै वास्तविकताको मूल जरो भएर मेरो मनमा सधै रहिरहनेछ भन्ने स्वीकार गरिएको छ ।
आफ्नै दन्त्य कथा ः– यहाँ पिताजीले जस्तै माया गर्ने काकाको सम्झना गरिएको छ । पिताजी बनारस बसेर पढ्दा हजुरबा ले पिताजीलाई लेखेका कवितात्मक चिट्ठीहरू सुनाउने गरेको देखिन्छ । हजुरबालाई आशु कविको रूपमा चित्रित गरिएको छ । पिताजीको जन्मदिन पारेर स्मृति ग्रन्थ विमोचन गरिएको छ । यहाँ हजुरबाले लेखेका कविताका केही अंशहरू राख्न पाएको भए सुनमा सुगन्ध हुने थियो जस्तो लाग्यो । मावलका हजुरवाले वजाउने गरेको चिल्लो सेतो शङ्ख काकाले आफ्नो हातमा राखीदिएको कुरा गरिएको छ । यसरी यहाँ काका र भतिजीको सम्बाद पोखिएको छ । काकाको न्यानो माया मनभरी मुटुभरी छचल्किएको छ । काका सँगको अन्तिम पटकको संवादले मनलाई उहीँ बाल्यकालमा काकाले कथा सुनाएको सम्झनालाई ताजा बनाईदिएको छ । काका भन्नु नै आफ्नो पिता सरह हो । जति माया आफ्नो काका बाट पाईन्छ त्यो अन्यत्रीबाट सम्भव हुँदैन । काकाले माया गरेको पिठ्युमा बोकेर हिँडेको जस्ता यी सव विषयवस्तु हरदम नजरमा प्रतिविम्बित भएका छन् । काका सँग विदा भएर बसमा चढ्दाको दृश्यले अब मेरो मनले काकाको जिवीत शरिरलाई भेट्न पाउँदैन भन्ने आशा मेटी सकेको प्रतित हुन्छ । काका अव एकादेशको कथा बनेर बस्नु भए जस्तो प्रतीत भई राखको छ । यो संस्मरणमा काकाको महत्वको पूर्ण भूमिका रहेको देखिन्छ । काकाको माया अपार स्नेहको खानी बनेर सधै रहीरहने कुराको व्याख्या गरिएको छ ।
आरम्भको अन्तिम भेट ः– यस प्रसङ्गमा यस संस्मरणकी नायीका भारती गौतमलाई शारदा अधिकारी मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको समाचारले मन निकै विह्वल बनाईदिएको छ । लेख यहि वाट आरम्भ हुन्छ । शारदा अधिकारी समालोचक र बाल साहित्यकार पनि हुन् जस्को मृत्युले भारती गौतम र उनका श्रीमान दुबै जनालाई भाव विह्वल बनाएको छ । नवराज काकीले फोनबाट परिचय गराईदिनु भएको शारदा अधिकारी सँगको भारतीको साहित्यिक प्रेम दिर्घजिवी बन्न सकेन । अमेरिकामा बसी राखेको व्यक्ति संयोगले दशैँमा नेपाल, घर तर्फ जाने क्रममा इन्दिरा प्रसाईको घरमा शारदा अधिकारी संग जम्का भेट हुंदा चिन्न नसके पछि इन्दिराले परिचय गराईदिएको सन्दर्भ छ । पछि दुबै जना तुरुन्तैे नजिकिन पुगेको कुरा यहाँ उल्लेख गरिएको देखिन्छ । शारदा अधिकारीले आफ्नो घरमा खाना खाने निम्तो समेत गरेको कुरा पनि यहाँ उद्धरण गरिएको छ । इन्दिरा प्रसाईको घरबाट शारदा अधिकारी हिँडे पछि इन्दिराले भारती गौतमलाई शारदाले विशेष व्यक्तिलाई बाहेक अन्य व्यक्तिलाइ घरमा बोलाउँदिनन् भनेर ईन्दिरा प्रसाईले भन्दा भारतीले आफूलाई शारदाले निकट ठानेको अनुभव गरेकी थिईन्।् यसवाट पनि शारदा र भारती चांडै नजिकिएको थाहा हुन्छ । अन्त्यमा इमेलमा कुराकानी आदान प्रदान गर्ने टुङ्गो लगाएर छुट्टिएको नै अन्तिम भेट भएकोले यो भेट आरम्भमा नै टुंगिएको मार्मिक तथ्य स्वीकार गरीएको छ ।
सम्झनामा साहिँला काका ः– साँहिला काका मदेस तर्फ अलिक छिटो झर्नु भएको हुँदा उहाँ सँगको सम्पर्क केही टाढा भएको कुरा दर्शाईएको छ । धेरै वर्षको अन्तराल पछि काकालाई प्रत्यक्ष भेटे पछि पिताजीको झझल्को आएको कुरा यहाँ उल्लेख गरिएको छ । काकाले म छोरी (भारती गौतम) सानो छँदा लिटो खुवाएको खुवाएकै गरेरे झण्डै अड्केर केही नभएको अरे । माता त्यसै बखत नआईपुगेको भए देखि के हुन्थ्यो भन्नै गाह्रो रहेछ । तत्कालै आमाले मेरो मुखमा औलो राखेर उक्त लिटो न निकाली दिएको भए सायद मेरे अवस्था नाजुक बन्ने थियो भारती भन्छिन्।् काकाको घरमा पुग्दा काका सुती रहनु भएको रहेछ । म छोरी आएको थाहा पाए पछि पनि उता ढाड फर्काएर सुतेको म भारती स्वयम्ले देख्नु पर्दा केही असजिलो भएको उल्लेख गरिएको छ । काकाले मलाई देख्ता मेरो पिताजीका झझल्को लागेर दुखी हुनु भएको रहेछ । आफ्ना दाजुको सम्झनाले काका दुखी हुनु भएको रहेछ । यो कुरो थाहा पाएपछि भारतीलाई नरमाईलो लाग्छ ।
छिमेकी बहिनी झमक ः– यहाँ झमक बहिनीको प्रतिभाको बारेमा मनग्य सँग कुरा उठाईएको छ । आपूm त्यहीँ कचिडेमै हुर्किएको भएर पनि यस कुरामा अनभिज्ञ रहेको यथार्थतालाई उजागर गरिएको छ । यहाँ भनिएको पनि छ कि म काठमाण्डौ अनि त्यहाँबाट अमेरिका प्रस्थान गर्दा कृष्णदाईको घरमा (सापे) केटी जन्मेकी छ रे भन्ने मात्रै सुनेको कुरा यहाँ उलेख गरिएको छ । त्यसपछि आफू नेपाल वाहिर भएको र अहिलेजस्तो प्रविधिको सहुलियत नभएकोले झमकवारे केहि थाहा पाउन नसकेकोमा दुख व्यक्त गरिएको छ । झमकसँग भेट भएपछि उनको प्रतिभावाट लेखिका प्रभावित भएको देखिन्छ । झमक स्कूल नगएर पनि आफ्ना स्कूल जाने भाईवहिनीले पढ्ने लेख्ने गरेकै आधारमा झमकले लेखपढ गर्न जानेको कुरालाई यहाँ प्रस्तुत गरिएको छ । अमेरिका बाट कचिडे आई पुगेका नाती नातीनालाई पिताजीले झमक सँग भेट गराएका कुराहरू परेका छन् । आफ्नै माताले बार बार कृष्ण दाईकी छोरीलाई एक पटक भेट्न गए हुन्थ्यो भनेको भए पनि त्यसवेला झमकसँग भेट गर्न जाने काम नायीकाको प्राथमीकता भित्र पर्न नसकेको रहेछ । झमकको घरमा पुगे पछि उनले गरेको साहित्यिक प्रतिभाको भारी प्रशंसा समेत गरिएको छ । झमकलाई मान्छे भेट्न आउने गरेका कुरालाई पनि यसरी राख्ने गरिएको छ । झमकको र भारती गौतमको मईती घर पन्ध्र मिनेट दुरीमा पर्दाेरहेछ । भारतीले झमकको घर जान पर्यो भने बाँसघारी, कान्ला, खर, बन्सो, सालिम्बो, कुरोलाई छलेर जानु पर्ने कुराको समेत उठान गरेको देखिन्छ ।
यो शीर्षकको अन्त्यमा झमकलाई अमेरिकामा जन्मिएकी हेलन केलर सँग तुलना गरिएको छ । अमेरिकी हेलन केलर र नेपालको कचिडेकी झमक घिमीरेको प्रतिभाको तुलनात्मक प्रशंसा गरिएको छ । हेलन केलरको प्रतिभा र झमकमा रहेको प्रतीभा अद्वितीय हो भनेर भनिएको छ ।
त्यो फुल बेच्ने बाजे ः– यो सस्मरण प्रसिद्ध कवि मोहनकोईराला सँगको भेट को सन्दर्भ हो । भारती गौतमकी डिल्लीवजारमा वस्ने साथीको परिवारले मोहन कोइरालालाई फुल बेच्ने बाजेको नाम बाट चिन्ने कुराले लेखिकालाई दुख लाग्छ । कवि मोहन कोइरालाले लेखेको कविता “फर्सिको जरा”लाई भारती गौतमको पिताजीले विद्यार्थीलाई कलेजमा पढाउनु पर्ने र लेखिका आफैले पनि पढि सकेकोले “फर्सिको जरा” कविता लेख्ने मान्छे कस्तो होला भनेर यस संस्मरणकी नायीकालाई मनमा बारबार खुल्दुली भईरहन्थ्योे । पिताजी आफै कविता लेख्ने व्यक्ति हुनुहुन्थ्यो । २०३४ सालमा काठमाण्डौ आएर भारतीले एम. ए. को पढार्ई शुरु गरेकी थिईन्।् काठमाण्डौ आएको २–३ महिनामा नै धनकुटामा आफु सँग पढ्ने साथी अञ्जला सँग भेट हुन्छ । अञ्जलाको आग्रहमा डिल्ली बजारमा अञ्जलाको घरमा केहि दिन वस्तै गर्दा कवि मोहन कोईरालाको घर पनि डिल्लीवजार हो भन्ने सम्झनाले लेखिकालाई झस्काउछ । अञ्जलाले मोहन कोइरालालाई भेट गराउने वचन दिए पछि लेखिका खुशी हुन्छिन् । अञ्जला सँग भारती मोहन कोइरालाको घरमा गएको कुरा जोडीएको छ । विद्वान कविको सरल स्वभाव एवम् मिठो बोलीले कवि प्रतिको श्रद्धा भावमा एक इटा थपिदिएको अनुभव लेखिकाले गरेकी छन्।् फुल बेच्ने बाजे भनेको सुन्दा भारती गौतमको वुझाईमा कविको घर अगाडि ठूलो पूmलको बगैंचा होला जस्तो लागेको रहेछ । त्यस्तै वगैचार्को पूmल बेच्ने काम मोहन कोईरालाको परिवारले गर्ने रहेछ लागेको थियो अरे । तर पछि वुझ्दा वगैचाको फूलको सन्दर्भ हैन रहेछ । अञ्जलाको परिवार त्यहाँ कुखुराको फुल किन्न जाँदो रहेछ भन्ने तथ्यले लेखिका आश्चर्यमा परेको कुरा उल्लेख गरिएको देखिन्छ । यसरी मोहन कोइराला कवि सँग नजिकबाट परिचय हुन पाएर लेखिका ले आफूलाई धन्य ठानेको कुरा यस संस्मरणमा देख्न सकिन्छ ।
त्यो दरखाने दिन ः– यो दिनको सम्झना निकै टडङ्कारो सँग मनमा आउने गरेको देखिन्छ । अषि वर्ष पुगेकी हजुरआमाले पनि तीजमा ब्रत बस्ने गरेको कुरा यहाँ समावेस छ् । मध्यराती भन्दा अगाडी उठेर दर खानु पर्ने मा सवैजना भुसुक्क निदाएर उज्यालो हुने वेलामा व्युझिन पुगे पछि दरखान नपाएको सन्दर्भ यहाँ सम्झना गरिएको छ । उज्यालो हुन लागेपछि उठे पनि असि वर्ष नाघि सक्नु भएकी हजुरआमालाई दर खुवाउन घरका सवै वत्ती निभाएर लालटिन वालेर अंध्यारो पारेको रोचक प्रसङ्ग यहाँ पढ्न सक्छौँ । तिजको दर खाने दिनमा पिताले मिठाई पकाउँदा मिठाई पड्कीएर सारा उछुट्टिन पुगेको घटनाले पनि यस संस्मरणकी नायीकालाई प्रत्येक वर्ष दरखाने दिन झस्काउने गरेको वुझ्न सकिन्छ । दरखाने दिनको त्यो घटना लेखिकाको सम्झनामा वारवार आईरहन्छ । यो दर खाने दिनको संस्मरण २०७२ सालमा हिमाली गुराँस पत्रिकाको पेज नं. २९ छापिई सकेको कुरालाई मैले यहाँ स्मरण गराएँ । भारती दिदीले उक्त संस्मरण म अमेरिकामा छँदा मलाई पठाईदिनु भएको थियो । यसै सिलसिलामा मैले उक्त संस्मरणलाई चाहीँ मेरो साहित्यिक पत्रिका हिमाली गुराँसमा प्रकाशित गरेको थिएँ । दिदीको यो “विगत र बाडुली” संस्मरण सङ्ग्रहमा उक्त शिर्षक पनि समावेश भएको देख्दा निकै खुसी समेत लागेको छ ।
सारीको पिङ ः– यो घटनामा बनको बाघले खाओस् नखाओस् मनको बाघले खाने कुरा गरिएको छ । आमाको सारीमा झुन्डिएर पिङ खेल्दा गल्ती भएको महशुस चाहीँ गरिएको छ । कमलाकी आमाको डरले पानी लिन जाँदा कमला को घरको बाटो हिँड्नै छोडिएको छ । पेटीमा बराबरी गरेर झुण्डाईएको सारी कमला सँग पिङ खेल्दा च्यातिएर धुजा धुजा हुन थालेको कुरालाई स्मृति बनाईएको छ । यहीँ डरले कमलाको घरमा नगएको अवस्था रहेछ । कमलाकी आमा बाहिरबाट आए पछि कमलाले उक्त घटना सुनाउँदा च्याती सक्न थालेको सारीलाई सामान्य रूपले लिएको भएपनि भारतीलाई त्यो थाहा हुंदैन र आमा संग डर मात्रै लागेको रहेछ । आमा नरिसाएको कुरा कमलाले भारतीलाई सुनाउन भ्याएकी रहेनछन् । सारीको पिङ र यसले सिर्जना गरेको पिडा यो लेखको सारांश देखिन्छ ।
दो टिकट चाहिए ः– यो संस्मरण हिमाली गुराँस पूर्णाङ्क ७८ चैत्र, बैशाख २०७२÷२०७३ को पेज नं. १२ मा प्रकाशित भएको छ । यो संस्मरण अत्यन्त मर्मस्पर्सि छ । विश्वका सात आश्चर्यमा पर्ने ताजमहल हेर्न भनि अमेरिकाबाट लेखिकाको साथमा छोरीलाई लिएर दिल्लीको एक होटलमा बस्नु । दिल्लीवाट भोली पल्ट अलिकति पैसा बोकेर ताज महल हेर्न भनेर टुरिस्ट वसमा चढेर यात्रा गरेको सन्दर्भ यहँं छ । लुटेराले सब लुटिदिन्छन् भन्ने जस्ता कुरा धेरैवाट सुने पछि उक्त कुराको प्रभावले गर्दा आफूसंग भएको सवै पैसा बोकेर नजाने मनसाय लिएर होटलबाट आग्राको लागि प्रस्थान गरिएको छ । चोरी हुने डरले भारतीय रूपैया र अन्य बैंकका क्रेडिट कार्डहरू समेत उक्त होटलमा छोडेर गएको वुझिन्छ । खर्चको सहि अनुमान नभएर ताजमहल पुग्नु अगाडी नै पैसा सकिन आँटेपछि लेखिका आत्तिन थालेको कुरा समावेस छ । वस ड्राईभर संग यो कुरा गरेपछि ड्राईभरले दिएको सल्लाह अनुसार आफूलाई भारतीय नागरीक प्रमाणीत गर्न सकेमा ताजमहल पस्ने टिकट कम लाग्ने रहेछ । त्यसो गर्न सकिएन भने भारतीय नागरिक लाई लाग्ने चालिस रुपिया को सट्टा विदेशीलाई लाग्ने जनाको सातसय लाग्ने रहेछ । आफूसंग पर्याप्त पैसा नभएर छट्पटिनु परेको अवस्थाको कुरा छ । आपूm सवार गरेको बस ड्राइभर सँग पैसा सापटि माग्ने विकल्प समेत सोचिएको छ । उक्त ड्राइभरले आफूलाई भारतीय नागरीक वताउने सल्लाह दिएका रहेछन्।् टिकट काट्ने ठाऊँमा हामी दार्जिलिङका हौ भनेर टिकट काट्यो भनेदेखि टिकटको पैसा थोरै लाग्छ भनेर सल्लाह दिएको रहेछ । एउटा उपाय त सोच्नै पर्यो भन्दै छोरीलाई भारतीय नागरिकको रूपमा टिकट काट्न पठाउने निधो गरिएको रहेछ । टिकट काट्ने झ्यालमा गएर ‘दो टिकट चाहिए’ भनेर टिकट माग्नु भनिएछ । त्यसपछि छोर्री पर्यटकको लाइनमा उभिएर हैन वरू भारतीय नागरिकले टिकट काट्ने लाईना उभिन पुगिन्।् अमेरिकी वातावरणमा हुर्किएकी छोरी त्यति सजिलै झूठ वोल्न उसलाई सहज हुंदैन । छोरीलाई ढाट्न लगाउदा लेखिकालाई राम्रो लाग्दैन । यसरी टिकट काट्न लगाउँदा ठिक अड्कलेर दिएको रूपैया पनि यहाँ उल्लेख भएको खेखिन्छ । एकवाक्य हिन्दी वोलेर सस्तोमा टिकट काटेको भए पनि ग्लानीले भारतीलाई कहिल्यै छोडेन ।
बेरितले दुःखेको रित ः– यहाँ सोह्र श्राद्धको कुरालाई लिएर माता पिताको एउटै तिथि कसरी गाभिन गयो भन्ने बारे तर्कना गरिएको छ । माता पिताको श्राद्ध गर्दा पनि लैङ्गिक विभेद भएको महशुस गरिएको छ । अमेरिकामा बसेर आफ्नो पुख्र्यौली मामा घर आएकी छोरीले उठाएका कुरा तर्क सङ्गत देखिन्छ । आमाले हैन मामाले मात्र श्राद्ध गरेको देखेर छोरी उत्सुक हुन्छिन् । आमाको स्पष्टिकरण छोरीलाई चित्त वुझ्देैन । “साँच्ची मम्मी जग्गा बेचेर आएको पैसा थोरै मात्र भए पनि तपाईँलाई मामाहरूले किन नदिएको ?”केहि वर्ष अघि जग्गा वेचेर मामाहरुले पैसाको वांडफाट गर्ने कुरामा मम्मीलाई नसंझिएको कुरा पनि छोरीले संझिन्छिन्।् अमेरिका बस्ने भारती दिदीकी छोरीको प्रश्न “हजुरका आमा बुबा मेरो हजुरबा हजुर आमालाई छोराले मात्र पिण्ड दिने, छोरीले किन दिन हुँदैन ? माता पिता त मामाको र तपाईकोे एउटै होइन र ?” छोरीले यसो भने पछि यस संस्मरणकी नायिकाको मन मस्तिष्क नै व्युितएको छ । छोरीको बलले गर्दा श्राद्ध गर्ने ठाऊँमा बसे पनि माता पिताको सम्झनाले उक्त स्थानमा बस्न नसकि केही पर गएर आँशु पुच्छ्दै गरेका कुरा देखिन्छ । श्राद्ध सकिए पछि अन्त्यमा टिका लगाउँदा भाई घरबेटी म पाहुना बनेर टिका लगाएको वास्तवीकताले लेखिका दुखी हुन्छिन् ।
दोलखा भिमसेन ः– यो संस्मरण भयावह बनेको छ । बनको बाघले खाओस् नखाओस् मनको बाघले खान्छ कि भनेर चिन्ता गरिएको छ । दोलखा भिमसेन दर्शन गर्ने रिजर्भ गाडि विच बाटोमा आई पुग्दा एक्कासि दुइ युवक चढेको घटनाबाट यस्तो सोँच भित्रिएको देखिन्छ । ती युवक पस्ताको डर व्रेक फेल भएको गाडीको भन्दा ठूलो हुन्छ । ब्रेकफेल भएको गाडी वनाउन खाडीचौर मा मेकानिक्स खोज्नलाई निकै अध्यारो भईसकेको हुँदा ड्राइभरले रातारात ब्रेकफेल भएको गाडी चलाएर काठमाण्डौ ल्याई पुर्याएकोमा ड्राइभरले विशेष धन्यवाद पाएको छ । यो अवधिमा गाडीमा कतै केही अन्य गडवडी नदेखिएकोले सकुशल आई पुुगेका अनुभूतिहरू यहाँ जोडीएका छन् ।
पल्ला घरका ठूला मामा ः– यहाँ ठूला मामाको स्मृति भावपूर्ण मनले संस्मरण गरिएको छ । मामाको सम्झना विच डा. अञ्जना वस्ती भट्टराई र डा. गोविन्दराज भट्टराई समेतलाई सम्झनामा राखीएको छ । ठुलो मामाले लेखेका कविताका हरफहरू जस्ताको तस्तै उतार्ने काम गरिएको छ । माता पितालाई सजिव भेट्न नपाए पनि मामा सँग भेट हुँदा माता पिताको तिर्सना मेटीएको आभास हुन्थ्यो भनिएको छ । अमेरिकामा रहेका छोरा छोरीलाई भेट गराउन लैजाँदा खूसी व्यक्त गरिएको कुरा जोडीएको छ । फलाँटे गएका बेला दुइवटा मावली भएको कुरा गरिएको छ । यसरी नै पल्ला घरको ठूलो मामाको हृदय देखि नै चर्चा गरिएको कुराको विस्तृत रूपले व्याख्या गरिएको देखिन्छ ।
महाँ अष्टमीको त्यो दिन ः–दशैं भने पछि नेपालीहरूको अति हर्ष बढाँई गरिने चाडबाड हो । अष्टमीको विहान मार हान्न ठिक्क पारेको घोर्लेलाई खोरबाट निकालेर बाहिर ठिक्क पारिएको छ । खसी काटे पछि तातो पानी लगायतका सामग्रीहरू ठिक पारेर राख्नको लागि अडर दिइएको छ । आफ्नो जन्म गाउमा दसैको वेला होटेलमा वसेर यो सवै थाहा पाईरहेकी छन। उनलाई वालककालको याद आउछ । खसी काटेको देख्न र सुन्न नचाहाने यो संस्मरणकी नायीका कोठा भित्र बसेर रेडियो सुन्ने गरेका कुरा परेका छन्तर अहिले त्यहि मार हान्ने दृष्यले घर सम्झाएको छ । त्यसै दिन छोरालाई लिएर आफ्नो जन्मभूमि नेपाल भन्दा पनि खास जन्मस्थल कचिडे तर्फ लाग्ने काम भएको छ । आफु हुर्किएको घर भएको ठांउमा हालघांस उम्रीएको भेट्टिन्छ । त्यहीँ भए पनि छोरालाई देखाउने प्रयास गरिएको छ । आफ्नै घरगांउमा पनि होटलमा बस्दा आपूmलाई त्यो ठांउको नभएको अनुभव भएको छ । दशैंको मुखमा माइतमा आएकी चेलीलाइ स्वागत गर्ने घर र मन नभेट्टिएको अनुभव गरिएको छ । यो संस्मरण हिमाली गुराँसको पूर्णाङ्क ५७ को पेज नं.२९ अशौज, कार्तिकको अङ्कमा प्रकाशीत भएको छ ।
सम्भावना बाहिरिएको संयोग ः– यो संस्मरणले नेपालका सुप्रसिद्ध ख्याति प्राप्त उपन्यासकार डाइमण्ड शंशेर राणा सँग प्रत्यक्ष भेट गराएको छ । अमेरिकाबाट नेपाल आएको बखत यो संयोग जुरेको हो । प्रदीप खनाल, लिल बहादुर क्षेत्री सँगै जाने संयोग पारेको कुरा गरिएको छ । डाइमण्ड शंशेरको घरमा पुग्नु भन्दा पहिला कल्पना गरिएको मन भित्रको परिवेशले खाका कोरेको विषयवस्तु भन्दा पहिले कल्पना गरिएको मन भित्रको परिवेशले खाका कोरेको विषयवस्तु त्यहाँ पुगे पछि बेग्लै देखिएको छ । घरको क्षेत्रफल ठूलो तर सानो ढोकाको फलामे बार बाट भित्र पसेर देखिएको परिवेश गमलामा पूmलेको पूmल, बार्दलीमा देखिएको पूmलै पूmलको दृश्य, जतततै पूलै पूलको आकर्षक प्रवेश द्वार यस्तै अनेकौ रमणीय वातावरणको वर्णन गरिएको छ । आफू जेलमा बस्दा बसन्ती लेखेको र कानून अनुसार जेलबाट छुट्दा बसन्तीको पाण्डुलीपीलाई जेलमै छुटेको र जेलमा आफ्नो ड्युटी गरिरहेको पालेले उक्त पाण्डुलीपी दिएको कुरा परेका छन् । बुबाको ६० हजार विगाहको सम्पत्ति भएको पछि प्रजातन्त्रको उदय सँगसँगै उक्त सम्पत्ति पनि खोसिएको कुरा गरिएको छ । गिरिजा प्रसाद कोइरालाको मृत्युको खवर सुनेर एकछिन स्तब्ध भएर आँखाबाट आँशु तप्प चुहिएका छन् । नेपालका यस्ता होनहार उपन्यासकारको बारेमा खुलेर चर्चा गरिएको छ ।
यो रात यसै लम्बिरहोस् ः–छोरा छोरी पढ्न जाने बेलामा आपूm सँग सँगै बसेको छोरालाई अन्यत्र पठाउनु पर्दाको पीडालाई मार्मिक ढंगले देखाईएको छ । आपूmले पढ्दाको बेला आफ्ना माता पितालाई परेको पिडा अनुभव गरिएको छ । अहिले कलेजको लागि गएको छोरो स्कूल पढ्दा खेरीको सम्झना आउँछ । अमेरिकनहरूले आफ्ना छोरा छोरीलाई यसरी आफ्नो काख छोडि अन्यत्र पठाउँदा सायद हामी नेपालीका आमा बुबा जस्तो तड्पिदैनन् होला । उनीहरूको माया र हामीले आफ्ना छोरा छोरीलाई गर्ने मायामा केही फरक हुन्छ कि जस्तो लाग्यो । छोरा छोरी सानो छँदा विरामी परेर आपूm निधार छाम्न पुगेका दृश्यहरूलाई यसरी उतारिएको छ जो प्रत्यक्ष जस्तो लागिरहेछ । यो प्रसङ्ग अत्यन्त मर्मस्पर्सि ममतामयी माताको मायाले ओत प्रोत भएर छचल्किएको छ । छोरा छोरीहरू प्रति स्नेह प्रकट भएको छ । माताले छोरा छोरी प्रतिगर्ने स्नेह प्रवाहको कोटा पुरा भएको छ ।
आकाश रोएको विहान पछि ः–यो घटना अति सम्वेदनसिल तत्थ्य परक घटना हो । सन् २००१ सेप्टेम्बर ११ तारिखमा न्युयोर्कको ट्वीन टावर माथी गरिएको आक्रमण आफैमा विकराल बनेको छ । अमेरिका माथि यस्तो दुर्घटना गराउने आतङ्ककारीको योजना सफल भएको छ । विमानमा सबार सम्पूर्ण यात्रु लगायत करिव तिन हज्जार मानिसको निहत्थामा ज्यान गएको छ । सुरक्षाको दृष्टिले अत्यन्त कडा सुरक्षा अपनाउने राष्ट्रलाई पनि आतङ्ककारीहरूले निसाना बनाएका छन् । अमेरिका भर कोलाहाल छाएको छ । एक अर्को प्रति गरिने विश्वासमा दरार पैदा भएको छ । यो घटनाले अमेरिकाको सुरक्षा प्रति प्रश्न चिन्ह खडा गराएको छ । स्कूलमा पढिरहेका साथी भाई प्रति रङ्ग भेदको नितिले फुट पैदा गरिदिएको छ । साँच्ची भन्ने हो भने यो घटनामा अमेरिका रोएको रहेछ । यो दिनको घटना सारै अमानवीय घटनाको रूपमा सिद्ध भएको छ ।
कुसमयको फोन घण्टी ः–कुनै बेला फोनको घण्टी बज्नुलाई सकुन मानिन्छ भने कुनै बेला बजेकोलाई अपसकुन । घरवाट टाढा भएको वेला यस्तै कुसमयमा आउने टेलीफोनको घण्टीले तर्साउने गथ्र्यो अरे । पछि यस्तै घन्टीले मातापितालाई गुमाउनु परेको कारूणीक सम्झना छ । फेरी अमेरिका पुगेको बेला धेरै अगाडी नेपालमा फोनमा कुरा गर्न नपाईने, पाए पनि बडो मुस्किल हुने गथ्र्यो अरे । केही वर्ष पछि यसमा आएको सहजताको फाईदा लेखिकाले पनि उठाईएका कुरा परेका छन् । आफ्ना माता पितालाई गुमाउनु परेपछि यसरी कुसमयमा वज्ने फोनले अव डर हैन आश्वासन लाग्छ । यस्तो समयमा कसैको फोन आयो भनेर हर्ष लाग्छ अरे । आफूलाई संझिने कोहि वाँकी रहेछन् भनेर ।
सेप्टेम्बर एघार पछिको उडान ः– भर्खरै भएको ट्वीन टावरको दुर्घटना सेलाउन नपाउँदै युरोप यात्रा गर्नु पर्ने हुँदा मन त्रसित कम्पित भएको छ । सैतिस मिनेटको यात्रा पनि सैतिस घण्टा जस्तै बनेको छ । मनमा जतिखेर पनि नकारात्मक कुराले बास गरेको छ । कतै यस्तो विभत्स दोहोरियो भने आफू लगायत आफ्नो परिवारको विचल्ली हुने कल्पना गरिएको छ । एक पटक यस्तो घटना घट्यो भने बारबार यो घटना दोहोरिदैन होला तर मन मस्तिष्कमा रहेको भयले हवाई जहाज भित्र पनि खप्पी नसक्नु छटपटी बनाएको छ । हुन त हो ताजा प्रत्यक्ष ती ट्वीन टावर जल्दै गरेको देखेको र त्यहाँ भित्र रहेका करिव तिस हज्जार मानिसले ज्यान गुमाउनु परेको दृश्यले अवश्य नै भयभित पार्न सकेको छ होला । दुर्घटनाको बारेमा अरूलाई सम्झाउन सजिलो हुन्छ आफूलाई पर्दा भने निकै गाह्रो हुन्छ । यसै क्रममा कान्छो छोराले सोधेको प्रश्नमा यो उत्तर दिने प्रयास गरिएको छ । निर्धारित मिनेट भित्र नर्थ क्यारोलिनाको विमानस्थलमा जहाज अवतरण गरे पछि भने मन केही सम्हालिन पुगेका कुराहरू यस प्रसङ्गमा यहाँ देखिएका छन् ।
मनको खत ः– यस प्रसङ्गमा छोरा छोरीले आफ्नी दिवङ्तग बहिनी अर्थात छोरा छोरीकी सानी आमाको बारेमा जान्न चाहेर आपm्नो मम्मी सँग यस बारे सविस्तार जानकारी लिन खोजीरहेका छन् । यसबारे दिदी भारती गौतमले पनि छोरा छोरीले जान्न चाहेको पोको उनीहरू समक्ष फुकाईदिनु भएको छ । तै पनि छोरा छोरीले यसरी दिवङ्गत आफ्नी सानीमालाई हाम्रो माझबाट कसरी अलग राखेको त ? यो घटनाको बारेमा हामीलाई किन जानकारी हुन सकेन त ? भन्ने जस्ता प्रश्नै प्रश्नहरू तेर्साएका छन् । दिदी भन्नु हुन्छ मेरी बहिनी अत्यन्त बिलक्षण प्रतिभा भएकी होनहार र सामथ्र्यवान् थिइन् । उनको आवाज मिठो थियो । उनले मिठा मिठा गीतहरू गाउथिन् भनेर दिदीले भनेको सुन्दा छोरा छोरीको मनले सानीमाको होनहार प्रतिभा प्रति अरू बुझ्ने चेष्टा गर्छन् । अब आजै देखि हाम्री सानीमालाई हाम्रो परिवार भित्रको एक अङ्ग ठानौ र उहाँलाई हामीले सधैभरि यसरी नै सम्झिने गर्यौँ भने उहाँको आत्माले पनि शान्ति पाउँन सक्नेछ भन्ने आमा र छोरा छोरीको वीच सहमती भयो । वहिनी अव घर परिवारमा सधै समावेस हुनेछन् अनि उहाँको सधैं चर्चा हुनेछ भन्ने अत्यन्त मार्मिक निष्कर्ष मा यो लेख सकिएको छ ।
त्यसपछि कति सम्म गाडी चढ्न सकिन ः–यो झण्डै ज्यान लिने दुर्घटना थियो । स्कूल एरिया भएको हुनाले गाडी द्रुत गतिमा नभएकोले मात्र ज्यान बच्न सकेको कुरा गरिएको छ । यसरी दुर्घटना हुँदा भारती को होस हवास गुमेको छ । मस्तिष्कले काम गर्न सकेको छैन । हाई वे को हँकाई हुन्थ्यो भने ज्यानै जाने निश्चित थियो भन्ने वताईएको छ । योे डरले गर्दा पछि सम्म पनि ड्राईभरसीटमा वसेर बेल्ट बान्न पुग्दा त्यहीँ दुर्घटनाको झझल्को आउने कुरालाई जोड दिईएको देखिन्छ । यस्ता घटनाहरू बेला बेलामा नसुनीने गरेका पनि होइनन् आपूm सचेत रहँदा रहँदै अर्को व्यक्तिले गाडी ठोक्याउन ल्याए पछि केही लाग्दो रहेनछ । यो नियतिको खेल हो भन्ने कुरा बुझ्नु आवश्यक देखिन्छ ।
अनुभूतिको दो छायामा ः– छोरी र आफ्नो विवाहको बारेमा तुलनात्मक भिन्नताको बारेमा कुरा अगाडी सारिएको छ । छोरी जन्मिदा बाबु घरमा नहुनु जस्तो पीडाले मनलाई अत्यन्त विह्वल बनाई दिएको देखिन्छ । साढे तिन वर्षको छोराले बहिनीको नाम मनिषा राखी दिनु, आपूm छोरीको माता पिता दुबै बनेको कुरा यहाँ देखिन्छ । अमेरिकामा हुर्किएका नेपालीका छोरा छोरी नेपाली पढ्न, लेख्न र बुझ्न समेत गाह्रो हुनेलाई नेपाली सँग घरजम बसाउँदा केही कठीन पर्न जान्छ कि भन्ने कुरा गरिएको छ । आपूmले विहे गरेको अवस्था भन्दा छोरीको विवाह केही फरक ढङ्गबाट होस् भन्ने चाहाना पुरा भएको देखिन्छ । अहिन्दूलाई हिन्दू संस्कारमा ढालेर छोरीको विवाह गरिएको छ । याृे अनुभूतिको छाया यस्तै प्रकारले बगेको छ ।
जे हामी सँग बोस्टन गएन ः– यहाँ जे भन्ने एउटा सानो कुकुरको छाउरोको बारेमा कुरा गरिएको छ । अमेरिकामा घर किने पछि घर भने जस्तो हुनु पर्ने, तिनजना छोरा छोरी, एउटा ठूलो भ्यान अनि घरमा एउटा कुकुर पालेपछि पूर्ण परिवार हुने कुरालाई परिभाषित गरिदो रहेछ भन्ने कुरा यहाँ देख्न पाईएको छ । कुकुरको छाउरो घरमा लिएर आए पछि के नाम राख्ने भन्ने विषय वारे छलफल हुदा छोरा छोरीको चाहाना अनुसार नेपाली नाम राख्ने भन्ने कुराले प्राथमिकता पाएर नै अजय नाम राखिएछ । आपूm कहाँ कोही अजय भन्ने पाहुना आयो भने उसको नामको अपमान हुन्छ कि भन्ने विवाद भएछ । तर छोराछोरीको जिद्दीमा कुकुरको नाम अजय राखे पनि वोलाउदा जे भन्नेमा सहमति भएछ । केही समयको लागि घर बाहिर जानु परेमा जेलाई ज्याकीले आफ्नो घरमा लगेर राखीदिन्थिन् । उनै ज्याकीलाई जे जिम्मा लगाएर परिवार वोस्टन सर्नु परेको कुरा यहां उल्लेख गर्दा जेलाई टेनेसीमा नै छो्ड्नु परेको बाध्यता वर्णन गरिएको छ । परिवारको सदस्य जस्तै जे लाई आफूसँगै लिएर वोस्टन जान नसक्ताको पिडा यो लेखमा मार्र्मीक ढंगले उल्लेख गरिएको छ ।
लगनगाँठोमा दुइ संस्कृति ः– नेपाली सस्कृति वरीपरी अमेरिकामा हुर्किएको दुल्हा र स्विडेनको संस्कृतिमा हुर्के वढेकी दुलही विच लगन गाँठोको गांसिएको सन्दर्भको वर्णन छ । बेहुलाको पक्षबाट हिन्दू सस्कृति अनुसार विवाहको तर्जुमा गरिएको छ भने बेहुली पक्षबाट क्रिश्चियन धर्म अनुसारको विवाह समारोह व्यवस्थापन गरिएको छ । नेपालमा जन्मिएको छोरो सानो छदै अमेरिकामा वढी हुर्र्की पढीसकेर डेनमार्क मा काम गर्न थालेको हुन्छ । डेनमार्कमा काम गर्ने सिलसिलामा परिचय भएकी स्विडेनकी केटी संगको प्रेमले विवाहको रूप लिएको रहेछ । छोराले रूचाएकी स्विडीस केटी सँग छोराको विहेको वन्दोवस्त भएछ । छोराको विवाह यसरी स्विडेनकी केटी सँग हुने कुराको यसअघि कुनै अनुमान नभएको यथार्थ यहाँ प्रकट भएको छ । छोराको विवाह नेपाल मै भएको भए यतिखेर आफ्नै संस्कृति अनुसार वेहुलाकी आमाले तैयार हुनु पर्ने थियो । विदेशी आँगनमा भएको विवाहको लागी त्यो केहि गर्नु नपरेकोले अनौठो अनुभव भएको वयान गरिएको छ । विवाहको लागि तैयार भएको छोराको रूप, रङ्ग, गुड यी सबैको बारे विस्तारमा चर्चा गरिएको छ । चार वर्ष पनि नपुगेको छोरा एक वर्ष पनि नपुगेकी छोरी सहीत तीन दसक अगाडी अमेरिका पसेको कुराको याद आउछ । अमेरिका जाने क्रममा वैंकक एयरपोर्टबाट केही मिनेटको लागि छोरा त्यहीँ हराएको सम्झना पुनराबृत्त हुन्छ । यसरी विवाह सम्पन्न हुनेक्रममा आफ्नी जन्मदात्री आमा र निजले जोगाईराखेको मार्ग निर्देशन वाट प्राप्त संस्कृति विस्तारै घट्दै जाने कुरामा चिन्ता प्रकट गरिएको छ । स्विडेनी नव दुलही बनारसी साडीमा सजिएर मण्डपमा उपस्थित हुंदा पुराँणमा बर्णित कथाकी देवी जस्तै देखिएको कुरा गरिएको छ । दुलही तर्फका आमा, दिदी, भाउजु अनि सानी आमाहरू पनि साडीमा सजिएर आएको कुरालाई पनि उल्लेख गरिएको छ । दुलहीका दाजु भाइ र भिनाजुहरू समेत दौरा शुरूवालमा सजिएका रहेछन्।् यो विवाह दुबै तर्फको संस्कृति विवाह पद्दति अनुसार सम्पन्न भएको कुरा यहाँ रोचक ढङ्गले वर्णन गरिएको छ ।
आगोको आतङ्क ः– यो यस संस्मरणको अन्तिम शिर्षक हो । क्यालिफोर्नियामा लागेको आगोको आतङ्कले आपूmले प्रयोग गरी राखेको घर छोडी पाँच दिनको लागि होटलमा गएर बस्नु परेको कुरा गरिएको छ । दुइ वर्षको नाती र अर्काे महिना दिनको नातीलाई डढेलाको धुवाँको गन्धले असर गर्छ कि भन्ने आशङ्काले अरू डर थपिदिएको छ । यो विषालु धुवँं सवैको लागि हानीकारक हुने डरले पनि घर छोड्नु परेको थियो । आगोले नोक्सान गरेका समाचारहरू यत्रतत्र सुन्नुका अतिरिक्त उत्तरी क्यालिफोर्नियाको चारसय भन्दा बढी वाइन उत्पादन गर्ने उद्योग नष्ट भएका समाचारहरू पनि सुनिन थाले पछि स्थिति भयावह हुदै जान्छ । यहीँ रक्सी उत्पादन गर्ने अङ्गुर खेतीहरू समेत नष्ट भएका समाचार पनि सुनिन थालेछन्।् जेहोस् होटलबाट फर्कने क्रममा बाटोभरी त्रास र भय निम्त्याउँदै फर्किएको बेलामा आगो नियन्त्रण भयो रे भन्ने समाचार सुन्न पाउँदा केही क्षण आनन्द अनि खुसी छाएको देखिन्छ ।
अन्त्यमा
भारती गौतम द्वारा लेखिएको यो संस्मरण विगत र बाडुली अत्यन्त पठनीय र मननीय बन्न पुगेको छ । यसरी मन खुलाएर लेखिएका संस्मरणहरू विरलै पढ्न पाईन्छ । यो संस्मरण भित्र रहेका हरेक शीर्षक उपर बान्की परेका साहित्यिक शब्द जालले सजिएका सुनौला अक्षरहरू हेर्न, पढ्न र बुझ्न लायक गरि चिरिच्याँट्ट पाराले सजाईएको छ । पुस्तक पढ्न थाले पछि शिर्षकैपिच्छेका मन लोभ्याउने अभिव्यक्तिहरूले पाठकहरूको लागि नौलो स्वाद बोर्कीदिएको छ । यस भित्र रहेका जुनसुकै शिर्षक पढे पनि यसबाट आनन्दको अनुभूति प्राप्त गर्न सकिन्छ । नेपाल प्यारो बनेको छ । अमेरिकाको रमझममा आफ्ना दिनहरू गुजार्नु परे पनि हर वखत नेपाल सम्झिने काम भएको छ । आदरणीय दिदी भारती गौतमको संस्मरणात्मक उपन्यास कृति अमेरिकामा आमा बारे मैले पनि लेख्ने मौका पाएकोमा म आफैलाई गौरवसाली ठान्न पुगेको छु । साथै हालै मात्र प्रकाशित यो संस्मरण विगत र बाडुली लेख्ने अवसर पनि मलाई जुरेको छ । म भाग्यमानी रहेछु भन्ने लागिरहेछ ।
प्रस्तुत संस्मरण नितान्त पारिवारिक परिवेशमा आधारित संस्मरणात्मक कृति हो । यस भित्र समावेश गरिएका एक दुइ वटा संस्मरण भने सांस्कृतिक परिप्रेक्षको आधारमा तैयार गरिएका छन् । आदरणीय दिदीका छोरा छोरीको परिवेश अमेरिकन भए पनि दिदीको छनकमा अत्यधिक नेपालीपन गाँसिएको छ । मेरो विचारमा दिदीले अमेरिकामा आमा र हालै प्रकाशित विगत र बाडुली जस्तो अत्यन्त शक्तिशाली संस्मरणलाई अङ्ग्रेजी भाषामा रूपान्तरण गर्न सकेको खण्डमा छोरा छोरीलाई यो पुस्तकको बारेमा जान्न र बुझ्न सहज हुने थियो भन्ने म यो कुरा दिदीलाई आग्रह गर्न चाहान्छु । यदी यसो गरिएमा छोराछोरीहरूलाई उत्प्रेरणा मिल्नेछ । चाहे जे होस् भारती गौतमको यो संस्मरणले साहित्यिक उँचाईमा सगरमाथा छोएको छ । यसरी यस्तो परिवेशको संस्मरण लेखेर आफ्नो उँचाई राख्ने मान्छे कम नै हुन्छन् । मेरो नजरमा यो पुस्तक पठनीय, मननीय र ज्ञाननीय छ । लेख्छु भन्दैमा अन्टसन्ट जे पायो त्यो लेखेर कुनै मूल्याङ्कन हूँदैन । पुस्तक पढ्ने पाठकले जे पढ्न सक्छ त्यसबाट केही पाउन सक्ने अभिलाषा स्वभावैले राखेको हुन्छ । पाठकलाई यस प्रकारको कृति पस्केर मन जित्न सक्ने दिदीको कलमलाई मुरीमुरी बधाई छ । अवका आउने दिनहरूमा पनि यस्तै मन भिज्न सक्ने एक होइन अनेक कृति बाहिर बजारमा आउँदै गरून् हार्दिक शुभकामना !!!

लेखकका अन्य रचना पढ्न यहाँ क्लिक गर्नुहोस ।